[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पाहुना

[Please view other pages to see the rest of the postings. Total posts: 78]
PAGE: <<  1 2 3 4  
[VIEWED 30967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-10-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १


"दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ। 


"बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर।


"मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।  


"किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर।


"हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी।

"आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी।


अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी  अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले  फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी  सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली।


आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो।


सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन।  एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।  


हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।  


सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो।


यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने?  त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो। 


क्रमश: .......

 
Last edited: 10-Mar-09 09:13 AM

 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-19-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग


सफल चुपचाप केही नबोली भाँडा माझ्न थाल्यो। उस्लाई शायद फुपु ले ठुलो स्वर गर्नु भएको चित्त बुझेको थिएन होला। खानपिन कार्यक्रम सकिएपछी अको दिदीलाई सारीकाले मेरो खाट देखाइदीइ। म बाहिर सुत्नु पर्ने थाहा नै थ्यो ओड्ने र तकिया लिएर बाहिर निस्केँ। खाट छोडेर सोफा मा सुत्नु परेको निन्द्रा त आँखाको छेउछाउमै थिएन। ओल्टिदा र पल्टिदा झन्डै १ नै बज्ने बेला भईसकेको थ्यो। बल्ल आँखा लागेर झिमिक्क मात्रै के गरेको थिएँ भुइँचालो गएको जसरी सोफा नै थररर काँप्यो। झसङ भएर उठेको त सारीका ठिङ अगाडि उभिएकी।


"अबुइ!!!! मान्छे सुतेको देखिनस? घर भत्केला जसरी हिंड्नु पर्छ?"--- म रिसाएँ। सातो पुत्लो उडेर समात्न मुस्किल होला जस्तो भएको थ्यो।


"तँ यहाँ सुतिरा?"---अचम्म मान्दै सोधी। दुइ हात बाधेर जाडो ले कक्र्याक कुक्रुक परेको जसरी उभिराथी।


"कहाँ सुत्ने त? बाहिर बरन्डामा?"---उसै त सोफा मा सुत्न परीराछ अझ थाहा नपाएको जसरी सोध्दा झोकै चल्यो।


"मलाई त निन्द्रा नै लागेन एका तिर फुपु घुर्ने अर्को तेरो घडी को आवाज कती ठुलो? सेकेन्ड को सुइ  पनि सुनिने"--- उल्टो उही गुनासो गर्छे।


"धन्न खाट पाछेस। खुशी हो न। आफु ह्याँ सोफामा लम्पसार पर्नु पर्याछ"---कुहिनो को पछाडि भाग ले आँखा छोप्दै भने। माया नै लाग्यो आफ्नो ताल देखेर।    


"त्यती सानो खाट छ........."---गनगन गर्दै गई भित्र। असन्तोषी भनेको त्यही हो। सक्ने भएको भए बाहिर भर्र्याङ् मा लगेर सुताईदिन्थे लौ ला तलाई ठुलो खाट भनेर। उचाल्नै नसक्ने भएर पो त।


तीन घण्टा लागेको थ्यो निदाउन अब के निन्द्रा लाग्ने फेरी? यसै भएन उसै भएन भनेर Vicks Nyquil  एक बिर्को घुट्काइदेको  एकैछिनमा ढालिहाल्यो। निन्द्रालाई काल को भाई भन्थे हो कि जस्तो नि लाग्छ कहिले त। सुते पछी केही अत्तोपत्तो  नहुने।


बिहान सात पनि नबझ्दै फुपुले भाँडा बजाइरहनु भएको सुनेको थिएँ तर हात खुट्टा सबै लट्ठ थिए। चियापत्ती र चिनी कहाँ छ गर्दै हुनुहुन्थ्यो मैले ठाउँ भन्न त भने तर के भने आँफैलाई थाहा छैन। शायद पाएरै त होलानी केही आवाज नसुनेको। एक्छिन सुत्न पाएको छैन फेरी बाहिर आएर "कती सुतेका यिनिहरु आधा दिन नै भईसक्यो"  भन्दै हुनुहुन्थ्यो, को उठ्ने? सारीका १२ -१ नभै कहिले उठ्दिन। सफल त उ जन्ममा कुम्भकर्ण  नै थ्यो कि जस्तो लाग्थ्यो।  आफुलाई Nyquil ले लट्ठ बनाइरा।


घरी यो कोठा घरी त्यो कोठा गरेर १० चोटि फन्का मार्दै अनी ११ चोटिको पालोमा चै फेरी "आधा दिन भईसक्यो......" दोहराउदै हुनुहुन्थ्यो। हिडाँई त फुपु भदैको दुरुस्तै रहेछ।काले ले त्यो दिन चै तल बाट होइन माथिनै आएर बन्दुक ले नै ठोक्ने भो जस्तो लाग्याथ्यो। आएको भए  फुपुलाई सबै भन्दा अगाडि उभ्याइ दिन्छु भनेर सोचिराथेँ। फुपु उता कोठामा गए पछी एक्छिन फेरी निन्द्राले झ्याप्प पार्न पाएको छैन त्यही ढ्वाङ ढ्वाङ गरेको हिडाँई को आवाज आउन थालिहाल्थ्यो अनी फेरी "लौ न! "आधा दिन भईसक्यो ..."  


यो पाली चै "आधाको" "आ" सुन्ने बित्तिकै झल्यस्स सम्झेँ। आफ्नो त काम मा पो जानु पर्ने भनेर। १२ बजे देखी काम नै थ्यो। घडी हेरेको ११:३० भईसकेछ। जर्याक जुरुक उठेर नुहाउन गएँ। पछी कोठामा लुगा फेर्न जाँदा सारीका चै मुन्टो सिरक भित्रै राखेर कराइराथी---"प्लिज सिक कल गर्न आज एकदिन, भोली त तेरो बिदा नै हो। फुपुलाई घुमाइदिनु पर्ने छ।"


"त्यही बाँकी छ अब। काम साम छोडेर तेरो फुपुलाई घुमाएर बस्छु" भन्न मन थ्यो तर भनिन। "अब त ढिलो भईसक्यो। मिल्दैन। बरु छिट्टो आउँला"---आउन मिल्दैन थाहा थ्यो तै पनि झुठो आश्वासन दिएँ। उस्ले पत्याउदिन भन्ने पनि थाहा थ्यो।


काम बाट फर्किदा १० नै बजिसकेको थ्यो। फुपु त उहिले सुकला भईसक्नु भएछ। सारीका र सफल बाहिर सिनेमा हेरेर बसिराथे। आज को दिन त कट्यो भोली के गर्ने भनेर पिर पर्याथ्यो सारीका ले छिर्ने बित्तिकै गूड् न्युज सुनाइहाली। फुपुको नातेदारले  छ रे। हामी बस्ने भन्दा ३ घण्टा टाढा बस्ने रहेछ भोली जाने भनी। उस्ले त हामी ४ जना नै जाने प्लान गरेकी रहिछे। नचिनेको ठाउँ मा म जान्न भनेर पंछिहाले। सफल पनि फुपु सँग त जान्न भन्न थालेछ। सारीका त यसै पनि जान परीहाल्यो। 


भोली पल्ट सारीका फुपुलाई लिएर गई। सफल र म घरमै बस्यौँ। जाने बेलामा फुपुको अनुहार मा लुकेका भाव र संखा सजिलै बुझ्न सकिन्थ्यो तर आफुले कुनै गल्ती नगरे को भएर होला खासै मतलब पनि लागेन।


त्यो दिन पहिलो चोटि होला शायद सफल र मात्रै घरमा भएको। उ उता कोठामा आफ्नै काम मा ब्यस्त थियो म आफ्नो। बेला बेलामा भान्सामा जम्का भेट हुन्थ्यो। म भान्सा मा गएको थाहा हुने बित्तिकै आइहाल्थ्यो "के पकाउन लागेको?" भन्दै। दिन्भर घरमा बस्दा बस्दा दुबइ दिक्क भएर बेलुकी घर अगाडिकै पार्क मा हिंड्न गयौँ। मलाई सफल को बारेमा खासै केही थाहा थिएन। त्यो दिन कुरै कुरामा सोधेँ। उस्को कुरा सुनेर एक्छिन त अचम्म परेँ। उ अब २ सेमेस्टर मा ग्र्याजुएट हुन लागेको रहेछ त्यो पनि डबल मेजरमा र आज सम्म कुनै पनि क्लास मा "बी" नआएको रहेछ। पुरै छात्रब्रिती मा पढिरहेको रहेछ। खान र बस्नलाई कलेजमा टुटोरिङ्ग गर्दो रहेछ र नेपाल मा बाबाको आफ्नै राम्रो ब्यापार भएको ले अली अलि पैसा नेपाल बाट पनि आउने रहेछ जस्ले उस्को महिना धानिने रहेछ। उस्लाई पैसा को त्यती मोह रहेनछ। पुगे भयो भन्ने भावना राख्दो रहेछ। बच्चा देखी नै छात्राबास मा बसेको भएर खासै पारिवारिक बातबरण कस्तो हुन्छ थाहा पत्तो रहेनछ। म बल्ल बुझ्दै थिएँ उस्को बानिहरु किन अजिब भनेर। 


सफल प्रती मेरो धारणा निकै नै गलत रहेछ। एक मन ले त सारीका सँग नगएको खुशी पनि लाग्यो। कसैको खुबी सँग परीचित हुने त्यस्को कदर गर्ने मौका पाएँ। पार्क बाट फर्केपछी खाना तताएर दुबै ले खायौँ र आ-आफ्नो कोठामा गयौँ। दुई दिन भईसकेको थ्यो आफ्नो ओछ्यान छोडेको त्यस्कै माया लागेको जस्तो भएछ। कस्तो न्यानो लाग्यो आफ्नो कोठा। कती दिन देखिको निन्द्रा बाँकी भएको जसरी खाट्मा ढल्न पाएको छैन निद्राले आँखा ढपक्क ढाकिहाल्यो।


भोली पल्ट बेलुका तिर फुपुलाई लिएर सारीका आइपुगी। म भित्र कोठामै थिएँ सफल चाँही बाहिर भिडियो गेम खेलेर बसिराथ्यो। फुपु सोफा मा थचक्क बस्नु भयो। सारीका मलाई खोज्दै भित्रै आइ। एकदम थकित देखिन्थी। खाना बनिसकेको थ्यो। एक्छिन खाट्मा पल्टि।


"ओहो कस्तो थाकियो केही तातो खान पाए पनि हुन्थ्यो" ---अको दिदी थकित स्वरमा भन्नु भयो बाहिर कोठा बाट।


"त्यती ड्राइभ मैले गरिराछु। बाटो भरी पनि सुतेकै देखिराछु यो अको दिदी तै पनि कसरी थाकेको हो कुन्नि?"---आँखा चिम्म नै राखेर सारीका ले भनी।


बाटो भरी हत्तु पार्नु भयो जस्तो छ फुपु ले ठुस्स अनुहार लगाइराथी। फुपु ले तातो खाँउ भन्नु भएको त भुसुक्कै बिर्सेंछु। एक्कासी "बरु अलीकती चियापत्ती र दुध पनि हालेको भए हुन्थ्यो नि" भनेको सुनेँ। बाहिर गएर बुझ्दा त सफल ले तातो खाँउ भन्नु भएको सुनेर जुरुक्क उठेर पानी तताएर तातो पानी पो दिएछ। हासउठेर एक्छिन त मर्नै लागेको थिएँ। खाना सबै पाकिसकेको थ्यो त्यही तताएर दिएँ। 


भोली पल्ट बिहानकै फ्लाईट थ्यो अको दिदी खाएर सुतिहाल्नु भयो। आफ्नो फेरी उठिबास लागिहाल्यो आफ्नै खाट बाट। सारीकालाई "आज चै राती ब्युझाँउन आइस भने मैले के गर्छु तैले सोच्न पनि सक्दिनस" भनेर थर्काएँ। खास यो गर्छु भन्न पनि आएन तुरुन्तै। त्यो सोफा मा यसै पनि छिटो निन्द्रा लाग्न गाह्रै हुन्थ्यो फेरी अर्को एक बिर्को Vicks Nyquil तुन्काइदिएर सुतेँ चोर नै आएर चोरेर लठिबत्र पारेनी थाहा नहुने गरेर।


बिहानै फुपुको फ्लाईट थ्यो सारीका ले पुर्याएर आइ। सफल अर्को एक हप्ता बस्यो। उस्को व्यबहारमा केही परिवर्तन थिएन। "फोहर मोजा जताततै नफाल न सफल" भन्यो भने "त्यती भन्नु सट्टा कता राख्ने हो राखिदेउन" भन्थ्यो। हजाम को छुरा जस्तो थ्यो मुख चलाऊन त। आफु पनि बिग्रिन सजिलो हुन्थ्यो तर ऊ सप्रेला भन्ने आसा राख्नु त मुर्ख नै हुनु सरी थ्यो। 


सारीका र सफल को च्याप्टर अर्को १ सेमेस्टर मै बन्द भयो। त्यो हुनु त थियो नै बरु सोचेको भन्दा धेरै नै टिक्यो जस्तो लाग्छ। बिस्तारै सफलका सम्झनाहरु पनि मानसपटलबाट बिलाउदै गए। 


३ बर्ष पछी *************


सारीकाको बिहे भयो। अर्कै केटा सँग। ऊ अर्कै स्टेट मा सरीसकेकी थीइ। म बिहेलाई गएँ। पुराना साथीहरु भेट भए र पुरानो स्‍मृति ताजा बनाउन लाग्यौँ हामीहरु। गोलो टेबल मा हामीहरु कलेजका साथीहरु ८ जना बसेका थियौँ। सारिका निकै खुशी देखिन्थी र पाहुनहरुको स्वागत मै ब्यस्त थीइ। हामीहरुको हाँसो निकै चर्को थियो र मलाई कसैले पछाडि बाट कोट्याए झैँ लाग्यो। हेरेको त अको दिदी पो हुनुहुदो रहेछ।


"ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?----अको दिदिले सोध्नु भयो। एक्छिन त को सफल जस्तै भएँ अनी सम्झे पछी त तर्सिहालेँ।


"ए......... म मात्रै आएको"--- कुरा छोटयाउदै भनेँ। न सारीकाले सफल लाई छोड्दी त्यसैले सफल को बारेमा थाहा छैन भन्नु? न त ३ बर्ष अगाडि भनेको सबै झुठो हो भन्नु? भनेकै भए पनि फुपुले किन पत्याउनु हुन्थ्यो र? अहिले आएर मेरो भदैलाई दोश लाउने भन्न बेर लगाउनु हुन्न थ्यो।


"म साथीहरु सँग छु पछी कुरा गर्छु नि है हजुर सँग" भनेर फुपुलाई पठाइदिएँ। यता सात जानाले घुरेर "को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे" भन्न थाले। जस्को बिहेमा पाहुना भएर आएकी छु उस्कै त्यस्ता कुरा कसरी भन्नु? त्यत्तिकै घुस्घुसे भन्ने नाम कमाइयो। मनमनै त "यो फुपु बुढी सँग अब यो जुनिमा कहिले भेट नहोस्" भनेर प्राथना गर्दैथेँ। एक झुठ ले सय चोटि रुवाउछ भनेर बाबाले भन्नु हुन्थ्यो आफुले त साबित नै गरेर देखाइदिएँ। त्यो झुठ ले अझ कती पच्छ्यौने हो त सोच्न पनि मन लागेन। गल्ती गरेर निर्दोष एुउटी भईहाली हुँदो न खाँदो को दोषी म ठहरिएँ।


समाप्त


 
Posted on 03-19-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>"को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे"<<


ल अर्को नाम नि कमाएछ घुस्घुसे - भनेर दिपिकाले


ल कथा मजाको गयो -


 
Posted on 03-19-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी
कथा राम्रो सँग टुङ्यायोउ। रमाइलो भयो पढेर। सफललाई चै बोलाइनछ त सारीका ले बिहामा? अनी अको दिदी लाई भन्द्या भे हुन्थ्यो नि त फेरी अर्को चोटि आफ्नै मान्छे सँग हिन्या बेला मा सोधिदिनु होला नि आको दिदी ले।
 
Posted on 03-19-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?----अको दिदिले सोध्नु भयो।
यता सात जानाले घुरेर "को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे" भन्न थाले।

लौ हेर कस्तो फसाद परेको दीपूलाई। खुरुक्क पहिले नै आफ्नो होइन उसैको बोइफ्रेन्ड भनिदिएको भए हुने रहेछ, कसो?
सदा झैं यो प्रस्तुति पनि उत्कृष्ट लाग्यो। अर्को कथा छिट्टै पढ्न पाउने प्रतीक्षामा।
 
Posted on 03-19-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि रमाइलो लाग्यो कथा पढेर !
पहिला पहिला भन्दा झन झन राम्रो हुँदै गएको छ लेखन शैली ! बधाई छ दीपीका जी !
 
Posted on 03-19-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कथा त सिद्धिएछ? म त अब के के हुने होला भनेर दङ पर्दै थिए बिचरा सफल लाई सारीका ले धोका दिएर बिहे सम्म भएको लेख्नु भएछ ।   
 जे होस् रमाइलो छ, आफ्नो जिबनका अनुभब लाई रमाइलो तरिकाले कथा मा पस्किनु भएको मा मुरी मुरी धन्यवाद, यस्ता कथाले निरन्तरता पाइराखुन

अघी लेखेको अलिकती फिर्ता लिए है

Last edited: 19-Mar-09 02:04 PM

 
Posted on 03-19-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial---


बौचा ल हेर मैले त्यस्ता नाम कमाए भनेर खुशी भएकी। त्यही घुस्घुसे भएर त स्वयम्भु जाँदा बाँदर ले गाला चिथोरेको कुरा कसैलाई नभनेको नि। नत्र यहाँ टेक्ने बित्तिकै सुरुमै ठुल्दाइ फोन गर्दिहाल्थेनी। खोइ भनी न त


बिस्टे---


भन्न पर्ने बेलामा भनिन मामा अब त भनेकै भए पनि किन पत्याउनु हुन्थ्यो र भनेर चुप लागेँ। हा हा हा सारीकाले बोलाइन सफल लाई बिहेमा त।


chipledhunga---


त्यो बेलामा अब फुपुले मलाई कहिले नै चिन्ने हो र भनेर खास ठुलो पनि लागेन। धेरै सँगै बसेर कुरै गर्नु परेको भए त भनिदिन्थे होला त्यस्तो पनि भएन तर ३ बर्ष पछी पनि त्यसरी भेट हुने थाहा भएको भए चै भनिदिन्थे तेइ बेलामा।


ritthe---


ओहो रिट्ठे एउटा विद्यार्थी लाई जाँच कस्तो भयो भनेर पिर गरिरा बेलामा प्रोफेसरले "A" आयो भन्दा जती खुशी लाग्छ मलाई त्यती नै खुशी लाग्यो अहिले तिम्रो कुरा सुनेर। 


Parbatya---


पर्बत्या ज्यु, सारीका ले फुपु को अगाडि किन लसपस गर्थी र? उस्ले त सफललाई चिनेको पनि छैन जस्तो व्यबहार गरेकी थीइ नि। सफल बिचरा चै यो सारीका आफ्नो मान्छे पाएपछी अरुलाई वास्तै गर्दैन भन्दै थ्यो पहिले कुरा  नबुझ्दा। 


पाहुनामा उपस्थित सबै पाहुनालाई धेरै धेरै धन्यवाद। जीवन को यात्रा मा हिड्दै जाँदा घटेका तिता मिठा सम्झना हरु बाँड्ने क्रम मा लेखेको यो कथा पढिदिनु भएको मा र प्रोत्साहन गर्नु भएको मा म आभारी छु।


दिपिका


 


 
Posted on 03-19-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३ र र अन्तिम भाग को अन्तिम हरफ सम्म एक सास ले पढि सक्याएं।  यस्तो लाग्यो कुनै चलचित्र हेरी राख्या छु। सफल को असफल प्रेम यात्रा, अको दिदी को गन्थन, सारीका को बंठ्याइ र जीवन। सबै जीवन्त लाग्यो।



धेरै लेख्यो भन्नु होला, अन्यथा न लिनु होला  । नेपाली साहित्यमा पुरस्कारको लागि आबेदन दिने अधिकाँश कथाकार भन्दा अब्बल दर्जा को लेखाइ छ।


 
Posted on 03-19-09 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipuu malai teo ako fupu wa uha ko buhari ko email id deuna --- yo katha ko attachment pathidinu paryo--k thaha pachhi feri timi *** sanga hinira bela ma pyachha sodnu hola  


jokes apart, timro lekhai sadhai jhai -- ae haina haina sadhai bhanda utkrista-- hasnu hasi sakeysi timro maya lagcha bai.  Gjob sisu!


Ocrazmaicha  hawu grl?


 
Posted on 03-19-09 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

realistically presented, genuinely ended and flawlessly written


i've just started reading your other stories. Glad to have you here Dipika02


love to read more from you.


~khushi~


 
Posted on 03-19-09 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा, सफलेको कन्तबिजोग भएछ। जे भए नि भाँडा त टिलिक्कै माझ्थ्यो नि है!


प्रेज्ज्, के छ त तोरि लाहुरेको हालखबर?


 
Posted on 03-19-09 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधैं झै, अर्को सुपाठ्य कथा ।


लेखनमा एउटा साह्रै मीठो लाग्ने विशेषता चाही के भने नियमितजसो ठाउँठाउँमा वडा witty अभिव्यक्तिहरु ।


एउटै अलिकति खट्केको चाही कथान्त भाव । कथान्त reflective ending हो । तर त्यो अलि remorseful note मा छ, मानौं conflict यथावत् छ अर्थात् protagonist मा कुनै वैचारिक परिपक्वता आएको छैन । त्यसको विपरित यदि protagonist ले त्यो पुरानो happenstance लाई एउटा something to laugh about जस्तो के, अलिक accepting positive note मा लिएको भए यो कथाको सुन्दरतामा कुनै कमी नआउने मात्र होईन बरु अभिवृद्धि हुने थियो भन्ने मलाई लाग्छ । आखिर त्यो एउटा सानो दूर्घटना न थियो । विस्मातको साटो हाँसोपूर्ण स्वीकार बढी शोभनीय र परिपक्व देखिन्छ भन्न चाहेको हुँ ।


जेभए पनि सदा झै पठनीय कोसेली ।


सधै झै अनन्त शुभकामना !


 


Nepe   


 
Posted on 03-19-09 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, कथा त सकिएछ। अन्तिम भाग पनि सुन्दर लाग्यो। अली कती ब्यङ, हासो अनी अली कती भावुकता - सबै कुरा कथाले समेटेको छ। अरु पनि लेख्दै गर है।

 
Posted on 03-22-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai ---


ठुल्दाइ हजुरहरु सँगै सिक्दैछु। त्यती ठुलो सम्मान को लायक त छैन होला तर हजुरका शब्दहरुलाई प्रोतसाहन को मार्गको रूप मा लिएकी छु।  


Pjna007---


सिसु, ठीक भन्यौ। फुपुको त भर छैन। प्याच्च सोध्नु भयो भने के भन्ने फेरी है? पख म अहिले नै पठाइदिन्छु भाउजुलाई बरु त्यो एक हरफ जस्मा दाई भाउजु को कुरा छ त्यो चै मेट्छु पठाउदा  ;-)


khuSshi ---


खुशी हौसलाको लागि धन्यवाद। बरु अरु कथा कस्तो लाग्यो त्यो पनि सुन्न पाए म पनि खुशी हुन्थेँ।


crazy_love---


त्यही भन्या मैचा सफल ले भाँडा माझ्दा त घरमा ऐना नै नचाहिने नि।
अनी हेर त भनेकी, ज्वाँई लाई "तोरि लाउरे" रे 


सिसु ले मार्छे तर सिसु हेरन शब्द सुनेर मर्नै आटेँ। यो मैचा लाई कती आउने यस्ता कुरा
क्रेज अब तिमी कहिले टाँस्छौ त्यो लेख्दै गरेको कथा। प्लट नै कस्तो राम्रो छ झन तिम्रो शब्दहरुले सजाउदा मनमोहक बगैंचा जस्तै हुन्छ।  छिट्टो है। कुरिराछु। 


 Nepe---


हजुरको जस्तो पारखी नजर परेपछी धेरै त्रुटीहरु छर्लङ हुन्छन। साँच्चै भन्ने हो भने अझ सम्म पनि सारीका अथवा मेरो मुख बाट फुपुलाई त्यो बेलामा हामीले झुठो बोलेको भनेका छैनउ। त्यस्तो मौका नै परेको छैन। उहाँको र मेरो त्यही बिहेमा भेट भएपछी फेरी भएको छैन। त्यसैले मैले अन्त्य त्यसरी गरेकी। अहिले हजुरको प्रतिकृया पढेपछी चै शायद पुरै हाँसोपूर्ण नै लेखेकी भएपनी हुन्थ्यो जस्तो नलागेको चै होइन तर :-)


Nepal Ko chora---


नेप्चु तिमीले जे सुन्न मैले चाहेको त्यही नै भन्यौ। खुशी लाग्यो। तिमी अब फेरी बिलाउने हो? :-)


अब चाँही यो धागो बाट बिदा लिन्छु। पाहुना मा आफ्नो समय दिनु भएका सबै पाठकहरुलाई धेरै धेरै धन्यवाद।


दिपिका 


 
Posted on 03-22-09 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हप्ता ब्यस्त भाकोले के भो नै थाहा थिएन, धन्न यो कथा माथि आएछ, २ भाग पढ्न बाँकी थियो, पढें, मस्त हासें, सार्है रमाइलो भयो, सफलको पनि माया लाग्यो, दिपुको माया त सधैं लाग्छ। लौ फेरी फेरी एस्तो रोचक प्रस्तुती ल्याउंदै गर्नु होला, धन्यवाद
 
Posted on 03-23-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


अको फुपु चै सफा भावना भएको मान्चे हुनुहुदो रहेच।


'ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?'---- सफल मनपरेकोरहेच अको फुपुलाई हे हे हे! सफलको बारेमा फुपुले सोधेका सबै प्रश्न जायज हुन जस्तो लाग्च मलाई


दिपू   त्रिकोणात्मक गर्दिया भए पनि हुने थियो। खुलेर लेखन सिस( अरे दिपिका दिज्यु पो त )


 
Posted on 03-23-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्न सारिकाले दिपिकाले सफललाई छोडि त भनेर भनिनछे !!!!रमाइलो लाग्यो अर्को कथाको ब्यग्र प्रतिक्षामा!!!

 
Posted on 03-23-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर अनि मीठास भरिएको । फेरि फेरि पनि नयां खाले कोशेलीहरु पस्कदै गर्नु होला ।
धन्यबाद ।

-somewhereondearth

 
Posted on 03-27-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर, मिठो, हलुका तनावमा पनि मुसुक्क हँसाऊने कथा!


सत्य घटनामा आधारीत हो दीपीका नानू?


माथि प्रेरणाले भने जस्तो,  फुपु र उनकी बुहारीको इमेल पाए, अहिले कस्तो घटना चल्दैछ थाहा पाउन हुन्थ्यो हे हे हे!


 
Posted on 03-27-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो कुरो मन्पर्‍यो । सारीकाले बिहे गरिछ । जे भो राम्रै भो ।

 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
Afganistan
The Facebook Surprise
Nepali guards in Afghanistan
सेक्सी कविता - पार्ट २
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
नौटंकी
Adhikar.org spreading lies that TPS Nepali Citizen are NOT welcome in Nepal
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
KP and PK
dELTA variant is a hoax !!
One step closer: House Democrats break internal impasse to adopt $3.5T budget plan #TPS
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
When the news is bought for by vaccine corporations
For fellow nepali bros/sis intersted on immi bill
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters