यो धागोलाई फेरी जीवन दिनु भएकोमा चेली लाइ धन्यबाद ( धन्यबाद त जिते ब्रो ले दिनु पर्ने हो ).
कृष्ण अविरल को लेखले माथि मैले उठाएका चोर लेखकहरु बारे अझ पुष्टि मिलेको छ नै . अविरलजी ले हल्ला सुनेको र आरोप लागेकाहरुको पनि फेरिहस्त दिनु भएको रहेछ . मेरो बिचारमा शैली नक्कल गर्नु मात्रलाई छोरि भन्नु मिल्दैन . राम्रा लेखक साहित्यकारहरुबाट प्रभावित भएर पनि मौलिक अनि स्तरीय रचना को सिर्जना गर्न सकिन्छ .
मात्र आरोप को भर मा पनि कसैको अबमुल्यन गर्न मिल्दैन , शंकाको घेरा मा भने राखे हुन्छ . लेखनाथ पौड्याल को पिजडा को सुगा, रमेश विकल को कथा , नरेन्द्र राज प्रसाईं को (नेपाली कथा को शिर्षक चाही याद भएन " ओह कितने महान थे " आदि भने चोरिएको प्रमाणित भैसके . तैपनि जीवन परयंत विकल जी स्विकार्नु भएन, लेखनाथ पौड्यालको त मृत्यु पश्चात चोरी प्रमाणित भएको हो भने प्रसाईं जी अझै साहित्यिक पुरस्कारको ठेक्का चलाउदै हुनुहुन्छ र पनि चोरी गरेको स्विकार्नु हुन्न.
नेपालीमा एउटा कहावत नै छ " चोरले कहिलेइ आफुलाई चोर भन्छ र ?" .