Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली साहित्यका पन्ध्र तारा

[Please view other pages to see the rest of the postings. Total posts: 55]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 62206 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-03-12 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली भाषा र साहित्य अनुरागी साथीहरु,

शायद कृष्ण पराजुलीले होला पन्ध्र तारा र नेपाली साहित्य भन्ने पुस्तक लेख्नु भएको थियो । म उक्त पुस्तकमा वर्णित पन्ध्र नेपाली ताराहरुको तस्बिर संकलन गर्ने प्रयासमा छु । एक क्षण दिमाग खेलाउदा आएका नामहरु मैले यहाँ लेखेको छु । यदी यसमा थप्नु पर्ने अथवा हटाउन पर्ने कुनै नाम भए सल्लाह दिनुहोला साथै यि नेपाली श्रष्टाहरुको राम्रो तस्बिर पाउन सकिने कुनै श्रोत बारेमा पनि यहाँहरुलाई थाहा छ कि?

भानुभक्त आचार्य
मोतीराम भट्ट
लेखनाथ पौड्याल
लक्ष्मीप्रसाद देवकोटा
बालकृष्ण सम
चक्रपाणि चालिसे
पारशमणि प्रधान
धरणीधर कोइराला
सूर्यबिक्रम ज्ञवाली
गोपालप्रसाद रिमाल
महानन्द सापकोटा
शम्भुप्रसाद ढुङेल
गुरुप्रसाद मैनाली
भवानी भिक्षु
माधवप्रसाद घिमिरे

 
Posted on 03-03-12 11:15 AM     [Snapshot: 35]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैरब हजूरबाले नी ठीकठीकै लेख्थे !
 
Posted on 03-03-12 12:52 PM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नेपाली साहित्यमा योगदान पुर्र्याउने माथि उल्लेखित हस्तीहरुको योगदान अतुलनीय नै छ र पनि केहि हस्तीहरुको उचाई लेखाइ र जीवन भोगाइमा खरो उत्रिदैन .

बाल कृष्ण सम तिनै व्यक्ति थिए जसले शम्भू प्रसाद ढुंगेलको छोरोले त्यतिबेला प्रबेशिका परिक्षामा "राणा नपुंसक" लेखेको भरमा जेलमा कोचिदिएका थिए . त्यतिबेला सम गोर्खा भाषा प्रकाशन समितिका अध्यक्ष थिए र नेपाली बिषय को जिम्मा त्यै समिति ले लिन्थे . सुनिन्छ देबकोटाको क्यान्सरको उपचार गर्न  विदेश पठाउने कुरामा असहमति जनाउने व्यक्ति पनि तिनै थिए . 

अर्को कुरा सम को कुन चाही प्रकाशन उच्च स्तर को थियो मैले अहिले सम्म बुझ्न सकेको छैन . हो नेपाली नाटक विधामा थुप्रै रचनाहरु उहाँका मनन योग्य छन् तर चिसो चुल्हो लगायतका महाकाव्यहरु केवल समय र कागज को बरबादी मात्र हुन् . यो मेरो व्यक्तिगत बुझाइ हो किन कि मैले सम का सबै जसो रचना पढेको छु .

अर्को चक्रपाणी चालिसे को कुरा . मलाइ जहा सम्म सम्झना छ उहाँका कुनै पनि कृति मनन योग्य छैनन् . पुरानो राष्ट्रगान मा राज स्तुति बाहेक अरु उल्लेख्य योगदान खोजीको बिषय भएको छ .

नेपाली कथा साहित्यमा यौन मनोबाद को बिशुद्ध मौलिक स्वाद पस्किने र तत्कालिन राजनितीमा शिषर्थ व्यक्ति भए पनि साहित्यमा कुनै राजनीतिको छनक न दिने बी पी कोइराला लाइ बिर्सन मिल्छ  र ?

भैरब अर्याल र केशब राज पिंडाली लाइ पनि पक्कै बिर्सन मिल्दैन .

साथै समालोचना साहित्यका मुर्धन्य व्यक्तिहरु हृदय चन्द्र सिंह प्रधान, कृष चन्द्र सिंह प्रधान , काब्य जगत का शिद्धि चरण श्रेष्ठ, नाटक तथा कथा लेखक गोबिन्द बहादुर गोठाले, बिजय मल्ल लाइ पनि सम्मान को सूचीमा सूचिकृत गर्नु पर्छ जस्तो लाग्दछ .

नेपाली साहित्य जगतमा थुप्रै चोर स्रष्टाहरु भए पनि चोरेको स्वीकार्ने एकमात्र इमान्दार साहित्यकार शंकर लामिछाने लाइ भुल्न पनि कदापि मिल्दैन .

 


 
Posted on 03-03-12 1:14 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good comprehensive list. Thanks.

Agree with OTGA and Rahulvai. Bhairab Aryal should be there somewhere. Diamon Shamsher is a close call.
 
Posted on 03-03-12 1:40 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stiffer जी ले याद दिलाई दिनु भयो , डायमण्ड शमशेर क्लोज कल हैन कल नै हुनु पर्छ . उनाका थोरै तर स्तरीय रचनाको मुल्यांकन गर्ने पर्छ .
प्राज्ञ ज्ञानमणि नेपालका अनुसार पिजडाको सुगा समेत चोरिएको रचना पुष्टि भैसक्दा पनि हामी कबि शिरोमणि भन्न छोडेका छैनौ भने शुद्ध जीवन भोगाई लाइ उपन्यासको रुपमा पस्किने रानाको उच्च मुल्यांकन हुनै पर्छ .
 
Posted on 03-03-12 1:56 PM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would definately add Bhupi serchan and Dhurba chandra gautam...
 
Posted on 03-03-12 2:22 PM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

School ma huda " Ganesh Rasik" ko bare ni sune thiyen. Yaha haru lai thaha hola ki?
 
Posted on 03-03-12 2:34 PM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramesh Bikal is another one I've heard of.
 
Posted on 03-03-12 2:49 PM     [Snapshot: 185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिंजडाको सुगा छोरि भाको prove  भै सक्या हो र?

 
Posted on 03-03-12 2:54 PM     [Snapshot: 188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्राज्ञ ज्ञान मणि नेपाल का अनुसार हो. पिजडा को सुगा लेखिनु १० बर्ष अघि नै भारतीय पत्रिकामा हिन्दी मा प्रकाशित भैसकेको र लेखनाथ को सुगा उक्त द्विवेदी हो कि चुतुर्बेदी थर का भारतीय लेखक को शब्द शब्द अनुबाद मात्र भएको प्रमाण ज्ञान मणि नेपाल जी संग सुरक्षित छ .

 
Posted on 03-03-12 3:12 PM     [Snapshot: 212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघ ब्रो ले पारीजात्लाई बिर्स्या कि तर स्त्रिलिङ नहुने हो? पि दिदी ले देख्नु भन्दा अगाडि नै सच्चाउनु होला ।

 
Posted on 03-03-12 4:29 PM     [Snapshot: 254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्यवाद ठुल्दाइ र साथीहरुलाई,

खासमा मैले कृष्णप्रसाद पराजुलीले लेख्नु भए अनुसारकै लेख्न र यसमा समसमायिक परिवर्तन कसरी गर्न सकिन्छ भनेर सोध्न खोजेको थिए । तै पनि वि पि, हृदयचन्द्र सिंह प्रधान र कृष्णचन्द्र सिंह प्रधानलाई त छुटाएकै रहेछु, वहाँहरु त कृष्णप्रसाद पराजुलीको पुस्तकमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ ।

साथै ठुल्दाइ, स्टिफ्लर र मोटुले भने जस्तै भैरब अर्याल, केशवराज पिडाली, गोबिन्दबहादुर मल्ल गोठाले, डायमन्ड शम्शेर यसै गरी हारेले भने जस्तै भूपी शेरचन र ध्रुबचन्द्र गौतम र मोटुले भने जस्तै पारिजात पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ ।

एटोमिक ब्रो गणेश रसिक चाँही बढी गीत संगीतको क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्छ । अब ठुल्दाइले किन रमेश विकलको नाम लिनु भएन त्यो ठुल्दाइले नै भन्न सक्नुहुन्छ । तर शिवलिङ ब्रो साझामै पनि ठुल्दाइले लेखेको केही पुराना धागाहरु खोज्नु भयो भने क-कसले के के चोरेर लेखेका हुन् सब थाहा पाउनुहुनेछ ।  


 
Posted on 03-03-12 4:50 PM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 म साहित्य मा त्यति जानकार छैन , तर खाली गफ को सिलसिला मा सुनेको हुनाले सोध्न लागेको है....मैले राहुल दाइ को पुरानो धागो खोजे छोरि साहित्य को तर भेटिन....त्यो लिंक पाइन्थ्यो  कि?? मैले सोध्न खोज्य कुरा चाही सम क लगभग सबै किर्ति लक्ष्मी प्रसाद ले बेचेका हुन् भन्ने सुनेको थिए....
 
Posted on 03-03-12 6:12 PM     [Snapshot: 286]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्ब प्रथम मा जिते ब्रो को जिज्ञासाको जवाफ दिन्छु . रमेश विकलको कथा " मेरी सानी भतिजी प्रतिमा " हामीले एस एल सी मा पढेको र यति मन छुने रचना नेपालीसाहित्यमा पढेको थिएँन . त्यस पछी विकल जी का सम्पूर्ण रचनाहरु खोजि खोजि पढें तर २०४८ -५० साल तिर होला शायद , समकालीन साहित्य ( प्रज्ञा  प्रतिष्ठान बाट  प्रकाशित हुने त्रैमासिक ) मा एउटा कथा उहाँ को प्रकाशित भयो , त्यो पनि स्तारिय अर्थात  टिपिकल विकल जी को रचना थियो .तर उक्त समकालीन साहित्यको अर्को अंक मा त्यति बेला ११-१२ मा पढ्ने एक जना भाइको प्रतिक्रिया पढ्दा झसङ्ग भएँ.

विकल जी को उक्त कथा "दि अर्थ " शिर्षक बेलायति कथाकार को ५०-६० बर्ष पुरानो अंग्रेजी कथा को हुबहु नेपाली संस्करण  थियो . भाइ ले कथा चोरीको आधारहीन आरोप लगाएको हैन  . उक्त अंग्रेजी कथा त्यति बेला को ११-१२ को पाठ्यपुस्तक ( अनिबार्य अंग्रेजीको ) अंश थियो. उक्त चोरी को गुनासो को जवाफमा विकल जी ले " केहि घटना र भाव मिल्न गएको केवल संयोग मात्र थियो"  भनि  पंछिनु भयो . फेरी अर्को अंक मा उक्त भाइले सप्रमाण भाव र घटना मात्र मिल्न गएको हैन हरेक पाराग्राफ र वाक्य समेत हुबहु नेपालीमा रुपान्तरण मात्र गरेको खुलासा गरे . त्यसको प्रत्युत्तर मा विकल जीले अझै भाव मात्र मिल्न गएको र गल्ती स्विकार नगरि उल्टै  उनीमाथी चरित्र हत्या गरेको आरोप लगाउनु भयो . अझ अर्को अंक मा विकल जी अध्यक्ष भैसक्नु भएको एउटा साहित्यकारहरुको संस्था समेत ले चोरी पत्ता लगाउने भाइ माथि खनिए. मैले नि उक्त कथा को ओरिजिनल संस्करण टोल कै पुस्तक पसलमा पैचो लिएर पढें . शब्द शब्द , वाक्य वाक्य को चोरी थियो , फरक थियो  त कथाको शिर्षक , पात्रहरुको नाम ( नेपालीकरण ) र कथाकार को नाम मात्र . त्यै दिन देखि मेरो साहित्यिक आस्था मा विकल जी को जुन उच्च स्थान थियो त्यो हरायो . त्यसैले जिते मित्र , विकल जी को नाम त्यो लिस्टमा हुनु हुदैन र भएमा त्यसको बिरोध सधै गर्छु . कम से कम साहित्य एउटा मा भए पनि इमान र इमान्दार को कदर होस् .

शिबनगर जी को जिज्ञासामा भन्नु पर्दा , मैले पनि त्यस्तै कुरा सुनेको थिएँ . तर मैले जहाँ सम्म साहित्यको अध्ययन गरेको छु त्यसको आधार मा भन्नु पर्दा महाकबी देवकोटा को रचना र सम को रचनामा आकाश जमिन को अन्तर छ . स्पष्ट छुटिन्छ . त्यसैले सम ले किनेर आफ्नो भनी छापिएको चाही असत्य नै हो तर धेरै रचनाहरु नेपाली भाषा  प्रकाशन समिति ले छापिदिन्छु   भनी लगेर  रद्दी को टोकरी वा बुइगल को पोके फाइलिंगमा सड्न दिएको भने हुन सक्छ .

जिते ब्रो ले कुन चाही धागो भनेको चाही याद भएन तर मैले चोरी साहित्य बारे भने यो भन्दा पहिला लेखि सकेको चाही सत्य हो .

 

Last edited: 03-Mar-12 06:24 PM

 
Posted on 03-03-12 8:26 PM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Overall a good list. As others have pointed out, it does disservice to some brilliant writers who arguably are as good as the writers in the list except for Laxmi Prsad Devkota-my personal opinion,Devkota is head and shoulder above of distant (redundant) runner up- many people put Devkota on top understanding him or lack of it and I don't know which case I represent.

To accommodate other literary geniuses, maybe the best thing would be to change the bone of contention 'fifteen tara' to 'nakshyatra' :) I have read a few books from aforementioned writers, I will definitely add Shanker Lamichhane, B.P. Koirala, Bhairav Aryal,Siddhicharan Shrestha, Diamond Shumsher, Bhimnidhi Tiwari, Indra Bahadur Rai, Bijay Malla, Govinda Bahadur Malla to the list as well.

I always think Laxmi Prasad Devkota, Shanker Lamichhane and Bhairav Aryal were ahead of time . Although, I was shocked to find out Shanker Lamichhane plagiarized some of his works, his subsequent apology and his distinctive writing carves out a niche among countless Nepali writers, and of course his foreword in Parijat's 'Sirishko Phool'.

Shanker Lamichhane on Devkota http://shankarsmriti.blogspot.com/2011/05/blog-post_11.html


 
Posted on 03-03-12 8:36 PM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रमेश विकलको बारेमा जानकारी दिनुभएकोमा ठुल्दाइलाई मुरी मुरी धन्यवाद! मलाई याद भएसम्म साझामै हामी बिचमा यो बिषयमा पहिले पनि केही कुरा भएको थियो । त्यही थाहा भएर नै मैले ठुल्दाइले यस बिषयमा केही भन्नु होला भनेर यो कुरा उप्काएको हो । तर ठुल्दाइले नै लेखेको धागो पर्‍यो कि अरु कुनै धागोमा हामीबिच यो कुरा भएको हो त्यो चाँही ठ्याक्क याद भएन ।

नेपाली साहित्यमा सत्य तथ्यलाई चिरफार गर्ने भन्दा पनि व्यक्ति पूजा गर्ने परम्परा झन् झन् हावी हुँदै गएको छ । यदी यसरी चोरी चोरी साहित्य लेखेर ठूला साहित्यकार गनिएका साहित्यकारको पनि हामी बर्षैपिच्छे गुणगान गाउन वाध्य छौ भने म आँफैलाई धिक्कार्छु । तर नेपाली साहित्यलाई मलजल गरेर यसको बिकास गर्ने ठेक्का लिएका ठेकदारहरुलाई यसको भन्दा पनि आफ्नो हातमा रहेको डाडु पन्यु जोगाउदैमा अथवा आँफैले आफुलाई पुरस्कृत गर्दैमा र दुई पैसे कितावको विमोचन गर्दैमा फुर्सद छैन । अनि सत्य तथ्यको कसले खोजी गर्नु?

 
Posted on 03-03-12 8:58 PM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्य कुरा जिते ब्रो , साहित्य पनि देश जस्तै भातमारा हरु को हात मा छ . माथि उल्लेखित चोर भन्दा ठुला चोर अझ भनुं डाँका र तिनका मतियार हरुले नै देशकै सबै भन्दा ठुला ( धनराशि को हिसाब ले ) पुरस्कार थापना गरी पुरस्कार बाड्दै पैसा असुल्दै गरेका छन . त्यै टोलि का एकजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मा पनि फुर्ति गर्दै हिडेका छन् अम्रिकामा बसेर .

भकुन्डे भूत ले भने जस्तै इन्द्र बहादुर राइ र बैरागी काईला लाई पनि बिर्सन मिल्दैन . ब्यङ्ग साहित्य को विश्लेषण गर्ने हो भने भैरब अर्याल र केशबराज पिंडाली लाइ सम्झिने पर्छ . मेरो नितान्त व्यक्तिगत बिचारमा स्तरीयता को माप मा पिंडाली उच्चकोटी का हुन्. तर जीवनको दुखद भोगाई र अन्त्य भैरब अर्याल को दर्दनायक थियो नै .
 


 
Posted on 03-04-12 2:38 AM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Charlanga parnu bhayeko ma Rahul Ji lai nikai nikai dhanyebad. Aafu lai gyan ta chaina; halka phulka parichit matra chu. Thx nways, it's nice thread.
 
Posted on 03-04-12 6:55 AM     [Snapshot: 548]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता रोचक धागो नजर गर्न पाईन्छ र त साझामा आउन मन लाग्छ। ११ १२ पढ्दा साहित्य तर्फ निकै लगाब थियो। साईन्स पढ्नी केटो खुब साहित्य पद्दै बस्थ्यो, अनी त पारीछ्या खतम!
 
Posted on 03-04-12 6:57 AM     [Snapshot: 549]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Btw, is Shankar lamichhane still alive?
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters