Posted by: sano_kanchha August 4, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई  धकेल्यौ

नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ

दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ

तमाशा धेरै नै  देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ

Read Full Discussion Thread for this article