[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 वाँच्न वाँकी एउटा जीवन

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE: <<  1 2  
[VIEWED 33540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-21-14 4:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?         Liked by
 

"मलाई फिनेल को गन्ध मन पर्दैन!" मैले नाक खुम्च्याउँदै भनेँ।

"तिमीलाई त केहि पनि मन पर्दैन, न फिनेल न जिवन ! के वाँकी रह्यो र मन पराउनलाई !" उसले म तिर कोल्टे फेर्दै भन्यो। खिस्स हाँसेको उसको गालामा रेखाहरु देखा परे। उमेर हुँदो हो त कसैले डिम्पल भनेर तिनै रेखा,खाल्डोलाई मन पराइदिन्थे होला। खाल्डाहरु पनि त आफ्नो ठाउँमा त राम्रैमा गनिने रहेछन्।म उसलाई हेरी रहेँ।किन वाँच्न खोज्दैछ उ? किन लम्व्याउँदैछ यो अर्थहिन जीवनलाई?हो उसले ठिकै भनेको हो मलाई जिवन मन पर्दैन किनकी मलाई भ्रम मन पर्दैन।

"तँपाइलाई मन पर्छ र यसको गन्ध ?"

"संसारमा नराम्रै भन्ने त के नै होला र ?राम्रो नराम्रो त मात्र समय हो!" उसका आँखा मलाई नियालिरहेका थिए। मैले आफ्नो ओढ्ने थोरै ताने।आफु देखिएको अनुभव भयो।उसको आँखाको गहिराईमा मलाई आफुलाई लुकाउन गाह्रो भयो।संसारमा सवैभन्दा ठूलो खुवी आफुलाई लुकाउन सक्नु हो, किनकी मौन नै रहे पनि आँखावाट चुहिएको हुन्छ मान्छे!!

उ र म विचको फरक के नै त थीयो आखिर। म हारेर भागेकी, भयो,पुग्यो लडाईँ अव लड्दिन भनेर भागेकी!उ घाइते भएर लडेको ,त्यो पनि त एक अर्थमा हार नै त होला।कुन हार साँचो थियो,कुन झुठो ,छुट्याउन गाह्रो लडिरहेको उ एक खाटवाट अर्को खाटकी मलाई गलत देख्थ्यो।भागेकी म एक खाटवाट अर्को खाटको उसलाई गलत देख्दथेँ। आँखाहरु अचम्म हुन्छन्, सवै गलत देखाउँछन्। सत्य त अँध्यारो वाट न जन्मन्छ,त्यहाँ त आँखानै काम लाग्दैन।

सफा गर्ने मान्छे प्यासेजमा निस्की सकेको थियो। शायद उसलाई पनि मेरो फिनेल प्रतिको वितृष्णा मन परेन।उसको त जीवन नै त्यहि फिनेलमा अडिएको छ। उसको साथी नै हो भनौँ , कसैले उसको साथी मन नपराएको किन पो चित्त वुझोस् र उसलाई!उसको जीवन निचोरिएर त्यहि टालो जस्तो भएको छ अर्काका फोहोर पुछ्दा पुछ्दा। हिजो भख्खर नै त हो, मलाई दवाई गन्हाएर छादेकी थिएँ।उठ्न भ्याइन। उ आयो, थोरै नाक खुम्च्यायो ।मलाई उठाए दुई जना सहयोगी मिलेर । म आफ्नो दुर्गन्ध हेरी रहेँ, उसले तन्ना उठाएर नफेरुन्जेलसम्म। संसारै यस्तै छ दुर्गन्धित ,एउटाले फोहोर गर्छ,अर्कोले सफा गर्ने प्रयास मा अर्कै ठाउँमा फोहोर सार्छ। तन्ना सफा हुन्छ, ढल फोहोर हुन्छ। ढल सफा हुन्छ, खोला फोहोर हुन्छ।खोला सफा हुन्छ समुन्द्र फोहोर हुन्छ। अनि समुन्द्रको फोहोर फेरि म सम्म आइ पुग्छ। म वुझ्दिन त्यो मेरै फोहोर हो , म नाक खुमच्याएर त्यसलाई हेर्छु। उ फेरि टालो लिएर सफा गर्न वस्छ।संसार हामी जस्तै मान्छेले फालेको दुर्गन्धको चक्र नै त हो।

"अव ठिक भए पछि के गर्छौ त ? फेरि स्लिपिंग ट्यावलेट दन्काइदिन्छौ? घर पुगेको भोलिपल्ट?" उसले च्वास्स मलाई घोच्यो अर्को खाटवाट!!म फोहोरको चक्रवाट वाहिर निस्किएँ। उसको सियोले मैले ओढेको ओढ्ने छेड्यो।दुखे जस्तो भयो मलाई!

मेरो जीवनको उसलाई के मतलव ! आफ्नो जीवन सम्हालेर राखोस् न ! मान्छे वुढो भए पछी निहुँ खोज्छ भन्थे ! हो जस्तो लाग्यो।

"तँपाइलाई कहिले सम्म वाँच्न मन छ र ?"

"कहिलेकाहि मन हार्छ, हैन हैन धेरै जसो मन हार्छ, त्यो पनि हैन सँधै नै मन हार्छ!" उसले धेरैवेर सोचेर जवाफ फर्कायो।

"जित्छ चाहिँ कसले नि त ?"

"त्यो त मलाई थाहा भएन, तर मन व्यवहारिक हुन्न त्यहि भएर हार्छ, मलाई मात्र हारको कारण थाहा छ, प्रतिष्पर्धिको नाम भन्दा पनि !"

"तँपाइलाई मैले विख खाएको कारण नै थाहा छैन ,विना वित्थामा मलाई चोट पुर्याउने वाक्य वोल्नुहुन्छ !" म अचानक आवेगमा आएँ!

"सुनाउँछ्यौ त ? आज घाम पनि लागेको छ, उज्यालो छ कोठामा !! कथा सुन्न रमाइलै हुन्छ!!"

"के गर्नु हुन्छ र सुनेर ?" मलाई हिजोको छादको गन्ध छातिवाट निस्के जस्तो लाग्यो। किन उ म भित्रको फोहोर चलाउन खोज्दैछ ?

"मर्नलाई म पनि वहाना भेट्टाउँछु कि !"

मलाई उ प्रति दया लागेर आयो।उ विस्तारै उठ्यो। आफ्नो सिराने भित्तामा अडेस लगायो । अनि मेरो कथालाई स्वस्थानी मानेर दत्तचित्तले सुन्न वस्यो !!!

************ ************* *************** ************ ******** ************* **

मलाई सुनाउन मन नलागेको मेरो कथा

"यो कथा आजभन्दा २५ वर्ष अघीको होइन , त्यहि भएर तँपाइको लागि व्यवहारिक नहुन सक्छ!"

उ हाँसी रह्यो अनि विस्तारै वोल्यो "भन्ने जिम्मा तिम्रो,छुट्याउने जिम्मा मेरो,जीवनको व्यवहार सवैमाथी एकनासे हुने भए त संसार एउटै रंगको भइ हाल्थ्यो नि !"

म पनि थोरै अडेस लाग्दै उठेँ।

"तँपाइको विचारमा माया के हो?" मैले उसको आँखामा आँखा जुधाएर प्रश्न राखेँ।केहि उत्तर आँखावाट नै छचल्किन्छ कि भन्ने आश राखेर!

"मैले कथा सुन्न खोजेको प्रश्न हैन !" उसका आँखामा मैले केहि भेटिन

"मेरो त कथा नै प्रश्नवाट शुरु हुन्छ!"

"तिम्रो विचारमा चाहिँ के हो त माया !"

"त्यस्को सहि उत्तर मैले पनि पत्ता लाउन सकिन!" मैले हारेको स्वरमा जवाफ फर्काएँ

"संसारमा सवै सहि गलत हुन्नन् !" उसले ममाथी सान्त्वना देखायो।

"ठिकै भन्नु भयो संसारमा सवै सहि गलत हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !! छुट्टिनै मान्दैनन् सहि र गलतको दायरावाट!"

 

 क्रमश:

 

 

 


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-30-14 11:03 AM     [Snapshot: 838]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुइ भाग नै एकै पटक पढेर सकाए......

....... मान्छे पनि त धुवाँ जस्तो नै हो नि त जति माथी चढ्छ ,आफ्नो परिचय हराउँदै जान्छ, पत्तो पनि लाग्दैन उसलाई कहिले उ आफु वाट अर्कै कोहि भइसक्यो भनेर।.....


नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी समयले पानी पार्यो धर्को हराएको पत्तै भएन !"

गज्जब को बिस्लेशन फुच्चे ......अरु भाग को प्रक्तिश्या मा....
 
Posted on 01-30-14 8:00 PM     [Snapshot: 880]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<समाजका त आफ्नै आँखा छन्। केहि नदेख्ने आँखा, पक्षपाति आँखा।>>>

.... हामीले बनाको समाज हाम्रै लागि तगारो सिर्जना गरिदिन्छ.... हरेक देख्न नहुने कुरा देखि दिन्छ र कति नदेखेको कुरा पनि देखे सरि गरेर सानो फिलिंगोलाइ आगो बनाईदिन्छ ......र आगोले जीवन खरानी

<<सत्य जहिलै नांगो हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन्।>>

..... सत्य वचन .... यहाँ स्रिङ्गारियेकि सत्य मात्र पत्याईन्छ या त झूट पत्याईन्छ या भनम बिक्छ ..... साएद तेसैले समाजले नाङ्गोपन लाइ ढाकेका होलान सत्यको .....

<......नि अर्को स्कुलको राम्री केटी हेर्नुको मजानै वेग्लै !" >

.....हामी नि तेसै गर्थिम ... इश्कुले दिनमा ....

उहिले देखि सोध्ने इच्छा थ्यो ..... हजुरको कथामा सुधा पत्र किन सधैं दोहोरिन्छ ??

अर्को भागको प्रतिक्ष्यारत

- थाने
 
Posted on 01-31-14 4:30 PM     [Snapshot: 919]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<< नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी समयले पानी पार्यो धर्को हराएको पत्तै भएन >>>

<<< सत्य जहिलै नांगो हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन् >>>


ल यो भाग पनि गज्जब गयो त...
साँची कथाको किताब प्रकाशन गर्ने हैन? पहिलो क्रेता म हुन्छु अनि म जस्तै धेरै छन् अरु पनि ...

 
Posted on 01-31-14 11:06 PM     [Snapshot: 948]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सबै लाइन कोट गर्नु पर्ने लेखाइ छ फुच्चेको क कोट गर्नु होला हरे .....अरु टास्नुहोला चाडो बरु 

साच्चै पुस्ताक प्रकाशन भए खबर पाम् होला | Aakinchan को पछि म हुन्छु लाइनमा  (पहिले हुने आशा थियो मोरोले ओगटेछ ठाम 

 
Posted on 02-01-14 8:48 AM     [Snapshot: 977]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Bahramase, thane ,bhakte dai, akinchan ..thanks a lot, BTW.Bhakte dai,Akinchan.म लेख्दैछु म तँपाइहरुलाई जानकारी गराउँछू। मेरो दुई प्रति त पक्कै विक्री हुने भयो।।।hahahahhaha...
अन्य पढी दिनुहुने ,लाइक गरिदिनुहुने सवैलाई धन्यवाद..
 
Posted on 02-01-14 8:49 AM     [Snapshot: 978]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उसलाई हेर्न हस्पिटलमा खासै मान्छेहरु आउँदैनन्। उसको मिजासिलो व्यवहारले मलाई अचम्म लागेर आउँछ "किन आउँदैनन् ?"। उ त्यहि हस्पिटलकै एक जना नर्सलाई देखाएर भन्छ "उ मेरो भान्जी पर्छे ।" शायद त्यहि भान्जीकै जिम्मा छोडेका छन् उसलाई ।सम्वन्धहरु अचम्मका हुन्छन् कहिलेकाहिँ नसोचेको सम्वन्ध हात लाग्छ लामो समयको लागि, कहिलेकाहिँ मानी आएका सम्वन्धहरुले पनि अँध्यारोमा छायाँले साथ छोडे जस्तै छोड्छन्। तर त्यति एकान्तमा पनि उ एक्लो देखिन्न। उसले आफु भित्रै रमाउन सिकेको छ। म किन सक्दिन उ जस्तो गर्न? रमाउनलाई अरुको सहायता चाहिनु जस्तो विवशता केहि हुन्न। उसले एक्लै हुन सिकेको छ, जानेको छ।जीवनमा उ जतिको विद्दान कोहि छैन।

हिजो मात्रै को कुरा उसको स्वास्थ्य थोरै वढी विग्रियो। म अत्तालिएँ, यता उता हेरेँ न रुने मान्छे, न रोएका सम्हाल्ने मान्छे। कस्तो एक्लो जीवन ,कस्तो निराश जीवन । फेरि अर्को मनले सोच्यो। उसले मलाई अत्तालिने वनायो। जो करिव एक हफ्ता अघि आँफै मर्नलाई तैयार थिई, दुइ दिन अघी सम्म उसलाई चिन्दिनथी( हुन त म अहिले पनि उसलाई खासै चिन्दिन, मात्र आफ्नो कथाका केहि अंश उसलाई सुनाएको मात्र न हुँ )। उसकी भान्जी आई, अनि यन्त्रवत रुपमा आफ्नो काम गरी, उ मुढो जस्तो वनेर पल्टिरह्यो।

" मलाई केहि प्रोव्लेम आयो भने वोलाउनु है, मेरो नाम श्रुती हो !" उसले मलाई अनुरोध नै गरेको हुनुपर्छ । तर रुखो अनुरोध। कति जनालाई पो रसिलो अनुरोध गरोस्। सवै उत्तिनै विरामी, अनि प्रत्येक विरामीले उसको नम्रता निचोर्दा निचोर्दा रुखिएकी होला।

आज उ थोरै ठिक भयो। म उसलाई हेरीरहेँ। मलाई जीवन वुझ्न गाह्रो भएको छ उसले गर्दा ।

"कथा नसुनाउने ?" उसले गाह्रो स्वरमा मलाई सोध्यो। मैले थोरै पर्दा उघारेर वाहिर हेरेँ। घाम मध्य भागमा आइपुगेको थियो। करिव एक वजेको होला। उसलाई दुई वोतल स्लाइन चढाएको थाहा छ मलाई विहान देखी।तिनै स्लाइनको असर हुनुपर्छ उ वोल्न सक्ने भएको।

"सुनाउने , किन नसुनाउने ?" मैले खिस्स हाँस्दै जवाफ फर्काएँ।

"सुनाउन त तिम्रो मनिषको वारेमा !"

उसले मनिषको नाम विर्सिएको थिएन।

"मनिष कसरी मेरो भयो र?" मैले हाँस्दै जवाफ फर्काएँ।

"किन भएन र ?"

मैले ओठ लेप्र्याउँदै अहँ भनेर टाउको हल्लाएँ।

मनिषले चुरोट खान सानै देखी सिकेको थियो। तर मलाई उ वाट उडेको धुवाँ मन पर्थ्यो। मनिष चुरोट खाँदा गम्भिर हुन्थ्यो। मानौँ मनिष नै कण कण वनेर छरिएर उडिरहेको छ। उसलाई वटुलेर जम्मा गरेर सवै मनिषहरुलाई आँफै सित राख्न पाए ! म मन मनै सोच्थेँ।

"तिमी मलाई चुरोट खान सिकाउँछौ ?" एक दिन मैले अनायसै मनिष सँग प्रश्न राखेँ।

"नखाउ, चुरोट राम्रो चिज हैन, लत लाग्छ ,छुट्दैन !" उसले मलाई सल्लाह दियो।

"तिम्रो लत लागेको राम्रो हो कि होइन ?" मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न राखेँ। मनिष चुप भयो।उसलाई उत्तर दिन गाह्रो भए जस्तो। कस्तो लजाउने केटा , मलाई मन मनै रिस उठ्यो।

"भन न !तिम्रो लत लागेको राम्रो हो कि होइन ?" मैले फेरि प्रश्न दोहोर्याएँ।तर यसपाली उसको नजिकै आएर। उसको हात छोएर।उसको धडकनको आवाज सुन्ने गरी। उसको हातमा आएको पसिना मैले महसुस गरेको थिएँ मैले त्यतिवेला!उसले विस्तारै आफ्नो हात हटायो अनि थोरै टाढा भयो म वाट !

"किन ,तिमीलाई मैले छोएको मन पर्दैन ?"

"मन पर्छ तर....................."

" तर????" मलाई आश्चर्य लागेर आयो। रिस उठेर आयो, उ लजाएको देखेर ! मलाई थाहा छ उ मलाई मन पराउँछ।चिच्याउन मन लाग्यो "आइ एम नट ए भर्जिन भनेर !!"

उसले मेरो आँखामा हेरिरह्यो। "तर" पछाडी उसले उत्तर दिन सकेन , म प्रश्न थप्दैँ गएँ उ लाचार हुँदै गयो। अन्त्यमा मेरो प्रश्नको चांग मा उ थाकेर सुस्तायो , अनि एउटा चुरोट म तिर तेर्स्यायो।

"तिमी असाध्यै जिद्दी छ्यौ !"

"जिद्दी भएको भए त मनिष म सँग नै हुने थिएन र !"

"मैले मानेको छु उ तिम्रो जिद्दी लायक थिएन!"

म खिस्स हाँसे।

एक दिन मनिष मेरो नजिकै आएर भनेको थियो

" घरका सवैले गाली गरे , त्यो केटी ठिक छैन, त्यसको संगत नगर भनेर !"

धेरै वेर सोचेर वोल्यो यसपाली उ

"हो मायाले दुख दिन्छ र जीवनले पनि, तर दुख नै त प्यारो हुन्छ सवैलाई"

 

क्रमश:


 
Posted on 02-03-14 6:46 AM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

"तिमीलाई रुँघ्न वस्ने त्यो तिम्रो भाइ हो?" उसले मलाई प्रश्न राख्यो। मैले स्विकारोक्तिमा टाउको हल्लाएँ।

"त्यति धेरै भित्र हुन्न त !"

"शायद उ रुँघ्न लायक केहि देख्दैन यो कोठामा , न रोग न विरामी किन पो रुँघोस् उसले ?"

"तै पनि !"

उ चुप लाग्यो उ सँग मेरा प्रश्नको उत्तर छैन। सवै प्रश्नका उत्तर हुन्नन्।उत्तर खोजिनुपर्छ,त्यहि भएर त उत्तरहरुको महत्व हुन्छ।

मेरो घरमा आमा हुनुहुन्छ। अनि रुँघ्न वस्ने यहि भाइ छ। म भन्दा दुइ वर्ष कान्छो।एक दिन मैले चुरोट खाएको देखेर उसले मलाई गाली गर्यो। किन किन मलाई त्यो दिन देखी उ मेरो दाइ जस्तो लाग्न थाल्यो। म उ सँग डराउँथे। उ सँग लुकाउँथे आफ्ना कुराहरु।अहिले पनि उ टाढैवाट नियाल्छ। धेरै गम्भिर छ, कम वोल्छ। उसकी एउटी केटी साथी छे । मैले एक दिन तेरो गर्लफ्रेण्ड हो भनेर जिस्क्याएकी थिएँ। रिसायो, केहि वोलेन। त्यो दिन देखी म उसलाई जिस्क्याउन पनि छोडिदिएँ। हामी दुइ जना एक आपसमा धेरै कम वोल्छौँ। उ सामान्यतय किताव हातमा राखेर घोत्लिरहेको हुन्छ। मलाइ किताव भनेपछि दिक्क लाग्छ। मान्छेले वुझ्नुपर्ने त जीवन पो हो त, कितावका काला अक्षरमा के नै राखेको छ र !

आमा साह्रै सोझी हुनुहुन्छ।भाइ र मलाई देखेर अचम्ममा पर्नुहुन्छ। हामी तिन जनाको जीवन त्रिकोणको तिन कोणमा अड्के जस्तो छ। एउटै घरका तिन कुनामा छरिएजस्तो। छरपष्ट!!!!!!!!!!!!!

*************** ********************* ******************* ******************** *

"वहाँलाई कहिले डिस्चार्ज गर्ने हो ?" हिजो मैले उसकी भान्जी पर्नेलाई सोधेकी थिएँ। उसले थाहा छैन भन्ने भाव देखाउँदै ओठ लेप्र्याइदिई। म चुप लागेँ। यहाँ शव्द शव्दहरुको मोल पर्छ। त्यसैले उसकी भान्जी धेरै वोल्दिन। कहिलेकाहिँ मलाई शंका पनि लाग्छ। उ साँच्ची नै उसकी भान्जी हो की उसले एउटा सम्वन्ध यहि अस्पतालमा आएर गाँसिदियो।एकान्तले पक्कै पनि उसलाई सम्वन्ध गाँस्न त सिकाएकै होला!

छेवैको वार्डमा हिजो एउटा दम्पत्तिको छोरो जन्मियो। उसले मलाई देखाउँदै भन्यो!

"हेर जीवनको शुरुवात, मान्छे संघर्षका लागि रुँदै छ, विस्तारै उसले लड्न सिक्नेछ, रुन छोड्नेछ!"

उसका हात कामीरहेका थिए उसले अर्को कोठा देखाउँदा। नशा हरु पनि देखिएका थीए। निला धर्सा, मैले अर्को वार्ड नहेरी उसकै हात मात्र हेरीरहेँ।

"देख्यौ, जीवन खेर फाल्नुहुन्न , लड्न सिक्नुपर्छ, नत्र आँफै लडिन्छ!" उ खिस्स हाँस्यो। उसको जीवन, उसका दर्शन ,कति धेरै माया गर्छ जीवनलाई!!

********** ************ ************* *************** ************* *************

"अनि वाँकी कथा सुनाउन्नौ तिम्रो ?" अंगुर चुस्दै उसले प्रश्न राखेको थीयो। उसलाई सुन्तला अमन भयो अरे, आज अंगुर मगाएर खाँदै थियो।

म विस्तारै उठेँ। आफ्नो आंग तन्काएँ। अनि प्रश्न राखेँ

"अहिले सम्मको कथामा के म गलत थिएँ र ?"

" संसारमा सवै सहि गलत हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !!"

उसले मेरै शव्दहरु सापटी लियो।

"मलाई त्यति खेर सम्म संसारका सवै वस्तुहरु वास्तविक हैनन् भन्ने थाहा भइसकेको थियो। हामी सवै भ्रम मा वाँच्छौ, म त भन्छु जीवन नै भ्रम हो, तँपाइले मन पराएको जीवन मात्र एउटा भ्रम हो। सत्यता त धेरै टाढा छ हामी भन्दा!एक दिन झल्याँस्स विउँझिदा थाहा हुन्छ, हामीले वाँचेको जीवन त एउटा सपना मात्र रहेछ।"

" निदाउन सिक तिमी , किन विउँझिन खोज्छ्यौ?"

" म कक्षामा त्यति धेरै छिर्दिनथेँ, मनिष मलाई मेरो कुरुप स्वरुप देखाउँथ्यो ऐना जस्तो ! म उसकै रिसले पनि कलेज जान्नथेँ। पाखण्डीहरु जति पढे पनि परिवर्तन हुन्नन्। परिवर्तनको लागि त ग्यान भित्र वाट आउनुपर्छ।"

उ मलाई हेरिरह्यो। अनि विस्तारै भन्यो "त्यसपछि के भयो?"

"पशुपतिको छेउमा मैले निश्चललाई भेट्टाएँ! उ आफ्नो पेन्टिंग इरेजरले मेट्टाउँदै थीयो !"

म भौँतारिँदै त्यहाँ पुगेकी थिएँ। मैले सुनेकी थिएँ त्यहाँ धुवाँ उडाएपछि सवै विर्सिन्छ यस जगतका भ्रमहरुलाई ! भिन्न ठाउँमा पुगिन्छ, जहाँ वाट यो जगतको परिधि सानो लाग्छ। आफु ले चराको दृष्टीवाट सवैलाई हेरीरहेको भान हुन्छ। सवै अवोध, सवै अग्यानी अनि सवै असन्तोकी! यहि असन्तोष ले नै त चलाएको छ मान्छे लाई। सन्तोष हुँदो हो त मान्छे कति थिर हुँदो हो।

"उसको पेन्टिंगमा गोही र साँप झगडा गरे जस्तै लाग्थ्यो, मेटिसकेको आधा पेन्टिंग हेर्दा!"

"राम्रो थियो त !!!!"

मैले अनायसै उसलाई रोक्न खोजेँ। उसले आश्चर्य मिसिएको भावले मलाई हेर्यो। अनि इरेजर दोडाउँदै गरेका हातहरु रोकायो। मलाई ति गोहि र साँपको जीवन जोगाइदिए जस्तो लाग्यो तर ति मध्ये झगडामा घाइते भएर कुनै एक त पक्कै मर्थ्यो होला !

"तिमीलाई पेन्टिंगको वारेमा के थाहा छ ?" उसले आफ्ना आँखा खुम्च्याउँदै प्रश्न राख्यो

"मलाई त त्यो गोही र साँप झगडा गरेको मन परेर मात्रै !"

मलाई पेन्टिंग थाहा छैन। मलाई त मात्र पात्रहरु मन परेका हुन्।किन किन मलाई झगडा मन पर्न थालेको छ।

क्रमश:


 
Posted on 02-05-14 10:52 AM     [Snapshot: 1081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<<<उसका हात कामीरहेका थिए उसले अर्को कोठा देखाउँदा। नशा हरु पनि देखिएका थीए। निला धर्सा, मैले अर्को वार्ड नहेरी उसकै हात मात्र हेरीरहेँ।............"देख्यौ, जीवन खेर फाल्नुहुन्न , लड्न सिक्नुपर्छ, नत्र आँफै लडिन्छ!">>>

-------कस्तो गहिरो हेराइ यो पात्रको .... जीवनको परिभाषा धेरै पहिले पशुपति बृद्धाश्रमका एकजाना बुढा बा ले मलाई भन्नु भएको संग मिल्यो .... बुढा-पाकाको निथ्रिएको जीवनको निचोड होला साएद त्यो .....

<<<पाखण्डीहरु जति पढे पनि परिवर्तन हुन्नन्। परिवर्तनको लागि त ग्यान भित्र वाट आउनुपर्छ>>>

------- ज्ञान मात्र भएर के गर्नु तेस्को ब्यापार र अहंले अन्धो बन्दारैछम ..... बिबेक कसरि आउने र खै .... ज्ञानको सदुपयोग बिबेकले गरे न जीवन सफल होला.......

<<आफु ले चराको दृष्टीवाट सवैलाई हेरीरहेको भान हुन्छ। सवै अवोध, सवै अग्यानी अनि सवै असन्तोकी! यहि असन्तोष ले नै त चलाएको छ मान्छे लाई। सन्तोष हुँदो हो त मान्छे कति थिर हुँदो हो।>>

--- तेही त थिर मनोभाव खोज्न त रन्थनिन्छन अनि कोइ जोगी बन्छन कोइ रोगि .....

२ भाग नै एक्कै फेर पढें , फुच्चे साथी.....
अर्को भाग को कुराइमा छु

- थाहा छैन 'थाने'
 
Posted on 02-06-14 10:02 AM     [Snapshot: 1135]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

थाने प्रतिकृया को लागि धन्यवाद, मेरी पात्र "सुधा" काल्पनिक नै हुन् तर पनि किन किन प्रिय छीन ;)

अन्य पढिदिनुहुने साझावासीहरुलाई धन्यवाद 

कथा अघी यसरी वढ्छ:

उसले आज आफ्नी भान्जीलाई हेर्दै भन्यो

"भो आज म अंगुरको रस खान्न, आज म कुरिलोको रस खान्छु "

मैले अचम्म मान्दै उसलाई हेरेँ। के सम्वन्ध छ र अंगुर र कुरिलोको रसमा ! एउटा समानता पत्ता लाएँ दुवै रसिलो हुन्छन्। एउटा भिन्नता पनि अंगुर गुलियो हुन्छ, कुरिलो को नुनिलो। उ गुलियो देखि वाक्क भएर होला। जीवन को रस निचोरेर पिइसकेको जस्तो गफ गर्छ उ। मलाई आफु साह्रै केटाकेटी जस्तो लाग्छ, उसको अघि।उसले तिन चार वटा जिवन समानान्तर वाँचे जस्तो, दुइ तिन वटा जीवन त उसले लुकाएर राख्छ। तर मान्छेको जीवन जतिवटा नै हुन्, मृत्यु एउटा हुन्छ।कहिलेकाहिँ सोच्छु मृत्यु पनि दुइ, तिनवटा हुने भयो। आज मर्यो खोलामा हाम फालेर चित्त बुझेन, भोली प्रकृया वदल्यो झुण्डेर मर्यो भोलि पल्ट!!

"अनि निश्चलको वारेमा केहि भन्दिनौ त ?"

आफ्नो पेट को भोक मेटिसकेपछि, उ मेरो कथाको लागि भोकाएको थियो। मैले भख्खरै आफ्नो कथाको अर्को पात्र उघारेकी थीएँ। यी सवै पात्रहरु आखिर मेरा पत्र पत्र हरु न थिए। मलाई छोपेर राख्ने। उ मलाई एक एक गर्दै नंग्याइरहेको थियो।

"निश्चल अरु भन्दा भिन्न थियो !"

"यति हो कथा ?" उसले मलाई जिस्क्यायो।

"सारांश भने यहि नै हो कथाको, अहिले सम्म भेटेका केटाहरुमध्येको सवैभन्दा भिन्न , मेरो जीवनको अँध्यारो कुना थियो उ , यस्तो अँध्यारो कुना जसमा म आफुलाई लुकाउन सक्थेँ अरुको नजरवाट दिनको उज्यालोमा पनि!उसको कपाल जिंग्रिंग परेको थियो, लामो तर लट्टा परेको ,कहिलेकाहिँ उ सँग हुँदा म उसको कपाल छुन्थेँ अरह्रो हातै अड्किने जस्तो, दाह्री पनि पाल्थ्यो, अनुहार त्यसै भित्र लुक्थ्यो, दुव्लो अनुहारमा मात्र आँखा देखिन्थे। गहिरा आँखा! जति वुझे पनि वुझ्न नसकिने, केहि नदेखिने, आफुलाई खोजी रहन्थेँ म उसको आँखामा तर दर्शन धेरै भएको त्यो आँखामा म आफुलाई पाउन्नथे खासै! उसका पेन्टिंगहरु पनि अचम्म अचम्मका असन्तोष पगालेर पहेलो रंग वनाए जस्तो,क्रोध पगालेर रातो रंग वनाए जस्तो, अनी उ जस्तै शान्त सेतो रंग थपिदिए जस्तो !मलाई याद छ पहिलो दिन उसले मलाई आफ्नो कोठामा लिएर गएको !!"

"तिम्रो कोठा पनि तिमी जस्तै अँध्यारो छ !" मैले उसको कोठामा भन्दा पनि उसमा प्रतिकृया जनाएकी थिएँ। उ मलाई हेरी रह्यो सँधै जस्तै ।निश्चल असाध्यै कम वोल्छ।उसको मौनतावाट उसको वोली भन्दा वढी अर्थ निकाल्न सकिन्छ वरु!

"तिमीलाई उज्यालो देखी किन यति डर लाग्छ? पर्दा खोलुम् ?" मैले प्रश्न दोहोर्याइदिएँ।

"भो छोड्देउ ! म वरु भित्रै वत्ति वाल्छु !" उसले स्विचमा हात पुर्यायो। वत्तिको प्रकाशमा उसले वनाएका ,वनाउँदै गरेका केहि पेन्टिंगहरु देखिए। एउटा कुनाको पेन्सिल स्केच लिएर आयो। मेरो तस्विर, तर कपालले आधा अनुहार लुकाएको।

"किन लुकाएको मेरो अनुहार !"

"हेर न, छोपिएका कुराहरु कति राम्रा हुन्छन्, आँखा त सँधै अन्धो नै हुन्छ, दृष्टी सँधै मनमैँ हुन्छ, मान्छेले वुझ्दैनन् !" उसले चुरोट सल्कायो अनि धुवाँ फुक्यो। म चुरोटमा सँधै मनिषलाई देख्छु।धुवाँमा थोरै गाँजा मिसिएको पनि भान भयो।

"म पनि एक चोटी तानुँ?"

अनायसै मैले अनुरोध गरेँ।

उसले एक चोटी मलाई हेर्यो। अनि तेर्स्याइदियो।उ सँग त धुवाँ पनि आफ्नो लाग्न थालेको छ। मन लाग्छ डढिदिउँ उ मलाई फुकि फुकी वालिरहोस्। म वलिरहुँ, दन्किरहुँ।

"तिमीले पहिलो चोटी हो तानेको ?" मैले खोक्दा उसले प्रश्न राख्यो।

"चुरोट चाहिँ खाएको छु!"

"फरक छ, यो भनेको जीवन जिउनु र वाँच्नु जत्तिकै फरक छ !"

उ त्यो मधुरो प्रकाशमा दार्शनिक झैँ देखियो।

"तिमीले कहिल्यै केटीमान्छे भोगेको छौ?"

मलाई उसको हुन मन छ। उसले मलाई अंगालोस् । म वाँधिउँ। अव म लजाउन त सक्दिन, किनकी मैले त्यो अवस्था पार गरिसकेको छु धेरै अघि।

"तिमीलाई आफु अरु केटीमान्छे जस्तै नै हुँ भन्ने ठूलो भ्रम छ !"

उसले मलाई हेर्दै भन्यो।

"के फरक छ र म र अरुमा ?"

"तिमी भित्र म पिडा देख्छु ! अरु आवरणमा भ्रम हुन्छ, तिम्रोमा पिडा हुन्छ!"

"तिमीलाई के मन पर्छ भ्रम कि पिडा!"

"भ्रम त मैले धेरै भोगेँ, पिडा पहिलो पटक हो!"

उसका शव्द शव्दहरु मलाई खोतलीरहन्छन् । मलाई लाग्छ निश्चलले जति राम्ररी कसैले मलाई वुझ्दैन।निश्चल मेरो यात्राको पुर्णविराम हो! हो ति अल्पविरामहरु सवै भ्रम थिए,मैले पनि पहिलो चोटी पिडा भोग्दैछु।

 

 

 

 

 

 


 
Posted on 02-06-14 1:50 PM     [Snapshot: 1148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो क्रमश: त देख्दिन ....एस्तो सलल बगेको कथा नारोकम न !!
 
Posted on 02-07-14 8:19 AM     [Snapshot: 1209]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यो कथालाइ साझा होमपेज को सबै भन्दा माथि राख्न सान प्रधानलाइ बिनम्र अनुरोध गर्दछु. यस्ता उत्कृस्ट कथा हरु यसै सेलाएर जान हुन्न.
 
Posted on 02-07-14 10:17 AM     [Snapshot: 1244]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Behoove दाजुको कुरामा मेरो नि पूर्ण सहमति janaudachhu
 
Posted on 02-07-14 11:14 AM     [Snapshot: 1254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Bhakte dai- हेर्नु न दाजु क्रमश :छुटेछ, तर समाप्त पनि त लेखेको छैन नि ;)
behoove me,Juggy- Thank you for such a sweet comment.
अन्य पढिदिनुहुने ,लाइक गर्नुहुने सवैलाई धन्यवाद !!
 
Posted on 02-07-14 11:16 AM     [Snapshot: 1259]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

"तिमी माया लाई पिडा भन्छ्यौ,जीवनलाई भ्रम भन्छ्यौ,मृत्यु शाश्वत हो भन्छ्यौ ! जीवनको यो त एउटा पाटो मात्र हो! कोठा भित्र भएको मान्छेले वाहिरको भित्ताको रंग पत्ता लाउन सक्छ र ?" उ खिस्स हाँस्यो।

उसको अनुहारको ओज हराए झैँ लाग्छ आजकल मलाई। दिनहुँ निन्याउरो देख्छु उसलाई !

"तँपाइले देख्नुभएको छ त्यो पाटो?"

"मलाई त न तिम्रो निश्चल जस्तो अँध्यारो मन पर्छ, न तिमी जस्तो सत्य ! म त भ्रमले गाँजेको मान्छे ,निदाउन चाहने मान्छे !"

"अनि आज के खानुहुन्छ, कुरिलो पनि अमन भइसकेको होला हैन ?" मैले प्रसंग वदलेँ।

"क्षणमा वाँचेको न हुन्छ मान्छे, कहिले नुनिलो खोज्छ , कहिले गुलियो !"

"त्यस्तै हो, मलाई तितो मन पर्छ !"

"कसले भन्यो तिमीलाई मृत्यु तितो हुन्छ भनेर ? मृत्यु त बेस्वादे हुन्छ , रुवा चवाए जस्तो ! तिमी कति दिनमा फर्किदैछौ घर ?" एक्कासी उसले मलाई प्रश्न राख्यो।

मैले हिजो मात्र डक्टर लाई सोधेकी थिएँ। उसले नियालेर मलाई हेरेको पनि हो। उसको अनुहारमा मैले म प्रतिको विश्वास पाइन।फेरि गएर फेरि मर्न खोज्छे भन्ने सोचेको पनि हुन सक्छ। धेरै वेर सोचेर उसले मलाई जवाफ फर्काएको थियो "चाँडै" भनेर !

"चाँडै !" मैले सुस्तरी जवाफ फर्काएँ।

मेरो भाइ वाहिरको वेन्चमै उँघेर वसिरहन्छ।कहिलेकाहिँ भने मोवायल खेलीरहेको देख्छु।मलाई कता कता उ त्यो केटीलाई मन पराउँछ जस्तो लाग्छ।मैले केहि मागे नवोली भित्र छिर्छ।वाहिर गएर लिएर आउँछ। हिजो तिन दिन पछि आमा फेरि भेट्न आउनुभयो। वाथले गर्दा खासै हिँड्न सक्नुहुन्न तर पनि हिजो जिद्दी गरेरै आउनुभयो।मेरो आँखामा हेरेर मौन वस्नुभयो। अनि केहि नवोली फर्किनु भयो। मैले आँखा जुधाउन सकिन। कस्तो भारी मौनता ,जानेवेलामा उसले आमालाई भनेको थियो।

"अव देखी यसो गर्दिन सुधाले, वुझ्छे अस्पतालवाट निक्लने वेलामा उसले के खेर फाल्न खोजेकी रहिछ भनेर !"

उसले आमालाई सान्त्वना दियो। आमाले अचम्म मानेर उसलाई हेर्नुभयो।मैले अचम्म मानेर दुवैलाई हेरेँ।भाइले आमालाई डोर्याएर वाहिर लग्यो।

"ल अव आजको भाग, हामी निश्चलको कुरा गर्दै थियौँ !" आमा वाहिर निस्किने वित्तिकै उसले मलाई पुरानै संसारमा फर्काएको थियो। जहाँ निश्चल थियो, म थियौँ अनि अँध्यारोमा घोलिएको त्यहि धुवाँ थियो।

"आज एउटा पनि पेन्टिंग विक्री भएन" उसले मतिर हेर्दै भन्यो।

"चिन्तित छौ ?"

"छैन, तर सँधै हुन्थ्यो आज भएन !"

मलाई उसको सवैभन्दा मन पर्ने, उसको अनुहारको स्थायित्व, अनुहार मा भाव मिसिए पछि अनुहार अनुहार रहन्न ऐना वन्छ मुटु चिह्याउने।उसको अनुहारमा म न कहिल्यै खुशी देख्छु, न दुख ।मात्र अनुहार!

उसको कोठाको काठको छानावाट कहिले काहिँ मुसा चिह्याउँथ्यो। मलाई डर लाग्थ्यो उसका सवै तस्विर खाइ दिने पो हो कि भनी। म त्यसलाई हेर्दा उसका र मेरा कहिलेकाहिँ आँखा जुध्थे।यति निश्चल आँखा भएकोले के विगार गर्ला र जस्तो लाग्थ्यो। एक दिन निश्चलले एउटा पेन्टिंग वनायो। त्यहि मुसा छिर्दै गरेको, मात्र मुसाको पुच्छर अनि प्वाल !

अनि मेरो हातमा दिँदै भन्यो! "मलाई थाहा छ तिमीलाई यो मन पर्नेछ !"

मैले उसको चित्रमा अर्थ खोजेँ ।धेरै अर्थ खोजेँ। तर विडम्वना त्यसपछि उ भेट भएन।

उसको कोठा भोलिपल्ट खुल्लै थियो। तस्विरहरु यता उता छरिएका ! म दिनहुँ जसो उसको कोठा जान्थेँ उसलाई भेट्छु की भनी! अहँ भेट्टाइन! ति तस्विरहरु पनि समेटेर कुनामा राखिँदिएँ। विस्तारै ति तस्विरहरु त्यहि मुसाले खान थाल्यो। धमिरा लाग्यो। म पनि त्यो कोठा जान छोडेँ।

"अनि निश्चल भेटिएन ?"

"भेट्टियो, मात्र जिवित भेट्टिएन, धेरै नशा र थोरै खानाले गर्दा भएको भन्ने खवर पाएँ , उ सँग त्यतिखेर पनि मेरो आधा अनुहार छोपेको तस्विर थियो उसको अन्तिम ठेगानामा !"

मलाई किन किन जीवन अर्थहिन लाग्यो । उ सँगै जाउँ जाउँ लाग्यो। उसलाई सोध्न मन लाग्यो। उ आखिर किन भागेको थियो भनेर !

मैले आफ्नो कथा टुंग्याएको थिएँ। उसको आँखा अझ गहिरिएको थियो। उ पात्र केलाइरहेको थियो शायद !

धेरैवेर सोचेर उसले वोल्यो,

" म त भाग्न सक्ने अवस्थामा पनि छैन ! तर तिमी जिवन जानेकी मान्छे, अभ्यस्त हुन सिक"

"अव तँपाइको पालो !"

"म भन्न भ्याउँदिन होला पुरै कथा !"

"किन ? डिस्चार्ज गर्दै छन् र !"

"भोली !" उसले मलाई हेर्दै भन्यो।

"ठिक भयो त तँपाइलाई, ठिक भए जस्तो लाग्दैन मलाई !" मैले उसको शरिर नियाल्दै भनेँ। उसको शरिर त झन झन गलिरहेको छ।

"मात्र डिस्चार्ज गरेको अरे, ठिक गरेको हैन रे !" उ हाँस्दै भन्यो।

"मैले वुझिन !"

"वुझ्छ्यौ, तिमी त जीवन वुझेकी मान्छे, मृत्यु चिनेकी मान्छे , तर म अझै भन्छु मृत्यु तितो हुँदैन, वेस्वादे हुन्छ, रुवा जस्तो ,खान मन नलाग्ने !"

म मौन भएँ, मेरी आमा जस्तै, अवाक !!!

*********** ****************** ****************** **************** **************

उ आज डिस्चार्ज भएर गयो।शायद एक महिना अरु वाँच्नेछ। मैले जाने वेलामा केहि भन्न सकिन। उसले मलाई जीवन वुझाएर गएको छ।मैले भाइलाई भित्र वोलाउँदै भनेँ

"तँ अलि कम वोल्ने गर्छस् , खुल्ने गर सवैसँग, अनि साँच्चिकै माया गर्छस् भने भन् त्यो केटीलाई।" उसले अचम्म मानेर मलाई हेर्यो। मैले अर्काको मृत्यु देखेर आफ्नो जीवनको महत्व वुझेकी छु।


यो कथा यत्ति नै ।

 


 
Posted on 02-09-14 8:51 AM     [Snapshot: 1494]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<< उ सँग त धुवाँ पनि आफ्नो लाग्न थालेको छ। मन लाग्छ डढिदिउँ उ मलाई फुकि फुकी वालिरहोस्। म वलिरहुँ, दन्किरहुँ।>>>

<<< मृत्यु त बेस्वादे हुन्छ , रुवा चवाए जस्तो >>>

<<< अनुहार मा भाव मिसिए पछि अनुहार अनुहार रहन्न ऐना वन्छ मुटु चिह्याउने >>>

झकास ब्रो .... कस्तो दामी कथा ... धेरै दिन कुर्नु नपरोस अर्को कथा पढ्न लाई भन्ने बिनम्र अनुरोध छ है ...

कुनै दिन मिलेछ भने "एक रात" दुइ कथा जस्तै कथा फेरी एक पटक लेख्नु है ... तपाईका कथाहरुमा मलाई सारै मन परेको कथा हो त्यो ...
 
Posted on 02-09-14 6:15 PM     [Snapshot: 1547]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुच्चे साथि ,

हरेक वाक्य कोट गरेर वाह भन्न मिल्ने छ ...... साथि तिम्रो कथाले साझाको सज्जा अझै सुन्दर गराएको कुरामा कसैको द्वीमत नहोला .... अस्ति नेपाल आउँदा भेट्छु र बिमोचनमा नि उपस्थित हुन्छु भन्ने ईच्छा , ईच्छामै सिमित रह्यो .... कहिले सकिने मित्र तिम्रो किताब ... पढ्न आतुर छु ..

कहिले कहीं लाग्छ तिम्ले लेख्ने एक-आध प्रतिसत मात्र पनि लेख्न आए हुने नि मलाइ ...... तर कला-सृजनशिलता नि आशा गरेर पाइँदो रहेछ र .....

चांडै अर्को कथा पढ्न पाउँ , सिघ्र पढ्न पाउँ बास् यहि अनुरोध छ .....

- थाहा छैन
 
Posted on 02-14-14 9:02 AM     [Snapshot: 1985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सक्यो रे
अर्को सङ्ग्रह योग्य कथा पढ्न दिएकोमा धन्यबाद फ़ुचेकेटो |

 
Posted on 02-14-14 5:32 PM     [Snapshot: 2045]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सकी दिया पो ??

अर्को कथा कहिले आउंछ भनेर कुर्नु पर्ने पो भयो ....यो कथा त सरासर सर्यो ...

फुच्चेका घच्चीका कथा पढ्न पाउँदा मनै आनन्दित हुन्छ ....जिवन बोकेका ति पात्र कति गहन हुन्छन गहिराइ मा जिवन बुझेका ! फुच्चेको प्रस्तुति फेरी बेजोड हुन्छ .

आजकाल साझामा थोरै एस्ता सर्जकमात्र बाकीं छन् जस्का रचना एती उत्कृस्ट हुन्छ .

अरु कथाको पर्खाइमा !!
 
Posted on 03-26-15 3:19 AM     [Snapshot: 6354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"मैले अर्काको मृत्यु देखेर आफ्नो जीवनको महत्व वुझेकी छु"

fuccheko katha padera ma bhabhuk bandai chu..
ma pani sudha jhai patra hoo..

 
Posted on 03-26-15 11:08 AM     [Snapshot: 6454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुच्चेकेटो पहिले त धन्यवाद येति राम्रो कथा को लागि..हुनत म तिम्रो सबै लेखको पंखा(फ्यान) हु..."माया पाएकी केटि" चै अत्ति नै राम्रो लग्यो र सधै नया भाग आयो कि भनेर खोजिरक्छु ..
यो कथा चै पुरानै भएपनि पढ्न नपाएको रैछु...आज एकैचोटी म सबै भाग पढेर भ्याए ..नसकियोस जस्तो लगिरथ्यो लास्तामा सक्किहाल्यो..
तिम्रो कथाहरु पढेर त त्यो काल्पनिक सुधालाई एकचोटी भेट्न मन छ!!

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
कोभिड लाग्यो!
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Judgement Day
pregnancy मा sex गर्नु हुन्छ ?।
Democracy versus Entitlement in the good old US
Corona virus - how deadly is it really? and for whom?
About some Nep Trumpers
Sajha Poll: I Voted
कभी सौतन कभी सहेली
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
डेनि नेपाली, उदित इण्डेन् ..
Question for Trump Supporters/Voters
आहा! कती मिठो गीत्!
नाश सरलाई केही कुरा याद दिलाउदै
Election 2020 Blue vs Red
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters