[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79495 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-06-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पिर नगर्ने। बरु एसो रमाइलो गर्नी भन्या, खोइ त हाम्री उम्राओजान (तितौरी)? एसो नाच्थिन कि??
 
Posted on 07-06-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, यस चोटी त सेकेन् डिउजन आ'च। 0410349Q

आफ्नू पालाँ फस् डिउजनमै पास भैयाथ्यो। जे होस् कुन्चाहिं भाइ परो कि बहिनी परिन् मेरो सिम्मल लम्मरमा जाँच दिनी, भोज गर्दै होला गाँठे।

तपैंहरु पनि आफ्नू सिम्बल लम्मरको मान्छे पास भो कि फिल भो हेर्न मन छ भने जानुस् यहाँ
http://www.slc.ntc.net.np/slc2062_result.php
 
Posted on 07-06-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हो हो गोतामे र भौते दुबै को कबिता र लोक गीत राम्रो छ ।
मिस् एसो कबिता को प्रतियोगीता गर्नु भए कस्तो होला ।
 
Posted on 07-06-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो बिचार! म चाँही श्रोता। नत्र कवि हरु लाइ पानी ल्याउने काम मा खटाए पनि हुन्छ। स्वयं शेवक :)
 
Posted on 07-06-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामे अहिले भेने तिमी ले उचित कुरा गर्‍यो । तर एस्को लागि चै मिस् सँगइ अनुमती लिनु बेस् हुन्छ ।
 
Posted on 07-06-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति रमाइलो भा'राछ .......जाने बेला भैसक्यो :( :(
 
Posted on 07-06-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मलाइ ग्रेस मार्क दिएर पास बनाउन मिल्दैन? :(
 
Posted on 07-06-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले कस्तो रिसा'र कु्म्लो जस्तोमुख गराको आजको दिन कति रमाइलो भन्नु पर्थ्यो नि :)

ल ल धान धान को बोट मै फल्छ के तर धान रोप्न लाइ भाकरि नि हैन बारि नि हेन खेत नै चाहिन्छ :)
u already passed ke
happy :D
****
आँखा भरि हिउचुली छन छन गर्ने खोला
फेरियो कि मेरो गाँउ अझै उस्तै होला
 
Posted on 07-06-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O गेस् मार्क रे । कामे तिमीलाई गेस् मार्क होईन मिस् ले सुन्ना दिनु हुन्छ ।

मिस् कतातिर जान लौनु भाको । सिर लाई खाना पस् किन हो । :P
 
Posted on 07-06-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हाम्रा तिर त खेत नभै बारीतिर पनि धान लाउछन् के रे! तेल्लाई घैया धान भन्नी गर्याजस्तो लाउच।
 
Posted on 07-06-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठूल्नानी !!!
यसो भन्ट्याग भुन्टुगं लाई ठाँउमा पुराएर कुम्लेको धान बारिमा धान गोड्न जान लाको नि
:D
 
Posted on 07-06-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हाम्रो स्कुल कहिले देखि खुल्छ । भन्तयङ् भुन्तुङ् लै त पाखो लौनु भो अनि हम्र सिर् नि। सिर् लै चै कता पाखो लौने बिचार् मा हुनुहुन्च।
 
Posted on 07-06-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! मिस आउने हो मेरो मा धान गोड्न?? आमा लाइ खाजा बनाउन भन्छु है? अनि कुट्टो कोदालो छ कि छैन? छ भने त्यो नि ल्याउनुस् है।

कत्ति धेरै भन्ट्याङ् भुन्टुङ् जन्माको नि??
 
Posted on 07-06-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिर् ke bhaneko thulnani?
 
Posted on 07-06-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति, ठुल्नानीले आँखा चिम्लेर लेख्चिन जस्तो छ। "सर" भन्न खोजेकी होलिन्, अँउरेजीमा sir लेख्ता "सिर" भयो। मैले चैं त्यै मान्याछु।
 
Posted on 07-06-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D अइयाSSSSSS !!!!! मरे हाँसेर
छन नि ओ कुम्ले एक दर्जन के गर्नु बाबै !!!! :)
अब भकुन्डो सकियो भने स्कूल सुरु हुने हो सूचना गर्देउ ल ठूल्नानी
:)
 
Posted on 07-06-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दर्जन :ओ :ओ,

अब केटा मन्छे को भए नि कति जना बुढि बाट भनेर सोध्न मिल्ने, केटि लाइ त सोध्न मिलेन नि। एक दर्जन त गार्हो हुन्छ नि मिस। त्यहि पनि कस्तो तगडा नि हजुर त। मेरी हुने वाला बुढी लाइ हजुर कै उदाहरण दिनु पर्यो। केहि सिख्छिन कि तिनले। अनि सबै बर्सेनी हो?? हा हा हा!!

नरिसाउनुस है मिस। :)
 
Posted on 07-06-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिर को अर्थ कस्तो था पाको हो गालबले।
मैले मानेँ !

ल ओयासुमी !
---
कुम्ले

सिरमा लाउने ढाका टोपी
कम्मरैमा पेटी
मान्छे हेर्दा केटाकेटी कुरा गर्छे जेठी!
ऐयाऽऽऽऽऽ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
पाप न साप घोप्टो पारि थाप !!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters