Posted by: shirish July 31, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

बैरीलाई हँसाउने

मेरो शोख हो यो कस्तो ?

 

धामी झाँक्री थाके बरु

माहा रोग हो यो कस्तो ?

 

अलि दियौ बढि लियौ

सहयोग हो यो कस्तो ?

 

आफू चढ्ने सिँढी भाँच्ने

प्रतिशोध हो यो कस्तो ?

 

"छाड्नु भन्दा मर्नु निको"

दीर्घ लोभ हो यो कस्तो ?

Read Full Discussion Thread for this article