Posted by: Houston August 28, 2005
New Congress, new Leadership
Login in to Rate this Post:     0       ?        
पार्टीभित्र लोकतन्त्र पार्टीको केन्द्रीय संरचनामा क्ष्ाेत्र, जाति समुदाय एवं लिङ्गको पर्याप्त प्रतिनिधित्व हुन सकेको छैन । महिलाको प्रतिनिधित्व ज्यादै न्यून छ । दलित भनिएका समुदायको प्रतिनिधित्व शून्य बराबर छ । मधेसी र जनजातिको प्रतिनिधित्व सन्तुलित छैन । पार्टीभित्रको प्रतिनिधित्व प्रणाली र निर्वाचन प्रक्रियाको पुनरावलोकन जरुरी छ । पार्टीमा विभिन्न प्रयोजनका लागि महत्त्वपूर्ण जिम्मेवारी र भूमिका बाेकेका निकायको उचित र नियमित परिचालन हुँदैन । मुलुक ठूलो नीतिगत बहसमा प्रवेश गरिरहेका बखत दशौं र एघारौं महाधिवेशनबीचका यस पाँच वर्षमा महासमितिको बैठक एकपटक पनि हुन सकेन । विधानमा महासमिति बैठक वर्षको एकपटक बस्नैपर्ने प्रावधान नेतृत्वको चाहनाले प्रभावित पार्ने गरेको छ । दशौं महाधिवेशनले व्यवस्था गरेको वाषिर्क रूपमा महाधिवेशनका प्रतिनिधिको वैधानिक क्ष्ाेत्रीय भेला पनि पाँच वर्षको अवधिमा हुन सकेन । कार्यशैलीमा अपारदर्शिता आर्थिक गतिविधिमा मात्रै होइन, निर्णय प्रक्रियामै पनि छ । पार्टी नवीकृत र सान्दर्भिक बन्न सकेन । संगठनात्मक गतिविधि साँघुरिँदै गएको छ । ०५२-५३ मा गाउँ-गाउँमा पार्टी अधिवेशन गर्नसक्ने पार्टी अहिले राजधानीमा केन्द्रीय महाधिवेशन गर्न पनि उपयुक्त ठाउँ पाउन नसक्ने स्थितिमा आइपुगेको छ । सदस्यका नयाँ विचार र विषयमाथि उदारतापूर्ण बहस गर्ने परिपाटी बन्न सकेन । पार्टी नेतृत्व र व्यवस्थापन वैचारिक दृष्टिले पनि अनुदार र सहिष्णु देखियो । कार्यकर्ताले माओवादीको हिंसात्मक मार सधैँ बेहोर्नुपर्?यो तर बचाउन पार्टी नेतृत्वले नीतिगत र व्यवस्थापकीय उपाय उपलब्ध गराउन सकेन । भिन्न मत र विचारको व्यवस्थापन समेत हुन सकेन । भिन्न मतप्रतिको असहिष्णुता नेतृत्वमा हावी भयो । यिनै आन्तरिक कारण र थपिएका बाह्य प्रयत्नले समेत हाम्रो पार्टी विभाजित भयो । एक बनाउन थालिएका प्रयत्न निष्फल पारिए । यस्तो परिस्थितिमा समेत हामी संकट र समस्याको स्रोत बाहिरमात्रै खोजिरहेका छौं । आफूभित्रैका संकटका स्राेत नियाल्ने र खोतल्ने प्रयत्न हुन सकेको छैन । नयाँ कांग्रेसका लागि नयाँ नेतृत्व आवश्यक छ । माया, भावुकता र विवशताको बन्दी भएर पार्टीलाई अगाडि बढाउन सकिदैन । महाधिवेशन हाम्रा लागि त्यही अवसर हो । यसले नयाँ नेतृत्व र नयाँ राजनीतिक दिशा तय गर्नैपर्छ ।
Read Full Discussion Thread for this article