[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90247 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-13-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अर्को दिन बिहानै खाजा खाइसकेर हामी फेरि तेस्रो प्रोजेक्ट साइटको लागि हिंड्यौँ। अरु ६ घन्टा ड्राइब गरेपछि बल्ल तल्ल एयरपोर्ट पुगियो। यता उति गर्दै साँझ आठ बजे हामी "ताचिलेक" भन्ने सहरमा पुग्यौं। प्रोजेक्टको स्टाफले चौथो र पाँचौ साइटमा मौसमको कारण फ्लाइट एक हप्तादेखि अबरुद्ध भएको जानकारी दियो। त्यस्तो स्थितिमा रेलमा जान सम्भव थिएन, बसमा त झनै धेरै समय लाग्ने भयो। बाटोमा आँउदा आँउदै सासा, रितु र मैले ती साइटहरुमा अर्को पल्ट जाने निर्णय गर्यौं। अब यही साइट "००३" को अन्तिम तालिम हुने भयो यसपालिको लागि। लगातार २ दिन यात्रा गरिएकोले भोली एकदिन "आराम" गरेर पर्सि मात्र तालिम शुरु हुने भयो।

भोलिपल्ट पनि 'ताचिलेक' का ठाँउहरु बिदेशीलाइ घुमाउने भनेर प्रोजेक्टका स्टाफले कार्यक्रम बनाए। दिंउसो हामी "गोल्डेन ट्राङल" हेर्न गयौँ। यो ठाँउ बिस्वमा अफिम उत्पादन र तस्करीको लागि प्रख्यात छ। प्रोजेक्टको मेनेजरले सासालाइ, अनि सासाले रितुलाइ भन्दैथी। लाओस, थाइल्यान्ड र म्यान्मारका सीमाको बिचमा परेको यो "गोल्डेन ट्राङल" असाध्यै सुन्दर देखिन्थ्यो। जुन रिसोर्टबाट हामी हेर्दैंथ्यौ, त्यहाँबाट थाइल्यान्डको सीमामा रहेको बुद्धको मन्दिर र केहि जङल देखिएको थ्यो। मन्दिर अलि धेरै झिलिमिलि थ्यो। बाँयापट्टि नदी पारी लाओसका साना साना पहाडहरु देखिन्थे, आधुनिक परिबेशको असर नपरेको अबोध गाँउहरु देखिन्थ्यो। तिनै देशको सीमालाइ छुने "इन्द्राबति" नदी थ्यो, बर्माको भाषामा। "अपरेसन ००३" को मुहारमा अत्यन्तै चमक देखिएको थ्यो। उ खुशी थी। इन्द्राबतिको पानी छोएर आँउछु भनेर "औंला" चोपेर आइ।

"बुझ्यौ, मिन्जो! मैले यो ठाँउ को बारेमा किताबमा मात्र पढेकी थिए। आज त आफ्नै आँखाले हेर्न पाएं। कस्तो रमाइलो ठाँउ। मलाइ यहाँ आउने ठुलो रहर थ्यो।" उ मलाइ हेर्दै मुस्काइ।

"तिमी भाग्यमानी छौ नि त। त्यसैले चिताएको सबै पुग्यो तिम्रो।" मैले अरु खुशी थप्न कोशिस गरें।

"मैले चिताएको सबै कहाँ पुरा हुनु? छ नि कति कुरा बाँकि।" मलाइ हेरेर भनी।

"जस्तै?" मैले सोधें।

"त्यस्तो गोप्य कुरा पनि तिमीलाइ कसरी भन्नु?" उसले कुरा मोड्न थाली।

"किन र मेरो बिस्वास लाग्दैन तिमीलाइ?" मैले अरु कुरा खोतल्न कोशिश गरें।

"के थाहा ? तिमीले मलाइ बिस्वातघात गर्‍यौ भने?" भन्दै रहस्यमय तरिकाले खित्का छोडेर हाँसी। मेरो मुख रातो भयो। सबै जना उ सङै हाँसी। उसको अभिप्राय अरुले नबुझे पनि मैले बुझेको जस्तो लाग्यो। उ मेरो गतिबिधि बुझि रहेकि थी। के थाहा उस्लाइ मैले उसको निगरानि गरेको कुरा उसलाइ सबै थाहा थ्यो। म चुप लागे। उ सङ कुरा गरेर त्यहाँ लज्जित हुन चाहन्थिन म।

त्यसपछि हामी स्थानिय अस्पताल हेर्न गयौं। त्यहाँको निर्देशक "००३" लाइ बढी नै कुरा बताइ रहेको थ्यो र सबै वार्ड घुमाउदैं थ्यो। एक कोठामा फलामको डन्डी हरुको बार थ्यो र बाहिर बाट ताल्चा लगाइेको थ्यो। भित्र ३ वटा बेडहरु थे। ३ बेडमा नै दुब्ला रोगी जस्ता बिरामी हरु थे। त्यहिभित्र एउटा पातलो पर्दाले घेरेको "चर्पी" थ्यो उनिहरुको लागि। "००३" ले किन उनिहरुलाइ भिन्दै "चर्पी" भनेर सोधी। उनिहरु जेलका "कैदी" हुन् भने पछि उ निकै बेर मौन रही। उसको अनुहारमा प्रश्नहरु एक माथी अर्को आइरहेका थे। र उ थोरै दुखी पनि देखिन्थी।

अस्पताल हेरिसकेपछि सासा र रितु थाइल्यान्ड सङको सीमा हेर्न गये। म होटेलमा फर्किए। च सङ सम्पर्क नभएको केहि दिन भइसकेको थ्यो। धेरै बेर प्रयास गरे उसलाइ फोन गर्ने। लाइन लाग्दै लागेन। दिक्क लागेर म पनि बजार हेर्न गएं। सबै थाइ सामानहरु भएको सानो बजारमा १ घन्टा घुमिरहे। "अपरेसन ००३" ले चिताएको तर पुरा नभएको कुराहरु के के हुन सक्छ भनेर सोचें। साँझ भयो र हामीहरु सबैलाइ प्रोजेक्ट मेनेजरको घरमा खान निम्तो थ्यो। त्यहाँ खाइसकेर होटेल फर्किदाँ ९ बजेको थ्यो। म आफ्नो कोठाभित्र छिरेको मात्र थें, च को फोन आयो।

"कस्तो गार्हो लाइन लाग्नलाइ।" मैले शुरुमै भने च लाइ।

"नेटवर्कको कारण असाध्यै गार्हो छ यहाँ।" उ थाक्या जस्तो सुनिन्थ्यो।

"धेरै ब्यस्त भइस कि क्या हो?" मैले सोधें।

"त्यस्तै भन्नु पर्‍यो। यहाँ अर्को कान्ड मच्चियो।" उसले अर्को जानकारी द्यो छोटो।

"फेरि के कान्ड नि?" मलाइ उत्सुकता जाग्यो।

"के हुनु उहि त हो नि "अपरेसन ००३"।" उ दिक्क भाको जस्तो गर्‍यो।

"के कान्ड गरी र उसले? उ त हामी सङ यात्रा र काममा ब्यस्त छे।" मैले त्यस्तो ठुलो कुरा सोचिन।

"त्यो अस्तिको लेख छ नि? हो त्यसमा नाम पर्नेहरुमा "टाउके" जर्नेलको ज्वाँइको पनि नाम आएछ। अब यो मुद्दा झन् ठुलो भएको छ। जर्नेलको ज्वाँइको बाहिरको ब्यापारमा पनि असर पर्ने भयो रे। त्यसैले उनिहरु "अपरेसन ००३" लाइ कार्बाहि गर्नु पर्ने भनेर माग गर्दैछन्। माथिबाटै दबाब आको छ।" उसले अलि बिस्तार गर्‍ह्यो चुरो कुरा।

"के कार्बाही गर्ने रे ? उ हामीसङै छे त।" मैले उत्सुक्ताबस सोधें।

"आजको निर्णय अनुसार "बिशेष इन्वेस्टिगेसन" शुरु गर्ने "अपरेसन ००३" को लागि भन्ने छ।" च ले भन्यो।

"कस्तो बिशेष इन्वेस्टिगेसन?" मलाइ अझै सोध्न मन लाग्यो।

"पर्सि "अपरेसन ००३" लाइ रङून् एयरपोर्टबाटै सोधपुछको लागि भनेर "अरेस्ट" गरिन्छ अनि त्यसपछि के के हुन्छ त्यो त ठुलाबडाहरु नैं जानुन्।" उसले जे सुनेको त्यहि भन्यो।

"के रे?" मलाइ बिस्वास नैं लागेन च को कुरा र फेरि सोधें।

"कार्बाहीको लागि "अपरेसन ००३" आउनासाथ एयरपोर्टबाटै अरेस्ट हुन्छे। त्यसपछि उसलाइ फिर्ता पठाइन्छ वा जेल पठाइन्छ त्यो उनिहरुले निर्णय गर्छन्। अथवा उसलाइ बेपता पार्न पनि सक्छन्। यहाँ शक्ति भएकाहरुको लागि कसैलाइ बेपता पार्नु कुन ठुलो कुरा हो र?" च ले अरु प्रस्ट्यायो।

"मलाइ त बिस्वास् नैं लागेन।" भन्दै थें च सङ फोनको लाइन प्रस्ट आएन र एक्छिनपछि लाइन आफै काटियो। त्यतिखेर रातिको ९:३० भएको थ्यो।

कुरा यति छिटै बढ्छ भन्ने मैले सोचेको थिन। "अपरेसन ००३" एउटा लेखको कारण आफुलाइ जोखिममा पारेकि थी। यी सबै कुराबाट अनभिग्य उ आज दिँउसो सारै खुशी थी। के अब "००३" को जिबनको अन्त्य पनि नजिक आइसकेको हो? उसले तथ्य लेखेकै कारण सजाँय भोग्नु पर्ने हो? मेरो देशको राजनैतिक ब्यबस्थाले उसको जिबनमा साँचिकै पूर्णबिराम लाइदिने हो? प्रश्नहरुले एकचोटि फेरि मलाइ घेर्न थाले।

क्रमश:

 

 

 

Last edited: 13-Jul-08 05:45 PM

 
Posted on 07-13-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेज्ज्,

तिम्रो अनुरोधको कारण पनि नलेखि सकिन भन्या। कस्तो डर लाग्ने मलाइ त?

ला.......! रिट्ठेको सातो गयो जस्तो छ।
कोला......... कोला...............।

कुम्ले ब्रो,

रितु र मिन्जो को लोप परे हुन्थ्यो भन्या मैले पनि। कथा नै सकिन्थ्यो, आनन्द हुन्थ्यो नि।

Stat,

कोमल मुटु त भुतले पनि खांदैनन् भनेर सुन्या मैले।

दिपु,

राति १२ बजे एक्लै त्यो भाग एकान्तमा पढ त, अनि था हुन्छ के हुँदो रहेछ भनेर।

Death,

In other word, I believe life comes after death. So, life= death and death= life.

Wow! You are life!

Thanks for your nice comment.


 
Posted on 07-13-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कार्बाहीको लागि "अपरेसन ००३" आउनासाथ एयरपोर्टबाटै अरेस्ट हुन्छे। त्यसपछि उसलाइ फिर्ता पठाइन्छ वा जेल पठाइन्छ त्यो उनिहरुले निर्णय गर्छन्। अथवा उसलाइ बेपता पार्न पनि सक्छन्।

laa  

   crazZ  003 lai jail jana bata  bachau.  


 
Posted on 07-13-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्रेज कती छिट्टो अरेस्ट गर्न लागेको बिचरीलाई। हो भन्या बचाउ उस्लाई
 
Posted on 07-13-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा रमाइलो हुँदैछ क्रेजी बरु कती छिट्टो अरेस्ट गर्न लागेको बिचरीलाई। हो भन्या बचाउ उस्लाई

 
Posted on 07-13-08 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazZ,  "003 bachau " julus deki halyou - - aba teti garad ni jail pathau bhaney hami sasastra andolan ma utrinchau   ki kaso comrade dipika and comrade ritthe?


 
Posted on 07-13-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
हो प्रेरणा सशस्त्र आन्दोलन नगरि हुँदैन जस्तो छ ! म टायर खोज्न हिंडे है तेसो भये
 
Posted on 07-13-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस रितुलाई केहि भयो भने?!

हेर कजरी,

मिन्जो सअ मिस रितुको  लप पार कि मिन्जो र ००३को दोस्ती बढाइदेऊ  या जे गर तर मिस रितुलाई  केहि नहोस --शुरुदेखि नै मलाई मिस रितु निकै मनपरिरा'छ :)  


 
Posted on 07-13-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मिस ,
हजुरलाई कति माया लाको हो क्यारे नि रितु को?


 
Posted on 07-13-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो शक्ती त '००३' मा? मेजर मिन्जो ले प्रमाण हरु जुटाएर एरेस्ट गर्न सघाउनु पर्ने मा त 'पिर' पो मान्दै छ, साच्चिकै प्रभाभ पार्न सक्ने रहिछे '००३' त, मलाई पनि मन पर्न थाल्यो, तर एरेस्ट गरेर चाँही हाम्रो घर तिर पठाइदिए हुन्थ्यो

 


 
Posted on 07-14-08 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Love story ?कि होईन हौ?आ अर्को पोष्टमा आईहाल्ला नि !

Ur story is binding everybody in sajha . I was glued with  the monitor ,perfect thriller लेख लेख

 


 
Posted on 07-14-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

im loving it..

 
Posted on 07-14-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

me toooooo. Me ta always print out and read looki looki.
Last edited: 14-Jul-08 03:34 PM

 
Posted on 07-14-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा,

मलाइ भुतपछि अर्को डर लाग्ने कुरा के भन्यो भने YCL भन्छु। अब "कमरेड दिपु र कमरेड रिट्ठे" भनेपछि झनै डर लाग्ने भयो नि मलाइ त।

दिपु,
के गरुँ त म? तिमि नै भन। मिन्जोको सरकारले रितुलाइ नछोड्ने भन्छ।

रिट्ठे,

टायर खोजेर मलाइ पनि ल्याइदेउ न। कहिलेकाहिं म पनि बाल्छु नि।

मिस सिस,

मिन्जोले रितुलाइ "राम्री छैन" भन्छ। नत्र त दुबै राजि भये क्या करेगा काजि भन्न हुन्थ्यो।

राजाहरिस्चन्द्र,
हजुरलाइ चाहि रितुको माया लाग्या छैन? भनेपछि कति कठोर रैछ त त्यो मन भन्न पनि नमिल्ने। हे हे हे

Stat,

घरको ठेगाना पाए त मिन्जो र रितु दुबैलाइ अरेस्ट गरेर हजुरको घरतिर पठाउन हुन्थ्यो।

फुच्चे,
कति रेस्ट लिएको? अर्को उज्यालो चाहियो हामीलाइ फेरि?

सोमे,
अझै त्यहि चक्करमा हो कि क्या हो?

Pretty,
धन्यबाद!

mno,
त्यहाँ पनि  लोकतन्त्र छैन कि के हो? लुकि लुकि पढ्ने भन्नु हुन्छ?

कमेन्टको लागि धन्यबाद!


 
Posted on 07-14-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani pani padhum bhanera kholyo : (अग्रिम सुचना - मेरो जस्तो मुटु कमजोर हुने हरु र  भुत सङ डराउने साथीहरु यो भाग नपढ्नु होला।) dekhchhu sarai dar lagchha. padhna ta man thyo but dar le garda .....

 
Posted on 07-14-08 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे दुबैलाइ एरेस्ट गर्ने रे?  दुबै बदमाश निस्के कि क्या हो? घरको ठेगाना उही त हो नि Apt# C220. अब पठाइदिने नै हो भने रितुलाई मात्र फिर्ता पठाइदिए हुन्छ बरु 'रातो गुलाफ' पनि सम्झाइदिनु है
 
Posted on 07-14-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 14-Jul-08 06:25 PM

 
Posted on 07-14-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bicharo Minjo fasyo,.. ek tira prem arko tira job.... tyo pani kanun ko...

This story is all about the "Power of Love". Now, Ritthe is going to loose his job. That's all I can guess so far. Baki guess arko episode padhe pachhi.

Death.


 
Posted on 07-14-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कमरेड प्रेज्ज्, कमरेड दिपु र कमरेड रिट्ठे कता सवारी भएछ। टायर पाएन कि क्या हो?

चेलि,
खाट मुनि लुकेर पढ्दा त डर लाग्दैन रे भन्थ्यो कसै कसैले।

Stat,

हस्, त्यो रातो गुलाफ मिन्जोले रितुलाइ दिने भयो।


Death Ji,

How come ritthe is going to lose his job? He is very good in khojing tire and baling them kya.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters