[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 96782 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-08-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा, यो माइलालै गीत कत्ती आ'को?
तर माइलाले काँठे गीत भनेर एउडा कुन्नी कस्को गीत नमज्जाले घन्काको थ्यो। आफू ठेट काँठे परियो तर ऐले सम्मन त्यो गीत चै सुन्याँ रैन्छु। फेरी काँठे गीताँ दोलालघाट र रामेछापको कुरो आएच?
काँठे गीताँ पस्पति, बुढानिल्कन्ठ, गोदौरी, बालाजु, दक्षिनकाली, अनि अरु एक दुई ठामको कुरा मिला' र गीत बनौछन्। बुढानिल्कन्ठ, शिखानारनको जात्रामा दोहोरी खेल्न आउनीहर्ले गाउनी गीत खासगरि कन खुप रहरलाक्दो हुन्थ्यो।
जे होस् माईलाको अरु पनि जाओस्।


तिम्रो घर तिँ पर हैन र
तिम्लै मैले चिनेको छैन र
पोखरीको छेउ
छेउ छेउमा बसेर मायाँ लाउन देऊ।
 
Posted on 03-08-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईँला, भौगोलिक हिसाबले काठमाण्डौ वरिपरीलाई काँठ भनिने हो हुनत, तर सिन्धुपाल्चोक,काभ्रे र नुवाकोट तिरका भाकालाई पनि काँठे भाका भनिन्छ जस्तो लाग्छ मलाइ। यि भाकाहरु पूर्बेली, पश्चिमेली र सुदूर पश्चिमेली भाका भन्दा अलि फरक हुन्छन। साईँलाले भनेको काँठे भाका यस्तो हुनुपर्ने होला-

चौतारीमा बसौँ न एकैछिन
आज गए भोली नि आउँछ दिन
घर त ठिमीमा
के साह्रै दिल बस्यो बैनि तिमीमा


लु मेरो कोटा सकिन लागो अस्तो च म हेर्छु मात्तै अब

:)
 
Posted on 03-08-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा त फेरी मेरो र मैनाको गीत घन्किन थालेछ, मज्जा भो। अनि सप्पै गाम्लेहरूलाई मेरो नमस्ते है, अलि फुर्सद नभा'कोले धेरै बोल्न पाईएन आज।
 
Posted on 03-08-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते, कान्तिपुर फन्ट घोप्ट्याएसी(download) पढ्न मिल्छ कि जस्तो मानिचु.
- http://www.nepalnews.com/kantipur_font.htm


ल केटा हो, मास्टर्नी नानीको मैले सोचेको नाम के होला?
तलको अक्षरहरु मिलाएर भन, आबस्यकता अनुसार अक्षरहरु दोहो-याउन पाइन्छ.

AHINPRST
 
Posted on 03-08-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
दादा .....
मेरो नाम बाट QUIZ??
नयाँ नाम राखिदिने बिचार गर्नुभो र?
यस बाट थुप्रै नाम बन्न सक्छन ।
ल अब हेरु न त कस्ले कस्तो नाम बनाउनु हुन्छ।

idea is not bad.
:)
 
Posted on 03-08-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त "प्रिष्टिना (PRISHTINA)" माने लौ जा। अनुमानै त हो। अनुमान गलत गर्दैमा हनुमान भईन्न के रे!
 
Posted on 03-08-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सजिलो देखियो, त्यहि भन्देको है!
 
Posted on 03-08-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा कस्तो अप्ठ्यारोमा पार्नुभो तपाईँले
त्यो तपाईँले भनेको letters मात्र भए पुग्छ? कि अरु थप्नु पनि पर्छ? नाम मात्र बन्छ यसले? कि नाम थर दुबै हुन्छ? यो भन्दा त बरु माष्टरनी नानीलाई नै सुटुक्क सोध्नु पर्ला जस्तो छ :)
प्रश्निता? खै के के बन्छ के के!

जे होस एकदिन थाहा हुन्छ :) ....लु मलाइ धेरै गित गायो भन्दै थे गाम्लेरुले आफ्नु भने अझै मादल ठोकेर मारुनि नचाऊने मन् छ

चित्रे-

नौलो गाउँमा आएको जन्ति
आफ्नै सालि बसिछिन लोकन्ती
मन पर्ने एउटी साली छ
मान्छे त राम्रै हो अलि काली छ

मैनाको बहिनी-

साली भेना भेट हुन पाको
मेरो मन नि छ साह्रै रमाको
नक्कले एऊटा भेना छ
मान्छे त राम्रै हो अलि बेइमान छ

चित्रे-

इस्कुल हो कि क्याम्पसमा पढिछेउ
कति छिटै हलक्कै बढिछेउ
मन पर्ने एउटी साली छ
मान्छे त राम्रै हो अलि काली छ

मैनाको बहिनी-

माइत आइनन् अइलेको साल
के छ त नि दिदिको हालचाल
नक्कले एऊटा भेना छ
मान्छे त राम्रै हो अलि बेइमान छ

चित्रे-

बियान बेल्का घरको धन्दा
खाइपिइ गरि बसिछिन आनन्द
मन पर्ने एउटी साली छ
मान्छे त राम्रै हो अलि काली छ

मैनाको बहिनी-

मलाइ पनि फँसाऊन लाको
सबै कुरा सुन्या छु भेनाको
नक्कले एऊटा भेना छ
मान्छे त राम्रै हो अलि बेइमान छ

 
Posted on 03-08-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रनिस्ठा OR निप्रस्ठ यो दुईट मदे त एउटा हो हो, होईन भन भोली सबेरै म गाम छोडेर हिडिदिन्छु के
 
Posted on 03-08-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hints: नाम थर दुबै हुन्छ.
 
Posted on 03-08-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-06 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा दादा
मैले ता मास्टरनी को नाम अनिश त्रिपाठी (ANISH TRIPHATI) बनाएँ है
लौजा
पक्कै पनि होला जस्तो छ है
 
Posted on 03-09-06 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्दै आएँ कता हो भौतारी
हेर्दा राम्रो १० नम्बर चौतारी
गाम्ले भाका गाम्ले नै दौतरी......

सररर हावा बग्यो त्यो पारि बनैमा
पातलिको मात्रै याद आउछ मनैमा
बिसाउने चौतरी
येकैछिन् बसेर गाउँन दौतरी

कोइ कता कोइ कता भेटहुने चौतारी
येकैछिन् भयेपनि भुलाउने चौतरी
चौतरी मा खोज्दैछु दौतरी
चौतरी मा खोज्दैछु दौतरी..................................
 
Posted on 03-09-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

panpate

ANISH bhanda ta NISHA thik hola ni.
 
Posted on 03-09-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ आजकाल त केटा केटी पनि छुटाउन गार्हो पर्ने
मलाई त ANISH जस्तो लाम्छ क्यारे
यसो कोही छैन लौन यो नामले पनि दुख देला जस्तो पो भयो है
गाम्लेहुरु कता हरए तनी
 
Posted on 03-09-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow !!!!!!!!!!!! कति राम्रा नाम यि मध्य कुनै एक नाम मेरो भैदिएको भए,,,,,,,,!!!
प्रिष्टिना , प्रश्निता, प्रनिस्ठा अनिश त्रिपाठी,NISHA

रातो ढुंगा गाम छोडेर हिड्नु भो त? पानपातेजी अनिश भए त मास्टर हुन्थेहुला नि :)

रातो ढुंगाको अन्दाज अलि अलि मिल्यो अप्रष्ट।।:)
प्रिति you have also nice name .
साच्चि यस बाट आशिश पनि बन्छ नि दादा:)
 
Posted on 03-09-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो नि नाम को अन्दाजा लगाउनु पर्‍यो । जस्ले ठीक guess गर्छ त्यसलाइ पुरस्कारकोइ दिइनेछ ।
 
Posted on 03-09-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली म त फेरि साच्चिकै भन्दिनछु नि फेरि:)
 
Posted on 03-09-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalli Aunt,
Good evening, How u doin?
 
Posted on 03-09-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा भेटिए दौतरी
घुम्दै हिड्ने कोइ केटा कोइ केटी
केटा केटी म भर पाउँदिन
चिन्नै नसक्ने यो कस्तो फेशन

लौत मिस म कसरी भनु
लिङ नै थाहा छैन
आउँदा जाँदा गरौल चिन्जान
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters