crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90223 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 06-25-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prezz, timi mayalu saasu. la bhayo?
 
Posted on 06-25-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अपरेसन ००३ ले मन नपराउने रे!

अनि???

छिटो लेखन!


 
Posted on 06-25-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-25-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"००३" ले मलाइ मन पराओस वा नपराओस् मलाइ मतलब नैं थिएन। मलाइ आफ्नो जिम्मेदारीप्रति बिशेष चिन्ता थ्यो। म उ सङ् धेरै नजिक पनि हुनु हुन्थेन न र धेरै टाढा भएर पनि काम गर्न सकिदैनथ्यो। मैले जहिले पनि एउटा दुरी तय गर्नुथ्यो उ सङ कुरा गर्दा। उसको मुख्य उद्देश्य भन्दा पनि मलाइ उसको ब्यक्तिगत जिवनको बारेमा चासो नलागेको भने चाहि होइन। यसरी अरु देशमा काम गर्न आउने मान्छेहरुको अस्थायी रुपमा स्थानिय साथी हुन्छन्। मैले धेरै त्यस्तो कथाहरु सुनेको र केहिलाइ आफ्नै आँखाले देखेको छु। यहाँ बस्दा ढुकुरका जोडी जस्ता मायामा मख्ख देखिन्छन् तर गयेपछि "सन्चोबिसन्चो" को कुरा पनि सोध्दैनन् यी स्वार्थी मान्छे हरु। यीनीहरुको शायद मुटु हुँदैन। प्राय बिदेशी पुरुषहरु बसुन्जेल डलर कमाउछन्, एउटा राम्री केटी राख्छन्, मोज गर्छन् र आफ्नो देश फर्केपछि सबै बिर्सिन्छन्। ००३ को अहिले सम्म त्यस्तो कोही पनि पुरुष मित्र देखिएको थिएन। उ प्राय समुहमा हुन्थी र यदाकदा एउटी जापानिज केटी जो भाषा सिकाँउथी उ सङ बाहिर जान्थी। मेरो मनमा प्रष्न उठ्थ्यो। के यो ००३ को कोहि प्रेमि छैन? यो उमेरमा पनि सबै कुरा त्यागेर के खान यस्तो जोखिम उठाउन मन लागेको होला यो केटीलाइ? कसले मन पराउला यस्ती रङ न ढङ को लुगा लाउने केटीलाइ। खुइलेको जिन्स र त्यो उजाड रङको कमीज बाहेक अरु लुगा नैं छैन जस्तो। यात्राको दिन पनि उसले त्यहि लगाएकी थी। अलि उज्यालो रङहरु लाए पो मान्छेले पनि हेर्छन्। येस्तै सोच्दै थें, कार उकालो उकालो लाग्न थाल्यो, घुम्ती हरु देखा पर्न थाले। हामी तल सतहबाट माथी उचाइमा जाँदै थ्यौं। त्यसैले हामी त्यो सहर छोडेर अर्को जिल्ला पुग्न तल झरेर फेरि उकालो लाग्नु थ्यो। ००३ अघि भदा अलि कम बोल्दैथी। बाटोमा पहाड देखे पनि " कस्तो राम्रो पहाड" भनेर उत्साहले कराँउथी। उसलाइ त भुश्याहा कुकुर पनि त्यसतै राम्रो लाग्दो हो। किन नलागोस? मज्जाले नयाँ नयाँ ठाँउ घुम्यो, पैसा टन्न कमायो र स्वतन्त्र जिबन बाँच्यो। त्यो भन्दा बढी खुशी अरु के मा होला? हामी जस्तो महिनाको १४ डलर तलब खाएर कसरे खर्च टार्ने भन्ने पीर छैन। आज शासन गर्ने जर्नेललाइ भोली कसैले कु गर्‍यो भने जागीर जाने डर त छँदैछ, जिन्दगीभरि जेलमा जाकिदियो भने बचेको जिबन पनि जान्छ। कर्नेल सम्म भएर एउटा थाइल्यान्ड अथवा चाइनाको बोर्डर नजिक केहि बर्स काम गर्न पाइयो भने पैसा राम्रो आम्दानी हुन्थ्यो। बिहे गर्ने उमेर भएपनि सबै तयारी गर्न सकिएको छैन। आर्थिक रुपमा सबल नभै के टेन्सन लिनु बिहेको। परिवारले त कर गर्दैछन् तर मलाइ भने रहर छैन बिहेको। मनले खाने जस्तो केटी पनि भेटिदैन त यो जागीरमा। बल्ल बल्ल भेटिएको पनि के मिल्दैन के मिल्दैन? आधा बाटो पुगेपछि खाना खान हामी रोकियौं। ००३ ले सबैतिर निरिक्षण गरी त्यो रेस्टुरेन्टको, ट्वाइलेट गै अनि अध्याँरो मुख पारी।


"मलाइ कफी खान मन लाग्यो।" खाना टेबलमा राखिसके पछि निन्याउरो स्वरमा भनी।


"खाना नखाने?" सासाले सोधी।


"भोक लागेको छैन। यता राम्रो कफी पाउने ठाँउ छैन?" यताउति नियाल्दै ००३ ले भनी।


"यो रङून जस्तो ठुलो सहर होइन। बेला न कुबेला कफी खाने राम्रो ठाँउ कहाँबाट खोज्ने अब?" मलाइ रिस उठ्यो उसको नखरा देखेर।


"तेसो भए म केहि पनि खाँदिन। ठिकै छ।" मलाइ नहेरी भनी।


"डायटिङ होला नि। अहिले नखाउ भरै बाटोमा भोक लाग्यो भने जहाँत्यही यस्तो होटेल पाइदैन।" मैले उसलाइ अग्रिम सुचना दिएं।


"केहि छैन म पानी मात्र पिंउछु।" उ पनि जिद्दी थी।


"बेलुकीको खाना खाँदा ८ बज्न सक्छ। त्यतिखेर सम्मै भोकै बस्ने?" मैले अझै उसलाइ सम्झाउने कोशिश गर्न थालें।


"म सङ केहि काजु र सुन्तला छ, त्यही खान्छु।" उ सङ रेडिमेड उत्तर थ्यो।


जे सुकै गरोस् जस्तो लाग्यो मलाइ। उसको शरीर उसको इछ्या। बिरामी भइ भने गारो हुन्छ भन्ने मात्र पीर हो। खाइ सकेर हामी फेरि यात्रा शुरु गर्न थाल्यौं। त्यतिखेरसम्म "००३" बोल्दै बोलीन, मैले ऐनाबाट उसलाइ हेरें। उस्को मुख पहेलो भएको थ्यो। थकित जस्तो देखिएकोले मैले सोधें।


"तिमीलाइ सन्चो भएन कि क्या हो?"


" अलि अलि टाउको दुख्न थाल्यो।" उसको स्वर झन मसिनो भयो।


"एकछिन  आराम गर्ने हो गाडी रोकेर?"


उसले हुन्छ भनेपछि हामी कारबाट बाहिर निस्केर स्वछ हावा लिन थाल्यौं। उ एउटा कुनामा गएर उल्टी गर्न थाली। यस्ती त "अपरेसन ००३", मलाइ मन मनै हाँस उठ्यो। यस्तो संबेदनशिल शरीर हुने मान्छे किन यस्तो काम गर्न रुचाउने?


सासाले उसलाइ सफा गर्ने पानी दी। एकैछिन पछि उसलाइ हलुका भयो भनेर फेरि कारमा बस्यौं। उ चुपचाप आँखा बन्द गरेर सुती। पहिलो प्रोजेक्ट साइट पुग्दा झन्दै ८ बजिसकेको थ्यो।
हामी स्थानिय होटेलमा पुग्यौं र बेलुकीको खाना बारे बुझ्न के ब्यबस्था छ भनेर बुझ्न थाल्यौं।
"००३" लामो यात्रा र बिसन्चोले गर्दा लल्याक लुलुक भएकी थी। पेट अझै गडबड भएकोले उ खाना नखाने र आराम गर्छु भनेर उसको कोठामा सुत्न गइ। सासा र म होटेलको भान्छा घरतिर लाग्यौं। मलाइ ००३ को चिन्ता लाग्न थाल्यो। बल्ल शुरु भएको कार्यक्रम अझै २ हप्ता यात्रा र तालिम चलाउनुथ्यो उसले। भोली बिहानै ९ बजे पहिलो कार्यक्रम शुरु गर्नु थ्यो। दिनभरी केहि खाएकी छैन। अहिले पनि भोकै सुती बिहान उसलाइ के मन पर्छ त्यही खाजा तयारी गर भन्नु पर्ला होटेलको भान्छेलाइ भन्दै खान थाँले। सासा खानासाथ "शुभरात्री" भनेर आफ्नो कोठामा गइ। मैले भान्छेलाइ एउटी बिदेशी छे, भोली बिहान राम्रो कफी बनाउनु भने। लब्बीमा आएर बिहान उठ्नलाइ "वेक अप कल"  ७ बजे गर्नु भने र साँचो लिएर आफ्नो कोठामा जाँदै थें। "सर" भनेर रिसेप्सनको केटीले बोलाइ। 

 
"किन? के भयो?" मैले टाउको घुमाएर रिसेप्सनतिर हेर्दै २ खुड्किला चढ्दै सोधें।


" त्यो बिदेशी.." उस्को बाक्य पुरा नहुँदै सोधें।


"को ? मिस रितु! अँ, के भयो मिस रितुलाइ?" मनमा डर लाग्यो कतै बेहोश पो भइ कि भनेर।


"उहाँ भर्खरै बाहिर जानु भयो।"


मैले घडी हेर्दा पौने नौ भै सकेको थ्यो। बाहिर अध्याँरो थ्यो।


"कहाँ बाहिर? मलाइ केहि "म्यासेज" छोडेर गइ?" मैले आतिदैं सोधें।


"अहँ" भन्दै रिसेप्सनिस्ट अर्को मान्छेलाइ साँचो दिन थाली।


म आफ्नो कोठामा जाने कुरै भएन। ९ बज्न लागिसकेको थ्यो।
बाहिर निस्के, बाटो सुनसान थ्यो, अध्याँरोमा म "००३" लाइ खोज्न थाँले। कुन बाटो गइ भन्ने अड्कल गर्न सकिन। गेटको दाँयाबाट "हाइवे" तिर फर्किने चोकमा पुर्‍याँउथ्यो। दाँयाबाट हामी जाने दोस्रो प्रोजेक्ट साइट "मुसे" जुन चाइनाको बोर्डर नजिकै थ्यो, त्यहाँ जान्थ्यो। अब त्यो कालो अध्याँरोमा मैले "अपरेसन ००३" लाइ कसरी खोज्ने?

क्रमश:


 
Posted on 06-25-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazzzzzzzz kasto interesting yaar, ekkai sash ma sabai padhe la, CIA ko movie hereko jastai bhayo malai. kasto lekhna jaaneki, fatafat thapa ta baaki bhag pani, hataar bhayo padhna kya
 
Posted on 06-25-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Op003 kata gaee? kina gai? la chhitai khojera le raau ta  maicha.
 
Posted on 06-25-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

movie here jasti bhaira chha. arko bhag chhto tasnu hola :


 
Posted on 06-25-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 25-Jun-08 05:21 PM

 
Posted on 06-25-08 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

क्रेजी सिस,

मैले हजुरको अघिल्लो कथा पनि पढेकी थिए। हजुरको लेखाइमा  पहिले पहिले को जस्तो हसाँउने विषय वस्तु मात्रै रहेन अब  । निकै परिमार्जित र परिष्कृत भैसक्या रहेछ- त्यसैले हो कि मलाई चै बुझ्न अलिक गाह्रो भैरा'छ है -- 

अर्को भाग नआउदा सम्म   म चै  '...००३'ले मिस रितुलाई कहाँ लिएर गइन होला भन्दै चिन्ता लिराकिम -दायित्वबोध त होला नि'.. ००३' लाई  :)

लौ हजुर चै यहाँ 'सर' हो ?म चै के भन्छ त्यो -- क्रेजी म्या'म खोजिरा  हिहिहिहि


 
Posted on 06-25-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey crazy love,

          this is  my first time i am reading story in this sajha world. i really liked it.

i am waiting for the next episode. post it soon please.................


 
Posted on 06-26-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tang tang tang tang taran taraaaaaaaaaaaaaaaaaaaaan ..............................BOND ,JAMES BOND......

 

I sallute ur versatility ,यो भएकै घटना हो कि ,फुरिराको हो भन्या ? मलाई त डर लाग्न थाल्यो CL देखि , चित्त बुझेन भने जेलमा लगेर थुन्देलिन भन्ने पिर!

 


 
Posted on 06-26-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy,

Very interesting and unique story.

त्यो मिस रितु कता गई त? अर्को भाग चाडै राख्नु पर्‍यो है क्रेजी मइचा ?


 
Posted on 06-26-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This writer is unlimited....came out with so many stories but mostly unrelated to one another in terms of setting, theme, and moral. In my understanding, this is most difficult task, and often daring, for writers of any caliber to change the context or take off from an unknown territory and be a winner...but CL does that effortlessly and wins appreciation.

 

bottom-line chyamata cha CL sanga...maile ta pahile nai haath uthaako....dhanna tyatikhera sanepa ghumdaa fair n lovely lagaina k.....nabhaye ahile kaleko haalat Shirishsir ko bhanda khattam...gariblai bhagwaanle jogaucha kyaa....j/k


 
Posted on 06-26-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

००३ लाई खोज्नु पर्यो किरेजी!

यो त थ्रिलर उपन्यास होला जस्तो छ! छिटो छिटो जावस!

 


 
Posted on 06-26-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी जि, किस्न काले ले भने झै काहानी को बिषयबस्तु फेरेर पुरै नयाँ नौलो ठाउमा पुर्‍याउनु भएको छ् र एत्तिन्जेल सम्मा को राइड साह्रै smooth गाको छ,बिचमै रोकिदिनु भयो,फेरी हाक्नुस् गाडी, अबको आउने सफर कस्तो हुन्छ। प्रतिक्षा मा।
 
Posted on 06-26-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु,

एकै स्वासमा होइन। अलि rest गर्दै पढ्नु। स्वास अड्केला फेरि।

Prezz,
म पहिला ००३ लाइ खोज्न जान्छु अनि लेख्छु है? त्यन्जिलसम्म तिमी पनि कथा लेख न!

rawbee,

यहाँलाइ पनि स्वागत छ यो आँगनमा।

मिस सिस,

रितु किन रहस्यमयी भइ? त्यही शंकालु मेजर मिन्जोले बताउला अब।

newface_sajha,

साझामा पाल्नु भएकोमा स्वागत र धन्यबाद!

फुच्चे,
तिमीलाइ थुन्न त "डन्डिफोर" चाहिन्छ। गफै त हो सोल्टी भन्थे नि, त्यस्तै होला भन्छु।

रिट्ठे,
त्यस्तो दिन दहाडै हिक्क हिक्क गरेरै रोइदिने? हेर आँसुको लेग्रा अझै गाको छैन रैछ?

किश्नकाले जी,
प्रसंशाको लागि धन्यबाद! अङुर हो सानेपाको त!

उसले मलाइ भन्याथ्यो, उसकै नजिकमा एउटा अत्ति गरीब Fair & Lovely को पैसा बचाउन पिठो दलेर बस्छ भनेर। मैले पत्याइन। हरे शिव! कस्तो थक थक लाग्यो अहिले त। शिरिश् ज्यु को "साझा- फाझा" भन्दा पनि "हिट" हुने रैछ नि किश्न+काले ज्यु को कथा यतिखेर सम्म। हेत्तेरी, म सानेपा किन गएनछु भगवान!

बिरु,
००३ खोजुँ भनेको लुगा रास धुनु छ, भात पकाउनु छ, भाँडा माझ्नु छ। ल म छिटो छिटो सबै काम सकाएर जान्छु है उसलाइ खोज्न।

बिस्टे ज्यु

म फुर्सद मिल्नासाथ अर्को भाग लिएर आँउछु है त?

प्रतिक्षाको लागि धन्यबाद साथीहरु!

 


 
Posted on 06-26-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी मइचा हेर गफ दिएर बसेको, अर्को भाग लेखे हुन्थ्यो नि तेतिन्जेल सम्म त ! क्रेजी लाई कहिलेइ बुझ्न सकिन मैले !
 
Posted on 06-28-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

म जे पर्ला पर्ला त भनेर शुरु शुरु अगाडी लागे सीधा सडकबाट २ मिनेट हिंडेपछि चोकमा आइपुगे। यो लाशो सहर म १ बर्स अघि १ चोटि मात्र आको छु। त्यहि पनि धेरै दिन बसेर घुम्न पाको छैन। यो शहर हाम्रो देशको एउटा ठुलो अन्चल जस्तै हो, ब्रिटिशहरुको राज देखि नैं यो अलि अरु ठाँउ भन्दा बिकसित छ। कारण यो चाइनाको सीमासङ जोडिएको छ र यहां २ नम्बरको धन्दा पनि हुन्छ। त्यसमा पनि अफिमको उत्पादन र हतियारको बेचबिखनले गर्दा अलि पर पहाडतिर प्राय बेला बेलामा प्रहरी र माफियाको मुठभेट हुने गर्छ। लागु पदार्थ उत्पादन र "ट्राफ्फिकिङ" मा मेरो देश अफगानिस्तानपछि दोस्रो स्थानमा पर्छ भन्दा मलाइ गर्ब लाग्दैन। तर पैसाको आबस्यक्ता र थोरै समयमा यथेस्ट कमाइ हुने बाटो केहि मानिसहरु हिम्मत गर्छन् त्यसैलाइ पेशा बनाउन। माफियाको कुरा गर्दा मलाइ "००३" प्रति अलिकति शंका लाग्न थाल्यो। उ दिनभरि केहि नखाइ बस्न सकेकी थी। कतै उ लागुपदार्थ त प्रयोग  गर्दिन? कि तेहि तलतलमा उ अफिम अथवा हिरोइन खोज्न हिंडेकि हो अहिले?

चोकमा एउटा शालिक छ, मलाइ त्यसको कथा था छैन। अहिले मेरो मस्तिस्कमा "००३" बाहेक अरु केहि छैन। अब कता मरी होली त्यो अहिले? झनक्क रिस उठ्यो फेरि मलाइ। शालिकको अगाडिको सिधा बाटो सजिलो छ, पक्कै पनि उ नयाँ ठाँउमा त्यस्तै बाटो रोज्छे होला। म त्यहाँबाट अघि बढें। अलिक पर पुगेपछि बुद्धको मन्दिर देखें, जहाँ झिलिमिलि बत्ति बलिरहेकोथ्यो। कुनै पनि बेला बिजुली जानु र लोडशेडिङ दिनहुँ हुनु पनि ठुलो कुरा होइन हाम्रो देशमा। मन्दिरतिर चाहि जेनेरेटर चलाएको हुनु पर्छ। मैले "००३" मन्दिरभित्र पो घन्टी बजाउदै छे कि भनेर बाहिरै बाट हेरें। मन्दिरमा त्यहीको कामदारहरु मात्र थिए। तैपनि भगवानलाइ नमस्ते गर्‍या जस्तो गरेर मन्दिर वरिपरि खोजें "००३" लाइ। उ त्यहाँ पनि थिन। अब कहाँ जाने होला भन्दै मन्दिर बाहिर निस्केर म फेरि त्यहि सिधा बाटो अघि बढी रहें। कोहि छैन बाटोमा केहि छिनपछि बाँयातिर लाग्ने सानो कुइनेटो जस्तो बाटो देखें, माथीबाट हेर्दा त्यो बाटो ओरालो गएर अर्को मुख्य बाटोलाइ भेट्ने रैछ। तल को मुख्य बाटोमा केहि मान्छेहरु हिंडेको देखियो। शायद यही बाटो गाकि हुनु पर्छ "००३"। म ओरालो लाग्न थाँले। केहि तल पुगेपछि एउटा जड्याँहा बाटो सबै उसको बाउको जस्तै गरी हल्लिदैं थियो। उसलाइ वास्ता नगरी म हिंडे मुल सडकतिर। तल्लो सडकमा फलफुल पसल, चिया पसल र "कराओके बार" पनि देखें। सहरको मुख्य भाग होला यो। "कराओके बार" निर एक हुल जवान युबतीहरु आधुनिक पहिरनमा देखें। तिनिहरुको बिचमा कतै "००३" लुकेकि छे कि भन्ने सोचेर उनिहरुसङ एकछिन कुरा गर्न थाँले र प्रत्येकको अनुहार राम्ररी नियाँले। उनिहरु राजधानीबाट आएको हाकिम भनेर दङ परेर कुरा गर्न थाले म सङ। शायद उनिहरु ग्राहकको प्रतिक्षामा थिए। अभाब, गरिबी र आबश्यक्ताले मान्छेलाइ कसरी बिबश बनाँउछ भनेर रङूनको नाइट क्लबमा काम गर्ने एउटी केटीले केहि बर्स अघि मलाइ भनेकी थी। उनिहरुसङ बिदा लिएर म जुन बाटो ओरालो लागेको थे, त्यहिबाट उकालो लाग्न थाँले। हेड क्वाटरमा खबर गर्नु भनेको मेरो आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तैथ्यो। किनभने "००३" म सङ थी, उ अचानक कसरी हराउन सक्छे? यदि उ हराइ भने पनि म प्रति उल्टो शंका गर्न सक्थे उनिहरुले। अब सार्है दुबिधा पो भयो। अघिको मन्दिर अगाडी पुगेर मैले बुद्धलाइ प्राथना गरें "हे भगवान! जसरी हुन्छ "००३" भेटाइदेउ।" त्यतिकैमा एउटा जीप अगाडी आएर रोकियो, एकजना मान्छे बाहिर निस्केर मलाइ सोध्यो।

"म इन्स्पेक्टर यिन्ते! लाशो इलाका प्रहरीको। हजुर्, रङूनबाट आउनु भएको मेजर मिन्जो हो?"


"हो त! म मेजर मिन्जो हुँ। म त को होला भनेर पो छक्क परेको। तपाइंसङ भेटेर मलाइ खुशी लाग्यो इन्स्पेक्टर यिन्ते" मैले उ सङ हात मिलाउदैं भने।


" हजुरलाइ भेट्न म "लाशो होटेल" पुगेकोथें। ढिलो भएं। एउटा "ड्रग पुशर" (who sells drugs in a small amount not a big dealer) लाइ समातेको थें दिँउसो। अनि त्यहि इन्वेस्टिगसनमा हजुरहरुलाइ स्वागत गर्न आउन पाइन।" यता उता हेर्दै इन्स्पेक्टर यिन्तेले सोध्यो "मिस रितु खोइ त?" जे नसोधोस भनेको त्यहि सोधेपछि जवाफ दिनै पर्‍यो नि। मदद लिने हो भने सबैतिर एकैछिनमा हल्ला हुन्छ। फेरि आफ्नै कमजोरी देखिन्छ। धर्मसंकटमा पो पारी त मलाइ "००३" ले। मैले भगवानको अघि बसेर झुठ बोले।

"यही मन्दिर सम्म आएर फेरि निद्रा लाग्यो भनेर होटेल फर्की। म चाहि एकैछिन खुट्टा तन्काउनु पर्‍यो भनेर त्यहीँ तल गएर आएको।"

"हजुर, कतिखेर होटेल फर्किने ? नत्रभए हामी पुर्‍याइदिन्छौ नि हजुरलाइ।" यिन्तेले भन्यो।
अरु बहाना बनाउन नमिलेपछि म उसको जीपमा बसें। बाटोमा यिन्तेले उसको इन्वेस्टिगेसनको कुरा गर्‍यो।


"के गर्नु हजुर? आज समातेको त्यो "ड्रग पुशर" को स्वास्नी पनि समात्नु पर्नेछ। तर लोग्ने र स्वास्नी दुबै समाते पछि उनिहरुको ३ जना बच्चाहरुको रेखदेख गर्ने कोहि छैन। फेरि ३ जनाइ बच्चाहरुको गम्भिर स्वास्थ्य समस्या रैछ। मुटुको बिरामी, दम र बेहोश हुने रोग। यो इन्वेस्टिगेसनमा हाम्रो १ बर्स बित्यो। अब स्वास्नीचाहिँलाइ समात्नु पर्ने अबस्थामा बच्चाहरुको पनि लागि पनि सोच्नु परेको छ। एकातिर कर्तब्य छ अर्कोतिर मानबिय संबेदना।"

म पनि त्यहि दोधारमा परेको छु अहिले। भन्न पो मिल्दैन। एकातिर मलाइ "००३" कहाँ हराइ भन्ने पीर परेको छ अर्कोतिर उसको रहस्यहरुलाइ खोतल्ने दायित्व छ। म चुपचाप छु। उपाय देख्दिन। कतै होटेलमा फर्की सकी कि भन्ने झिनो आशा पनि छ। "००३" ले मेरो यो जागीर पनि खाने भइ।
 
एक छिनपछि इन्स्पेक्टर यिन्तेको मोबाइल् बज्न थाल्यो।
"सर, हजुरको होटेलबाहिर एउटी जवान युबतीलाइ बेहोशी अबस्थामा फेला पारेको रहेछ केटाहरुले। उनिहरुले मलाइ यहि नजिकैको अस्पतालबाट फोन गरेका। युबतीको होश आइसकेको छैन रे। एकचोटी अस्पताल पो जानु पर्ने भो मलाइ त। हजुरलाइ "ड्रप" गरेर उता जान्छु म।"

मेरो मुटुको  धड्कन झन जोडले बज्न थाल्यो। के "००३" बाटोम बेहोश भएर ढली? अब यो केटीले अरु के के चर्तिकला देखाउने हो? कति सताउने हो मलाइ? जे कुरा अरुले था नपाओस भन्या त्यही झन पो था हुने भो।

"म पनि जान्छु तपाइसङ इन्स्पेक्टर यिन्ते। त्यसपछि मलाइ होटेल पुर्याइदिए हुन्छ नि।"

मेरो कुरा यिन्तेले काट्न सकेन र हामी अस्पतालतिर लाग्यौँ। बाटोभरी मलाइ एउटै प्रश्न आइरह्यो।


पुर्ब जुनीमा उसको रिन खाइद्या रैछु की के हो? हे भगवान! कस्तो दुख देकि मलाइ यो "००३" ले???

क्रमश:

Last edited: 28-Jun-08 03:38 PM
Last edited: 28-Jun-08 04:04 PM

 
Posted on 06-28-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy love,

 it's saturday. i was expecting more. wasn't it too short for the weekend? come on........................

write more. It's getting more interesting.


 
Posted on 06-29-08 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै छिनमा सिध्धियो भन्या ! छोटो छोटो भनेर मलाई मात्र भन्ने ,आफुले चाहिँ कत्ति न लामो लेखे जस्तो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters