miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-11-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन्थ्यो? कडा नजरले हेरी रा’छम् हाम्पनि, केई बोल्न फुर्सद नभए नि!

दई चाट्टा काम सकाम्। अनि आम्ला डोको भरीको बात ले’र!

अहम्, अहम्, चित्रे! :p
 
Posted on 07-11-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-11-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु!!
हरियो बत्ती बलिसक्यो। अब पनि केहि नगरे त उहि घुमाउरो कुरो मात्रै गरि बस्नु।

के बुझ्यौ चित्रे??
:-)>
 
Posted on 07-11-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइयाSSSS!! हरिशरणम !!!

कति प्रस्ट प्रस्ताव!!!
प्रिती!!
म हु कि भन्न हुन्थ्यो...'केटा' भनेर तोकेकिछिन ठुल्नानीले.....जेहोस कविता मलाई साह्रै मन पर्यो राम्रो छ ठुल्नानी
लेख्दै जानू ल

चित्रेभाइ तिमी कविता लेख्न छोडेको हो र? मुस्काउने मात्र गरेउ नि....? :D :D
 
Posted on 07-11-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-11-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी तपाईं केटा भाको भए तपाईं नै हो भेन्थे तर क गेर्नु
धन्यवाद कबिता मन परएदिनु भाको मा ।
सानानी मौका आए पचे तिमिलै सुतुक कान मा भनुम ला हुन्न र। तिमि नै येउति चै मेरो मन् को कुरा गर्नु।

:P
 
Posted on 07-11-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर दुबै खलि मुस्काउन र हांस्न थाले अब। ल बर्बाद्!!!
 
Posted on 07-11-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी छिटो भनन मलाइ सुटुक्क, कस्तो लुकाउन सकेको भन्या, म कसैलाइ नि भन्दिन के :)।
 
Posted on 07-11-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गमक्क फुल्न था’ल्या होला नि तो चित्रे, मिस!

हिजो सम्म गन्जी र चप्पल मै प्यार प्यार कविता फुर्ने मुन्छे, आज देखुन् सट्, टोपी, ईस्ट कोट, छाला जुत्ता ढल्का’र गम्क्या छ!

ल है केटाहुर! जन्ती बाख्री खाने बेला भो जस्तो छ! कुम्ले ले बन्दो बस्त अर्नि हो कि?
 
Posted on 07-11-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-11-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"केटा भा'भए हुन्थ्यो" भन्छिन मिसले
पुन्टे दाइ चित्रे सङ्ग मुर्मुरिदैछन रिसले!
ठुल्नानी र चित्रेको मिल्यो दौतरी
सार्है रमाइलो भा'छ साझा चौतारी!!
:-)>
 
Posted on 07-11-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेभाइ कविता बनाउदैछन के

:D :D
मलाइ चै नभन्ने ठुल्नानी :( :(

ठिकै छ मलाई नि चित्रेभाइले भन्छ नि मनको कुरा ...है चित्रु (नरिसाउहै ठुल्नानी मजाक गरेको)

तितौरी कता गइछन ।
 
Posted on 07-11-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा भोज् खान पाइने भयो। कुम्ले किन पछि परेको भन्या? तिरु कता गै छे आज?
 
Posted on 07-11-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी सुटुक्क भन्ने ठाउमा गएर कुरेको तिमि त आउदै आएनौ, आउन छिटो।
 
Posted on 07-11-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त्यसरी प्याच नवन न बाबै । मेरी आमा ले थाहा पौनु भो भने मेरो खुट्टा भचिदिनु हुन्छ । फेरी खुट्टा भाच्यो भने चौतारीमा कसरी आउनु ।

खै तितौरि मोरि कता गेइ। आज् देख परिननि।
 
Posted on 07-11-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म क्यार्न मुरमुरिनु हो? बुईनी मुन्छे, पठाम्नै पर्छ के रे एक दिन त! चित्रेलाई चिनेको नि भो २-४ साल त, केटो लायक कै हो!

बरु तितौरी पो मुरमुरिन् जस्तो छ! बोल्नै छोडी। दाह्रा किट्दा किट्दा धस्सेर थोती हौली, है!

प-याकटिस् अरम्, है!
मंगलम भगवान बिष्णु
मंगलम गरुडध्वज
मंगलम पुण्डरीकाक्ष
मंगलाय तनोहरी!

घिन ताङ्! ठोक्न मादल ठोक!
 
Posted on 07-11-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, तिम्रो कविता साह्रै राम्रो लाग्यो।

कुम्लेको नि राम्रो छ।

पून्टेदाई, म गमक्क फुल्या छैन, अलि व्यस्त छु आज, के गर्नु, धेरै बोल्ने समय नै छैन।

प्रिती जी र मास्टर्नी दिदीलाई नमस्ते।

:)
 
Posted on 07-11-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरैनकराउ कुम्ले ठुल्नानीले दात झारदिन बेर लाउदिनन्
 
Posted on 07-11-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो डर लाग्यो, मैले नि के के भनिसके।
 
Posted on 07-11-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या! दाँत झरेसि जन्ती बाख्री चपाम्ने क्यारी? बरु मादल ठोक्दिम्, कुम्ले!

बरु, साईपाटोमा पो के के पठाम्नि हो बेउलाऽ घराऽट? आफू त दुवै तिराऽट के रे! साईपाटो नि सोरम्ला, जन्ती नि जाम्ला! ओ हो! सिनित्तै भा’ खप्पराँ बरुरु बाल उम्रे उम्रेऽऽऽऽऽऽऽऽऽ जस्तै भा’ छ, गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters