[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 199887 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-09-08 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिजया दशमीको शुभकामना सहितको जदौ सबै गाउँलेहरुलाई।

घरमा फोन गरियो, सोर्हौं consecutive टीकाको दिन आमाको रुन्चे अनि बुवाको गम्भीर स्वर सुनियो। 

यो एउटा गीत सान्दर्भिक होला कि आजको लागि?

आज किन साथी मलाई रुँ रुँ लाग्छ 
आज किन साथी मलाई रुँ रुँ लाग्छ 

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ 

शिउपुरीको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रुँ रुँ लाग्छ 

साहिंली माहिली नाच्दै होलान् बजाँउदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रुँ रुँ लाग्छ 

कान्छी रुन्थिन नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दशै कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रुँ रुँ लाग्छ 
आज किन साथी मलाई रुँ रुँ लाग्छ 

 
Posted on 10-09-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।
शुभ बिजया को शुभप्रभातिय जदौयुक्त शुभकामना।


टिका को साइत छुट्ला हो गाम्लेहरु, अघी देखी लहरे कराएको कराइ छ।

तारेमाम लहरे, टीका भो? दसैं को अलावा अर्को पनि टिका लाउने ब्यबस्था गर्नु पर्‍यो।

हिजो अर्थात नेपाल को आज बिहान रिट्ठे काइला ले नेपालआबाट फोन गरी सबै गाम्ले पातकिहरुलाई शुभकामना संप्रेषण गरी दिनु भनी खबर छोडेको छ है गाम्लेहरु।

तारेमाम चिप्ले।


 
Posted on 10-09-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
बिजय दशमी को दशौ दिन को फेरी पनि शुभकामना।
चिप्ले, मैले नि फोन गरे वोरी आको,टिका थापियो बुवा आमा को हाताट।
लौ अब हाम्रा ठुल्दाइ को हाताट थाप्नु पर्ला भन्या ठुल्दाइ कता कता,की ससुराली जानु भो ?
लौ अब आज मै बन्दो बस्तो गर्छु चिया को।
 
Posted on 10-09-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, तारेमाम।
बाउचा, हो हो अर्को टीका, माला अनि औंठी लगाउने तजबीज गर्नु पर्‍यो।

टीकाको दिन चिया नास्ता खुवाउनेलाई चौतारी बासीहरुको कोटी कोटी आशिष लाग्छ रे है, भन्दद्याछु    

 
Posted on 10-09-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु बिस्टे।  अछेता र अबिरको समायोजन गर्दै छु । 

लाउ लाइन लाएर आउ, टिका लगाउन। साइत चाइ १ घण्टा ४५ मिनेट पछी अर्थात १० बजेर १ मिनेट पछी। अम्रिका मा सिट्टै केही पाइन्न, त्यसैले हाताँ ५-५ को नोट् लिएर लाइन बस्ने है।


 
Posted on 10-09-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो रातभर बसेर कौडा हान्या,अहिले झुपु झुपु,
रातभरी करायो दाक्षिना हरायोओ,आज नातिनिहरु लाई दिने पैसो समेत छैन।

ल ठुलदाइ कत्ती मुछी र त्यो टिका ल लाइदिनुस्। लौ मैले नि नट को बेवस्था गरे।



 
Posted on 10-09-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज किन साथी मलाई रुँ रुँ लाग्छ ???
Dami gayo dai!!!

la la sabai jana line lagnus ta!! ma tika thapidinchhu palai palo....Thorai tinai dakshina le pugdaina hai feri, bhandya chha!!!


 
Posted on 10-09-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ छिटो अड्डा गएर छिट्टै फर्किन्छु। टिका लगाउन जानु छु , मान्यबर ठाइला काका को मा।

 
Posted on 10-09-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ ठाइला काका का जानु भो मै लाइदिन्छु टिका। ल बस पलेटिकसेर,चेली पैला लाउने हो ?


 
Posted on 10-09-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल पैसो पनि छ धन्न नमान।

 
Posted on 10-09-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaaaaha yo sab malai ho ???

 
Posted on 10-09-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो मान्छे लाई सानो नोट,तल तिर बाट। हे हे।
 
Posted on 10-09-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरि जदौ सबैलाई।
बिष्टे, चियाको लागि धन्यवाद।
चेली, आशीर्बाद माग पैसाको लोभ नगर।

"आज किन साथी मलाई रुँ रुँ लाग्छ"  
उपरोक्त गीतका गायकको नाम बताउन सक्नेलाई बिशेष पुरस्कारको ब्यवस्था छ। 

 
Posted on 10-09-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nai nai malai ta tala dekhi mathi samma ko sabai chahinchha k!!!


 
Posted on 10-09-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलामा दोस्रो राउण्डको जदौका साथ तारेमाम।
टिका को तयारी भैसकेको रहेछ। लाइन मा लाइनमा। बेलाइन को मुन्छेलाई टिका को सट्टा मुक्का लगाइन्छ।


चिप्ले ले सोधी हाल्यो भन्न मन लागि हाल्यो।


आज किन साथी मलाई रोउं रोउं लाग्छ.........................


गायक: पुष्प नेपाली
संगित: नाती काजी

 

Aja Kina Sathi -  

 


 
Posted on 10-09-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, उत्तर मिलेन। कृपया फेरि प्रयास गर्नुहोला।  

 
Posted on 10-09-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलदाइ ले गाना हाल्दिनु भयो अब चै बडा मार्मिक गान छ् रोउ रोउ लाग्ने।
लौ अब त भोजन को बेवस्था गर्नु पर्‍यो नि।
खै नेप्ची भाउजु कता जानु भो,सब लाई घराँ बोलार,माइत जानु भो कि कसो।
 
Posted on 10-09-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासु पकाउन प्याज काट्दै थिइ , आशु ले दु:ख दियो भनेर एक छिन् आराम गर्न जानु भएको छ नेप्ची भाउजु। पाउजु बजाउदै आउनु हुन्छ एक छिन् मा।

 

हरी प्रशाद रिमाल पक्कै हो चिप्ले। १०० % ।


 
Posted on 10-09-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिका लगायौ , जमरा लगायौं
चाउरिएको निधार पुरै रातो भो
बिदेशीएको दु:ख र पीडा भुल्यौं
सुगन्ध फैलियो देशको माटो को।



 
Posted on 10-09-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

दशैको धेरै धेरै  शुभ-कामना सबैलाई!

 के भन्छ रे---- अँ--बिष्टे हजुरबा  त्यो सबै भन्दा माथीको  नोट चै मलाई होला नि --ठुलो मान्छे हो नि म।

चिप्ले काका जिम्माल बा ठुल्दाइ हजुरबा माइलीआँ सप्पै बुढापाका हरु एकै ठाम्मा जम्मा हुनेहोला नि  हिहिहिहि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters