Posted by: shirish February 25, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

मैले जे होस् सबैलाई धन्यबाद दिनै पर्छ positive criticism, encourage र गाली गरेर मलाई सुधार्ने चेष्टा गर्नेहरुलाई -

 

पूराना धागाहरु

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=50699

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=56095

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=53896

 

र नंया धागो शुरु गर्दैछु !

 

गजल

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् !

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !

 

गुटमा सामेल नगर्नुको रहस्य के ?

मेरा नाम पनि त उत्तिकै बदनाम छन् !

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?

अरु कसैका हातमा हाम्रा लगाम छन् !

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !

 

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

 
 
Last edited: 25-Feb-08 07:51 PM
Last edited: 02-Mar-08 01:42 PM
Read Full Discussion Thread for this article