"तिमीलाई रुँघ्न वस्ने
त्यो तिम्रो भाइ हो?" उसले मलाई प्रश्न राख्यो। मैले स्विकारोक्तिमा टाउको
हल्लाएँ।
"त्यति धेरै भित्र
हुन्न त !"
"शायद उ रुँघ्न लायक
केहि देख्दैन यो कोठामा , न रोग न विरामी किन पो रुँघोस् उसले ?"
"तै पनि !"
उ चुप लाग्यो उ सँग मेरा
प्रश्नको उत्तर छैन। सवै प्रश्नका उत्तर हुन्नन्।उत्तर खोजिनुपर्छ,त्यहि भएर त
उत्तरहरुको महत्व हुन्छ।
मेरो घरमा आमा हुनुहुन्छ।
अनि रुँघ्न वस्ने यहि भाइ छ। म भन्दा दुइ वर्ष कान्छो।एक दिन मैले चुरोट खाएको
देखेर उसले मलाई गाली गर्यो। किन किन मलाई त्यो दिन देखी उ मेरो दाइ जस्तो लाग्न
थाल्यो। म उ सँग डराउँथे। उ सँग लुकाउँथे आफ्ना कुराहरु।अहिले पनि उ टाढैवाट
नियाल्छ। धेरै गम्भिर छ, कम वोल्छ। उसकी एउटी केटी साथी छे । मैले एक दिन तेरो
गर्लफ्रेण्ड हो भनेर जिस्क्याएकी थिएँ। रिसायो, केहि वोलेन। त्यो दिन देखी म उसलाई
जिस्क्याउन पनि छोडिदिएँ। हामी दुइ जना एक आपसमा धेरै कम वोल्छौँ। उ सामान्यतय
किताव हातमा राखेर घोत्लिरहेको हुन्छ। मलाइ किताव भनेपछि दिक्क लाग्छ। मान्छेले
वुझ्नुपर्ने त जीवन पो हो त, कितावका काला अक्षरमा के नै राखेको छ र !
आमा साह्रै सोझी
हुनुहुन्छ।भाइ र मलाई देखेर अचम्ममा पर्नुहुन्छ। हामी तिन जनाको जीवन त्रिकोणको
तिन कोणमा अड्के जस्तो छ। एउटै घरका तिन कुनामा छरिएजस्तो। छरपष्ट!!!!!!!!!!!!!
***************
********************* ******************* ******************** *
"वहाँलाई कहिले
डिस्चार्ज गर्ने हो ?" हिजो मैले उसकी भान्जी पर्नेलाई सोधेकी थिएँ। उसले
थाहा छैन भन्ने भाव देखाउँदै ओठ लेप्र्याइदिई। म चुप लागेँ। यहाँ शव्द शव्दहरुको
मोल पर्छ। त्यसैले उसकी भान्जी धेरै वोल्दिन। कहिलेकाहिँ मलाई शंका पनि लाग्छ। उ
साँच्ची नै उसकी भान्जी हो की उसले एउटा सम्वन्ध यहि अस्पतालमा आएर
गाँसिदियो।एकान्तले पक्कै पनि उसलाई सम्वन्ध गाँस्न त सिकाएकै होला!
छेवैको वार्डमा हिजो एउटा
दम्पत्तिको छोरो जन्मियो। उसले मलाई देखाउँदै भन्यो!
"हेर जीवनको शुरुवात,
मान्छे संघर्षका लागि रुँदै छ, विस्तारै उसले लड्न सिक्नेछ, रुन छोड्नेछ!"
उसका हात कामीरहेका थिए
उसले अर्को कोठा देखाउँदा। नशा हरु पनि देखिएका थीए। निला धर्सा, मैले अर्को वार्ड
नहेरी उसकै हात मात्र हेरीरहेँ।
"देख्यौ, जीवन खेर
फाल्नुहुन्न , लड्न सिक्नुपर्छ, नत्र आँफै लडिन्छ!" उ खिस्स हाँस्यो। उसको
जीवन, उसका दर्शन ,कति धेरै माया गर्छ जीवनलाई!!
********** ************
************* *************** ************* *************
"अनि वाँकी कथा
सुनाउन्नौ तिम्रो ?" अंगुर चुस्दै उसले प्रश्न राखेको थीयो। उसलाई सुन्तला
अमन भयो अरे, आज अंगुर मगाएर खाँदै थियो।
म विस्तारै उठेँ। आफ्नो आंग
तन्काएँ। अनि प्रश्न राखेँ
"अहिले सम्मको कथामा
के म गलत थिएँ र ?"
" संसारमा सवै सहि गलत
हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !!"
उसले मेरै शव्दहरु सापटी
लियो।
"मलाई त्यति खेर सम्म
संसारका सवै वस्तुहरु वास्तविक हैनन् भन्ने थाहा भइसकेको थियो। हामी सवै भ्रम मा
वाँच्छौ, म त भन्छु जीवन नै भ्रम हो, तँपाइले मन पराएको जीवन मात्र एउटा भ्रम हो।
सत्यता त धेरै टाढा छ हामी भन्दा!एक दिन झल्याँस्स विउँझिदा थाहा हुन्छ, हामीले
वाँचेको जीवन त एउटा सपना मात्र रहेछ।"
" निदाउन सिक तिमी ,
किन विउँझिन खोज्छ्यौ?"
" म कक्षामा त्यति
धेरै छिर्दिनथेँ, मनिष मलाई मेरो कुरुप स्वरुप देखाउँथ्यो ऐना जस्तो ! म उसकै
रिसले पनि कलेज जान्नथेँ। पाखण्डीहरु जति पढे पनि परिवर्तन हुन्नन्। परिवर्तनको
लागि त ग्यान भित्र वाट आउनुपर्छ।"
उ मलाई हेरिरह्यो। अनि
विस्तारै भन्यो "त्यसपछि के भयो?"
"पशुपतिको छेउमा मैले
निश्चललाई भेट्टाएँ! उ आफ्नो पेन्टिंग इरेजरले मेट्टाउँदै थीयो !"
म भौँतारिँदै त्यहाँ पुगेकी
थिएँ। मैले सुनेकी थिएँ त्यहाँ धुवाँ उडाएपछि सवै विर्सिन्छ यस जगतका भ्रमहरुलाई !
भिन्न ठाउँमा पुगिन्छ, जहाँ वाट यो जगतको परिधि सानो लाग्छ। आफु ले चराको
दृष्टीवाट सवैलाई हेरीरहेको भान हुन्छ। सवै अवोध, सवै अग्यानी अनि सवै असन्तोकी!
यहि असन्तोष ले नै त चलाएको छ मान्छे लाई। सन्तोष हुँदो हो त मान्छे कति थिर हुँदो
हो।
"उसको पेन्टिंगमा गोही
र साँप झगडा गरे जस्तै लाग्थ्यो, मेटिसकेको आधा पेन्टिंग हेर्दा!"
"राम्रो थियो त
!!!!"
मैले अनायसै उसलाई रोक्न
खोजेँ। उसले आश्चर्य मिसिएको भावले मलाई हेर्यो। अनि इरेजर दोडाउँदै गरेका हातहरु
रोकायो। मलाई ति गोहि र साँपको जीवन जोगाइदिए जस्तो लाग्यो तर ति मध्ये झगडामा
घाइते भएर कुनै एक त पक्कै मर्थ्यो होला !
"तिमीलाई पेन्टिंगको
वारेमा के थाहा छ ?" उसले आफ्ना आँखा खुम्च्याउँदै प्रश्न राख्यो
"मलाई त त्यो गोही र
साँप झगडा गरेको मन परेर मात्रै !"
मलाई पेन्टिंग थाहा छैन।
मलाई त मात्र पात्रहरु मन परेका हुन्।किन किन मलाई झगडा मन पर्न थालेको छ।
क्रमश: