[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79580 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-10-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते यो चै तपाईं को उत्तर को पनि उत्तर ।
पिर नगर्नु यसरी तपाईं
म एती कै ओलेर झर्दिन
तिप्न हरु कति आए
तर सबै कादा देख दरायेर भागे
तर आसा च मलाइ (२)
आउच होला एउटै गतुलो बहादुर्
यो गुलफ् तिप्न लै
 
Posted on 07-10-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,
हजुरको के बयान गर्नु? हजुर फोन मै त त्यस्तो कबिता भन्ने मान्छे। हजुरको कबिता ले हामी जस्ता सिकारु लाइ प्रेरणा प्रधान गरेको छ। झन तितारी जी को कबिताले जहिले पनि सुनमा सुगन्ध फैल्याएको हुन्छ।

दुबै जनालाइ धेरै धेरै धन्यबाद। हजुरहरु जस्तो ब्यक्तित्वले गर्दा न हामी पाठकहरुको दिन बन्छ।

:-)>
 
Posted on 07-10-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो कति मित्तो लेखे को चित्रे ले । चित्रे म आज देखि तिम्रो पंखा (फ्यान) है ।
तिम्रो त्यो कबिता ले मेरो मान चोयो ।
 
Posted on 07-10-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute - this is your fault ke!! :@ :@
now i can't be part of this thread because of you ke!!
well what i mean is can you translate the whole thread into english for me?? :P :)
everyone posts on this thread and i can't ke!! cause i don't even know what goes on in here ke?? who knows maybe you guys are selling drugs or something ke!! :S
i mean it could be anything ni!! :S and that pic of tree, is that supposed to be like a sign where you guys meet and exchange the drugs and money??
okay fine i am just pissed that i can't be part of it ke!! ufffffff!! :@ :@
 
Posted on 07-10-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठूल्नानी,

अर्को पनि फुर्यो मलाई त:

बाँसुरीको धून जस्तै निस्कपट छ तिम्रो बोली
तिम्रै निश्चल आकृतिमा रमाउँछु म आज भोली
मुस्कुराईरहेछन् तिम्रा गहिरा ताल जस्ता नयन
हर्षित छु म निकै आज गरी मैले तिमीलाई चयन
 
Posted on 07-10-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिमीले त अलि लामो अझ राम्रो कबिता लेखिछौ नि ।
अनि मलाइ चै त्यो गुलाफ् को फुल् टिप्ने गतिलो बहादुर् आइ सकेजस्तो लग्या थिओ नि होइन रे छ?
कुम्ले जि तपाइ तालि मात्र बजाउने हो? भएन नि येस्तो।
चित्रे सारै राम्रो लग्यो तपाइको कबिता।


:D
 
Posted on 07-10-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति मितो कबितो हो । चित्रे धरै राम्रो छ ।
तितौरी छैन अहिले सम्म एस्तो बहेदुर भेतेको । खै आफ्नो त भाग्य मा नै छैन जस्तो छ ।
:(
 
Posted on 07-10-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी र तितौरी, धन्यवाद कविता मन पराईदिएकोमा।

ठूल्नानी पीर नगर, त्यस्तो बहादुर पक्कै पनि चाँडै तिम्रो जिन्दगीमा आउनेछ र तिम्रो भाग्यलाई सिंगारीदिनेछ। (हुनत मेरो भाग्यमा नि कोई आ'छैन अहिलेसम्म त :) तैपनि म प्रतिक्षारत छु। :)
 
Posted on 07-10-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!!
चित्रे, कुरो घुमाउरो पाराले भन्ने?? मलाइ सार्है मन पर्यो हजुरको त्यो लेखाइ।

रमाइलो छ चौतारी।

:-)>
 
Posted on 07-10-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptown girl ta newarni didi po parechha. Police dai le turikhel ma top lagayera top padkayo.
 
Posted on 07-10-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, मीस, चित्रेका कविता त पहिलेदेखुन् मन पर्ने हो। ठूल्नानी र तितौरी पनि कम रहेनछन्! साँचो बोलेको है!
तितौरीजी, तपाईँमा सम्भावना छ, लेखिरहनुस्। (कुनै सिपालु कवयत्री कवि नै छद्मभेषमा हो कि
, त्यो त रामजाने! ) तर तलका हरफहरु दामी छन् ।


उड्ने हो कि आखै बाट परेलि को प्वाख् हालि
डराएको भाका हाल्दै मन् किन बोलि रह्यो।

लाने हो कि रङ् चोरि जिन्दगी को सबै त्यस्ले
आश् त्राश् कता कता मन भित्रै जेल्लिरह्यो।

गुड्ने हो कि आशु सगै बाध फुटाइ गाजल को
चिस्सिएको मन् आज किन फेरि पोलि रह्यो

लुकाइ रा'छु मुटुभित्र् उड्न खोज्छ आखा बाट
छुट्याउनै सकिन के सपना या बिपना हो ।
 
Posted on 07-10-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूलसुधार:

कवयत्री कवि -कवयत्री/कवि
 
Posted on 07-11-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Elixir u r right. :P
 
Posted on 07-11-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना मेरो मामाको फ्यान् भएछन्। म मेरो मामाको फ्यान् भएको example यहाँ छ है।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=61&PageNum=4&forum=2&threadid=31622

मामा कहाँ लेख्न सक्नु मैले चुटुक्कको कविता? सिखाइदिनुस् न बरु।

तिरु तिम्रो पनि म फ्यान् है। कस्तो आउनि रैछ बाबै तिम्लाइ त। ठुल्नानी तिम्रो पनि कम छैन।

चित्रे पनि नेवार नै हो ठुल्नानी। if it makes a difference हेहे। :D:D:D:D

मिस प्रतियोगिताको अहिलेसम्मको स्कोर् के भयो? जस्ले जित्छ उस्ले पाटी दिनु पर्छ है।
 
Posted on 07-11-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तिमी नि कबिता लेखान । मलाई नि एसो तिम्रो तारिफ गेर्ने मौका दिनु
 
Posted on 07-11-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को कबित।


बगैचामा धरै रङी चगी फुल हरु चन
तर मलाई यो रातो गुलाफ नै मान पर्छ
केटाहरु त कति पछी लगे
तर मलाई तिमी नै मन पर्छ ।

:P :P
 
Posted on 07-11-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्लाइ भनेको ठुल्नानी, तिमिनै मनपर्छ भनेर?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
whats wrong living with your parents ?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters