[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उरन्ठ्यौला बोकाहरुको नाङो नाच
[VIEWED 19811 TIMES]
SAVE! for ease of future access.
Posted on 05-06-20 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

म कबि परिन तर हिजो अन्डर्वेयर जि को केही उक्तीहरु मेरो दिमागमा ring गरिरह्यो। "उरन्ठ्यौला बोकाहरुको नाङो नाच" उहाका भाकाहरु हुन, तेसैमा सम्बन्धित रहेर स्वर्गिय भुपी शेरचन को कबिता "मेरो चोक" लाई एक शब्दमा भन्नु पर्दा remix गर्ने दुस्शाहस गर्दैछु। यो "मेरो चोक" भन्ने कबिता अझै पनि समय सान्दर्वीक छ, स्कुल हुँदा मेरो एक जना साथी ले कबिता बाचन competition मा first prize पाको थियो, पुरा actions सहित बाचन गरेको थियो उसले।
र अर्को मेरो थ्रेड को title यस्तो राख्नु को कारण जो कोहिलाई बिना कारण attention grab गर्ने चै पक्कै हैन है। यो त हाल साझामा भइराको गतिबिधिलाई मद्देनजर राखेर मात्र एउटा humor मात्र पस्केको हुम। र मलाई थाहा छ, यहाँ मान्छेहरु कबिता भन्दा नि रसिलो "यौन जन्य" कुरा पढ्न आउछन तै पनि त्राइ गर्दैछु।


उरन्ठ्यौला बोकाहरुको नाङो नाच ।


लकडाउनको चपेटामा एउटै साझा छ,
यहाँ के छैन?
सबै थोक अझ छ।
असङ्ख्य "क्यारेक्टर" छन,
केवल "ट्रस्ट" छैन,
यहाँ त्यसमाथि ADHD disorder छ,
यहाँ के छैन?
सबै थोक अझ छ।

--------------X---------------

यो मेरो साझामा
एउटाले बनाएको मानिस र
त्यो मानिसले बनाएको अर्को मानिस,
दुबैको बास छ
तर दुबै यहाँ बिचलित छन, आक्रान्त छन,
एउटा बिचलित छन
किनकी उसलाई उसको 'फ्यान बेस' घट्ला भन्ने डर छ,
र उसैको अर्को मानिस बिचलित छ
किनकी उसलाई आफ्नो धोती फुस्कने चिन्ता छ
त्यसैले यो साझामा
हामी जस्ता निहत्थाहरु
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो थोक्छम,

यहाँ के छैन? 
सबै थोक अझ छ,
उरन्ठेउला बोकाहरुको नाङो नाच छ,
नाङो नाच छ।
Last edited: 06-May-20 04:00 PM

 
Posted on 05-06-20 4:29 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मेरो लाइन थियो ब्रो | तिमीले त मान्दैनौ तर अरुहरु ले थाह पाउन भनेर लेखेको |

मैले ट्रोल गरेको पक्कै पनि हो, तर म उन्देर्वेअर चाइ हैन | मैले यो सब चाइ fromdallas लाइ पंगु बनाउ भनेर गरेको हो, तर ब्रो ले खासै बुझेन |

पब्लिक फोरम हो, अलिकति ट्रोलिङ्ग त भै हाल्छ, तर सबलाइ underwear भन्नु/भन्ठान्नु अलि सिम्प्लिस्टिक भएन र? यौटा underwear मात्र होला त कुरै पिछे मुजी भन्नि? तर यदि तिम्लाई त्यो पत्याएर खान रुच्छ भने तेही सहि |
 
Posted on 05-06-20 5:03 PM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कविता Bennedict ज्यू, निकै मृदुभाषी हुनुहुँदो रैछ, राम्रो सित लेख्नु भयो, अब म लेखुं है?

साझा मा कोही खोज्छन ज्ञान र शास्त्र
कोही खोज्छन बस सम्भोग मात्र
यसमा किन उत्पीडन र म्रिगत्रिश्णा
तपाईं हामी दुवै यहाँ एक मुर्ख पात्र

जीत हुन्छ यहाँ शब्द र कलम को
हार हुन्छ कुँठा र जलन को
त्यसैले मूकता मै हुन्छ शक्ति
मनको घाउ मा के काम मलम को

नमस्कार !


 
Posted on 05-06-20 6:21 PM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

👍👏

यहाँ के छैन?
सबै थोक छ।

भोक छ, शोक छ,
जोक छ, फोक छ
अन्त्याँड सबै चिज
बिना रोकटोक छ ! ;)
 
Posted on 05-06-20 9:40 PM     [Snapshot: 397]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बिर्_नेपाली ज्यु, हजुरको जो आज्ञा। अब trolling at its best भन्नुपर्ला त्यस्तो भए।
अब लामो लामो कबिता लेखे कोही पढ्नेवाला छैनन, अन्डर्वेयर जि लाई जवाफ टक्रयाउदै।

साच्चै भन्नुपर्दा,
साझा आएर,
ज्ञान र शास्त्र
खोजेर त पाएन
पाए त सम्भोग,
र सम्भोगका बिधिहरु
र "छिल्लिएका" जवानी
र कच्चा चिट्ठाहरु।

शब्द र कलमको
जीत त भाकै हो,
कुन्ठा र जलनको
हार पनि देखेकै हो।
तर मुक दर्शक भएर,
शक्तिवान हुन गाहारो भो,
मनको घाउलाई ओखती खोज्ने
म मुर्ख कि तपाईं हो?
 
Posted on 09-30-21 12:33 PM     [Snapshot: 3203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई हुनु छैन। किन भने यो तपाईंले जे गरी राख्नु भाको छ, this is stupid यहाँ आएर नास् सर ले भनेको जस्तो रमाइलो गर्न आउने हो न कि अरुलाई troll या दिमाग को दही गर्न। तपाईंको intention नै फरक छ मेरो भन्दा अनी म किन तपाईं जस्तो हुन खोज्नु? अरु कुरामा अगाडि हुनुस् हजुर, यस्तो trivial कुरामा हैन।
 
Posted on 09-30-21 1:04 PM     [Snapshot: 3206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात्तीका देखाउने दात र खाने दात फरक छन ,पानी माथिको ओभानो बन्न खोज्ने को कुनै कमी छैन | को किन र कुन अभिप्रायले साझा छिर्छन तिन्का दिमाग पढ्ने मौका धेरै जसो पहिलो लेख बाट जान्न नसकिए पनि २-४ वटा लेख पछी मुखैमा मात्र दात छन कि कोखमा पनि दात पलाएका छन चिन्हाइ हाल्छ | अनी तेस्ताले बेला बेलामा आफ्नो भद्रताको जानकारी दिन पछी पर्दैनन र परेका छैनन |
हालको तुकुचामा नुहाएर आउनेले अरुलाई डुंग डुन्ती गनाएको गुनासो गर्ने हरु सँग तुलनिय पात्र हुन |
 
Posted on 09-30-21 1:11 PM     [Snapshot: 3241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो : आफुले बनायौ इस्सु अनि साझाका अरिंगल खन्याई दियौ ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे ब्रो जस्तो साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन ? ब्रो पनि पछ्योउटे र भरौटे हुन् पुगेको देख्दा कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?

 
Posted on 10-11-21 10:12 AM     [Snapshot: 3470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि आफु भेडे र गेडे भयौ भंनेर सबैलाइ तेही तुलामा नाप्न खोज्नु पटमुर्ख हॊइन महामुर्ख जो आफुलाई साझाको विद्वान ठान्ने गर्छन, तेस्मा तिमि पनि पर्यौ नत्र बेला बेलामा नाम नलिई जलपान नछिर्दैन अनि पछौटे र भरौटे भन्न पछि परेर्नौ | माओबादीको पालामा रिक्रुट गरिएका नौजबान हरुलाई दिएको क ख को ज्ञानमा हामि माओबादि बाहेक हरुको कुरा सबै गलत हुन् सुनेका र सिकेका सिकारु झैँ गर्यौ नि ? बिचरा ति रिक्रुट हरु त्यो भन्दा माथि सोच्न सक्दैन झैँ कुरा गराई देख्दा बिचरा मा भन्न मन लाग्छ अनि तेही माओबादिको झैँ बिल्ला भिरे पछि जिनदगी बिल्लाकै सोजो गर्ने काम अरुले पनि गरुन भन्दै छौ | सबैलाई आफु झैँ नठान |
 
Posted on 10-11-21 11:12 AM     [Snapshot: 3502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साता पछी साझा पछी झुलक्नु भयो ? साझा छिरे पछि मात्तिन थालेको कुरा साझा बासिलाइ मात्र होईन घर र छिमेकी हरुलाइ थाहा भएकै कुरा हुन् | फ्यालीए बिर्य का सम्झदै कती चिल्कड हरु यो मा नाआउँदै डुबे भनी सुर्ताउनेहरु झै साझामा छिरेर कुन स्टक मा लगानी गरौ भनी बसेकाले काल्पनी मुनाफा गुमाएर बसे | साइनोले भिनाजु नै भन्नु पर्ने मानिसलाई चिनेर नै फलानो हो भनि ठोकुवा गर्योऊ ?
ब्रो अस्पातलको सैयामा मस्ती मारी राखेका पो हुन कि भनी सिघ्र स्वास्थ्य लाभ को कामना लेखी हाल्न नसक्ने हरु मुख बाउन मात्रा नसकेका पनि होलान ? चिनेको कुरा पढ्दा खुसि लाग्यो |
 
Posted on 10-11-21 12:57 PM     [Snapshot: 3566]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

have you got chance to this relatable article yet?
https://sajha.com/sajha/html/index.cfm?threadid=122899
 
Posted on 10-11-21 5:41 PM     [Snapshot: 3652]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन् किन आफ्नो कुरा खोतल्छौ अनि अरुको लेखाइ कपि ग्रछौ ? धेरै अगि मैले साला भनि सकेको हु , अब फेरी थपि राख्नु नपर्ला | धेरै पछि साझा छिर्योउ अनि बितेका दिन को पनि भाग पुर्याउने गरि दाया बाया बाकट हाने झैँ गर्दै छौ र भाग बण्डामा कमि होला भनि त्यो पनि अरुका पुराना धागा बाट सापट लिदै छौ |
जतिनै खाता खोले पनि साला नानि साला नै रहन्छन|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Trump is a winner
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Leftist mobs and gangster harrasing
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters