crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90258 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-01-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै लामो बनाउनु पर्यो क्रेजी। मलाई चाहिँ लागु औषध तस्कर नै निक्लन्छे भन्ने लाग्दै छ किन किन।

 

लोल! ००३ को कथामा ००७ को कमेन्ट!

है है प्रेरणा है है????


 
Posted on 07-01-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ni padhyaa chha hai sappai, lekhna maatra ke lekhni ke lekhni bhako.
 
Posted on 07-01-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maila baje, lamo bhanu ta bhanni hudaina crazy lai aile maila lai bigarera maikelaal bhanli hai  crazy le feri  

ani kina samjhidyaa holaa 003 ra 007  bhanera aafulai ya kya dar laagi raa chha  last maa aaera 007 pani involve bhako dekhauli yo crazZ le bhanera   


 
Posted on 07-01-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! फेरि माइकेलाल रे हाहाहा!   क्रेजी तिमीले सुन्या छैन है प्रेरणाले भनेको कुरा! नसुन!

हाहाहा मेरो दिमागमा पो आइडिया आयो त, हिजो कुन्नि कसले पनि भन्दै थियो, बरु उता एउटा दुइटा क्यारेक्टर बाँकि थिए ००७ लाइ उस्तै परे गाउँमा पठाउनु पर्छ जस्तो छ, भाले, पैसा चोरि भएको पत्ता लगाउन


 
Posted on 07-01-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am crazy about ur article crazy love but not about you. Keep it up buddy, its marvellous. After long gap started reading, something new grasp, really liked it.  Perhaps i might have forgotton to read the creativity, but this one diverted me towards reading more.


 
Posted on 07-01-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-01-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर फेरि उहि कुरा आउँछ, गाउँलेले प्रेरणा उच्चारण गर्नै जान्दैनन! के भन्लान हँ गाउँलेले??
 
Posted on 07-01-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-01-08 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्म्म् पर्ख त ...एकछिन एकछिन्....उता हैन यता...हम्म्म्...हो हो ठ्याक्कै त्यहि पोजिसन...वाह!!.......वाह!!...क्या कथाजेनिक फेस छ! .......तु राज करेगि लडकी!...तेरेको एक रोल पक्का दिया!!!.....आज तुझे मै जानता हुँ, कल सारा चौतारी गाउँ जानेगा!......

सेक्रेटरी........इसका कथासुट करनेकि तयारी करो!!

लोल!


 
Posted on 07-01-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! mere ko role pakka milaa na maikelaal - - par apun akele crazy ke begair nahi jane ka - - usko bhi ek jhakass saa rol de ko na mai baap.
 
Posted on 07-01-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे पन्नो! तु तो अपुनकि माफिक बोलरेलि है ! बोले तो सौ फिसदी मुम्बैया! अब तो रोल अब्बि के अब्बि देनेको पडेंगा! अब तो कजरी(crazy) को भि लेनेको पडेंगा! कोइ वांदा नहिँ! अपुन अख्खि चौतारीको बोलेंगा कि नइ हिरोइनलोग आएला है, ठिकठाकसे बोलनेका, खर्चापानी देनेका और पतली गलीसे कलटि मारनेका क्या!!
 
Posted on 07-01-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कजरी(crazy)
 
Posted on 07-01-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh!, About Myanmar leader too? I was thinking about China or Vietnam.

चाइनिज मग हातमा लिएर अझ मेचमा पनि होइन त, टेबुलमा बसेर खुट्टा हल्लाइ हल्लाइ गफ हाँकेर बसेकी रैछ। (Is this CL style?)

aaja ta major minjo (Birkhe) and 003 (007) ko drama pani fokatma herna paaiechha

Thanks CL


 
Posted on 07-01-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रितु पितु त हराकी मान्छे भान्छामा कसरी आइछे  त ? त्यस्तो हेरोइन् युजर हिरोइन सँग मेरो नाम जोड्देको क्रेजी? ल ल ठिकै छ

अर्को भाग पनि चाडै हाल्नु पर्‍यो अब ! रमाइलो हुँदैछ '००३ माहारानी' को  कथा सुन्न ! बधाई छ है क्रेजी


 
Posted on 07-01-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला-----!! यो कथा त कहाँ पुगिसकेछ! लु म चाँहि बसे अब पलेटी कसेर कथा सुन्न! पहिलो भाग बाट त पढ्नै पाएको छैन मैले!

लु त रिट्ठे ब्रो! कथा बाचन गरेर imeem मा राख्नुपर्यो अनि यहाँ टाँस्नुपर्यो!

क्रेजी! कथा पक्का दामी गइरहेको जस्तो छ। पढेर कमेन्ट लेख्छु है!

=======================

(Edited from here, after reading your story!)

ओहो कथा साह्रै रमाइलो भएर गएको रहेछ। यस्तो कथा नपढी बसेको रहेछु मैले। ल क्रेजी ब्रो! (कथामा पुरुषपात्र भएपछि त ब्रो नै भन्नुपर्ला नि?) एकदम क्यप्टिभेटिभ छ कथा। म्यान्मारतिरै घुमे जस्तै भयो मलाई कथा पढ्दा।

हिजो HBO मा एउटा डकुमेन्ट्री हेरेको थिएँ "गाँजा क्वीन (Ganza Queen)" भन्ने। एउटी अस्ट्रेलियन केटी इन्डोनेसियाको एयरपोर्टमा मारिवाना ल्याएको आरोपमा समातिएपछि उस्को ट्रायलको पुरा डकुमेन्ट्री थियो त्यो। आज तिम्रो कथा पढ्दा हिजोको डकुमेन्ट्रीको याद आयो। समय मिले हेरेहुन्छ मन छुने खालको छ! एसियाको त्यत्तातिरको भागमा ड्रग्सको कस्तो बिगबिगी छ हैन? हत्तेरिका!

ल कुरा कता पुगेछ!

कथा पढ्दै सुप पिउँदै थिएँ, ठ्याक्कै बिचमा ००३ ले गाडीबाट निस्केर उल्टी गरिछ। हत्तेरी! क्या बोर! खानै मन लागेन! लोल!

"उपहार दिनेहरु हराउँछन् तर उपहार चाँहि रहिरहन्छ स्म्रितिको पाना बनेर" वाह वाह! कस्तो दामी लेखेको यो!

कथाको अरु भागहरुको प्रतिक्षामा!

:-)

Last edited: 01-Jul-08 10:02 PM

 
Posted on 07-02-08 5:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि रहरै नमेटि सकियो कथा ! क्रेजि दामि छ ल ,यो कथा चाहिँ पहिलो नेपालि सस्पेन्स थ्रिलर बनाउनु पर्छ । अनि म्यानमार पनि घुम्न भ्याए जत्तिकै छ कथा लेखाई ,पक्कै it must be exposure thats helping ur versatility ,

अनि, माहिलादाई मलाई यो पनि मन पर्यो !

अरे पन्नो! तु तो अपुनकि माफिक बोलरेलि है ! बोले तो सौ फिसदी मुम्बैया! अब तो रोल अब्बि के अब्बि देनेको पडेंगा! अब तो कजरी(crazy) को भि लेनेको पडेंगा! कोइ वांदा नहिँ! अपुन अख्खि चौतारीको बोलेंगा कि नइ हिरोइनलोग आएला है, ठिकठाकसे बोलनेका, खर्चापानी देनेका और पतली गलीसे कलटि मारनेका क्या!!

 
Posted on 07-02-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazz jhan subisthale gharma padhchhu bhanera hijo kaam ma pani napadheki ta aakhir kaam mai aaera padnu paryo. Yo bhag pani ramailo laagyo, aba arko bhaag lai  feri weekend nai chai nakurne ni tya, bhandeki chhu
 
Posted on 07-02-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

हे हे कजरी(क्रेजी सिस)  ,

  सातो बोलाउन मिल्छ हो? लौ न मेरो सातो गयो  ---००३को भुतले साच्ची!

 --उसोभा मिस रितु खराब हैन रहिछ   म ढुक्क भए । के भन्छ मलाई चै मिस रितु मनपरिराछ क्या

अर्कोभाग कैले यो पानाआँ त लेखेकै छैन रेछ  कहिले आउनेहोला ?

 हुनत यो कथाले मलाई  यस्तो बनाई रा'छ  हिहिहिहि--


 
Posted on 07-02-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty,

I know u always read my story. I remembered when I started to write and you used to request me to write one more again. You are sooooooooo sweet.

Prezz,

U r too cute. Granny hoina, sweety hai.

Biru,

मलाइ त्याँ खेलाउनु अघि म कथा र Script पढ्छु। अहिले म धेरै बिजि छु के। मेरो हिरो चाहिँ अमिताभ बच्चन हुनु पर्छ नि। हे हे हे

Hemu,

Thanks for being crazy for my story. Yes, sajha is a great place to have friends like you. You are always welcome!


{Stat,

Thanks again for your wonderful comment!

रिट्ठे,
ल ल रितु मन परेन भने अर्को कथामा म अर्कै नायिका खोजुँला।

Kumle Bro,

Sorry for your "soup" la

Aussies often visit Indonesia to have all fun and some of them get arrested with drugs. Few years back, an australian model was also arrested with marijuana case. She could be same in the documentry. But, there are many with such cases. Not all. I will watch that documentry in my leisure time. Thanks bro.

फुच्चे,

तिम्रो "आत्मा उज्यालो........ " सारै राम्रो लाग्यो मलाइ। फेरि पनि लेख है त्यस्तो कथाहरु।

दिपु,
म अर्को भाग लेख्नलाइ समय कुर्दैछु।

मिस सिस,

म समय मिल्नासाथ छिटै आँउछु रितुलाइ लिएर है त?

साथीहरु समय ब्यस्तताको कारण "अपरेसन ००३"  बिस्तारै आउनेछ। यहाँहरुको प्रोत्साहनको लागि धन्यबाद!


 

Last edited: 02-Jul-08 02:40 PM

 
Posted on 07-02-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ajha aachaina ?
Last edited: 02-Jul-08 07:56 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters