Posted by: crazy_love July 13, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

अर्को दिन बिहानै खाजा खाइसकेर हामी फेरि तेस्रो प्रोजेक्ट साइटको लागि हिंड्यौँ। अरु ६ घन्टा ड्राइब गरेपछि बल्ल तल्ल एयरपोर्ट पुगियो। यता उति गर्दै साँझ आठ बजे हामी "ताचिलेक" भन्ने सहरमा पुग्यौं। प्रोजेक्टको स्टाफले चौथो र पाँचौ साइटमा मौसमको कारण फ्लाइट एक हप्तादेखि अबरुद्ध भएको जानकारी दियो। त्यस्तो स्थितिमा रेलमा जान सम्भव थिएन, बसमा त झनै धेरै समय लाग्ने भयो। बाटोमा आँउदा आँउदै सासा, रितु र मैले ती साइटहरुमा अर्को पल्ट जाने निर्णय गर्यौं। अब यही साइट "००३" को अन्तिम तालिम हुने भयो यसपालिको लागि। लगातार २ दिन यात्रा गरिएकोले भोली एकदिन "आराम" गरेर पर्सि मात्र तालिम शुरु हुने भयो।

भोलिपल्ट पनि 'ताचिलेक' का ठाँउहरु बिदेशीलाइ घुमाउने भनेर प्रोजेक्टका स्टाफले कार्यक्रम बनाए। दिंउसो हामी "गोल्डेन ट्राङल" हेर्न गयौँ। यो ठाँउ बिस्वमा अफिम उत्पादन र तस्करीको लागि प्रख्यात छ। प्रोजेक्टको मेनेजरले सासालाइ, अनि सासाले रितुलाइ भन्दैथी। लाओस, थाइल्यान्ड र म्यान्मारका सीमाको बिचमा परेको यो "गोल्डेन ट्राङल" असाध्यै सुन्दर देखिन्थ्यो। जुन रिसोर्टबाट हामी हेर्दैंथ्यौ, त्यहाँबाट थाइल्यान्डको सीमामा रहेको बुद्धको मन्दिर र केहि जङल देखिएको थ्यो। मन्दिर अलि धेरै झिलिमिलि थ्यो। बाँयापट्टि नदी पारी लाओसका साना साना पहाडहरु देखिन्थे, आधुनिक परिबेशको असर नपरेको अबोध गाँउहरु देखिन्थ्यो। तिनै देशको सीमालाइ छुने "इन्द्राबति" नदी थ्यो, बर्माको भाषामा। "अपरेसन ००३" को मुहारमा अत्यन्तै चमक देखिएको थ्यो। उ खुशी थी। इन्द्राबतिको पानी छोएर आँउछु भनेर "औंला" चोपेर आइ।

"बुझ्यौ, मिन्जो! मैले यो ठाँउ को बारेमा किताबमा मात्र पढेकी थिए। आज त आफ्नै आँखाले हेर्न पाएं। कस्तो रमाइलो ठाँउ। मलाइ यहाँ आउने ठुलो रहर थ्यो।" उ मलाइ हेर्दै मुस्काइ।

"तिमी भाग्यमानी छौ नि त। त्यसैले चिताएको सबै पुग्यो तिम्रो।" मैले अरु खुशी थप्न कोशिस गरें।

"मैले चिताएको सबै कहाँ पुरा हुनु? छ नि कति कुरा बाँकि।" मलाइ हेरेर भनी।

"जस्तै?" मैले सोधें।

"त्यस्तो गोप्य कुरा पनि तिमीलाइ कसरी भन्नु?" उसले कुरा मोड्न थाली।

"किन र मेरो बिस्वास लाग्दैन तिमीलाइ?" मैले अरु कुरा खोतल्न कोशिश गरें।

"के थाहा ? तिमीले मलाइ बिस्वातघात गर्‍यौ भने?" भन्दै रहस्यमय तरिकाले खित्का छोडेर हाँसी। मेरो मुख रातो भयो। सबै जना उ सङै हाँसी। उसको अभिप्राय अरुले नबुझे पनि मैले बुझेको जस्तो लाग्यो। उ मेरो गतिबिधि बुझि रहेकि थी। के थाहा उस्लाइ मैले उसको निगरानि गरेको कुरा उसलाइ सबै थाहा थ्यो। म चुप लागे। उ सङ कुरा गरेर त्यहाँ लज्जित हुन चाहन्थिन म।

त्यसपछि हामी स्थानिय अस्पताल हेर्न गयौं। त्यहाँको निर्देशक "००३" लाइ बढी नै कुरा बताइ रहेको थ्यो र सबै वार्ड घुमाउदैं थ्यो। एक कोठामा फलामको डन्डी हरुको बार थ्यो र बाहिर बाट ताल्चा लगाइेको थ्यो। भित्र ३ वटा बेडहरु थे। ३ बेडमा नै दुब्ला रोगी जस्ता बिरामी हरु थे। त्यहिभित्र एउटा पातलो पर्दाले घेरेको "चर्पी" थ्यो उनिहरुको लागि। "००३" ले किन उनिहरुलाइ भिन्दै "चर्पी" भनेर सोधी। उनिहरु जेलका "कैदी" हुन् भने पछि उ निकै बेर मौन रही। उसको अनुहारमा प्रश्नहरु एक माथी अर्को आइरहेका थे। र उ थोरै दुखी पनि देखिन्थी।

अस्पताल हेरिसकेपछि सासा र रितु थाइल्यान्ड सङको सीमा हेर्न गये। म होटेलमा फर्किए। च सङ सम्पर्क नभएको केहि दिन भइसकेको थ्यो। धेरै बेर प्रयास गरे उसलाइ फोन गर्ने। लाइन लाग्दै लागेन। दिक्क लागेर म पनि बजार हेर्न गएं। सबै थाइ सामानहरु भएको सानो बजारमा १ घन्टा घुमिरहे। "अपरेसन ००३" ले चिताएको तर पुरा नभएको कुराहरु के के हुन सक्छ भनेर सोचें। साँझ भयो र हामीहरु सबैलाइ प्रोजेक्ट मेनेजरको घरमा खान निम्तो थ्यो। त्यहाँ खाइसकेर होटेल फर्किदाँ ९ बजेको थ्यो। म आफ्नो कोठाभित्र छिरेको मात्र थें, च को फोन आयो।

"कस्तो गार्हो लाइन लाग्नलाइ।" मैले शुरुमै भने च लाइ।

"नेटवर्कको कारण असाध्यै गार्हो छ यहाँ।" उ थाक्या जस्तो सुनिन्थ्यो।

"धेरै ब्यस्त भइस कि क्या हो?" मैले सोधें।

"त्यस्तै भन्नु पर्‍यो। यहाँ अर्को कान्ड मच्चियो।" उसले अर्को जानकारी द्यो छोटो।

"फेरि के कान्ड नि?" मलाइ उत्सुकता जाग्यो।

"के हुनु उहि त हो नि "अपरेसन ००३"।" उ दिक्क भाको जस्तो गर्‍यो।

"के कान्ड गरी र उसले? उ त हामी सङ यात्रा र काममा ब्यस्त छे।" मैले त्यस्तो ठुलो कुरा सोचिन।

"त्यो अस्तिको लेख छ नि? हो त्यसमा नाम पर्नेहरुमा "टाउके" जर्नेलको ज्वाँइको पनि नाम आएछ। अब यो मुद्दा झन् ठुलो भएको छ। जर्नेलको ज्वाँइको बाहिरको ब्यापारमा पनि असर पर्ने भयो रे। त्यसैले उनिहरु "अपरेसन ००३" लाइ कार्बाहि गर्नु पर्ने भनेर माग गर्दैछन्। माथिबाटै दबाब आको छ।" उसले अलि बिस्तार गर्‍ह्यो चुरो कुरा।

"के कार्बाही गर्ने रे ? उ हामीसङै छे त।" मैले उत्सुक्ताबस सोधें।

"आजको निर्णय अनुसार "बिशेष इन्वेस्टिगेसन" शुरु गर्ने "अपरेसन ००३" को लागि भन्ने छ।" च ले भन्यो।

"कस्तो बिशेष इन्वेस्टिगेसन?" मलाइ अझै सोध्न मन लाग्यो।

"पर्सि "अपरेसन ००३" लाइ रङून् एयरपोर्टबाटै सोधपुछको लागि भनेर "अरेस्ट" गरिन्छ अनि त्यसपछि के के हुन्छ त्यो त ठुलाबडाहरु नैं जानुन्।" उसले जे सुनेको त्यहि भन्यो।

"के रे?" मलाइ बिस्वास नैं लागेन च को कुरा र फेरि सोधें।

"कार्बाहीको लागि "अपरेसन ००३" आउनासाथ एयरपोर्टबाटै अरेस्ट हुन्छे। त्यसपछि उसलाइ फिर्ता पठाइन्छ वा जेल पठाइन्छ त्यो उनिहरुले निर्णय गर्छन्। अथवा उसलाइ बेपता पार्न पनि सक्छन्। यहाँ शक्ति भएकाहरुको लागि कसैलाइ बेपता पार्नु कुन ठुलो कुरा हो र?" च ले अरु प्रस्ट्यायो।

"मलाइ त बिस्वास् नैं लागेन।" भन्दै थें च सङ फोनको लाइन प्रस्ट आएन र एक्छिनपछि लाइन आफै काटियो। त्यतिखेर रातिको ९:३० भएको थ्यो।

कुरा यति छिटै बढ्छ भन्ने मैले सोचेको थिन। "अपरेसन ००३" एउटा लेखको कारण आफुलाइ जोखिममा पारेकि थी। यी सबै कुराबाट अनभिग्य उ आज दिँउसो सारै खुशी थी। के अब "००३" को जिबनको अन्त्य पनि नजिक आइसकेको हो? उसले तथ्य लेखेकै कारण सजाँय भोग्नु पर्ने हो? मेरो देशको राजनैतिक ब्यबस्थाले उसको जिबनमा साँचिकै पूर्णबिराम लाइदिने हो? प्रश्नहरुले एकचोटि फेरि मलाइ घेर्न थाले।

क्रमश:

 

 

 

Last edited: 13-Jul-08 05:45 PM
Read Full Discussion Thread for this article