[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 नेपाली गजल क्रमश: ........

[Please view other pages to see the rest of the postings. Total posts: 161]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

nepali poem song gazal lochan rijal
[VIEWED 136227 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 02-25-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जे होस् सबैलाई धन्यबाद दिनै पर्छ positive criticism, encourage र गाली गरेर मलाई सुधार्ने चेष्टा गर्नेहरुलाई -

 

पूराना धागाहरु

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=50699

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=56095

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=53896

 

र नंया धागो शुरु गर्दैछु !

 

गजल

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् !

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !

 

गुटमा सामेल नगर्नुको रहस्य के ?

मेरा नाम पनि त उत्तिकै बदनाम छन् !

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?

अरु कसैका हातमा हाम्रा लगाम छन् !

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !

 

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

 
 
Last edited: 25-Feb-08 07:51 PM
Last edited: 02-Mar-08 01:42 PM

 
Posted on 03-27-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक यात्रीका गति, रोक्दै हिड्छौ  रे  !
नजाने गांउको बाटो, सोद्धै हिड्छौ रे !

 

एउटै खाले ऋतुमा, रम्ने मान्छे 
बाटो अनेक रङ्गले, पोत्दै हिड्छौ रे ! 

सुन्दैछु थाहा नपा'का ,आफ्नै बारेमा 

सडके हल्लामा सही, ठोक्दै हिड्छौ रे !

आउंदा जांदा बेवास्ता, हुन थाले

गल्लीमा नक्कली खोकी, खोक्दै हिड्छौ रे ! 

Last edited: 27-Mar-08 07:47 PM

 
Posted on 03-27-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गल्लीमा नक्कली खोकी खोक्दै हिड्छौ रे !" 

यस्तो मिसरा सुन्न नपाएको धेरै भो, धेरै लालायित थियो सुन्न मन । स्तब्ध भईयो गाँठे !

Nepe


 
Posted on 03-27-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

camoflaged

गजब छन् - पूरा फर्म देउन अझ राम्रो हुन्छ !

मलाई बर्षौ लागेको तिमीलाई त केही क्षण मै पार होला जस्तो छ ! लेख्दै गर !

तिम्रो काफीया सापटी लिन लाग्या छु !


 
Posted on 04-02-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएको शिरै भारि या भक्ति भाबना ?

भेटिए जतिका मूर्ती ढोग्दै हिड्छौ रे ! 


 
Posted on 04-02-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएको शिरै भारी या भक्तिभावना ?

भेटिए जतिका मूर्ती ढोग्दै हिड्छौ रे ! 

 

Speechless !

Nepe


 
Posted on 04-03-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे गुरु

यो कस्तो भो थाहा पाउं !

 

शिर भो भारी या भेट्यौ भाग्यको हद ?
भेटिए जतिका मूर्ती, ढोग्दै हिड्छौ रे !

कलेजो ताक्यो यौटाले, मुटु अर्कोले
निशाना बनेका अङ्ग, बोक्दै हिड्छौ रे !

 

 
Last edited: 04-Apr-08 03:34 PM

 
Posted on 04-05-08 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is a modification:

पत्झडमा रमाउदा डाहा भएछौ
झरेका पातमा रङ्ग पोत्दै हिड्छौ रे !


 
Posted on 04-05-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु गजब गयो! नयाँ धागो सुरु गर्नु भएको रहेछ, यो धागोमा अझै गहकिला गहकिला रचनाहरु आऊन भन्ने शुभकामना छ।


 
Posted on 04-05-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएको शिरै भारी या भक्तिभावना ?

भेटिए जतिका मूर्ती ढोग्दै हिड्छौ रे ! 

 ..

im also Speechless !

-somewhereondearth


 
Posted on 04-05-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्झडमा रमाउदा डाहा भएछौ

झरेका पातमा रङ्ग पोत्दै हिड्छौ रे !

 

रंगीन पतझर स्वदेशी पाठकहरुको लागि अपरिचित बिम्ब हुनसक्छ । तर लाहुरे नेपालीको लागि यो परिचितै जिनिस हो ।

 

शेरको हकमा, यो फेरि अर्को बेजोड शेर ! बनोट, बान्की, भाव र प्रभाव सबथोक पर्फेक्‍तो !

 

नेपालीमा पतझर बढी प्रचलित छ क्या रे । हिन्दीमा चाही पतझरपतझड दुवै प्रचलित देखिन्छ ।

 

अनि अघिल्लो शेर अलि अस्पष्ट लाग्यो ।

 

Nepe

Last edited: 05-Apr-08 01:01 PM

 
Posted on 04-06-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे, दादा तथा समह्वेरअन अर्थ - धन्यबाद

पतझर हाल्नलाई ८ सिलेबल भन्दा बढी हुने भएकोले मात्र त्यस्तो ग-या हुं !

सबै शेरमा पहिलो ८ सिलेबलमा रोकेर सास फेर्न पाईन्छ !

म परिबर्तन गर्छु - सल्लाह बमोजिम ! यस्तै निगाह पाई रहुं !


 
Posted on 04-06-08 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

उर्दुका बहरहरुमा संस्कृतका छन्दमा जस्तो कठोर अनुशासन नभएर केही अपवाद र केही तानतुनलाई स्वीकार गरिदो रहेछ ।

खास गरेर एक दीर्घ बराबर दुई ह्रस्व राख्ने गरेकोमा । त्यसैले हामीले सिलेबल्स् गन्दा ह्रस्वदीर्घको सन्तुलनलाई पनि ध्यान दिदा कहिलेकाही नाफामा परिन्छ होला । फेरि संगीतको सुत्रमा पनि ह्रस्व-दीर्घको तौल फरकै हुने रहेछ । हुन त ह्रस्वलाई लेग्रो तानेर दीर्घ उच्चारण गर्ने र दीर्घलाइ छिटोछिटो गरेर ह्रस्व उच्चारण नगरिने होईन । कुनै संगीतविदसंग संगत गर्न पाए हुन्थ्यो, यसबारे जान्न ।

Nepe  


 
Posted on 04-08-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगोले बुझाउने

प्यास् कस्तो होला

दिन् भन्दा चम्किलो

रात् कस्तो होला

मौनतामा निहित्

कुरा कस्तो होला

दुइ लाइ एक् बनाउने

जोड् कस्तो होला


 
Posted on 04-23-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अमन - किप गोईङ्ग ! अलि मिहेनतको जरुरत छ !

यो सुन त -

 

बनमा गुंरास लटरम्म फुल्दै थियो

नश्ल सुधार्न बांसको बोटमा सारियो

 


 
Posted on 04-24-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anticipating something profound coming.

ल अब गमलामा उम्रेका फूलका बोटहरुको कथा पनि जाओस !

Nepe

 


 
Posted on 04-24-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pressure आयो नि नेपे गुरु -

here is something I am working on -

 

गुंरास भएर लटरम्म फुल्न सक्थ्यो

नश्ल सुधार्न बांसको बोटमा सारियो !

 

हिंस्रक भएपनि बेजोड माया थियो

भोको अजिङ्गरलाई गोठमा पालियो !

 

लखेट्ने तर नसमाउने सर्त थियो

दगुरेनि जानाजानी मोडमा हारियो !

 


 
Posted on 04-24-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

one more -

शिखरमा राख्नकोलागि बोकेको झण्डा

तेरो पालीको झगडाले खोचमा गाडियो  !

 


 
Posted on 04-28-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

एकथरि फुटेको बिजोगमा आत्तियो !
अर्काको
 ताकत तोड फोडमा नापियो !

 

गुंरास भएर लटरम्म फुल्न सक्थ्यो

नश्ल सुधार्न बांसको बोटमा सारियो !

 

बिरोध गर्ने छिमेकीका ओठ टालियो
हिंस्रक
 जनावरलाई गोठमा पालियो !

 

शिखरमा राख्नकोलागि बोकेको झण्डा

तेरो पालीको झगडाले खोचमा गाडियो  !

 

लखेट्ने तर नसमाउने शर्त थियो 
त्यसैले लगानी जति चोरमा हालियो !

 

बिडम्बना, बिशेषता वा हो बिबिधता

बाघ  र बाख्रा एउटै खोरमा राखियो !

 

नाङ्गो खुट्टामा जान मनले नै मानेन

भएको बिजोडा जुत्ता भोजमा लाईयो !



Last edited: 28-Apr-08 09:32 PM
Last edited: 30-Apr-08 10:15 PM

 
Posted on 04-29-08 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठनको निम्ति झुक्न तयार
काम् परे सत्रु मतियार्

नपाय फुत्न तयार्
हारे मिल्न तयार्

नमिले फेर्न तयार्
नपुगे बधाउन् तयार्

चलाइ जनतारुपी हथियार्
जहिले पनि आफ्नै सरकार्

 


 
Posted on 05-10-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमन

त्यो बिचार चोर्न मन लाग्यो मलाई ! अलिकति नियम तिर पनि ध्यान दिए त गजबै हुन्थ्यो !

 

हाल लाई एउटा निर्माणाधीन --

 

‌+

+

तितो ओखती तै बेस हुंदो हो !

यदि बिमारी बिसेक हुंदो हो !

 +

बांदरले ब्यबहार बदल्थ्यो

रुख चढ्नमा बंदेज हुंदो हो !

 ++

भेंडाले स्याल नै चुने भने

बाघ भन्दा नि बिशेष हुंदो हो !

 

+++

 

Just like in Food Network Show - Iron Chef, where they prepare dishes aroung the secret / theme ingredient for every show:  I also had a theme ingredient in this ghazal. Did you notice? 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters