shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 नेपाली गजल क्रमश: ........

[Please view other pages to see the rest of the postings. Total posts: 161]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

nepali poem song gazal lochan rijal
[VIEWED 136222 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 02-25-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जे होस् सबैलाई धन्यबाद दिनै पर्छ positive criticism, encourage र गाली गरेर मलाई सुधार्ने चेष्टा गर्नेहरुलाई -

 

पूराना धागाहरु

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=50699

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=56095

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=53896

 

र नंया धागो शुरु गर्दैछु !

 

गजल

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् !

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !

 

गुटमा सामेल नगर्नुको रहस्य के ?

मेरा नाम पनि त उत्तिकै बदनाम छन् !

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?

अरु कसैका हातमा हाम्रा लगाम छन् !

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !

 

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

 
 
Last edited: 25-Feb-08 07:51 PM
Last edited: 02-Mar-08 01:42 PM

 
Posted on 07-16-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""ज्यूँदो छंदै, चढाएर गुच्छा मेरो, तस्बीरमा !

देखाउन, के खोजेको दुनियाको, नजरमा  ?""

 

गजब!!

 

माथिको यो लाख रुपियाँको शेर-

 

"कोहि कंहि देखिन्न, बोलायो कल्ले?

एकान्तमा मगज, सुनसान होस् !"

 

कसरी यो शेर यो भन्दा अगाडिको शेरको विकल्पको रुपमा आयोहोला गुरु?

 

 

Last edited: 16-Jul-08 12:41 PM
Last edited: 16-Jul-08 12:45 PM

 
Posted on 07-17-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइन्जो पाँलिटिकल मान्छे परिएन तर आज यसो कतै अखबारहरुमा खबरहरु सुनेपछि यसो छततिर हेर्दै ढल्किँदा यी गन्थनहरु बाहिर निस्के है! राख्ने ठाउँ नभएर यतै टाँसियो!


मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो
केहि बर्षलाई त अब शायद आराम पाइयो

राष्ट्रपति नै बनाइयो तल तराई मधेशबाट
किन अब छुट्टै प्रदेश, छुट्टै गाम चाहियो?

अब त मिलौँ, भत्केको हाम्रो देश बनाऔँ
संसार भर साह्रै नराम्रो बदनाम कमाइयो

२०५ थिए प्रतिनिधी, पुगेन र ६०१ बनायौँ
देश बिकासमा सोहि मात्राको परिणाम चाहियो

मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो
केहि बर्षलाई त अब शायद आराम पाइयो


 
Posted on 07-17-08 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो
केहि बर्षलाई त अब शायद आराम पाइयो

राम राम राम क्या गजल छ, गूड् जब  कमोफ्लगेद  


 
Posted on 07-17-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! गन्थन टाँस्ने बित्तिकै कमेन्ट आएछ! हा हा हा! ल धेरै धेरै धन्यवाद प्ज्न००७

"राम राम राम" रे! त्यहि त भन्या सबै तिनैजना उम्मेद्वारहरुको नाम 'राम' रे क्या!  लौ गजल भन्देकोमा नि थन्क्स्!


 
Posted on 07-17-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Camoflaged

मलाई पनि जोश चल्यो है - inspiration को लागी धन्यबाद !!

अहिले सम्म गजल त होईन अगजल चांहि भा'छ - मिलाएर चलि रहन अल्छि लाग्यो !

बैठक शुरु, गतिरोध जारी

भेला कि ? मारामारी कै हाराहारी ?

 

परिबर्तन ल्याउनेको शैली

अल्मल्याउने देशका नर नारी !

 

उत्तर पन्थी दक्षिण परस्त

नीति बनाउनेको लाचारी !

 

सहकार्य गर्ने भन्नेको चरित्र

अपकारी अब्यबहारी !

 

कहिले स्विकारी कहिले नकारी

झेल्ली गर्न क्या खल्ली ! क्या अबतारि !

 

बाजे सभापति बाउ ऊप, कोषमा बुहारी 

परिवारमा कोहि छैनन् बेरोजगारी !

 

 

 


 
Posted on 07-18-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! कमोफ्लगेद (कुम्ले) को पनि गएछ गजब!

""मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो""

शीरीष गुरु, दामि गयो!


 
Posted on 07-18-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपति नै बनाइयो तल तराई मधेशबाट
किन अब छुट्टै प्रदेश, छुट्टै गाम चाहियो?

त्यही त भन्या मैले पनि!!

 
Posted on 07-18-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero try la!!

राम त आए,  रामराज्य आउने हो कि होइन
यो देशमा अमन, चैन छाउने हो कि होइन

विकृतिहरु सारा हट्लान् कि नहट्लान
भ्रष्टाचारले फेरि  मुख बाउने हो कि होइन

बन्दहरु आफैं बन्द होलान् कि नहोलान्
नेपालले खुला हुन पाउने हो कि होइन

JPT



 
Posted on 07-18-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपति मात्रै कहा  हो र ?  राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको लागी हुनेवाला  सचिवको नाम पनि राम बाटै आउछ रे   

गुड जब कमोफ्लगेद! 


 
Posted on 07-18-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! शिरिष दाई! गजब गयो! क्या फुर्ने भने!

लोल बिर्खे_मैल (जिम्माल बा)! हे हे हे मेरो शेर कत्ति मोलको भयो प्रभो? लाख तिर त कुन्नि हजार छेउ छाउमा आएको भए ब्यांक खात नम्बर पठाउन हुन्थ्यो! लोल!

चेलीले कुरो बुझ्छिन्! राम्रो छ तिम्रो लेखाई, चेली बहिनी! मलाइ त एकदम चित्त बुझ्यो!

मिस्स्_मे त्यहि त हेर्नु न सबैजना रामै राम! हाम्रा तिर धानको पाथी गन्दा रामै राम भनेर सुरु गर्थे, यहाँ नि त्यहि पारा जस्तो छ! हे हे हे!


 
Posted on 07-31-08 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरीलाई हँसाउने

मेरो शोख हो यो कस्तो ?

 

धामी झाँक्री थाके बरु

माहा रोग हो यो कस्तो ?

 

अलि दियौ बढि लियौ

सहयोग हो यो कस्तो ?

 

आफू चढ्ने सिँढी भाँच्ने

प्रतिशोध हो यो कस्तो ?

 

"छाड्नु भन्दा मर्नु निको"

दीर्घ लोभ हो यो कस्तो ?


 
Posted on 07-31-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि दियौ बढि लियौ

सहयोग हो यो कस्तो ?

 

गजब छ! गुरु यो, 'अलि' दियौ भन्नाले अलिअलि दियौ भन्न खोज्नुभएको हो? यसमा 'थोरै' दियौ अथवा 'कम' दियौ राख्दा के होला? छोटि मुह बडि बात!


 
Posted on 08-01-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद बिर्खे - 

लजिकल छ तिम्रो राय -

कम दियौ धेरै लियौ
सहयोग हो यो कस्तो ?

 खान  न लाउन दिए
अनमोल हो यो कस्तो ?
 
Posted on 08-04-08 6:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई  धकेल्यौ

नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ

दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ

तमाशा धेरै नै  देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ


 
Posted on 08-08-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी आवाद भयौ , म बर्वाद भए
पश्चातापको भुमरीमा सधैं जलीरहे

तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए

कोटी कोटी मा एक तिमी , म चैत्र को हुरी भए
साउन को भेल झै अन्धाधुन्द बगिरहे

तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहे


 
Posted on 08-08-08 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sano kancha

I admire your creations.

I am going to make these comments for your betterment so bear with me.

I used to write like you and call it a ghazal and when well wishers like Deepak Khadka et al. started correcting me, I am being acquinted with the rules involved in ghazal.

I blame the websites that publish anything they get without knowing what a ghazal is - they need to be educated first so that they can distinguish between a ghazal and non-ghazal kind of works OR they can get away by not calling them ghazals.

Instead of telling you what a ghazal is, I am going to ask you: "on what basis are you calling your writings: ghazals ? "

"के को आधारमा तपाईले आफ्ना रचनालाई गजल भन्न सक्नु भयो ?"


 
Posted on 08-14-08 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुट्ने जोड हो यो कस्तो ?
घट्ने योग हो यो कस्तो ?
 
बैरीलाई हँसाउने
मेरो शोख हो यो कस्तो ?
 
धामी झाँक्री हार खाए
दीर्घ रोग हो यो कस्तो ?
 
न्याय पनि माग्नु पर्ने
अफसोच हो यो कस्तो ?
 
कम दियौ - बढि लियौ
सहयोग हो यो कस्तो ?
 
आफू चढ्ने सिँढी भाँच्ने
प्रतिशोध हो यो कस्तो ?
 
दया माया मागी हिड्ने
कमजोर हो यो कस्तो ?
 
बाँकी हाड खोड मात्र
लुट्ने होड हो यो कस्तो ?
 
Posted on 08-15-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh dosta haru kya dami dami gazal lekheko yaar
ma pani lekhu lekhu lagyo ek dui line lekhi halu haita?

 
Posted on 08-23-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साझाको संसारै अर्कै रहेछ नि । नेपे, वीरखे माईला, शिरिश, चेली आदी जस्ता सर्जकहरुले फुराएर राखेको फुलौराहरु कति स्वादिला- स्वादीला र'छन् हाउ !

किक्क्टी 

 
Posted on 08-23-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साझाको संसारै अर्कै रहेछ नि । नेपे, वीरखे माईला, शिरिश, चेली आदी जस्ता सर्जकहरुले फुराएर राखेको फुलौराहरु कति स्वादिला- स्वादीला र'छन् हाउ !

किक्क्टी 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters