miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-06-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए टेक्सान ,धत !स्स्स्स्स्स्स्! चुप ! के भन्या त्यस्तो राम राम !
भौतेदाइ, नमस्कारै गरि मुइले है त। लु अब चिन्जान् गरुम् न त ,मेरोनाम् तितौरा कुमारि , चौतारि इस्कुल् रोल्न् २२ ।
अब भौतेदाइ को पालो। :)
 
Posted on 07-06-06 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी,
तिमी कहाँको म काँ को काँ को
चौतारीमा आजै हो भेट भा'को
घर त बास्तर................परउढ किलासको म हुँ मास्टर। :-)

टेउसन बुरो बोल है सासले
हात बढाएँ मिलाउने आशले
नातै ढाँटीछन ............चौतारी की तितौरी सारै बाठी छन। :P

:-)
-भउते
 
Posted on 07-06-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लल!! फन्नी!!! भउते को सुरु भयो अब। ल ल तितौरी उत्तर दिनु पर्यो।
 
Posted on 07-06-06 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्की नानी इन्द्रेणी परिछन
मलाई देखी चौतारी झरिछन
केलाई मान्छेउ लाज............पुन्टेदाइको भन्दा त, तिम्रै खान्छु लात। :p

छेउ मै आइ बस न लुसुक्क
एउटो कुरो गर्नु छ खुसुक्क
भर त नपरे............ एउटी सँग बोल्दैमा आँखा नतरे :-)

:-)
-भउते
 
Posted on 07-06-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भौते दाइ

जता केटि उत्तै नै लुसुक्क
ओठ् मा पनि मुस्कान् छ मुसुक्क
होस् गरेस् है
भन्दिउला पुन्टे दाइकि
सालि लाइ खुसुक्क ।
 
Posted on 07-06-06 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ इन्द्रेनि बल्ल बल्ल झुल्केउ नि ,तिमि कत्ता थियौ बरै? लौ गाम्ले भासा नि सिकिछौ राम्रो । आउदै गर न नानु तिमि नभएर सुन्ये भो भन्या ।ए तिमि कता तिर जान्छेउ बख्रा चराउन म नि तेतै आउछु बरै ,अनि सङै काफल टिप्न जाउला है भोलि ल।
 
Posted on 07-06-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता सुन तितौरी नानी,
कुरा लाउने नगर है बानी
घर त खसौली................... झिल्केलाई छोड्दा बुढो, सँग फसौली। :p
(ख्याल ख्यालमा भनेको ल ! :-) )

साली भुन्या जुरेली परी नि
मलाई छाडी हिन्दिनन् मरे नि
साथ साथै छ .................. जुरेलीले टोकेर गाला रातै छ। :p

इन्द्रेनीलाई सम्झिछौ जहिले नै
मलाई पनि सम्झेउ कि कहिले काई ?
साइनो राख ल ! ................ इन्द्रेनीलाई बेडुलो मलाई काफल। :-)

:-)
-भउते
 
Posted on 07-06-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भौते दाइ
नमस्कार् गरे है चौतारि मा आइ,

अब सुन्नुस्-
यता उता नगर्नुस् झिल्के भै
नत्र कुरा लाइदिउला भाउजुलाइ
घर् त पोखरा....... छोरो लाइ पट्याउला बुडो ससुरा ,

इन्द्रेनि त साथि हो मेरै
तपाइलाइ त चिनेको भर्खरै
कफल् गेडि कुट्टुक..... जुरेलि भाउजु लाइ कुरा सुटुक्क ।
 
Posted on 07-06-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनै घमाइलो, भउते र तितौरीको दोहरी कति रमाइलो!
ल ल म चैं तितौरीको पक्षमा है!यो भउतेलाई हराउनै पर्छ। थाहा नपाउने गरी अलि अलि झेल गरे पनि हुन्छ!
 
Posted on 07-06-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते तितौरी
कुरा नलाउ नक्कली फतौरी :p :p :p
उमेर बाँकी छ ............... भाउजु सँग डराउनु पर्दैन, माइत गा'कीछ। :-)

धेरै हुनु पर्दैन साथि त,
मन् मिल्नलाई एक मिनेट् काफी छ
घरको छोडी काम् ................. भोलि हिँड गाइ चराउन रानी बनमा जाम। :-) :p :D

:-)
-भउते
 
Posted on 07-06-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो, चौतारीको टाउकैमा एउटा सानो लिखो (गल्ती) फेला प-यो। यो चौतारीको सत्रौँ संस्करण हो तर यस्तो भएको छ,
"कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ।"

शायद अघिल्लो बाट नक्कल गरेर फेरफार नगरी सोझै टाँसेर होला। आइन्दा ध्यान दिँदा राम्रो होला। कुरो सानै हो तर चौतारीको इज्ज्तको सवाल छ (रे क्या!)
 
Posted on 07-06-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गोतामे जि पनि हामी पट्टी ।
yahoooo.....

भौते दाइ लाइ -
अझ पनि फिरेन बुद्धि
हेर कस्तो छट्टु र कपटि
भाउजु बिचरि ...... बोलाइ दिउला भाउजु लाइ आजै फुन् गरि

इन्द्रेनि ले भन्दै छे मलाइ
ढुङा हानुम् मिलेर भौते लाइ
अब होस् गर्नु .........टुटुल्को उठ्ला है हेल्मेट् लगाउनु
 
Posted on 07-06-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चुइना कम्पनी
चुऽईना कम्पनी
नबोले नि माया लाउनी रैछौ सान्नानी!

चुइना कम्पनी
चुऽईना कम्पनी
... ... ...

 
Posted on 07-06-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेनि कस्तो राम्रो गीत् गाएको म मरे है हासेर :o :o
 
Posted on 07-06-06 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) :-)

इन्द्रेनी,
जे भने नि म रिसाउन्न नि,
आफ्नो मुन्छे भनेकै त्यै हो नि
कुरो खाउ न त........................ तितौरीले निउ खोजी, तिमी आउन त :p :p

तितौरी,
मुटु धड्क्यो म कसो गरम
तिमीले फाले पत्थर नि नरम
कमल फूल जस्तो .................. आफ्नो मुन्छे नचिन्ने, तिम्रो मन कस्तो ! :-(

:-)
-भउते
 
Posted on 07-06-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देख्दै गर्नु सपना फुल को
थाहा होला निस्केछि टुटुल्को
ढुङा सारो............ तेइ माथि खानु पर्ला भाउजु को झटारो


:-)
 
Posted on 07-06-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी
ढुङ्गा चप्पल धेरै नै खाइयो नि
मयाँ पिरिम भने कै त्यै हो नि
मुखमा छुचो बात ............... मनमा मयाँ लुकाउनी, केटी मुन्छे जात। :P

निद्रा लाग्यो तिमी नि सुत है
सपनीमा देखेमा उठ है
कसो गरुली ..........................भउते दाईले सम्झेर लाग्ला बाडुली । ( दाहिने आँखा झिमिक्क) :p :p


छाडि जान मन थेन मलाई त
बेडमा बसी निद्राले बोलाइछ
भोलि भेटौँला ....................... तिम्रो मेरो पिरिमको कथा लेखौँला । :p :-)

:-)
-भउते

शुभ-रात्री चौतारीका मीत्रहरु। तितौरी जी र इन्द्रेनी जी, दोहोरीमा साथ दिनु भा'कोमा धेरै धेरै धन्यबाद ल ! भूलचुक माफी गर्नुहोला। मादल बजाउने गोतामे र दादालाई पनि धन्यबाद, साथै ताली पिट्ने टेउसनलाई धन्यबाद। बीच बिचमा खिसिक्क हाँस्ने मीत्रहरुलाई पनि धन्यबाद। आउँदा जाँदा लाउँला पिरती। :-)
 
Posted on 07-06-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la kati ramailo
nakarau hai chautari ma basera bhaute bhai
birsiyeu ki baseko ghar jawai

kura sancho ho
Bhutele yesaree kina dhateko ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters