Posted by: cheli April 16, 2012
Login in to Rate this Post:
0
?
थुप्रै दिनपछि साझामा आज आउँदा अनि निकै राम्रो कुरो पढ्न पाउँदा खुशी लाग्यो मलाई पनि . माथि ठुल्दाइले लेख्नुभएको "रमेश विकल" बारे कुरो पढेपछि आफ्नो पनि एउटा अनुभव नबाँडी बस्न सकिन .
म भर्खर भर्खर "मुना" मात्र पढ्ने लेवलबाट माथि उठ्दै थिए/उठ्न खोज्दै थिएँ, बाल-बालिकाका लागि लेखिएका कथा/कविताहरु भन्दा ठूला मान्छेले पढ्ने/ ठूला मान्छेका लागि लेखिएका कथा/निबन्ध/उपन्यास पढ्न मनलाग्थ्यो मलाई.. सायद कक्षा नौ तिर.. मैले जिन्दगीमा पहिलो चोटी बिपी कोइरालाको उपन्यास पढेकी थिएँ "बाबु, आमा र छोरा " .
अनि मधुपर्क खुब पढ्थें म, त्यसताका, "ठूला" मान्छेले पढ्ने पत्रिका जस्तो लाग्थ्यो मधुपर्क. मेरो दिमागमा बाबु, आमा र छोराको प्रभाव ताजै भएको बेलामा मैले मधुपर्क मा रमेश विकलको एउटा कथा पढें, शिर्षक याद भएन . तर त्यस कथाका घटनाहरु ठ्याक्कै बाबु, आमा र छोराका घटनाहरु संग मेल खान्थे . बिपीको उपन्यासमा छोरा पात्र बनारस गएको हुन्थ्यो पढ्नलाई, विकलको कथामा अमेरिका. उपन्यासलाई लिएर अलिकति आधुनिकीकरण गरेर कथा बनाएर लेखे जस्तो, कस्तो कस्तो .. त्यसदिन देखि मेरो मस्तिस्कमा "रमेश विकल नेपाली चलचित्रका कथा लेख्ने लेखक जस्ता हुन्" भन्ने छाप परेको थियो . आफुले आफुलाई जति सुकै "ठूली मान्छे" बने जस्तो देखाउन खोजेपनि मेरो मस्तिष्क बाल-सुलभ नै थियो, धेरै कुरा नबुझेकी हुन सक्छु त्यसबेला, अथवा मलाई त्यस्तो लागेको मात्र पनि हुन सक्छ, तर त्यो छाप अहिले सम्म मेटिन सकेको छैन .
माथिको सुचिमा लैंनसिंह वान्ग्देल को नाम छुटेको हो कि ? उनका "लंगडो साथी" र "माइत घर" मलाई निकै मन परेका थिए . अनि पारिजात र लील बहादुर क्षेत्री पनि .
सम-सामयिक लेखकहरुमा मलाई कृष्ण धरावासी मनपर्छन, "राधा" मनपर्यो तर "झोला" कथा अन्यन्त धेरै मनपर्यो. खगेन्द्र संगौलाको लेखाइ मनपराउने मान्छे पनि निकै भेटेकी छु मैले, तर उनका राजनैतिक लेखहरु अलि "EXTREME" लाग्छन मलाई चैं, आफुलाई मनपरेकाको सार्है तारिफ गरेजस्तो, अनि मन नपरेकालाई भित्तैमा पुर्याउन खोजे जस्तो . उनले अनुबाद गरेको "माइक्रोसफ्ट देखि बाहुनडांडासम्म" पनि पढ्न खोजेकी थिएँ मैले, तर "Leaving Microsoft to change the World" ले नै बढी छाप छोड्यो मेरो दिमागमा.