Posted by: CaMoFLaGeD July 17, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

चाइन्जो पाँलिटिकल मान्छे परिएन तर आज यसो कतै अखबारहरुमा खबरहरु सुनेपछि यसो छततिर हेर्दै ढल्किँदा यी गन्थनहरु बाहिर निस्के है! राख्ने ठाउँ नभएर यतै टाँसियो!


मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो
केहि बर्षलाई त अब शायद आराम पाइयो

राष्ट्रपति नै बनाइयो तल तराई मधेशबाट
किन अब छुट्टै प्रदेश, छुट्टै गाम चाहियो?

अब त मिलौँ, भत्केको हाम्रो देश बनाऔँ
संसार भर साह्रै नराम्रो बदनाम कमाइयो

२०५ थिए प्रतिनिधी, पुगेन र ६०१ बनायौँ
देश बिकासमा सोहि मात्राको परिणाम चाहियो

मायावी 'विष्णु' का ठाउँमा 'राम' ल्याइयो
केहि बर्षलाई त अब शायद आराम पाइयो

Read Full Discussion Thread for this article