[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पाहुना

[Please view other pages to see the rest of the postings. Total posts: 78]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 37137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 03-10-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १


"दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ। 


"बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर।


"मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।  


"किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर।


"हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी।

"आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी।


अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी  अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले  फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी  सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली।


आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो।


सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन।  एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।  


हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।  


सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो।


यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने?  त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो। 


क्रमश: .......

 
Last edited: 10-Mar-09 09:13 AM

 
Posted on 03-11-09 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, धेरै दिन पछी भए देखियो त।  लेखाइ राम्रो छ, कथा रमाइलो छ।  सफल को कथा पढेर मज्जाले हासीयो। बाकी भाग पनि चाडै पढ्न पाइयोस।
 
Posted on 03-11-09 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

got allergy with long page bhag ma ohhhhhh


 
Posted on 03-11-09 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dippu, good to see you after a long time. My gosh, this is soo hilarious - you've got a great sense of humour. It is the probably the best one among other stories posted by you. You present a simple theme in a charismatic way - an unbelievable writing style. Thanks for sharing this incident/story with us. Impatiently looking forward to reading the next part.


lock luck123: got to have talent and dedication for long postings, and those skills are possessed only by a few people; hence, it's not surprising to get allergic to longer posting for people without writing skills. Anyways, once you start writing you'll understand the feeling of a writer, but until then learn to appreciate what you're getting to read on which somebody has devoted his/her precious time for readers.


 
Posted on 03-12-09 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दीपिकाजी का पाहुना हरु को चर्तिकला पढ्न पाइने भयो, पहिलो भागमा त  प्रत्यक्ष देखे जस्तो भएको छ
सारीका को कहानि अस्ती पढेको भएर होला सारीका र सफलको जोडी त राम्रो जुटाइदिएका रहेछन नि, जे होस् सफल ले पुरा "पाहुना" को भूमिका निर्बाह गर्न जानेको रहेछ
अब 'सफल' अटेर गरेर बसिराख्यो अनी दुबै पाहुना लाई मिलाएर राख्न परेको द्रिश्य चाँही नराख्नु होला है
 
Posted on 03-12-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डीपीका धेरै राम्रो गएको छ ल। म कालेदाई पहिलो चोटि कमेन्त लेख्दै छु।


Kaledai


 
Posted on 03-12-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २


"फुपु पर्सी आउने भने पछी सफल कहिले फर्किन्छ? भोली?"---सारिकाले आजै भन्छेकी भन्ने झिनो आश राखेर सोधेँ।


"कहाँ फर्किने सफल?"---उस्ले उल्टो मलाई नै प्रश्न गरी।
 
"फुपु आउँदा सफललाई चै कहाँ राख्छेस त? क्लजेटमा?"---झन अब जाने भयो एउटा चन्ड भनेर खुशीयाली मनाउन मन गद्गगद छ उ चै के? र कसो? भनेर प्रश्न माथि प्रश्न गरेको देखेर दिमाग नै तात्यो मेरो पनि।


"त्यही त बर्बाद भयो भन्या नि। तँ भन्न के गर्ने?"---खुरुक्क सफललाई बिदाबारी नगरेर मलाई नै सोधी।
 
"खोइ? के गर्ने के?"---भन्न त सफललाई घोक्रे ठ्याक लाइदिनेनी भन्न मन थ्यो तर उस्को बोई फ्रेन्डलाई धेरै जा भन भन्दा नै मलाई  मार्ली भन्ने डए। मैले देखी नसहेको जस्तो होला भनेर अली पछी हटेँ।


"ह्या अको दिदी जम्मा ४ दिनलाई आउने हो क्या रे। त्यती दिनलाई त तेरो दाई नै भन्दे पनि भईहाल्यो नि।"---कती सजिलै सँग भनी। सिधै मैले हुन्छ नै भन्छु झै गरेर।    


"भन्छेस खुब मेरो दाई भनेर। पागल भइस? आँखा फुट्याले पनि पत्याउदैनन। कहाँ उस्को गोलो थाल जस्तो मंगोलियन अनुहार, त्यस्तो चिम्सो आँखा अनी त्यती चेप्टो नाक कहाँ मेरो हेर्दै टिपिकल क्षत्रिनी-बाहुनी जस्तो अनुहार त्यस माथि यती चुच्चो सगरमाथाको उचाइलाई पनि माथ गर्ने जत्रो नाक। तेरो फुपु त्यती मुर्ख त हुनु हुन्न होला नि पत्याउन लाई?"--- भएकै कुरा भन्देँ मैले। साँचो कुरा भन्न के को डर?   


"अनी के भन्ने त  के?"---उल्टो मै सँग पो सन्किन्छे मेरै फुपु आउन लाग्नु भएको जसरी। 


"के भन्ने नि? खुरुक्क सफललाई जा भन्ने।"---मन को कुरा मुख बाट निस्किहाल्यो।     


"सफलको स्कुल र डोर्म अर्को दुई हप्ता नभैइ खुल्दैन। अहिले उस्लाई कहाँ जा भन्ने मैले? म भन्दा नजिक को छ र उस्को?"--- अली मलिनो स्वरमा न्याउरो अनुहार बनाउदै सारीकाले भनी। उसका अनुहारमा उदासिनता का केही रेखाहरु छापिए। म चुप लागेँ। उ आफ्नो कोठामा लागि। 


मलाई कता कता आफु निकै नै क्रुर भएको आभाष भयो। मलाई सफल डोर्म मा बस्ने पनि थाहा थिएन। सारीका र सफल को सम्बन्ध जे जस्तो भए पनि मेरो लागि सफल सारीकाको पाहुना थ्यो। मैले उस्को पाहुनालाई जा भन भन्नु भनेको आफ्नो मानबताको हत्या गर्नु नै सरी थ्यो। फेरी त्यो अपार्ट्मेन्ट्मा मेरो जती हक थ्यो सारीकाको पनि उतिनै हक थ्यो र त्यो हक भन्दा ठुलो हाम्रो माया। सफलको केही बानिहरु देखी म वाक्क भए पनि हामीहरु बिच आत्मियताको नाता चै थ्यो। शायद त्यही नाताले मलाई झस्कायो होला आत्मग्लानी बाट बन्चित हुन सकिन।


केटीहरुको चित्त र पित्त उत्रै हुन्छ भनेर नेपाली पढाउने गुरुबा ले भन्दा सबै केटाहरु गललल हाँसेका थिए। बुझेरै हाँसेका रहेछन जस्तो छ। सारीकाको न्याउरो अनुहार सम्झेर मलाई उस्को हृदयमा ठुलै चोट पुर्याएको भान भयो।  सारीकाको कोठामा गएँ। ढोका खुलेकै थ्यो। सारीका मेचमा बसेर नजर झ्याल बाट बाहिर मिल्काउदै टोलाइरहेकी थीइ। सफल उस्ले भुइँमा राखेको डस्नामा अलिकती ढल्किदै हातमा गीतार लिएर इगल्स ब्यन्ड को "होटेल क्यालिफोर्निया" गीत को धुन बजाइरहेको थ्यो। सफलले हाम्रो वार्तालाप सुनेकै हुनु पर्छ। यस्ता काठका भित्ताहरुमा किन नसुन्नु? मेरो अनुहारमा आफ्नै सोचाइले बिद्रोह गरिरहेक भावहरु प्रस्त देखेर पनि होला दुबैले केही बोलेनन। म चुपचाप त्यो डस्नाको अर्को छेउमा गएर बसेँ। सफलको मिठो धुनले सबै तनाब बाट मुक्त भए झैँ लागिरहेको थ्यो।  


"कस्तो राम्रो गीतार बजाउछौ सफल तिमी"---धुन बजाउन सकिएपछी मुसुक्क मुस्काउदै अनायासै मेरो मुख बाट ति शब्दहरु निस्के। साँचो कुरा निस्किन बेर नै लागेन।


"धन्यबाद! तर म जान्न"--- त्यही मुस्कान मलाई फर्काउदै सफलले भन्यो मुटु च्वास्स रोप्ने गरेर।


"ठिकै छ। अरु नै केही उपाए निकालौँला"---मैले आफ्नो बोलिमा सुधार लेराउदै भने। मुस्कान पनि ओंठमा कायम नै राखेँ। 


धेरै बेरको छलफल पछी कुरा अली अली मिल्न आयो। एउटा कोठामा सफललाई राख्ने अनी मेरो कोठामा चै सारीका र म बसेको भन्ने भयौँ। सफल चै हुन त पाहुना नै हो तर केही समय अझ बस्छ अनी हामी दुबै को साथी हो भन्ने भयौँ। सारीकाले आफ्नो केही लुगा अनी सामानहरु मेरो कोठामा सारी फुपुलाई संखा नहोस् भनेर।   


बुधवार दिउसो को २ बजे तिर सारीका अको दिदिलाई लिएर आइ। उहाँ र उहाँको सिट्केस दुबै लिएर उ मेरो कोठामा गई जुन हाम्रो कोठा हुन पुगेको थ्यो। म बाहिर चिया बनाउन तिर लागे। सफल सोफामा बसेर रेमोट टिक-टिक गर्दै थ्यो। सारीका भित्रै फुपुका सामान्हरु छेउ लगाउन मै अस्त ब्यस्त थीइ। फुपु बाहिर आउनु भयो। छोटो औपचारिकता दुबइ तर्फ बाट निभियो। सफल ले पनि उठेर नमस्कार सम्म चै गर्‍यो। भान्साको छेउमा राखेको मेच मा फुपु बस्नु भयो। चिया पिउने उहाँ र म मात्रै भयौँ। सारीका बाहिर निस्किन दुलही नै अन्माउन लागेको झै गरिराथी। सफल चिया पिउदैन थ्यो।


"नानी र सफल बाबुको कुरा घरमा बा आमालाई थाहा छ त?"--- चिया मिठो लाग्यो भन्ने क्रम पनि पुरै नसकिकन फुपुले त्यस्तो प्रश्न पो तेर्साउनु भयो।


"हजुर?"--- आश्चर्य जनक प्रतिप्रश्न गरेँ। त्यो प्रश्न चिन्ह मेरो अनुहारमा पनि देखिन्थ्यो। उहाँको प्रश्ननै बुझिन। अलमल्ल परेँ।


"ए दिपिका एउटा काम छ। हिंड्न तल छिट्टो"---हत्तारिदै कोठाबाट निस्केर सारीकाले मलाई तान्दै बाहिर लागि। हातमा चिया थ्यो। छछल्किएर हात पनि पोल्यो। 


"सुन्न! यो अको दिदीको बानी अली धेरै नै संखालु छ के। मैले सफल साथी हो भनेको फेरी के र कसो भनेर अरु हजार वटा प्रश्न को बाढी आउन थाल्यो अनी मैले तेरो बोई फ्रेन्ड हो भन्देकी छु है।"--- भर्र्याङ् को खुट्किला पनि राम्ररी ओर्लिन नदिएर तल तिर खुर्मुराउदै भनी।


"अब चै त मरिस। अहिले नै सबै भन्दिन्छु तेरो फुपुलाई म को? सफल को? अनी तँ को? भनेर"--- रिस ले आगो हुँदै म माथि दौडेँ। एक त चियाले पोलेको पनि अली अली दुखिरा अर्को मलाई नै नभनी उस्को भार थपक्क मेरो काँधमा राखिदेको देखेर कती खेर माथि पुगेर सास नफेरी   फुपुलाई सबै तेस्का चर्तिकला सुनाउदिएर मनमा शान्ती होला जस्तो भएको थ्यो।


वजनमा म भन्दा झन्डै २० lbs नै बढी थीइ। मलाई त च्याप-चुप पारीहाली। "सुन्न सुन" भन्दै सम्झाउने प्रयत्न गर्दै थीइ म पनि आफ्नो भए भरको बल निकालेर उम्किन खोज्दै थिएँ। त्यस्को "सुन्न" "सुन" "चाँदी" केही चाहिएको थिएन मलाई। धेरै भई सकेका थिएँ तिनिहरुका ब्यापार। त्यतिकैमा हाम्रो तल बस्ने दुस्ट काले एउटा हातमा सियर्स को झोला लिएर अर्को हातमा सानो छोरा डोर्याउदै आइपुग्यो। हाम्रो द्रिष्य देखेर छक्क पर्दै हेरिरह्यो। बुझ्न त के बुझ्नु उल्टो हामी दुइटी पनि अरु नै बर्ग को हो कि भनेर संखालु नजरले तल पैताला देखी तालु सम्म पो हेर्न थाल्यो।   


क्रमश:....


 
Posted on 03-12-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बै, क्या visualize भो बै मलाई त। luved it बेस्सी जान्नि भेर मानवताको नाता देखाथ्यो नि ठीक्क पर्‍यो भनेर कसरी भन्नु। अब कोइ नपार त्यो सफले बोइ फ्रेन पो बनाइ दि ल जा।

हुन पनि माप्पाको रैछ त्यो सफले बौचा त, पाहुना आउंदा समेत उठेर समान ल्याइदिनु, एस्सो अली हुन्छ नि

राम्ररी लेख्नु भएको रहेछ, सर्है चित्त बुझ्यो, अब अर्को भागको प्रतिक्ष्यामा, कृपया ढिलो नगरिदिनु होला
 
Posted on 03-12-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laaaa aba 'Dipika ko boyfriend chha ra u sangai baschhe' bhanera fupu le gau-shahar bhari halla phailaunu hune bhayo Nepal ma. la hai sathi bhanera chhodnu hudaina, bastabikata ta bhannai parchha fupu lai. ramailo chha.
 
Posted on 03-12-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले सफल साथी हो भनेको फेरी के र कसो भनेर अरु हजार वटा प्रश्न को बाढी आउन थाल्यो अनी मैले तेरो बोई फ्रेन्ड हो भन्देकी छु है।"---

कस्तो डरलाग्दी पो रहेछ त हौ सारीका पनि। कता कता पूजाको झझल्को आयो, त्यही टेम्पो भाडा र "मुस्तन्डे" कथाको।
अर्को भागको प्रतीक्षामा। 

 
Posted on 03-12-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harka_Bahadur---

हर्क दाई पख्नुस् न पूजा पनि आउछे बिस्तारै। मलाई फुर्सद हुन दिनुस् न पूजा दुजा लुजा सबैलाई बोलाउछु।


chipledhunga---


चिप्लु लौ थपिसकेँ है अर्को भाग। पूजा पनि आउछे पछी। पाहुनाको सत्कार पहिले सक्छु अनी है? 


rahulvai---


ठुल्दाइ म पनि असफल छान्न सफल भएँ कि क्या हो? अनी लौ यो पनि गुलियो लाग्यो। झन धेरै गुलियो खानु हुन्न भनेको त। ल हेर....


बिस्टे---


मामा धेरै केटाहरु त्यस्ता भए पनि मेरो मामा चै त्यस्तो हुनु हुन्न। यो चै मेरो ठोकुवा नै हो। अनी त्यही त। म झन डबल ट्वाँ परेकी  अर्को सफल देखेर।


shubha---


शुभु, के छ बाबु? मैले तिमी त तिम्रो दिदिलाई एकदम मिस गरेकी थिएँ। भनिदेउ है दिदिलाई पनि। धेरै भयो नदेखेको। ल अब चै नजाउ है। बसिराख त्यँही।


pjna007


आहा! मेरो सिसु आइछ। त्यही त खाली दु:ख दिन्छन मलाई। जो हेर्यो त्यही त्यस्तै। अब तिमी आयौ। सबैलाई ठीक पार्देउ है?


Nepal ko Chora


लौ अस्ती भर्खर जिन्दगीका अनुहारहरु भन्ने कबिता बाचन गर्दा भेट्या होइन? खाली पढेर मात्रै बस्छ यो नेप्चु अनी अरु केही याद हुँदैन उस्लाई।


Lock_luck123---


माथि लेख्नु भएका ८ शब्दहरुले बनेको वाक्य मैले बुझ्नै सकिन। कम्तिमा पनि १० चोटि पढेँ होला। हो कि भनेर ओल्टाई पल्टाई पनि गरेँ। तर पनि भ्याएन मेरो दिमाग ले। "allergy" भएको त बुझेँ तर कुन कुराले हो नै बुझिन। यदी लेखाइले हो भने म सिकारु हुँ। सिक्दैछु। माफ गर्नुस्। अरु केही कुराले हो भने जानकारी पाउँ म बिचार अबवस्य पुर्याउनेछु।


kancha01---


के छ हो कान्छा? तिमी पनि लुसु लुसु आउछौ बा। अरु कतै देख्दिन म त। के हो? मेरो धागो मा आउने एउटा मुकुन्डो अनी अरु धागोमा चिहाउने अर्को मुकुन्डो छ कि क्या हो? मजाक हो है साथी।


Parbatya---


पर्बत्या ज्यु, सञ्चै? कस्तो  भेट हुन पनि गर्‍यो पर्न थाल्यो हजुर सँग त। हिसाब प्रतियोगिताका धागाहरु कम हुने बित्तिकै हजुर हराउनु त पर्दैन नि। अनी लौ दुई जनाको द्रिस्य सँगै नदेखाउनुस् भन्नु भयो। ध्यान मा राख्छु है ज्ञान मा नि राख्छु राख्न त। 


KAledai---


काले दाई आउनुस् आउनुस् बस्नुस् त्यही मेच तानेर। अनी डिपिका भन्दा त काम मा खैरेहरुले बोलाको जस्तो पो लाग्यो है।


आफ्नो किम्ती समय पाहुना मा खर्चिनु भएका सबै पाठकलाई मुरी मुरी धन्यवाद। अर्को भाग समय र परिस्थिती मिलाएर  छिटो नै पस्किनेछु 


दिपिका

 
 
Last edited: 12-Mar-09 10:22 AM

 
Posted on 03-12-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जे शँका गरेको थिए त्यही भएछ, अब पो रमाइलो हुने भयो त
सारीका को अगाडि कस्को के चल्नु? अब कुरा मिलाउदै गरेर फुपुलाई " यिनी हरुको सबै राम्रो छ, इन्टर कास्ट भएको ले घरमा मिलाउन गार्हो छ, यस्तो कुरा थाहा पाए दिपिकाको बाबा ममी ले पिर मान्सिन्छ नेपाल गएर केही नभन्सिएला है , यस्तै गार्हो हुन्छ भनेर म त एकदम साब्धान भएकी छु" भन्न पनि बेर छैन

 
Posted on 03-12-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This part is also very hilarious. Dipika, you've got a great sense of humor... now looking forward to reading the next part.
 
Posted on 03-12-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist---


त्यही भनेको पुरे। देख्यौ मैले यसै भनेको हो र? त्यस्तै थ्यो सफल। सामान को त कुरै छोड हामीहरु ले मासु काटेको पनि हेरेर बस्थ्यो। म गर्दिन्छु त भन्नै नआउने उस्लाई।


ctal---


त्यही भनेको सितल। हेर्नुस् न। अब त्यो  फुपुले मेरो घरमा कुरा पुराइदेर बाबा आमा कै रुवा बासी होला भन्ने डर। आफुलाई मन परेको भए पनि लौ सम्झाइदिउँ भन्नु। आँफैलाई कस्ले सम्झाइदिनु त्यस्तो समयमा अझ बाबा आमालाई।


chipledhunga---


चिप्लु अबुई त्यस्तो त नभन्नुस् न। पूजा जस्तो सारीका भईदेको भए त म कहाँ टिक्न सक्नु। सारीका त धेरै बुझ्ने थीइ पूजा भन्दा त। पूजा सँग त खाली हिंड्न डुल्न मात्रै सकिन्छ बस्न त सकिन्न। मेरो टाउको मा तान्डब न्रित्य गर्थी पूजा ले त।  


Parbatya---


पर्बत्या ज्यु हजुर त्यो बेलामा कहाँ हुनुहुन्थ्यो? हेर यस्तो उपाए सिकाउने कोही थिएन हामीलाई त्यो बेलामा। आफ्नु बुद्धीपनी आएन :-) 


धन्यवाद


दिपिका


 


 
Posted on 03-12-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yakku


धन्यवाद याक्कु। हुन्छ है। म अर्को भाग पनि समय मिल्ने बित्तिकै टाँस्छु। पहिले लेखी सकुँ अनी :-)


 
Posted on 03-12-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो सफल दिपिका को पो बोई फ्रेन्ड बनाइद्या त्यो सारीका ले - फेरी फुपु पनि कत्ती जान्ने भन्या - भएपनी उसलाई के त - नेपाल मा


खबर भएपनी नभएपनी - उसले केही गर्नु पर्दैन क्यारे - एसो हेर्दा त दिपिकालाई आराम ले सास फेर्न नपाउने जस्तो छ फुपु हुन्जेल -


लास्टै हाँस उठ्यो यो पढेर - झन नेपालमा थाहा छ भन्ने पार्ट र अर्को कालेले गेस गरेको पार्ट - अब अम्रिका मा त्यो पनि घर बाहिर - अनी शन्का गर्दैन त


त्यो फुपु सँग बचेँर बस ल -


एसो हुने हो कि - मेरो गेस है - फुपुले हामी तीन जना एउटा कोठामा अली पुगेन - बरु दिपिका नानी उता सफल को कोठा मा गएर सुत्ने हो


कि भनेर सोध्ला जस्तो छ - होश गर है यो फुपु सँग


 
Posted on 03-12-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow dipika, it took a completely new twist... i thought safal would leave the place.. lol
 
Posted on 03-13-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol


 part two is hilarious


....


 


 
Posted on 03-13-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree with everyone...part II is very funny...

eagerly waiting for the next part...

Dipika -- you are one of the gifted writers we have in Sajha..i always enjoy reading ur stories...keep posting!!!

 
Posted on 03-13-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial ---


बौचा पनि अत्ती हसाउने। फुपुले त्यती सारो त भन्नु हुन्न होला है। भन्नु नै भयो भने पनि त्यस्तो त म सहदिन।


kancha01---


सोच्न त मैले पनि त्यही सोच्या थिएँ कान्छा। के गर्नु? गएन। 


khuSshi---


त्यसो भए खुशी लाई मैले खुशी बनाएँ होइन त?


krishnaram---


मेरो लागि हजुरका ति शब्दहरु  अमुल्य उपहार हुन। हकदार हो कि होइन त म जान्दिन तर मेरो मेहनत खेर नगएको मानेकी छु।


धन्यवाद


दिपिका


 


 
Posted on 03-13-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हामी दुइटी पनि अरु नै बर्ग को हो कि भनेर संखालु नजरले तल पैताला देखी तालु सम्म पो हेर्न थाल्यो। >>


हुन त अम्रिकनले मात्र हैन अहिले नेपाली ले सोध्ने जमाना आइसक्यो।


कथा रोचक पनि घोचक पनि छ।


सारीका ता पूजाको नि हजुर आमा रहेछिन त । त्यसइ दीपु को ब्वाइफ्रेण्ड रे। मलाई पनि रीस उठ्यो हो। त्यो फेरी हरी लट्ठक सफल हेर न, गोबर गणेश । आँफै निस्कनु पर्छ नि बज्रस्वाँठ।


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters