crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-03-08 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कजरिया।।। LOL!!!!

साईलि,
राम्रो लेख्दै छौ । कथानक ले बाधेको छ । हो, तिम्रो लेखाईमा राम्रो विविधता छ ।  समय मिलाएर लेख्दै गर ।
  धेरै अघि सरुभक्त (the real one) को पागल बस्तिमा हो क्यार, पढेको थिए
"......घटना हरु सामान्य हुन्छन्, तर तिनका संझनाहरु असामान्य ....." धेरै छोएको हो यो बाक्यले ।
आज तिम्रो ".....उपहार दिनेहरु हराउँछन् तर उपहार चाँहि रहिरहन्छ स्म्रितिको पाना बनेर...." पढ्दा पनि उस्तै मीठास पाए । लेख्दै गर । निखारिदै गर । हामी पढि नै रहन्छौ ।

अनि, के भन्या । शुद्ध बाहुनको छोरो लाई  चाईनिज भोटिनि संग घरजम गर्ने??? । आमा ले थाहा पाउनु भयो भने डाँडो कटाएर लखेट्नु हुन्छ !!!   :)  :)) :D


 
Posted on 07-03-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्छु भन्यो, कैले के नमिल्ने कैले के नमिल्ने। अब किरेजी को कथा त छोड्नु भएन बल्ल बल्ल आज पढे, वा किरेजी वा, बबाल मजा आयो। नाम पनि कस्तो दामी राखेको 'अपरेशन ००३' रे, बबाल छ बबाल


-------------------
पक्कै पनि तिमी १- २ बर्श प्योयाङ अथवा हनोइ मा बसेको हुनुपर्छ. (gues hanya matra hoina hai feri- its Official :-)

 
Posted on 07-07-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, where is next part? I've read twice to be updated for coming part :) and I might have checked 30 times, 6 times per day.
 
Posted on 07-07-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prezz,

Next part is coming soon!

Somesaahila!

pakkai pani ho jasto chha. Denial is the first step of something bhanera padhya the.

Amazing!

R u detective 001 ? You are right. But, I was based on one of them. Where? You can find it again. feri mero sat pustako history bataidela ni. ha...... ha.... ha..... 

Stat,

khana khanus ani next part padhna basnus. I am gonna post it soon.

Thanks for waiting so eagerly.

 


 
Posted on 07-07-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ पुगिसक्यो होला कथा ! सबै छुटिसक्यो अब त !

री गरेर प्ले गर्न मिल्छ क्रेजी मैचा?

अब फुर्सतमा पढ्नु पर्‍यो छुटेको सबै !

अनी सम्मेलन तिर न'आको? कि आएर पनि भेट घाट नभाको हजुर?
 
Posted on 07-07-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha aaudaicha, ritthe.

hatar nagara. kun sammelanko kuraa garya. yaha ma bhadakuda byabasthapana tatha griha mantralayamaa eklai sammelana gari rako chu.

 


 
Posted on 07-07-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा आउँदैछ रे?
हैन क्या त्यो अस्ती अस्ती छुटेको भाग भनेको !

त्यो रितु दी ग्रेट भेटे पछी त पढेकै छैन नि मैले ! कि त्यस्पछी थपेकै छैन?
क्रेजी को कथा सुपर डुपर हिट भएर कमेन्ट नै यती धेरै आउछ कि कथा त खोज्या खोजै भईन्छ ! लोल 
ANA को कुरा गरेको यार मैले ! त्यो घरको सम्मेलन त सधैंको सबैको हो नि !


 
Posted on 07-07-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FRENS! SORRY FOR NOT ABLE TO POST NOW.

Actually, I posted and click the submit button. But, it showed "error "and I realized (निद्राको सुरमा) that I didn't save it anywhere.

भोली अबस्य पनि नयाँ भाग लिएर आउनेछु। त्यतिन्जेल मलाइ गाली नगर्नु होला। प्राबिधिक गढबढी भएछ।

सरी है stat!


 
Posted on 07-08-08 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy,

बहाना हामीलाई चाहिँदैन

सरि भन्न पाईदैन

साझा धेरै धाइयो

चाँडो कथा चाहियो ।


 
Posted on 07-08-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"अपरेसन ००३" एक जंकी थी, अहिले पनि त हुन सक्छे वा भोली गएर फेरि "ड्रग्स्" नखाली भन्ने के बिस्वास? यस्तो राम्रो जिवनलाइ कसरी कुरुप पारेकी होली यो केटीले। मलाइ उसको आमा बुबाको प्रति दया लाग्यो। कस्तो सन्तान जन्मियो भनेर रोए होलान। के यसलाइ कसैको आँसुले छुन सक्ला? सिर्फ आफ्नो ब्यक्तिगत जिवन भन्दा पर उसले कसैलाइ पनि बुझ्न सक्दिन होला। अहिले पनि उ खालि आफ्नै जिबन बाँचेकी छे। कस्ति स्वार्थी रैछे? उसलाइ केहि कुराको चिन्ता छैन, न त डर नै। आफुले "ड्रग्स्" खाएको कुरा बताँउदा पनि उसको अनुहारमा अलिकति पनि संकोच र हिच्किचाहट देखिदैनथ्यो। उसले यसरी भन्दैथी, मानौं उसले खाना खाएकी हो, दैनिक खाने साधारण खाना। यस्तो सन्तान त शत्रुको पनि नहोओस। रितुको रुप मात्र होइन उसको मन पनि सार्है असुन्दर लाग्यो मलाइ। यो संसारकी सबै भन्दा नराम्री केटी। हे भगवान! मलाइ अझै काम गर्नु छ यो केटी सङ अरु १२ दिन। मेरो सोचाइको क्रमलाइ बिथोल्दै यिन्ते बोल्न थाल्यो।

"रिह्याबमा राखेर पनि के गर्नु। छुटेर गएको ३ महिना भित्र फेरि "ड्रग्स्" खाएर उस्तै भएर फर्किन्छन्। मामाघर गाको भन्दा सजिलो। कुनै ठोस कार्यक्रम संचालन गर्न सकिएको छैन। त्यो "डिटक्स" ले मात्र के हुन्थ्यो?" यिन्ते यथार्थ बताँउदै थ्यो।

"तिनीहरु सबैलाइ "शूट" गर्नु पर्छ। यसै पनि धर्तीको बोझ त हुन्। बाँचेर के काम?" मैले रितुको प्रतिक्रिया हेर्ने आशाले भने।

उसको अनुहारमा "आँधीबेहरी" आउनु अघिको शुन्यता देखिएको थ्यो। सोचे भन्दा बेग्लै तरिकाले उ बोली। "त्यहि त! मिन्जो सङ रैछ नि राम्रो उपाय।" फेरि यिन्तेतिर फर्किदैं भनी। " येसो गर्नु न इन्स्पेक्टर यिन्ते! तपाइ त्यो फेरि "लागु पदार्थ खाने" सबैलाइ मिन्जोका पठाइदिनुस् न। उसले समस्या समाधान गर्दो रैछ नि।" त्यसपछि मेरो मुखलाइ पढ्न थाली।

"अस्ति पनि एउटा ठुलो परिणामको अफिम चाइना जाँदैछ भन्ने खबर आको थ्यो।" यिन्तेले अर्को कुरा निकाल्यो।

"अनि.........?" बिचैमा बोली "००३"।

"१०० कि. मि. पर ३ घन्टा पहाड चढेर तस्करहरुको कारोबार हुने ठाँउमा पुग्नु थ्यो। हामी राती उकालो चढेर टुप्पोमा पुग्दा उनिहरु त भागीसकेछन्। हथियार पनि थ्यो रे उनिहरु सङ। भौगोलिक कारणले पनि हामीलाइ कठिनाइ भएको छ।" यिन्ते अलि बढी नै कुराहरु गर्नु थाल्यो त्यो सङ।

"कस्तो रमाइलो कुरा। अरु पनि होला नि त्यस्ता अनुभवहरु। भन्नुस्न इन्स्पेक्टर यिन्ते। जस्तै जङलको बिचमा तस्करहरुलाइ लखेटेको, गोली चलेको, सबै अफिम पकडेको अनि तपाइको बहादुरीको कथा पत्रिकामा छापेको कुरा हरु क्या।" रितु अरु उत्सुक भइ।

"अब जानु पर्छ।" मैले घडी हेर्दै भने। भर्खर ९।३० भाको थ्यो। बिदेशीलाइ धेरै कुरा बताउनु ठिक छैन। त्यसमा पनि यो रहस्यमयी "००३" लाइ।


"तपाइको कुरा सुन्न त फुर्सदमा  आउनु पर्ला यिन्ते। भोली हामी आधा दिनमा अर्को साइट जाँदैंछौ। मिस रितुको तालिमको लागि। अरु ६ घन्टाको ड्राइव छ। बिहान रितुको तालिम पनि छ। अलिकति "रेस्ट" पनि गर्नु पर्‍यो र भोलीको तयारी पनि।" मैले अप्रत्यक्ष रुपमा यिन्तेलाइ धेरै नबोल्न संकेत दिए।

"यति छिट्टै होटेलमा गएर के काम? मलाइ त निद्रा पनि लाग्दैन।" रितु अनिक्षा देखाँउदै थी।

म उठे पछि उ मेरो पछि लागी। यिन्तेले हामीलाइ होटेल "ड्रप" गर्‍यो। "अपरेसन ००३" आफ्नो कोठामा गइ। मैले आफ्नो काम शुरु गर्न थाँले। मैले मेरो मिल्ने साथी जो म सङै यो "अपरेसन ००३" मा संलग्न छ उसलाइ फोन गरें। हिजो पनि मैले फोन गरेको थें नि। ए, उसको नाम त भन्नै बिर्सेछु। उसको नाम "च" हो।

"आजको ताजा खबर?" च ले "हेल्लो" भन्नासाथ सोधें।

"खासै केहि छैन पनि र छ पनि।" उसले कुरा घुमाइ घुमाइ बोल्यो।

"सिधा सिधा भन त।" मलाइ झर्को लाग्यो।

"एउटा online लेख ले international संसारमा तहल्का  मचाएको छ।"

"कस्तो लेख?" मैले बिचैमा सोधें।

"रङूनको नाइट क्लबमा हुने "यौन ब्यबसाय  र त्यसमा हुने कमिसनतन्त्र"।" उस्ले भन्यो।

"त्यो त संसारको सबै ठाँउमा हुन्छ। त्यस्तो बिशेष सनन्सनीपूर्ण समाचार कहाँ भयो र?"
मैले आफ्नो धारणा सुनाए।

"त्यस्तो होइन, त्यस लेखमा त्यस "कमिसनमा" संलग्न सबै सैनिक हाकिमहरुको "पोस्ट" र नाम पनि उल्लेख गरिएको छ। कसले कति प्रतिशत पाँउछ भन्ने कुरा पनि छ। अहिले यो लेखले फेरि संसारको ध्यान हाम्रो देशको अर्थतन्त्रमा तानेको छ।" उसले सबिस्तार भन्यो।

"ए, त्यो दुइ चार दिन पछि आफै सेलाँउछ। बाहिर जति त्यो लेखले हाम्रो देशको धज्जी उडाए पनि यहाँ इन्टर्नेटको सुबिधा त्यती छैन। निमुखा जनताहरु थाहा पाएपनि केहि गर्न सक्दैनन्। उहि बिरालोको घाँटीमा घन्टी झुन्ड्याने को ? भने जस्तै हुन्छ। यो ठुलो कुरा होइन।" मैले त्यति ठुलो मुद्दा बनाउनु पर्ने जरुरी देखिन।

"अमेरिकाले त उहिले सबै सहयोग बन्द गरिसक्यो। अरु रहेपयेका देशहरुले पनि UN मार्फत  दबाब दिन शुरु गर्ला भन्ने आशंका छ।" उ गम्भिर थ्यो।

"त्यस्तो ठुलो कुरामा तैले र मैले टाउको दुखाउनु जरुरत छैन। त्यस्तो पत्रकार मुला त कति आँउछन्, लेख्छन् अनि हराँउछन्। हामीलाइ "अपरेसन ००३" मा जति धेरै कुरा खोज्नु छ। अँ, त्यो कुनै बेला को "हेरोइन युजर" पनि हो रे। त्यस्ले आफै भनेकी आज बेलुकी।" मैले उस्को हिजोको जानकारीलाइ अलिकति बलियो गर्ने प्रमाण पेश गरे।

" सुन ! त्यो लेखकले आफ्नो बास्तबिक नाम देको छैन अनलाइन पत्रिकामा। तर हामीहरुको शंका "००३" नैं छ। त्यसले केही यौनकर्मी केटीहरुको गोप्य अन्तर्बार्ता लिएकी थी। केटीहरुले यो कुरा अस्वीकार गरीरहेछन्। तर नाइटक्लबका केहि कर्मचारीहरुले "अपरेसन ००३" ती केटीहरुसङ धेरै नैं घुलमिल भएको कुरा बताएका छन्।" उसले अर्को कुरा जोड्यो फेरि "००३"।

"यो कहिले को कुरा हो?" मैले अरु प्रश्न गरें।

"लेख निस्केको ३ दिन भयो अनि उसले ती केटीहरुसङ कुरा गरेको यस्तै दुइ हप्ता जती।" च ले लामो स्वास फेरेको सुनियो।

"कस्ती "बोक्सी" रैछे? के मात्र गर्न भ्याउने? लेख लेख्ने, अन्तर्बार्ता लिने, तालिम गर्ने। यसको अरु काम छैन भन्या?" मैले आफ्नो दिक्दारी पोखें च लाइ।

"अहिले अरु कुरा होइन। यो हाम्रो देशमा छे। झन बिभिन्न ठाँउमा घुमिरहेकी छे। यसले अरु पनि त्यस्तै गोप्य कुराहरु भेट्न सक्छे र बिश्वलाइ आफ्नो लेखद्वारा सुचित गर्न सक्छे। त्यसैले त्यसको हरेक गतिबिधिमा नजर राख। फोटो कहाँ कुन ठाँउमा खिच्छे याद गर्नु। मैले सुने अनुसार त्यसको लेखहरुको माग बढ्दै छ रे।" च ले अरु सचेत बनायो मलाइ।

"अहिले सम्म त त्यस्तो मौका पाएकी छैन। तर एक्दम कुरा खोतल्न बाठी छे। म छु नि त्यसलाइ ठिक पार्ने।" मैले आफुलाइ पनि बिस्वस्त बनाए मनमनमा।

"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।" च ले यो बाक्यसहित फोन राखिदियो।

मेरो कानमा त्यही बाक्य बारम्बार गुन्जिन थाल्यो।

"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।"

क्रमश:

 

Last edited: 08-Jul-08 10:58 AM
Last edited: 08-Jul-08 11:30 AM

 
Posted on 07-08-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW!

Fuche,

U r multi-talented. kasto ramro song! tyasma music rakhera gauna.

Thanks for your support!


 
Posted on 07-08-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmmm.....

"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।"....
कस्तो फुरेको सांईली तिमीलाई, नाम पनि अपरेसन ००३ रे ।।।
नाम नै danger... मान्छे त खतरनाक हुने भई हालिन नि् । सबै साझाबासी जस्तो मेरो शंको नि तिमी मा छ है ।

अनि तिमीले मेरो भोट बास को खुब खेदो खन्यौ, अब म बस्दिन यस्तो मुलुकमा ।
 
Posted on 07-08-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..............अनि तिमीले मेरो भोट बास को खुब खेदो खन्यौ, अब म बस्दिन यस्तो मुलुकमा ।

भनेपछि सोमेको कुरा मिल्या जस्तो छ। ल बधाइ छ।


 
Posted on 07-08-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl posting

Last edited: 08-Jul-08 11:30 AM

 
Posted on 07-08-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न ताल,
आफ्नो घरजम भयो भन्दै मा, हाम्लाई तेस्सरि त भन्न नमिल्ने हो क्यारे ।
 
Posted on 07-08-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द् ब ल पोस्तिन्ग ।
Last edited: 08-Jul-08 12:09 PM

 
Posted on 07-08-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

beluka ko khana khaera kureko bihana ko khana khane bela ma balla padhna paaiyo. yo ta hijo ko part po ho ta aaja ko ekchhina ma aauchha hola ni

"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।".... But I have seen more dangerous than "operation 003" and she/he is

.

.

.

.

.

.

crazy_love

Anyway, katha ajhai interesting hudai chha.


 
Posted on 07-08-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! कति धेरै गुप्तचरहरु मेरो पछाडी!

मेजर मिन्जोले हैरान गरिराको बेलामा Amazing ले अर्को कुरा officially भनिसक्यो।

हुँदा हुँदा यो सोमे पनि के के भन्दो रैछ। तिम्रो काम छैन कि के हो अर्काको कुराहरु Guess गर्दै बस्ने?

आमाले यसपाली त तिमीलाइ पक्कै पनि कस्को जिम्मा लाउने हो? खुच्चिङ।

Stat,

आजको भाग पुग्यो नि। अर्को भाग अरु कुनै दिन है?

धन्यबाद!


 
Posted on 07-08-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta yo "operation 003" kai barema socheko sochekai bhae woi crazz...yesko character nai kasto kasto....ekdam interesting chha yar...usko stopping point pani kasto khatara ni feri....
 
Posted on 07-08-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुटेको जम्मै भाग एकै सास मा पढेर सकियो। कथा को त के कुरा गर्नु, सानोमा Conan Doyle (Sherlock Holmes series) को कथा पढेको याद आयो। तर मेरो अनुमान मा त्यो रितु पक्कै CL नै हो।   बाकी कथा पनि चाडो टासे हुन्थ्यो नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters