Posted by: Houston August 28, 2005
New Congress, new Leadership
Login in to Rate this Post:     0       ?        
जनमत अग्रगामी सोचका पक्षमा छ । दलले त्यसको नेतृत्व र व्यवस्थापन गर्नैपर्छ । कांग्रेसको अबको नेतृत्व यसनिम्ति सक्षम र समर्थ हुन जरुरी छ । जनविश्वासले मात्र दललाई ऊर्जा र शक्ति प्राप्त हुन्छ । इतिहासले फेरि प्रदान गरेको यो चुनौती कांग्रेसले कुनै पनि मूल्यमा छोड्नु हुँदैन । हाम्रो महाधिवेशनले लिने निर्णयलाई सहकर्मी दल, माओवादी, राजा तथा अन्तर्राष्ट्रिय समुदाय व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । जनमत सापेक्ष विचारबाट कुनै पनि पार्टी अलग हुन सक्दैन । नयाँ विचार चिन्तनको ग्रहणशीलता पार्टीका लागि जीवनरस हुने गर्छ । कांग्रेसभित्र अझै राजतन्त्र वा राजसंस्थाको अपरिहार्यता देख्ने विचार बाँकी छ । त्यो विचार बोक्ने साथीहरूप्रति मेरो व्यक्तिगत सम्मान यथावत रहे पनि त्यस विचारले मुलुकलाई अघि बढ्न रोकेको छ भन्ने धारणामा म स्पष्ट भएर आएको छु । यथास्थितिमा रहनु एक प्रकारले प्रतिगमनकै पर्याय हो । मुलुक र जनताले अस्वीकृत गरेको यो बाटो कांग्रेसले सोच्नु अवाञ्छित कर्म हुनेछ । इतिहासले कोल्टे फेर्न लागेको बेला कथित मध्यममार्ग र परम्पराका नाममा अलमल र द्विविधामा रहनु झन घातक हुनेछ । म यिनै मान्यता र कार्यक्रमसाथ सभापति-उम्मेदवार बन्न उभिएको छु । कठिनाइ र चुनौती धेरै छन् । तर साथीहरूको विश्वास र समर्थन पाए कांग्रेसलाई फेरि एउटा जीवन्त पार्टी एवं लोकतान्त्रिक आन्दोलनको समर्थ र जनविश्वासयोग्य माध्यम बनाउन सकिनेमा म ढुक्क छु । -आचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै आइतबार राजधानीमा दिएको वक्तव्यको सम्पादित अंश ।
Read Full Discussion Thread for this article