[Show all top banners]

Houston
Replies to this thread:

More by Houston
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 New Congress, new Leadership
[VIEWED 2166 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-05 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ कांग्रेस, नयाँ नेतृत्व


नरहरि आचार्य

- ऐतिहासिक दायित्व र चुनौतीमा नेपाली कांग्रेसको एघारौं महाधिवेशन हुँदैछ । ०४६ सालपछि सुरू भएको लोकतान्त्रिक अभ्यास तथा जन- प्रतिनिधिमूलक शासन पूर्णतः अवरुद्ध बनेको छ । माओवादीले दस वर्षअघि सुरु गरेको सशस्त्र विद्राेहमा हिंसा र आतंकपूर्ण घटनाले नागरिक जीवनलाई निकै अस्तव्यस्त र कष्टकर बनाइरहेको अवस्थाबीच ०५९ असोज १८ को शाही घोषणा र त्यसमाथि थपिएको माघ १९ -२०६१) को अवाञ्छित शाही अग्रसरताले संविधान, २०४७ लाई ध्वस्त पारेको छ । मुलुकलाई पूर्णतः राजाको निरंकुशता र हुकुमीतन्त्रको अँध्यारो युगमा फर्काउने प्रयत्न गरेको छ । त्यसैले हामीले पार्टीको महाधिवेशनलाई निरंकुशता र हुकुमीतन्त्रको अग्रसरता परास्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनकै रूपमा अगाडि बढाउने धारणा राख्दै आएका छौं । साथै लोकतान्त्रिक मूल्य पद्धतिका आधारमा सशस्त्र विद्राेहको शान्तिपूर्ण राजनीतिक समाधान खोज्न महाधिवेशनले ठोस नीति तय गर्नुपर्छ ।
राजसंस्थासम्बन्धी प्रसंग पार्टी विधानबाट हटाउने

सचेत र स्वाभिमानी जनमानस गणतन्त्रोन्मुख हुँदै गएको र कांग्रेसभित्रै पनि गणतान्त्रिक चिन्तनमा तीव्रता देखिएकामा परम्परागत चिन्तन र नीतिगत यथास्थितिमा कांग्रेस रहनै सक्दैन, रहनु हुँदैन । हामी यथार्थमै लोकतन्त्रलाई उन्नत बनाउँदै लैजाने आन्दोलनमा छौं । जनता आफ्नो सर्वोच्चता र अपनत्वको आस्था र अनुभूति स्थापित गर्ने सहभागितामूलक र प्रतिनिधित्वपूर्ण राज्य खोजिरहेको छ । संवैधानिक प्रबन्ध र अर्थ राजनीतिक सम्बन्धलाई जनमैत्री र लोककेन्द्री बनाउने आकांक्षा मूल चुरोमा छ । यसनिम्ति राजसंस्था सधैँ बाधक बनेको छ ।

पार्टी विधानबाट संवैधानिक राजतन्त्र वा राजसंस्थासम्बन्धी सम्पूर्ण प्रसंग हटाउनुपर्छ र पार्टीलाई गणतान्त्रिक चेत भएको लोकतान्त्रिक पार्टीका रूपमा संगठित र क्रियाशील बनाउनुपर्छ । स्थापनाकालदेखिकै भए पनि संवैधानिक राजतन्त्रसम्बन्धी मान्यता कांग्रेसको सिद्धान्त र आदर्श कहिल्यै थिएन । यसलाई केवल नीति र माध्यमका रूपमा मात्रै स्वीकार गर्दै आएको छ । गत साठी वर्षमा चारजना शाह राजासँगको अनुभवले पनि जनताको सर्वोच्चता र लोकतान्त्रिक मान्यताअन्तर्गत राजसंस्थाको उपस्थिति र यात्रा कठिन मात्रै होइन बारम्बार दुर्घटनाग्रस्त बन्ने गरेको छ । ०४६ सालको आन्दोलनपछि राजसंस्थाले प्राप्त गरेको प्रतिष्ठा र गरिमा अहिले कायम छैन ।


 
Posted on 08-28-05 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनताको सर्वोच्चताका निम्ति संविधानसभा

जनताको सार्वभौमसत्तालाई सैद्धान्तिक रूपमा संविधान, २०४७ ले स्थापित गरेको हो । तर यसको व्यावहारिक र वैधानिक अभ्यास भएन । राजनीतिक र संवैधानिक संकट हुँदा पनि संसद्बाट संविधान २०४७ को संशोधन र परिमार्जनको प्रयत्न अघि बढेन । फलस्वरूप राजनीतिक संकटको उपचार समयमै गर्न सकिएन । संकटमा बाटो देखाउन संविधान, २०४७ ले पनि सकेन । संवैधानिक अभ्यासमा रहेका हामी दल यसनिम्ति समय छँदै अग्रसर भएनौं । संविधानमा जनताको सर्वोच्चता, स्वामित्व र अपनत्व कायम गर्न बाँकी छ जसले गर्दा राजाको निरंकुशता र हुकुमी शासनको जाँतो हाम्राे शिरमा बारम्बार घुमिरह्यो । मुलुकले राजाको निरंकुश शासनको अन्त्यमात्रै खोजेको छैन, यसको सम्भावना र स्राेत समाप्त गर्ने उपाय पनि खोजेको छ ।

माओवादी सशस्त्र विद्राेहले ल्याएको हिंसा र आतंकबाट जनतालाई मुक्त गर्न सबैलाई मान्य शान्तिपूर्ण राजनीतिक बाटो खोज्नु हामी सबैको जिम्मेवारी हो । संविधानमा जनताको स्वामित्व र सर्वोच्चता तथा माओवादी द्वन्द्वको लोकतान्त्रिक समाधान दिन पनि ०७ सालको जनक्रान्तिको घोषणापत्रदेखि कांग्रेसले बारम्बार उठाउँदै आएको र अहिले झन् सबै दृष्टिबाट बढी सान्दर्भिक र आवश्यक बनेको संविधानसभामा जाने निर्णय महाधिवेशनले गर्नैपर्छ ।

समावेशी र प्रादेशिक राज्यसंरचना

विविधतासहितको मुलुक भएकाले यसको राष्ट्रियता एकलकाटे सोच र संरचनामा होइन, यसका विविधतासँग देखिनुपर्छ । भाषिक-सांस्कृतिक र धार्मिक हिसाबले पनि यो विविधतापूर्ण छ । जति नै जनप्रतिनिधित्वपूर्ण र लोकतान्त्रिक भए पनि काठमाडौंको केन्द्रीय शासनले हाम्रा सबै विशेषता र चाहना बोक्न सक्दैन । यसनिम्ति राजनीतिक पद्धति मात्रै होइन राज्यको पनि लोकतान्त्रीकरण गर्नु आवश्यक छ, अर्थात् राज्यलाई अकेन्दि्रत पारेर सबै जनताको पहुँचभित्र राज्यलाई पुर्?याउनैपर्छ । लोकतान्त्रिक संरचना र प्रक्रिया अन्तर्गतका सजिला र काम दिने किसिमका उपाय खोज्नैपर्छ । यसका लागि राजनीतिक प्रतिनिधित्व र सहभागिता बढाउनु जरुरी छ । आर्थिक सामाजिक न्यायलाई सबै क्ष्ाेत्र, समुदाय तथा वर्ग र लिङ्गसम्म पुर्?याउन जरूरि छ । मुलुकलाई अधिकारसम्पन्न प्रादेशिक वा संघीय ढाँचाको संरचनामा लानैपर्छ । समावेशी र समानुपातिक प्रतिनिधित्वको संरचनामा पुर्?याउनैपर्छ । संविधानसभाले गर्ने राज्य पुनःसंरचना पनि हो ।


 
Posted on 08-28-05 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पार्टीभित्र लोकतन्त्र

पार्टीको केन्द्रीय संरचनामा क्ष्ाेत्र, जाति समुदाय एवं लिङ्गको पर्याप्त प्रतिनिधित्व हुन सकेको छैन । महिलाको प्रतिनिधित्व ज्यादै न्यून छ । दलित भनिएका समुदायको प्रतिनिधित्व शून्य बराबर छ । मधेसी र जनजातिको प्रतिनिधित्व सन्तुलित छैन । पार्टीभित्रको प्रतिनिधित्व प्रणाली र निर्वाचन प्रक्रियाको पुनरावलोकन जरुरी छ ।

पार्टीमा विभिन्न प्रयोजनका लागि महत्त्वपूर्ण जिम्मेवारी र भूमिका बाेकेका निकायको उचित र नियमित परिचालन हुँदैन । मुलुक ठूलो नीतिगत बहसमा प्रवेश गरिरहेका बखत दशौं र एघारौं महाधिवेशनबीचका यस पाँच वर्षमा महासमितिको बैठक एकपटक पनि हुन सकेन । विधानमा महासमिति बैठक वर्षको एकपटक बस्नैपर्ने प्रावधान नेतृत्वको चाहनाले प्रभावित पार्ने गरेको छ । दशौं महाधिवेशनले व्यवस्था गरेको वाषिर्क रूपमा महाधिवेशनका प्रतिनिधिको वैधानिक क्ष्ाेत्रीय भेला पनि पाँच वर्षको अवधिमा हुन सकेन ।

कार्यशैलीमा अपारदर्शिता आर्थिक गतिविधिमा मात्रै होइन, निर्णय प्रक्रियामै पनि छ । पार्टी नवीकृत र सान्दर्भिक बन्न सकेन । संगठनात्मक गतिविधि साँघुरिँदै गएको छ । ०५२-५३ मा गाउँ-गाउँमा पार्टी अधिवेशन गर्नसक्ने पार्टी अहिले राजधानीमा केन्द्रीय महाधिवेशन गर्न पनि उपयुक्त ठाउँ पाउन नसक्ने स्थितिमा आइपुगेको छ । सदस्यका नयाँ विचार र विषयमाथि उदारतापूर्ण बहस गर्ने परिपाटी बन्न सकेन । पार्टी नेतृत्व र व्यवस्थापन वैचारिक दृष्टिले पनि अनुदार र सहिष्णु देखियो । कार्यकर्ताले माओवादीको हिंसात्मक मार सधैँ बेहोर्नुपर्?यो तर बचाउन पार्टी नेतृत्वले नीतिगत र व्यवस्थापकीय उपाय उपलब्ध गराउन सकेन । भिन्न मत र विचारको व्यवस्थापन समेत हुन सकेन । भिन्न मतप्रतिको असहिष्णुता नेतृत्वमा हावी भयो । यिनै आन्तरिक कारण र थपिएका बाह्य प्रयत्नले समेत हाम्रो पार्टी विभाजित भयो । एक बनाउन थालिएका प्रयत्न निष्फल पारिए । यस्तो परिस्थितिमा समेत हामी संकट र समस्याको स्रोत बाहिरमात्रै खोजिरहेका छौं । आफूभित्रैका संकटका स्राेत नियाल्ने र खोतल्ने प्रयत्न हुन सकेको छैन । नयाँ कांग्रेसका लागि नयाँ नेतृत्व आवश्यक छ । माया, भावुकता र विवशताको बन्दी भएर पार्टीलाई अगाडि बढाउन सकिदैन । महाधिवेशन हाम्रा लागि त्यही अवसर हो । यसले नयाँ नेतृत्व र नयाँ राजनीतिक दिशा तय गर्नैपर्छ ।


 
Posted on 08-28-05 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनमत अग्रगामी सोचका पक्षमा छ । दलले त्यसको नेतृत्व र व्यवस्थापन गर्नैपर्छ । कांग्रेसको अबको नेतृत्व यसनिम्ति सक्षम र समर्थ हुन जरुरी छ । जनविश्वासले मात्र दललाई ऊर्जा र शक्ति प्राप्त हुन्छ । इतिहासले फेरि प्रदान गरेको यो चुनौती कांग्रेसले कुनै पनि मूल्यमा छोड्नु हुँदैन । हाम्रो महाधिवेशनले लिने निर्णयलाई सहकर्मी दल, माओवादी, राजा तथा अन्तर्राष्ट्रिय समुदाय व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । जनमत सापेक्ष विचारबाट कुनै पनि पार्टी अलग हुन सक्दैन । नयाँ विचार चिन्तनको ग्रहणशीलता पार्टीका लागि जीवनरस हुने गर्छ । कांग्रेसभित्र अझै राजतन्त्र वा राजसंस्थाको अपरिहार्यता देख्ने विचार बाँकी छ । त्यो विचार बोक्ने साथीहरूप्रति मेरो व्यक्तिगत सम्मान यथावत रहे पनि त्यस विचारले मुलुकलाई अघि बढ्न रोकेको छ भन्ने धारणामा म स्पष्ट भएर आएको छु । यथास्थितिमा रहनु एक प्रकारले प्रतिगमनकै पर्याय हो ।

मुलुक र जनताले अस्वीकृत गरेको यो बाटो कांग्रेसले सोच्नु अवाञ्छित कर्म हुनेछ । इतिहासले कोल्टे फेर्न लागेको बेला कथित मध्यममार्ग र परम्पराका नाममा अलमल र द्विविधामा रहनु झन घातक हुनेछ । म यिनै मान्यता र कार्यक्रमसाथ सभापति-उम्मेदवार बन्न उभिएको छु । कठिनाइ र चुनौती धेरै छन् । तर साथीहरूको विश्वास र समर्थन पाए कांग्रेसलाई फेरि एउटा जीवन्त पार्टी एवं लोकतान्त्रिक आन्दोलनको समर्थ र जनविश्वासयोग्य माध्यम बनाउन सकिनेमा म ढुक्क छु ।


-आचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै आइतबार राजधानीमा दिएको वक्तव्यको सम्पादित अंश ।


 
Posted on 08-28-05 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And, here is my ONE VOTE :)
 
Posted on 08-28-05 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर ह्युस्टन ब्रो ८१-१९ ले हार्छ जस्तो लाग्छ मलाई चैँ।

नरहरीले आँपको रुखमा सुन्तला फलाउने जमर्को गर्दैछन्।
मेरो आसय के भने नेपाली काग्रेस पार्टी नै यस्तो हो जुन निरंकुसताको अवशेषलाई मान्यता दिन्छ।

जसले माओबादी समस्या जन्मायो। जसले माओबादीमाथि सैनिक बल लाद् यो।

नरहरीले आँपको रुखमा सुन्तला फलाउने जमर्को गर्दैछन्।
मेरो भनाइ के भने सुन्तलाको बोट रोप।
 
Posted on 08-29-05 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनी भोट नरहरी लाई ।

Congress kasaiko Pewa hoina ani congress kunai Tana shah Party hoina except patry chalaune kehi kharab manasikata bhayaka bahek. Tesaile ab Sau ko Bot ma Suntala bhanne kura nai hudaina, congeres pary pahile dekhinai suntala tara yanha kehi kharab manasikata bhayaka Nepali Dhamira harule Sau phalaya yi 10 Barsha ma aba tyo hundaina. Girija/ Taranath/ Sujata/ or Girija ka Chamcha Auntha chap haru lai thau chhaina aba congress ma.

Auntha chap murbad
Girija pagal murdabad.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters