[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली साहित्यका पन्ध्र तारा

[Please view other pages to see the rest of the postings. Total posts: 55]
PAGE: <<  1 2 3  
[VIEWED 48218 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-03-12 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली भाषा र साहित्य अनुरागी साथीहरु,

शायद कृष्ण पराजुलीले होला पन्ध्र तारा र नेपाली साहित्य भन्ने पुस्तक लेख्नु भएको थियो । म उक्त पुस्तकमा वर्णित पन्ध्र नेपाली ताराहरुको तस्बिर संकलन गर्ने प्रयासमा छु । एक क्षण दिमाग खेलाउदा आएका नामहरु मैले यहाँ लेखेको छु । यदी यसमा थप्नु पर्ने अथवा हटाउन पर्ने कुनै नाम भए सल्लाह दिनुहोला साथै यि नेपाली श्रष्टाहरुको राम्रो तस्बिर पाउन सकिने कुनै श्रोत बारेमा पनि यहाँहरुलाई थाहा छ कि?

भानुभक्त आचार्य
मोतीराम भट्ट
लेखनाथ पौड्याल
लक्ष्मीप्रसाद देवकोटा
बालकृष्ण सम
चक्रपाणि चालिसे
पारशमणि प्रधान
धरणीधर कोइराला
सूर्यबिक्रम ज्ञवाली
गोपालप्रसाद रिमाल
महानन्द सापकोटा
शम्भुप्रसाद ढुङेल
गुरुप्रसाद मैनाली
भवानी भिक्षु
माधवप्रसाद घिमिरे

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-06-12 9:05 AM     [Snapshot: 1219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो लाइ जिउदो राख्ने प्रयास मात्र गरेको हुँ. नेपालि साहित्यबारे  यति गहन चिन्तन साझा मा शायद नै कहिलेइ भएको छैन . त्यसैले अझै जीवन्त  बिचार , अलिखित सत्य पोख्न हुन हार्दिक अनुरोध छ .

 
Posted on 03-06-12 10:55 AM     [Snapshot: 1256]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा यि सबै श्रस्टाहरुको नाम देख्दा उघ्रेको रातमा आगनमा उभिएर आकाशतिर हेरे झैं भयो। सबै तिर तारै तारा। कुन तारा नराम्रो भनेर औल्याउन सक्ने ल्याकत त ममा छैन त्यसैले राम्रा लागेका ताराहरु चैं भन्छु। महाकबी देवकोटा, भुपी शेरचन, शंकर लामिछाने, पारीजात, भैरब अर्याल जस्ता ताराहरुले मेरो नेपाली साहित्य बुझाईको झिनो प्रयासलाई सधैं मार्ग दर्शन गरीरहने छन। म bias भएरै अर्को महिला साहित्यकारको नाम यहाँ थप्न खोज्दा पनि सकिन। हुन त मेरो साहित्य बुझाईको परीधी सिमित भएर पनि हुन सक्छ तर दु:ख लाग्यो।

 
Posted on 03-08-12 12:52 PM     [Snapshot: 1422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो केही दिन अगाडि झुलुक्क देखेर पढ्न भनेर साँचेको थिएँ। समय मिलाएर आउँदा त धागो कता पुगिसकेछ। बल्लतल्ल पाएँ। यस्तो साहित्यको बारेमा ज्ञान बाढ्ने कमै धागो देख्न पाएको छु मैले यहाँ। यो देख्दा एकदम खुशी लाग्यो।

माथि उल्लेख गरिएका कति साहित्यकारहरु को लेख संग म परिचित पनि छैन तर जति को लेख संग परिचित छु वहाँहरु सबैको नाम कि धागो कि सुरु मै देखे कि त प्रतिक्रियाहरुमा।  तर साहित्यकार बानिरा गिरि र सिता देवी पोख्रेल को नाम कसैले उल्लेख गरेको मैले देखिन। मलाई बिपी को "तीन घुम्ती" ले तेती बाध्न सकेन जति डा. बानिरा गिरीको "कारागार" ले बाध्यो। सरु भक्त को "अध्यारो कोठाले" तेती बाध्न सकेको थिएन जति सित देवी पोख्रेल को "म हिडेको बाटो" ले बाध्यो। साहित्यकार हरुको अनुसन्धान या मुल्यांकन गर्ने म मा कुनै हैसियत वा क्षमता त छैन तर साहित्यमा लगाब भएको ले साहित्यकारहरुको लेख पढ्ने मौका पाएसम्म छुटाइहाल्न मलाई मन लाग्दैन। म बिपी र सरुभक्त को लेखाइ को प्रसंशक हु। त्यसै ले पनि त्यो सुचिमा डा. बानिरा गिरि र सीता देवी पोख्रेल को नाम थपे वहाँहरु माथी पनि न्याय हुने थियो कि जस्तो लागेको कुरा जाहेर गरेकी हुँ।
 
Posted on 03-30-12 10:11 PM     [Snapshot: 1608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिनौँ, चोरीको बात लागेका स्रष्टालाई

कृष्ण अविरल

काठमाडौं । चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, दिन प्रतिदिन मौलाइरहेको छ ।

‘कवि शिरोमणि’को उपाधि पाएका लेखनाथ पौड्याल, नेपाल साहित्यमा प्रगतिवादी धार भित्र्याउनेमध्येका विजय मल्ल, स्थापित आयमेली कवि ईश्वर बल्लभ, पूर्व प्राज्ञ एवम् प्रगतिशील स्रष्टा रमेश विकल, नेेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति बैरागी काइँला, ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतमसमेत चोरीको बात लागेका नेपाली स्रष्टा हुन् भन्ने सुन्दा पाउँदा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर राणाकालमा कैदी हुनुपर्दाको अनुभूति समेटिएको भनेर बहुचर्चित उनको कृति ‘पिंजडाको सुगा’ भारतका स्थापित कवि मैथलीचरण गुप्तको ‘पिंन्जरके सुगाएँ’ को अनुवाद हो । यो विषयलाई लिएर ०७ सालपछि कवि शिरोमणिको चर्कै आलोचना पनि भएको थियो । तर उनले कुनै प्रतिवाद गरेनन् । २०३२ सालमा चोरीको प्रमाणसहित साहित्यिक पत्रिका रुपरेखामा कुमुदिनीका नाममा लेख छापिएपछि स्वाभिमानमा ठेस पुगेको ठानी शंकर लामिछानेले जस्तो लेखनबाटै सन्यास पनि लिएनन् । जानकारहरु भन्छन्, कुमुदिनीका नाममा शंकरको चोरी पक्रने काम माधव शर्मा पन्थी नामका सरकारी कर्मचारीले गरेका हुन् । सहसचिवबाट अवकाश प्राप्त पन्थी अहिले पाल्पाको चिदिपानीमा बस्छन् ।

डा.ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ चोरीको बात लागेको सबैभन्दा विवादास्पद कृति हो । २०३८ सालको मदन पुरस्कार प्राप्त अलिखितका बारेमा डा. रामदयाल राकेशले ‘नेपाली साहित्यः विभिन्न आयाम’मा हुबहु अनुच्छेदका अनेक प्रमाण अघि सारेका छन् । डा. राकेशका अनुसार फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, राही मासुम रजाको ‘आधा गाँव’ र श्रीलाल शुक्लको आन्चलिक उपन्यास ‘रागदरवारी’ मिसमास अनुकरण नै ‘अलिखित’ हो । गौतमले पछिल्ला चरणमा हिन्दी टेलिसियिलबाट प्रभावित भएर उपन्यास लेखिरहेको दावी गर्ने डा. राकेशको दावी छ, ‘उनले नचोरी लेख्नै सक्तैनन् । अध्ययन गर्ने हो भने उनका हरेक उपन्यासमा प्रमाण भेट्न सकिन्छ ।’ डा. गौतमको चोरी अभियानका बारेमा ललिजन रावलले समेत लेखेका छन् । तर त्यही उपन्यास बर्षौँदेखि कलेजको पाठ्यक्रममा छ ।

२०२९ सालको मदन पुरस्कार प्राप्त ईश्वर बल्लभको कवितासङ्ग्रह ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ पनि चोरीको बात लागेको कृति हो । बल्लभको सिर्जनात्मक चोरी कला पक्रने स्रष्टाचाहिँ असमी मूलका नेपाली लेखक चन्द्रेश्वर दुवे हुन् । ‘तेस्रो आयामको शवपरीक्षा’ लगायतका तीनवटा कृति लेखेर उनले बल्लभको ‘मौलिक ?’ लेखनको धुस्नो नै काढेका छन् । त्यस्तै प्रगतिवादी धारका प्रभावशाली स्रष्टा विजय मल्लको ‘कुमारीशोभा’ अमृता पि्रतमको ‘पिगलकी चट्टान’को हुबहु अनुकरण मानिन्छ । पूर्व प्राज्ञ तथा प्रगतिशील स्रष्टा रमेश विकलको बहुचर्चित उपन्यास ‘अविरल बग्छ इन्द्रावती’ र उत्तिकै चर्चित कथा ‘लाहुरी भैसी’माथि पनि चोरीको अभियोग छ । हुन पनि रसियन लेखक मिखायल सोलोखोबको हिन्दी अनुदित उपन्यास ‘डोन नदी चूपचाप बहती है’सँग ‘अविरल बग्छ इन्द्रावती’का कतिपय अनुच्छेद हुबहु मिल्छन् । पछिल्लोचोटि प्राज्ञ भएका बेला कलेजको कोर्षमा रहेको अंग्रेजी कथाको हुबहु अनुवाद गरी एकेडमीले प्रकाशित गर्ने ‘समकालीन साहित्य’मा आफ्नो नाममा छपाएपछि विकलको चर्को आलोचना भएको थियो । त्यस्तै हरेक कृति एकसेएक मानिने विश्वेश्वरप्रसाद कोइरालाको ‘बैदारको मृत्यु’ शीर्षकको कथा पनि रसियन कथाकार एन्तोन चेखबको ‘डेथ अफ क्लर्क’सँग निकैहदसम्म दुरुस्त छ ।

वर्तमान कुलपति वैरागी काइला चोरीको बात लागेका अर्का स्रष्टा हुन् । ०३२ सालतिर प्रकाशित बैरागीको एकमात्र बहुचर्चित ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविता भारत पश्चिमबंगालका कवि शक्ति घोषको एउटा कवितासँग हुबहु मिल्छ । अनौठो कुराचाहिँ के हो भने काइलाको उक्त सङ्ग्रहमा भूमिका लेख्ने डा. ईश्वर बरालले नै ०५२ सालमा बसन्त लोहनी सम्पादित परिस्थिति साप्ताहिकमा बंगाली लिपिसहितको अंश छापेर बैरागीको धज्जी उडाएका छन् । अर्को आश्चर्यको कुराचाहिँ के हो भने काइलाको त्यही कविताको शैली अनुकरण गरेर श्रवण मुकारुङले ०६२-०६३ का जनआन्दोलनताका लेखेको ‘बिसे नगर्चीको बयान’ले खुवै चर्चा पायो ।

०४३-०४४ सालतिर सर्वनामको सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ खुबै चर्चित थियो । अशेष मल्ल नाटककार भनिएको उक्त नाटक बंगाली नाटककार बादल सरकारको ‘जुलस’को हुबहु हो भनेर त्यसबेलाको रुपरेखामा प्रताप अधिकारीका नाममा एउटा लेख छापिएपछि मल्लको शाखमै प्रश्न उब्जियो । जानकारहरुका अनुसार प्रताप अधिकारीको नाममा पत्र लेख्नेचाहिँ कवि हरिहर अधिकारी उर्फ श्यामल थिए । त्यस्तै अविनाश श्रेष्ठको ‘ललिता बाहिर रात पर्‍यो’ कथा रसियन कथाबाट चोरिएको हो भनेर पक्राउ गर्ने काम रमेश केसीले गरेका थिए । ०४४ साल ताका त चोरीका बारेमा पोल खोलाखोल गर्ने अभियनै चलेको थियो । त्यहीबेला दिनेश सत्याल सौरभले ‘सरुभक्तबाहेक अरु सबैले चोर्दा रहेछन्’ भनेर लेखै लेखे । लगत्तै सरुभक्तको चोरी कला शिव अधिकारीले पक्रे । अधिकारीको लेखअनुसार एच.जी. वेल्सको ‘इनभिजिवल म्यान’को हुबहु नै सरुभक्तको पहिलो उपन्यास ‘एक अभिनवको अन्त्य’ हो ।

पछिल्ला वर्षमा चर्चामा रहेका युग पाठकको ‘उर्गेनको घोडा’ र बुद्धिसागरको ‘कर्नाली ब्लुज’ माथि पनि शैली चोरेको बात लागेको छ । पाठकको ‘उर्गेनको घोडा’मा पाकिस्तानी लेखक कमलेश्वरको ‘कितने पाकिस्तान’को फर्मूला चोरिएको छ भने बुद्धिसागरको कर्नाली ब्लुजमा अफगानी लेखक ‘खालिदा हसेनी’को बेस्टसेलर उपन्यास ‘द काइट रनर’को शैली हुबहु अनुकरण गरिएको छ । बेग्लै कुरा हो कि ती दुवै कृतिलाई केही संस्थाले उत्कृष्ट ठहर्‍याएर पुरस्कृत गरिसकेका छन् ।

चोरी अभियोगमा पटकपटक पक्राउ पर्ने कविहरुमा पुरु रिसाल, महेश प्रसाई, रामविक्रम सिजापति र इन्द्रकुमार श्रेष्ठ हुन् । मधुपर्कमा छापिएका यी स्रष्टाका कविता हिन्दीका सरिता लगायतका पत्रिकाबाट हुबहु अनुवाद गरिएका प्रमाण फेला परेपछि मधुपर्कले ती कविलाई विरलै स्थान दिने गरेको छ । त्यस्तै दिनेश अधिकारीको ‘हर्के उर्फ हर्कबहादुर’ र विमल कोइरालाको ‘ध्रुवे उर्फ धु्रवबहादुर’ शीर्षकका कवितामा पनि कसले कसको अनुकरण गरेको हो भन्ने कुरामा पनि विवाद छ । बैरागीको कविता ‘जिन्दगी मफलर भैदिए टाँगिदिन्थे किलामा’ र तुलसी दिवसको ‘जिन्दगी कमिज भैदिए टाँगिदिन्थे किलामा’ को पहिलो हो भन्ने टुंगो लागेको छैन ।

हुबहु चोरीसँगै प्रभाव ग्रहण गरेर आफ्नो नाम चर्चामा ल्याउनेहरु पनि प्रशस्तै छन् । पुस्तक समीक्षा मार्फत् अरुलाई अर्ति दिँदै हिँड्ने हरि अधिकारीको कथासङ्ग्रह ‘संसदमा एक दिन’ र ‘रामलालको आकाश’ शीर्षक अनुकरणका अब्बल उदाहारण हुन् । किनकि भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको ‘संसदमे एक दिन’ झन्नै ६० वर्षअघि र दुर्गालाल श्रेष्ठको ‘रामलालको आकाश’ २०२० सालतिर निस्केका देखिन्छन् । त्यसो त आनी छोइङले गाएको दुर्गालालको बहुचर्चित गीत ‘फूलको आँखा फूलै संसार’ पनि भारतीय कवि अन्जानको ‘फूलको आँखोमे फूली संसार’सँग हुबहु मिल्छ । ओशो रजनिशले आफ्ना कयौँ प्रवचनमा यो गीत गाएका उदाहारण अनगन्ती भेटिन्छन् ।

पछिल्लो समयमा शितल कादम्बिनीको नाममा बज्ने गीत ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ र अन्जु पन्तले गाएको विपिन किरणको गीत ‘न बिर्सेँ तिमीलाई’ हरेक गीत हुबहु भाव मिलेको आरोपमा पक्राउ परेका छन् । स्वरुपराज आचार्यले गाएको उनको अर्को गीत ‘बल गरेर त्यो मन यता मोड भन्दिन’मा समेत चोरीको बात लागेपछि विपिन अहिले गीति लेखनबाटै ओझेल परेका छन् । त्यसो त ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौँ’ का सर्जक भनिएका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर कृष्णहरि बरालमाथि पनि चोरीको बात लागेको छ । किनकि उक्त गीत सर्जक फैज अहमद फैजको ‘और भि गम है दुनियाँमे मोहब्बतकी शिवाय’सँग पूरै प्रभावित देखिन्छ ।

http://onlinekhabar.com/2012/03/141500.html



 
Posted on 03-31-12 1:33 AM     [Snapshot: 1663]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 होर भन्या कृष्ण जि ??



 
Posted on 04-16-12 12:22 PM     [Snapshot: 1823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुप्रै दिनपछि साझामा  आज आउँदा अनि निकै राम्रो कुरो पढ्न पाउँदा खुशी लाग्यो मलाई पनि . माथि ठुल्दाइले लेख्नुभएको  "रमेश विकल" बारे कुरो पढेपछि आफ्नो पनि एउटा अनुभव नबाँडी बस्न सकिन . 

म भर्खर भर्खर "मुना" मात्र पढ्ने लेवलबाट माथि उठ्दै थिए/उठ्न खोज्दै थिएँ, बाल-बालिकाका लागि लेखिएका कथा/कविताहरु भन्दा  ठूला मान्छेले पढ्ने/ ठूला मान्छेका  लागि लेखिएका   कथा/निबन्ध/उपन्यास पढ्न मनलाग्थ्यो मलाई.. सायद कक्षा नौ तिर..  मैले जिन्दगीमा पहिलो चोटी बिपी कोइरालाको उपन्यास पढेकी थिएँ  "बाबु, आमा र छोरा " .

अनि मधुपर्क खुब पढ्थें  म, त्यसताका, "ठूला" मान्छेले पढ्ने पत्रिका जस्तो लाग्थ्यो मधुपर्क. मेरो दिमागमा बाबु, आमा र छोराको प्रभाव ताजै भएको बेलामा मैले मधुपर्क मा रमेश विकलको एउटा कथा पढें, शिर्षक याद भएन . तर त्यस कथाका घटनाहरु ठ्याक्कै बाबु, आमा र  छोराका  घटनाहरु संग मेल खान्थे . बिपीको उपन्यासमा छोरा पात्र बनारस गएको हुन्थ्यो पढ्नलाई, विकलको कथामा अमेरिका.       उपन्यासलाई लिएर अलिकति आधुनिकीकरण गरेर कथा बनाएर लेखे जस्तो, कस्तो कस्तो .. त्यसदिन देखि मेरो मस्तिस्कमा "रमेश विकल नेपाली चलचित्रका कथा लेख्ने लेखक जस्ता हुन्" भन्ने छाप परेको थियो . आफुले आफुलाई जति सुकै "ठूली मान्छे" बने जस्तो देखाउन खोजेपनि मेरो मस्तिष्क बाल-सुलभ नै थियो, धेरै कुरा नबुझेकी हुन सक्छु त्यसबेला, अथवा मलाई त्यस्तो लागेको मात्र पनि हुन सक्छ, तर त्यो छाप अहिले सम्म मेटिन  सकेको छैन  . 

माथिको सुचिमा लैंनसिंह वान्ग्देल को नाम छुटेको हो कि ? उनका "लंगडो साथी" र "माइत घर" मलाई निकै मन परेका थिए .  अनि पारिजात र लील बहादुर क्षेत्री  पनि .

सम-सामयिक लेखकहरुमा मलाई कृष्ण धरावासी मनपर्छन, "राधा" मनपर्यो  तर "झोला" कथा  अन्यन्त धेरै मनपर्यो.  खगेन्द्र संगौलाको लेखाइ मनपराउने मान्छे पनि निकै भेटेकी छु मैले, तर उनका राजनैतिक लेखहरु अलि "EXTREME" लाग्छन मलाई चैं, आफुलाई मनपरेकाको सार्है तारिफ गरेजस्तो, अनि मन नपरेकालाई भित्तैमा पुर्याउन खोजे जस्तो . उनले अनुबाद गरेको "माइक्रोसफ्ट देखि बाहुनडांडासम्म" पनि पढ्न खोजेकी थिएँ मैले, तर "Leaving Microsoft  to change the World" ले नै बढी छाप छोड्यो मेरो दिमागमा.     

 
Posted on 04-16-12 12:54 PM     [Snapshot: 1842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोलाई फेरी जीवन दिनु भएकोमा चेली लाइ धन्यबाद ( धन्यबाद त जिते ब्रो ले दिनु पर्ने हो ). 

कृष्ण अविरल को लेखले माथि मैले उठाएका चोर लेखकहरु बारे अझ पुष्टि मिलेको छ नै . अविरलजी ले हल्ला सुनेको  र आरोप लागेकाहरुको पनि फेरिहस्त दिनु भएको रहेछ . मेरो बिचारमा शैली नक्कल गर्नु मात्रलाई छोरि भन्नु मिल्दैन . राम्रा लेखक साहित्यकारहरुबाट प्रभावित भएर पनि मौलिक अनि स्तरीय रचना को सिर्जना गर्न सकिन्छ .

मात्र आरोप को भर मा पनि कसैको अबमुल्यन गर्न मिल्दैन , शंकाको घेरा मा भने राखे हुन्छ . लेखनाथ पौड्याल को पिजडा को सुगा, रमेश विकल को कथा , नरेन्द्र राज प्रसाईं को (नेपाली कथा को शिर्षक चाही याद भएन "  ओह कितने महान थे " आदि भने चोरिएको प्रमाणित भैसके . तैपनि जीवन परयंत विकल जी स्विकार्नु भएन, लेखनाथ पौड्यालको त मृत्यु पश्चात चोरी प्रमाणित भएको हो भने प्रसाईं जी अझै साहित्यिक पुरस्कारको ठेक्का चलाउदै हुनुहुन्छ र पनि चोरी गरेको स्विकार्नु हुन्न.

नेपालीमा एउटा कहावत नै छ " चोरले कहिलेइ आफुलाई चोर भन्छ र ?" .


 
Posted on 04-16-12 1:21 PM     [Snapshot: 1858]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकजना पाठकले एकजना लेखकलाई जतिसम्म सम्मान दिन सक्छ, शायद त्यतिनै सम्मान दिन्छु म महाकवि देवकोटालाई. उनका कुनै पनि कृतीलाई चोरीका हुन् भन्न लायक न म आज छु, न भविष्यमा कहिल्यै हुने नै छु, तर यहाँहरु कसैले देवकोटाको "गाउंछिन हँसिया गीत" पढ्नु भएको छ ? त्यो देवकोटाको अनुवादित कृतिको  लिस्ट मा पर्छ कि मौलिक ? 

Do you also think the poems I have included below sound/look/feel similar ?
Last edited: 16-Apr-12 01:46 PM

 
Posted on 04-16-12 1:39 PM     [Snapshot: 1879]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 16-Apr-12 01:41 PM

 
Posted on 04-16-12 1:43 PM     [Snapshot: 1896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-12 1:44 PM     [Snapshot: 1900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-12 1:45 PM     [Snapshot: 1902]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Solitary Reaper

Behold her, single in the field,
Yon solitary Highland Lass!
Reaping and singing by herself;
Stop here, or gently pass!
Alone she cuts and binds the grain,
And sings a melancholy strain;
O listen! for the Vale profound
Is overflowing with the sound.

No Nightingale did ever chaunt
More welcome notes to weary bands
Of travellers in some shady haunt,
Among Arabian sands:
A voice so shrilling ne'er was heard
In spring-time from the Cuckoo-bird,
Breaking the silence of the seas
Among the farthest Hebrides.

Will no one tell me what she sings?--
Perhaps the plaintive numbers flow
For old, unhappy, far-off things,
And battles long ago:
Or is it some more humble lay,
Familiar matter of to-day?
Some natural sorrow, loss, or pain,
That has been, and may be again?

Whate'er the theme, the Maiden sang
As if her song could have no ending;
I saw her singing at her work,
And o'er the sickle bending;--
I listen'd, motionless and still;
And, as I mounted up the hill,
The music in my heart I bore,
Long after it was heard no more.
 
Posted on 04-16-12 2:31 PM     [Snapshot: 1928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चेलीलाई र धन्यवाद राहुलदाइलाई यो धागो जिवित राख्न गर्नु भएको प्रयासको निमित्त र बाड्नु भएको ज्ञानको निमित्त,

हुन त वर्डस्वर्थ र महाकवि देवकोटाको कविताहरु दाँज्नु मेरो हैसियत भन्दा बाहिरको कुरा हो तर पनि दुवै कविताहरुलाई सर्सर्ती पढ्दा आएका केही बिचार पोख्न अनुमती चाहन्छु । अनुवादित हुनको लागि त लेखेकले पहिले नै उल्लेख गर्नु पर्ने र मिलेसम्म शब्द शब्दको अनुवाद हुन पर्ने होइन र ? यदी कुनै कृति अनुवादित भनेर उल्लेख गरिदैन र त्यसमा शब्द शब्द मिल्छ भने त त्यो सिधै चोरी नै भयो नि हैन ? महाकवि देवकोटाले वर्डस्वर्थ लगायात थुप्रै पश्चिमा साहित्यकारहरुको कृतिको अध्ययन गर्नु भएको त हामी सबैलाई थाहा छदै छ । शायद वहाँमा ति साहित्यकारहरुको केही प्रभाव त अवश्य थियो होला । माथिका दुई कविताको बिषयवस्तु त एउटै नै छन् तर शैली र प्रस्तुतीको हिसाबले यि बिल्कुलै फरक छन् जस्तो लाग्छ मलाई । थाहा छैन अरु साहित्य अनुरागीहरुलाई कस्तो लाग्छ ...
Last edited: 16-Apr-12 02:33 PM

 
Posted on 04-16-12 2:43 PM     [Snapshot: 1938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाइ पुन: धन्यबाद .

माथिको दुइ कबिता पढ्दा मैले यस अघि लेखेको कुरा मै संसोधन प्रस्ताब पास गर्नु पर्ला जस्तो लाग्यो . चोरी कत्ति सम्म को चोरी लाइ भन्ने कुरा नै रिसोच गर्नु पर्ला जस्तो छ .काल ,परिवेश  र परिस्थिति भिन्न भिन्न तर भाव सम्भवत एकै . अब यसलाई के भनौ?

1. भावानुबाद ??
2. प्रभाव ??
3. संयोग ?? वा
4. चोरी ....
 


 
Posted on 04-16-12 3:00 PM     [Snapshot: 1954]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 or 3 hola ki!!

 
Posted on 04-16-12 3:21 PM     [Snapshot: 1954]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Cheliji,

Mathika dui kabita haru ko subject eutai bhayepani, dui katita ekdamai bhinna chhan. Dubai kabita le ghas katne keti ko barema bahne pani dui bhinna kura bhaneka chan. 
Dui manche le "Sadak ka Gadi" ko barema kabita lekhe bhandai ma euta le arko ko choreko bhanna mildaina. Wordsworth pani ghas katne keti sanga prabhabhit bhayera lekheka ra, euta completely isolated independant event ma devkota pani testai euta ghas katne keti sanga prabhabhit bhayera lekheko huna sakcha.

Euta ramri eklai geet gaudai ghas kateko dekhera kun chahi kabiko man ma kabita nafuros? Kabi nai nabhayeko manche pani "Main sayar to nahin, magar ye hasin, jabse dekha maine tujhko, sayari aagai" bhane jasto kabi bnna thalcha.

Ra pani, yedi Wordsworth ko kabita padherai mahakabi influence hunu bhayeko bhaye pani, tyo kabita lekhna lai, waha le Wordsworth bata insipiration bahek aru k hi paunu bhayeko chaina, testo chhanda banauna wordsworth ko shabda harule waha lai kunai help bhayena.

May be I am in denail to agree that mahakabi plagiarised, but I don't see much copying here. If anything exists in between those two, it is inspiration, nothing more.

May be I am wrong, but thats what I see.

 
Posted on 04-16-12 3:46 PM     [Snapshot: 1994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanx for reviving the thread.

After going through this thread, I started reading few essays and writings of Shankar Lamichane. I was mesmerized by his "sandarva laxmi jayanti". Thanx to the poster who posted that link :). Having never heard much of him before, he not only did justice to his legacy, but he makes me realize Laxmi prasad devkota is simply at a different level (like how shakespeare is to English). It is hard to believe that Laxmi Prasad Devkota needed to plagiarize, for a person who was able two dictate 12 stories in one night each with a different plot and twists. As GT says, he was a voracious reader of english literature as well. He might have been trying to translate it in Nepali in his own way.

I also got a copy of Sirish ko Phool. While I haven't finished it, it is amazing how the female writer writes from the male-soldier's perspective. simply amazing so far!

 
Posted on 04-17-12 7:03 AM     [Snapshot: 2113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dissident ji,

Thanks for your input. I did not say and I can never ever say that Devkota plagiarized. When I read Devkota's poem for the first time long time back, I thought it was exactly like Wordsworth's, both have brilliantly described the way she sings, the way she reaps the grass. I thought "Hasiya geet" was a translation of "The Solitary Reaper". 

Now, when I am reading both these poems again and again, I feel its not translated because they do not match word by word. However, I do feel that Devkota must have been inspired/influenced by Wordsworth very much, because both these poems have same setting, and subject matter.

If I am wrong and Devkota never ever read "The Solitary reaper" before writing this poem( which is very unlikely), all I can say is "Great minds think alike" .

Happy Tuesday!!


 
Posted on 04-17-12 7:55 AM     [Snapshot: 2130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लक्ष्मी प्रसाद कस्ट थिए लेखक(कबि,निबन्धकार,कथाकार, इत्यादी इत्यादी ) थिए यो शंकर लामिछानेको लेख बाट प्रस्ट हुन्छ ल हेर्नुस
shankarsmriti.[Disallowed String for - Excessive promotion]/2011/05/blog-post_11.html
shankarsmriti dot blog spot dot com/2011/05/blog-post_11.html

जितु-दाज्यु यो लिंक मा धेरै लेखक का फोटा छन् तर अब काम पो लाग्छन कि लाग्दैनन्
www.nepaliwriters.[Disallowed String for - Excessive promotion]/

Nepaliwriters dot blog spot dot com

Last edited: 17-Apr-12 10:37 PM

 
Posted on 04-17-12 3:38 PM     [Snapshot: 2214]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 The Solitary Reaper....
By Sorijini Naidoo.... what a poem
I remember reading the poem in Gulmohar book - Class 6..... The teacher teaching us that poem was Late Poet Machhendra Pradhan. He took 4 days to teach the poem, explaining every meaning that could come out of the lines..... Its my all time favourite..... Thank you Cheli



The list of the best writer/poet in Nepali literature may not every enlist late Machhendra Pradhan, but his noble "Nilkantha" won him the highest literary award in India and many other. He may not be well known but would have served Nepali literature well if he would not have been entangled in family life & business.

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
What stocks to buy -- Any recommendation
Vintage Pictures of Kathmandu
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
आहा के सारो राम्री हुन् यो नानी!!!
नाज ब्रो को भाउजु को फोटो अल्बुम भाग १ , जून ३ २०१६
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Nepali names that sound funny in America
BITCOIN and other Cryptocurrencies
Introducing the beautiful Shiwani Bishwokarma
Conservative discussions
Amby Writes:- My Caffeine Indulgence- I
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
UNDERWEAR
ChatSansar.com Naya Nepal Chat
Who was the original singer of Asarai Mahinama
निगुरो थाहा छ ??
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Nas and The Bokas: Coming to a Night Club near you
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters