[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90256 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-14-08 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am on my way crazz ma'm. How can I help you?

katha post gariholi bhanera hattapatta aaeko ta ke hunthyo  lau lekha chhitto bhandeki chhu natra comrade ritthe le paaisakyo tire comrade prerana aago ko bandobastha garidai chha hai


 
Posted on 07-14-08 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो बाताबरण प्रदुषन गर्ने काम गर्नु भन्दा शान्तिपुर्ण तवरले बार्ता गरौं न हुन्न?

कि पठाइदिउँ रितुलाइ जेलमा???

प्रेज्ज्को बोली कहाँ सुकेछ आज कमरेड दिपिका ?


 
Posted on 07-14-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वार्ता नै गर्ने हो भने पनि वार्ता अनुकुल बातावरण चाहिन्छ हाम्लाई ! कि कसो कमरेडहरु? हैन भने हामी साझाबाट सडक मा उत्रिन्छौ !

अनुकुल बातावरणका उदाहरणहरु :

१. रितु द ग्रेट अरेस्ट हुनु भएन !
२. रितु लाई अरेस्ट गरिनु भएन !
३. रितुलाई अरेस्ट गर्दै गर्नु भएन !

हाम्रो माग - पुरा गर,  पुरा गर
देउसिरे
 
Posted on 07-14-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए शुभकामना मिन्जो र रितु अर्थात ....................................लाई
अनी कथा चाँही खै त? अब एक घण्टा भित्र आओस है
 
Posted on 07-14-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

म "अपरेसन ००३" सङ हिंडेको एक हप्ता मात्र भाको छ। तर यो एक हप्तामा मैले उसलाइ कुनै कुनै बेला बाहेक अरु समयमा पारदर्शी देखेको छु। उ खुशी हुन्छे, त्यो उसको भावमा झल्कि हाल्छ। दुखि हुन्छे, मुखै फोरेर बताइ हाल्छे। कहिले रिसाँउछे, उसको रिस पनि कसैको आँखाबाट लुक्दैन। सबै कुरा छर्लङ जस्तो उसको अनुहारमा। पानी जस्तै निर्मल जस्तो देखिन्छे। उ नबोले पनि म उसको मुहारको भावबाट सबै पढ्न सक्छु जस्तो लाग्छ। उ आधारातमा हिंडेको कुरा अझै मेरो लागि रहस्य छ यदि मैले उसको निद्रामा हिंड्ने बानीलाइ पत्याइन भने। उसको लेखबारे मैले उ सङ सोधेको छैन। किनभने लेखमा रितुको नाम छैन, कोहि अरुको छ। उ बिषेश इन्वेस्टिगेसनमा आजिबन कारागरमा परी भने उसको जिबन प्रतिको त्यो उत्साह के होला? उ जिबन्त छे। मन फुकाएर हाँस्न सक्छे, धित मरुन्जेल रुन पनि। अहिले मलाइ यस्तो लाग्छ उ सङ केहि छैन, सबै उजागर हुन्छ जब उसको अनुहारमा आएको  बिभिन्न रङहरुलाइ बुझ्न सकियो भने। यो मेरो देशको संकुचित बाताबरण हो, जसले मलाइ उ प्रति शँका धेरै गर्न बाध्य बनाँउछ। तर मेरो देशको परिबेश नैं यस्तै छ, म के गरुँ? त्यो रात म भित्र अर्को "म" ले "अपरेसन ००३" को बचाउ गर्ने प्रयाश गरिरह्यो। मैले त्यो अर्को "म" लाइ त्यस्तरी सजग भएको कहिले पाएको थिन। यसको मतलब म "रितु" लाइ मन पराउन थालेको छु? मैले आफ्नै मन सङ सोधें। मेरो मनले ठोस जवाफ दिन सकेन। म रातभरी रितुको टिठ लाग्दो भबिस्य कल्पिदैं बसे।

बिहानै "००३" को मुख हेर्न मन लाग्यो। एकदिन आरामको कारण होला, उसको मुहारमा तेज थ्यो। उ गित गुनाउदैं "ब्रेकफास्ट" खान आएकि थी। उसले सधैं भन्दा बढी कफी पिएकी थी। उस्को भावमा म त्यो "रहस्य" खोजिरहें, जसको लागि म उसको सुरक्षाको निहुँमा आएको थें। उ बिल्कुलै फरक लागि मलाइ अरु केटिहरु भन्दा। कस्तो स्वाभबिक ब्यक्तित्व, कतै क्रितिमता देखिदैंन। म उसको बारेमा जति सोच्दैथें, त्यति गहिरिदैं थे उ सङ।

"मिन्जो! तिम्रो आँखा कस्तो रातो? के भयो हँ" उसले पाउरोटिमा बटर दल्दै सोधी।

"राति अलि निद्रा परेन।" मैले झुठ बोल्ने प्रयास गरें।

"त्यस्तो निद्रा नलाग्ने गरी कसलाइ सम्झेर बसेको नि? कि याद आयो उसको?" उ जिस्काउन थाली मलाइ।

"होला, होला। भोली त भेट हुन्छ होला नि रङूनमा। आजैदेखी किन नसुतेको?" सासाले अरु थपी।

"ह्या, तिमीहरुको काम छैन जे पायो त्यही भनेर जिस्काउन मलाइ।" मैले संयमित भएर भने। मनमा त "अपरेसन ००३" ले जग हाल्न शुरु गरेकि थी। मैले अरु राम्री केटिहरुलाइ सम्झिन कोशिश गरें र मनलाइ सम्झाएं एकरति राम्री छैन यो रितु त। के अन्धो हुन लाग्या होला? म उठें।

"सुन न, मिन्जो! तिमी हिजो त्यो लोकल् मार्केट गाको हो?" रितुले सोधी फेरि।

"किन र? गाको हो म।" मलाइ त्याँबाट छिटो भन्दा छिटो भाग्न मन लागेको थ्यो।

"आज साँझमा मलाइ पनि लग न। सासा उसको फुपुका जाने रे। म एक्लै हुन्छु। मलाइ अङरेजी बोलेको देखेरे पैसा बढाइहाल्छन्। अलि अलि डी.वी.डी हरु किन्न मन छ क्या।" मुखमा राख्न लागेको मेवाको टुक्रालाइ प्लेटमा राख्दै भनी।

"म आज सीमातिर हेर्न जान्छु भनेको।" मैले सकेसम्म रितुसङ टाढिन खोजें।

"रितुले तिमीलाइ सीमा घुमाँउछे। तिमी उसलाइ बजार घुमाउन त। मेरो फुर्सद भए तिमीलाइ भन्दिन थें। उसलाइ शपिङ गर्न मन लाग्यो रे क्या।" सासाले अनुरोध गरी। परिस्थिति झन अनुकुल बन्दै आइरहेको थ्यो। मलाइ चाँही अरु पीर लाग्दै थ्यो।

"हुन्छ" भन्नै पर्‍यो। बेलुकी हामी पाँच बजे पहिला सीमा हेर्न गयौं। "००३" ले सीमा नजिकैको जङलबाट पनि मान्छेहरु ओहोरदोहोर गर्छन् रे भनी। साँच्चै सानो खोला तरेपछि थाइ जङल आँउथ्यो। त्यहाँ बाट केहि समय तर्‍यो भने सजिलै थाइल्यान्डको उत्तरी भागमा पुगिन्थ्यो। मैले त्यो चोर बाटो हेरें र "अपरेसन ००३" लाइ हेरें। मनले यही समयमा उसलाइ त्यो चोर बाटोबाट भाग भन्न मन लाग्यो। तर के कारण जाउ भन्नी? उ त जान्छे ? म त यहिँ बस्नु पर्छ। कसरी रङून फर्किने। उसलाइ सघाएको आरोपमा मैले सँजाए भोग्नु पर्छ। मेरो मनले धेरै कोशिस गर्‍यो "रितु, तिमी यो बाटोबाट जाउ। तिमी रङून नफर्क। त्यहाँ तिम्रो यात्रामा ठुलो तगारो छ।" घाँटी सम्म आएको शब्दहरु फेरि उहि बाटो फर्किन्थे। म कर्तब्य र भावनाको भुमरीमा घुमिरहें।

त्यसपछि मैले उसलाइ लोकल बजार लगे। उसले एउटा लुगा मन पराइ। गुलाबी शर्ट लाइ उठाएर  ऐनामा हेर्दै सोधी।

"मिन्जो! यो कस्तो छ ? मलाइ सुहाँउछ ?" उ मेरो मनमा भइरहेको कुराहरुबाट बेखबर थी।

"तिमी लाउने मान्छे। मलाइ के थाहा ? मन पर्‍यो भने किन न।" मैले सिधा उत्तर दिंए। तर गुलाबी रङले उ अझै उज्याली देखिएकी थी। मेरो मुटु कमजोर हुन लागेको थ्यो। केहि बेर पैसा मोलतोल गरेपछि उसले त्यो शर्ट किनी। हामी त्यो पसलबाट अर्को पसलतिर लाग्दैथयौं। पसलेले पछाडिबाट बोलायो।

"सर!" मैले फर्केर हेरें।

"तपाइको श्रीमतीको लुगा यहीँ छुटेछ।" मैले केहि नभनी उसको शर्ट बोकेर आँए। "००३"को लोग्ने पनि भएँ म एकैछिनको लागि। अलिकति रमाइलो अलिकति कस्तो कस्तो लाग्यो मलाइ त्यो क्षण। उ DVD पसलमा पुगी र एक दर्जन अङरेजी फिलिमहरु किनी। पार्टी  म्युजिक भनेर पसलेले बजायो, उ कुम र टाउको हल्लाउन थाली, त्यो पनि किनी। हिंड्न लाग्दा त्यो पसलेले "तपाइकी गर्ल्फ्रेन्ड त रमाइली रैछ" भन्यो। म फेरि एकै छिनको लागि उसको ब्वाइफ्रेन्ड बनें। फेरि मिस्रित भाबना आयो मनमा। उसले झुम्का किनी, ब्रासलेट, ब्याग के के किनी। उ रङूनमा भोली हुने घटनाबारे सजग भएकी भए यतिधेरै किनमेल गर्दिन थी। मेरो मन फेरि अमिलिन थाल्यो। हामी होटेल फर्क्यौं, मैले उसलाइ त्यो "बोर्डर" बाट भाग भन्नै सकिन। म मतलबी भएँ, स्वार्थी भएँ र उसलाइ भोलीको कालो रात बारे केहि भनिन।

खाना खान पनि मन लागेन, जुठो गरेर मात्र उठें। म भित्रको छटपटीले  अस्याधै पोल्दैथ्यो। घरि अहिले गएर उसलाइ भोलीको कुरा भन्न मन लाग्थ्यो। घरि त्यस्तो गल्ती गर्न हुन्न जस्तो लाग्थ्यो। म दोसांधमा उभिएर उसको मुक्तिको कामना गरिरहेको थें। च ले त्यसैबेला फोन गर्‍यो।

"एउटा राम्रो समाचार छ।" उसको बोलीमा खुशी थ्यो।

"के "अपरेसन ००३" लाइ अरेस्ट नगर्ने भयो?" मेरो मुखबाट अचानक कुरा निस्कियो।

"के भन्छ यो? तलाइ जतिखेर पनि त्यो "अपरेसन ००३" किन याद आँउछ हँ? कि लब पर्‍यो?" उ छक्क पर्‍यो।

"त्यस्तो होइन। उसको बानी हेर्दा त्यती धेरै रहस्यमय लाग्दिन। त्यहि भएर सोधेको।" मैले आफुलाइ सकेसम्म लुकाउन थाले त्यो अर्को "म" देखि।

"त्यो त अब परीसकी इन्वेस्टिगेसनको दलदलमा। त्यसलाइ भगवानले पनि बचाउन सक्दैन।" मुटु झन पोल्न थाल्यो मेरो उसको कुरा सुनेर।

"के राम्रो समाचार सुनाउने भन्या त तैले?" मैले प्रसङ मोड्ने प्रयास गरें।

"न्वे र मेरो बिबाह यही मे मा हुने भयो। उसको  अभिभावकले हामीलाइ अनुमति दिनु भयो।" उ बच्चा जस्तै खुशी थ्यो उता, यता मेरो अंकुरित प्रेम मर्न लागेको थ्यो।

"बधाइ छ तलाइँ"। भन्दै उसको प्रेमको बारे सम्झें। उसको र न्वेको २ बर्सदेखि प्रेम थियो तर न्वेको परिवारले उसलाइ मन पराएको थेन। अहिले सबै कुरा राम्रो भएछ।

"म भोली तलाइ एयरपोर्टमा लिन आँउछु अनि सबै योजना बताउला बिहेको बारेमा। तँ त्यो बिदेशीको चिन्ता गर्न छोड्दे। उसले जे गरी, त्यही भोग्दैछे। तैलें मेजर "कोसाइ" को घटना बिर्सिस। जापानिज केटीसङ उसको प्रेम भएको था पाएर उसको लाश कसरी बेपत्ता पारिएकोथ्यो २ बर्स अघि। तंलाइ पनि अरु बाँच्न मन छ भने त्यो "००३" लाइ मन बाट निकाल्दे।" उसले अर्को दुखद् घटना सम्झायो। इन्काउन्टरमा मर्‍यो भनेर मेजर "कोसाइ" लाइ बिदेशीसङ धेरै हेलेमेल गरेको कारण सरकारले मारेकोथ्यो। त्यसको आवाज उठाउने हिम्मत  उसको परिवारले पनि गर्न सकेन।

"मलाइ निद्रा लाग्यो। ल भोली रङूनमा भेटेर कुरा गरौंला" भनेर मैले फोन राखें। यतिखेर मलाइ उसको खुशी भन्दा रितुको चिन्ता थ्यो। त्यो भोली यतिखेर के गर्छे होली? मैले किन उसलाइ सहयोग गर्न सकिन ? के यो सबै भाबनाहरु प्रेमकै कारण जन्मेका हुन् त? मलाइ त्यो रात पनि निद्रा परेन।

क्रमश:


 
Posted on 07-14-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही सबै 'सस्पेन्स' खुल्ला जस्तो छ है अर्को पार्टमा 

अन्कुराइरहेको भावनात्मक प्रेम मर्न लागेको देखेर मलाई पनि रात भरी निद्रा नपर्ला भन्ने डर भयो


 
Posted on 07-14-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि मिन्जो सोम को पनि लप परेछ।    यो भाग पनि राम्रो लाग्यो। अब अगाडी के हुन्छ कुन्नी? 


 
Posted on 07-14-08 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हैन मिस ,
हजुरलाई कति माया लाको हो क्यारे नि रितु को?'

:)

 देवर राजा (rajaHarischandra),

क्रेजीले नारीपात्रलाई शुरुमा नकारात्मक देखाएपनि अन्तिममा निकै कुशल  र  जीवन प्रती सकारात्मक  र आशावादी  पात्रको रुपमा प्रतिस्थापित गर्छिन। त्यसैले मलाई क्रेजी सिसको कथाहरु निकै मनपर्छ।  अब यो कथा मा त्यो ००३ लाई कता घुम्न पठाउने हो थाहा छैन।मिस रितु च्यालेन्जिङ  भएर पनि मिन्जोको साथले उस्लाई कता लाने हो खै -क्रेजीलै नै बताउलिन।

अब कथा पढ्दा पढदै हजुरलाई पनि मिस रितु मनपर्न सक्छ है। तर अरेष्ट  गरेर मेरो घर तिर पठाइदेऊ चै नभनिस्यो 


 
Posted on 07-15-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

#1 NY Bestseller

"..Captivating"! - NY Times

 "....Suspense! "- Houston Chronicles

"....Another masterpiece from Crazy Love"- Herald

"....lol"- Birkhe_Maila

 

ल घच्चि गइरहेको रेछ। थ्रिलर उपन्यास नै पढेको जस्तो लाग्यो!

एउटा प्रश्न- केहि कथाहरुमा एशिया प्यासिफिकका स्थानहरुको वर्णन देखियो, लेखकका केहि वर्ष त्यता बिते जस्तो छ?


 
Posted on 07-15-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सि एल जि को ००३ द्रुत गती मा गएर मैले भेट्टौनै सकिराको छैन,पहिलो २-३ भाग भ्याइसके,निकै चाख लाग्दो छ्,अरु बाँकी पढेर एकै चोटि,बिचार पोखने छु।

 
Posted on 07-15-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मेरो जिवनमा पहिलो चोटि यस्तो भएको थ्यो। बिगतमा केहि सम्बन्ध नभएका होइनन्, ती सबै पहिला केटीले मन पराएर शुरु भएका थे र आफै समय क्रममा अन्त्य भयो। अहिले म "००३" को समोहनमा आफै आकर्षित हुँदैछु। म उसको बारेमा नसोची बस्नै नसक्ने भइसकें। साधारण देखिएकी "रितु" मेरो लागि अचानक संसारकी राम्री केटी हुन थालेकी छ। मलाइ उसले बोलेको, हाँसेको, हेरेको सबै सुन्दर लाग्छ। म उसको जादुमा होम्मिदैं छु। यस एकोहोरो प्रेमको नतिजा? केहि न केहि? उसलाइ त केहि भएकै छैन। उ उस्तै स्वछन्द तरिकाले हाँस्छे, म सङ रिसाँउछे अनि मेरै अगाडी मेरो कुरा पनि काट्छे सासा सङ। यदि उसलाइ पनि म मन पर्‍यो रे। के हुन्छ त यस्तो प्रेमको परिणाम? उ भोली गिरफ्तार हुँदैछे। हुन सक्छ जिन्दगीभरी जेल पर्ली। म उसलाइ कुरेर कति बस्न सकुला र मेरो जिबन पनि त परिबर्तन हुन्छ नि। एउटी बन्दी केटीको लागि म आफ्नो जीवन कसरी बर्बाद गर्न सक्छु? फेरि फोन आयो, यसपटक लाइन सफा थिएन। मैले "हलो" भन्दा भन्दै लाइन काटियो। रातको १ बजि सकेको थ्यो। मलाइ फोनले डिस्टर्ब गरेको मन परेन। मैले मोबाइल अफ गरिदिएं। म सङ सिर्फ यो एक रात छ, यो प्रेमलाइ मनभरि अनुभुत गर्न। मैले भोली नआए हुन्थ्यो भन्ने कामना गरें। म उसलाइ मेरो सामुन्ने "अरेस्ट" गरेको हेर्न सक्दिनथें। एकचोटि म उसलाइ आफ्नो माया ब्यक्त गर्न चाहन्थे। चाहे उसले स्वीकारोस वा नस्वीकारोस, प्रेम त भैसक्यो मेरो उ सङ। म बसेको ठ्याक्कै तलको तल्लामा मेरि "रितु" सुतिरहेकी होली भोलीको कालो दिनको पर्बाह नगरी। मलाइ उसलाइ गएर उठाउन मन लाग्यो एकचोटी अङालोमा बाँध्न मन लाग्यो र उसमा मेरो मायाको  पराबर्तन देख्न मन लाग्यो। म कोठामा हिंडीरहे रातभरी, "००३" को मायाले पनि मलाइ सुख दिन सकेन। छेक्न खोजेको त्यो बिहान पनि आयो, मैले छेक्न सकिन। शुक्रबारको घमाइलो बिहानी, जसले मेरो लागि नराम्रो साँझ बोलाइरहेको थ्यो। ब्रेकफास्टमा रितु अझै झन उज्याली थी, मेरो प्रेमयुक्त आखाँहरुले उसलाइ नहेरी बस्न सकेन। उसले हिजो किनेको गुलाबी शर्ट लाएकी थी। यो रङ उसको शरीरमा अरु खुलेको थ्यो। केशलाइ बाँधेकी थी पछाडी, तर बेला बेलामा उसको केशराशीहरु गालामा छरिन आँउथे, उ फेरि मिलाँउथी तिनिहरुलाइ हातले। म उसको त्यो केश भएर छुन चाहन्थे। मेरो अपलक हेराइले उ अप्ठ्यारो मान्न थाली। एकछिन पछि त मुखै फोरेर भनी।

"मिन्जो, मलाइ त्यसरी नहेर त! मेरो लब पर्ला तिमीसङ।" सासालाइ हेर्दै ठुलो स्वरले हाँसी। रेस्टुरेन्टका मान्छेहरु उसलाइ र मलाइ हेर्न थाले। मलाइ कस्तो कस्तो भयो। मनमा त यो केटीको केहि अड्दैन जस्तो छ। नक्कली! कस्तो ठाडै नहेर भनेकी। बिचरी अहिले हाँसेकी छे भरै उसको लागि असिमित आँसुहरु कुरिरहेका छन्। हैन, म उसलाइ बचाँउछु जसरी पनि। कसरी? मैले सोचि रहे।

उनिहरु तालिम सकाएर १ बजे फर्के ४ बजेको फ्लाइट थ्यो। २ बजे होटेलबाट हिड्नै पर्थ्यो। मैले रितुलाइ एकचोटी हिजोको बोर्डर हेर्न जाउन भनेर अनुरोध गरें। सासाले आजै किन जानु पर्ने फ्लाइट छुट्छ भनी। रितुले चाँही जान मानिन। कस्ती लाटी! म त्यो खोला तारेर उसलाइ थाइल्यान्ड पुर्‍याँउछु भनेर सोचीरहेको थें। रङून नजाउ भन्न पनि सकिन। यताउती गर्दा गर्दै एयरपोर्ट पुगियो। मलाइ एयरपोर्टका कर्मचारीहरुको ब्यबहार अनौठो लाग्यो। उनिहरु खासखुस खासखुस गरी रहेका थे। मानौ त्रसित थे। त्यहाँको बाताबरण एक्दम चिसो थ्यो। यो मेरो भ्रम हुन सक्छ। मेरो "रितु" को लागि उब्जिएको भाबनाको कारण म सबैलाइ डराएको देखि रहेंथे। प्लेनमा म उ सङै बसें। केहि क्षण म उ नजिक हुन चाहन्थे।

"भोली र पर्सी त म दिनभरी फिलिम हेर्छु। इन्डिअन रेस्टुरेन्ट जान्छु, साँझमा ब्युटी पार्लर गएर फेसियल गर्छु। बेलुकी चाहिँ मिकिसङ इन्डोनेसिअन बार जान्छु। तिमी के गर्छौ मिन्जो?" उ भन्दै थी।


"खोइ थाहा छैन।" मैले सानो स्वरमा उत्तर दिएं।

उ चुप लागी र झ्यालबाट तलका द्रिश्यहरु हेर्न थाली। म शायद भोली यतिखेर तिमीलाइ गरेको बिस्वातघातको पीडामा आत्महत्या गरिसकेको हुन्छु। मेरो मनमा यस्तै कुरा आँउदै जाँदै थ्यो। प्लेन रङून एयरपोर्टमा ल्यान्ड भयो। मेरो मुटु उफ्रेर मुखमा आउने बेला भएको थ्यो। म "रितु" लाइ हेर्नै नसक्ने भइसकेको थे"। सामान ली सकेपछि म "००३" लाइ अरेस्ट गर्न आएका सैनिक हरुलाइ खोज्दैथें। आफ्नो सुटकेस बोकेर उ मेरो नजिकै आइ र भनी।

"मिन्जो! तिमीले गरेको सहयोगको लागि धेरै धेरै धन्यबाद। यदि मैले तिमीलाइ कतै अन्जानमा चित्त दुखाए भने मलाइ माफ गर है। मेरो मुख अलिकति छुच्चो छ तर त्यस्तो नराम्रो सोचेर मैले कहिले पनि तिमीलाइ केहि भनिन। तिमी असाध्यै भलाद्मी र सहयोगी छौ।" भन्दै उसले म सङ हात मिलाइ। मलाइ उसको हात छोड्न मन लागेन। उ फुकाउने कोशिस गर्दैथी, म झन् अठ्याइ रहेथें। मेरो मनको भकानो फुटेरो आँखामा तैरिन थालेको थ्यो। कसैले आएर मलाइ पछाडीबाट बोल्यायो।

"मिन्जो! सामान लि सक्यो भने घर हिंड"। मेरो अगाडी मेरो बुबा उभिरहनु भएको थ्यो। रितु बाइ भन्दै सासा सङ बाहिर निस्की। शायद बाहिर उसलाइ अरेस्ट गर्नेछन्। म बुबासङ हतार हतार बाहिर निस्कें। सासा र रितु एउटै ट्याक्सी चढेर गए। मलाइ राहत भयो। एयरपोर्टमा न च आएको थ्यो न त अन्य सैनिकहरु। मलाइ अचम्म लाग्यो। कहिले नआउने बुबा मलाइ लिन आउनु भएको थ्यो।
बुबाले ट्याक्सी लिएर आँउदा म रितु गएको बाटो हेर्दैंथें।

"के भयो बुबा?" मैले ट्याक्सीमा बसे पछि सोधें।

"अहिले चुप लाग। घरमा कुरा गरौंला। भगवानले सबै राम्रो गर्नु हुन्छ।" बुबाको कुराले मलाइ झन छक्क बनायो। बाटोभरि म अनेक तर्कना गर्न लागें। घर पुग्नासाथ आमा मलाइ अङालेर रुन थाल्नु भयो। म झन् आस्चर्यचकित भएं। एकछिन पछि बुबाले भन्नु भयो।

"हिजो राति जर्नेल "तान से" को पार्टीले "कू" गर्‍यो। पहिलेको जर्नेललाइ भ्रस्टाचार र अरु अभियोगमा आजिवन कारबासको सजाँए तोकेको छ। तेरो बिभागमा काम गरिरहेका सबै कर्मचारीहरु जेल परे। त्यसमा च र कर्नेल आङ्जो पनि परे। तेरो भाग्य बलियो रैछ। तँ बर्खास्त मात्र भाको छस्।" मेरो दिमागमा चलिरहेको "अपरेसन ००३" को फिलिम अकस्मात बन्द भयो। म कहिं गइन। पुर्ब जर्नेलको मन पर्नेको सुचीमा मेरो नाम पनि थ्यो, त्यसै कारण म अरु ७० सैनिक अफिसरहरु सङ   बर्खास्त
भयें। राज्यले मलाइ रोजगारीको लागि अयोग्य ठहराँउदै ५ बर्सको लागि बिदेश भ्रमण पनि रोकिद्यो। पासपोर्ट जफत गर्‍यो। भाग्यले गर्दा जेलमा परिन। च लाइ भेट्न जान पनि सकिन, उसको बिबाहको कुरा सम्झेर टिठ लाग्यो। मेरो जिबनको १५ बर्स अनायासै माटो सरी बिलायो। मेरो न भुत थियो, न त बर्तमान। भबिस्य त मेरो कल्पना भन्दा परको कुरा भैसकेको थ्यो। "मेजर" शब्दले मलाइ आफैसङ घ्रीना लाग्थ्यो। भर्खरै चढ्न लागेको प्रेमको रङ मेरो जीबनको यथार्थले फीका भैसकेको थ्यो। "कू" को कारण पुराना फाइलहरुसङै "अपरेसन ००३" को रेकर्ड पनि हराएको थ्यो। मैले आफुले तयार पारेको प्रतिबेदन पनि जलाइ दिएं। न म रुन सक्थें न चिच्याउन नै। म आफ्नै देशमा "अनागरिक" भएको थें। म सङ केहि थिएन। म खाने र सुत्ने बाहेक केहि सोच्न सक्दिनथे। "डिप्रेसन" भएको थ्यो। मैले २ हप्ता कसै सङ सम्पर्क गरिन। मेरो मोबाइल अफ नैं रह्यो। फिल्डबाट फर्केको १६ दिनमा घरको टेलिफोनमा सासाले कल गरेकी थी। "सासा" भने पछि "रितु"को सम्झना आयो, तेहि आशाले मैले फोन उठाँए। उसलाइ पनि म सङ कुरा शुरु गर्न गार्हो भाको महसुस गरें मैले। उसले केहि सोधिन। खाली फिल्डको कुराहरु सम्झाइ रही। मैले आफै सोधें।

"रितु को के छ हालखबर?"

"उ त एक हप्ता अघि अकस्मात हेडक्वार्टरमा ट्रान्सफर भइसकी, बैंककमा छे। अस्ति इ-मेलमा मिन्जोलाइ सम्झेको छ भन्दिनु भन्थी।" सासाको लागि रितु बैंकक फर्किनु बिल्कुलै सामान्य कुरा थ्यो। मेरो लागि मरिसकेको आशा फेरि ब्युँतिएर हराउन लागेको थ्यो। केहि बेरपछि सासाले फोन राखि दी। रितु नै नभएपछि अरु के रह्यो र कुरा गर्ने बिशय। एक रातमा मेरो जिबनको पासा नराम्ररी पल्टी सकेको थ्यो। मलाइ के नै चाहिन्थ्यो र अहिले? खाली रितुको सम्झना बाहेक। के उसले पनि कहिले काहिँ मलाइ सम्झिन्छे होली?

समाप्त।

( यहाँहरुले दिनु भएको माया, सदभाव र प्रोत्साहनको लागि धेरै धेरै धन्यबाद ! यस कथाका बिषयबस्तु, पात्र, घटना र लेखिका स्वंय काल्पनिक भएको कुरा अबगत गराँउछु।)

 

 

Last edited: 15-Jul-08 11:22 AM

 
Posted on 07-15-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-15-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss sis,

hajurlai kalo chasma kya suhaeko? yaso aafnai sis samjhera malai gift die pani farak pardaina hola ni tyo chasma.

Last edited: 15-Jul-08 01:38 PM

 
Posted on 07-15-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) क्रेजी सिस,

चस्मा उपहार त दिन हुन्थ्यो के तर आँखै पो देख्दिन बाबै ? :(   बरु हउरले  पो मलाई  हउरको कलम उपहार दिस्यो न पिलिच!


 
Posted on 07-15-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरको आँखा नैं म बनिदिन्छु नि। यो कलम त हजुरकै उपहार हो नि। मन पर्‍यो bhane लिस्योस्।

eutaa chasma pani nadine kasto chuchhi sis raichha.

Prezz le bhae "jyan" mage pani dinchhu bhanthee............

ha ha ha ha


 
Posted on 07-15-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजबको इन्डिङ!

कुनै मिठो चलचित्र हेरेको जस्तो लाग्यो समग्रमा भन्नु पर्दा।

आगामि कथा अझै कुनै नौलो बिषय वस्तुमा आउने विश्वासका साथ शुभकामना!


 
Posted on 07-15-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prezz le bhae "jyan" mage pani dinchhu bhanthee   -- bhandya matrai ni magna chai namaga hai feri lol..

ani yo katha maile nabuhyaa ho ki - tyo 003 minjo haru ko investigation garna po aeki raiche nakkali ?  -- ki ke ho  - je bhae ni bichara minjo ko maya lagyo

all in all, excellent writing crazZ  wahhhh wahhhhhhhh wahhhhhhhhhhh!  (aba arko bhoot ko katha kaile suru garchyou?)


 
Posted on 07-15-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'chuchhi sis raichha' ---छु त

prezz ले त ज्यान मात्रै दिने रहिछ --  म त   ज्यान अडेको जमीन नै दिन्छु। lobhi raicha  hajurko prezz  


 
Posted on 07-15-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biru ko comment le ta ma mathi mathi uDna thaale aaja. bihaanai kasto raamro comment.

Thanks, Biru!

Prezz, jhan miss sisko chasma line dau garya ta bichma kina pwaaka bolnu parya ni.

hera na,  kathako end mero jhandai minjo sanga lop parya. kasto maya lagyo malai pani.

miss sis, lau na chasma pau na bhanya...... kasto foto khichna man lagyo tyo chasma laaera


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters