Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101204 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 01-14-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मि जी,
यो कबिताले पनि मन छोयो!

"बस्!
तिमी आवाज देऊ
करोडौ प्रतिध्वनी तिम्रो शंखनादको
हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ
तिम्रो सफलतामा बजेका
करोडौ तालीहरुमध्ये
एक ताली मेरो हुनेछ"

यस्तो साहस दिने कोशेली अर्पिनु भयो, मेरो बधाई छ!
अरु पनि पस्कँदै गरौँ मेरो शुभकामना छ।
:)

:)
 
Posted on 01-14-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_ me क्या मुटु छुने कुरा गर्नु भयो ।
 
Posted on 01-14-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दोस्रो प्रयस स्विकर गर्दिनु होला, गुरु हरुले अझै केहि सलाह दिए आभारि हुने थिये।

समय

समय तिर्खाएछ
रगत त उस्ले मगेको होइन
दिने ले गलत गरेछ्न्

आतंक जुर्मुराएछ्
समय त उस्को दास होइन
स्विकर्ने ले गलत गरेछ्न्

बर्तमान भोकाएछ
आतंक उस्ले मगेको होइन
सहंने ले गलत गरेछ्न्

भविष्य सपंना देखिरहेछ्
बर्तमान त उस्ले मगेको होइन
बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न


sabai ek se ek chan....khai aafno ta samundra ma eeuta macha bhayera jane hola.:)
 
Posted on 01-15-06 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेन्स जी,
राम्रो कविता लेख्नुभो, अरू पनि लेख्दै गर्नु होला।

मास्टर्नी दिदीले गज्जबको क्रान्तिकारी कविता लेख्नुभो, अत्यन्त राम्रो, अरू पनि पढ्न पाउने आशामा छु।
 
Posted on 01-15-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेतु(sense),


आतंक उस्ले मागेको होइन
सहनेले गलत गरेछ्न्

यी हरफहरु राम्रो लाग्यो।

अनि, यो अलि कुरो बुझिएन।

बर्तमान त उस्ले मागेको होइन

लेख्दै गर्नुहोला।
 
Posted on 01-15-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेतना (sense) जी,
कविताको भाव असाध्यै राम्रो लाग्यो । अरुपनि पस्किँदै जानुहोला !
 
Posted on 01-15-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From GautamB

"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।

was in this condition for two days. been attacked by flu virus. duddi aama ko samjana ley jhanei rogi banaiirahecha : (
 
Posted on 01-15-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिन्दगीको अर्को उपलब्धि"

दिनभरि-
साथीहरुसंग भनिरहेँ,
"मेले पिउन छाडेँ!"
अथवा
"म अचेल
एकदम, एकदम, एकदम
कम पिउन थालेको छु!"
र सुत्नु अघि अचानक थाहा पाएँ
खाली शिशीहरुको मेरो संग्रहमा
एउटा अर्को 'फुच्चे बोतल' पनि थपिएछ;
शायद यो पनि-
जिन्दगीको अर्को उपलब्धि हो कि?

From GautamB. I am right now in this situation. sick and the notstalgia of my old mother is beating my heart
 
Posted on 01-15-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भविष्य सपंना देखिरहेछ्
बर्तमान त उस्ले मगेको होइन
बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न "

सेन्स जी, धेरै राम्रो छ।

दादा, अहिलेको यो नसोचेको परिस्थिती नमागेको भन्नखोज्नु भएको हो कि सेन्स जी ले जस्तो लाग्छ मलाइ।

लालुपाते जी, ठिक भन्नुभो। मलाई पनि हिजो गौतम गुरुको यो 'रक्सि' को कबिता हेर्दा त्यस्तै अनुभव भएको थियो। तर तुरन्तै गौतम गुरुले कबिता लेख्नु भन्दा पहिला लेखेको हरफहरु पढेँ, मन शान्त भयो। एक दिन सबै बादल फाट्ने कुरामा म आशावादी भएँ। वहाँले लेख्नु भएको हरफ राख्दै छु है त -

एक ताका मेरो जिन्दगीमा पनि बिजुली पानीको बाढी आएको थियो। साथमा चरम निराशा र एक्लोपनाको अनुभूति पनि थियो। अहिले त्यो क्षण सुदूर अतीतको सपना जस्तो लाग्छ।

नआत्तिनोस, अहिलेको समय पनि पछि "सुदूर अतीतको सपना" बन्ने छ।
:)
 
Posted on 01-15-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रा र लक्ष्य -

बिस्तारै, घस्रँदै घस्रँदै
सुकेको ओठमा जिब्रो फिराउँदै,
ठेस लागेर रक्तयाम्म खुट्टा हरु,
घिच्च्याउँदै,
घाऊमा भन्भनाउने सयौँ
झिङ्गाहरुलाई ढपाउँदै,
र हजारौँ औँसाहाहरुमा
दिग्बिगाउँदै,
मेरो पाईला सफलता तिर जाँदैछ रे!

अनकण्टार मरुभूमिमा
पानी खान नपाएर,
प्याक प्याक घाँटी सुकाउँदै,
कहिले आफूलाई लडाउँदै,
कहिले आफूलाई उठाउँदै,
सिउँडिका काँडाहरुले
मलाई छिया छिया पार्दा,
कुन्ज तिर मैले एक पाइला बढाएँ रे!

कुहिएको मेरो फोक्सोमा
तितो धुवाँ भर्दै,
बिषाक्त मेरो रगतमा
अझै बिष थप्दै,
बटारिएको मेरो आन्द्रालाई
झन गाँठो पार्दै,
कुंजिएको मेरो शरिर,
स्वर्गिय बिश्राम तिर लम्कँदै छ रे!

बिहानीको सिरेटोमा
नाङ्गै लुग लुग काम्दै
मध्यान्नको प्रचण्ड घाममा
पसिनाले शरिर भिजाउँदै
कहिले एक्लै,
बेहोशीमा बर्बराउँदै
कहिले त्रासपूर्ण कोलाहलले
कानको जाली फुटाउँदै
रात पर्दै जाँदा,
मेरो पाइला शान्ती तिर बढ्दैछ रे!

 
Posted on 01-16-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी असाध्यै रम्रो लगयो तपाईका भाव हरु

दादा जी को प्रश्न को लगी धन्यबाद

भविष्य सपंना देखिरहेछ्
बर्तमान त उस्ले मगेको होइन
बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न "



मैले भविष्य र बर्तमान को परीपुरक्ता दर्शाउन खोजेको थीए ति हरफ हरु मा। जहा बर्तमान ले नै भविष्य को पथ निर्क्योल गर्छ।

सार्है abstract भएछ क्यारे।।शुधार गर्दै लने छु ।

सेन्स
 
Posted on 01-18-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देशले साम्राज्यनै खडा गर्न आँटिसकेछ। म मात्रै पछाडि परेको रहेछु।
माष्टर्नी नानी (माफ पाऊँ, चौतारीको यो नाम सजिलो लाग्छ मलाई), तपाईँको आशावादले भरिएको कविता पढ्न पाऊँदा खुशी लागेको छ। अरु पनि पढ्न पाईयोस। जिम्माल र चेतनालाई पनि धेरै धेरै धन्यवाद। अब लालुपातेजी र दादाबाट पनि कविताको माग गरौँ हामी।

अध्ययन ब्यस्तता बीच नया लेख्न सकिरहेको छैन मैले चाहिँ अचेल। देशमा झन झन बढिरहेको निरंकुशताको आगोले यहिसम्म आएर पोलिरहेको छ मलाई। त्यसैले विश्वविद्यालय जीवनमा लेखेको यो एउटा मुक्तक राख्दैछु आज।

"प्रश्न"

कागजका प्वाँख टाँसेका यी मुजुरहरु
चासो दिँदैनन् यीनले जनताका उजूरहरु
मान्छे हो ! बेला भएन र संग्रहालयमा थन्क्याउने?
यी 'गजूर' लाएका 'हजुर'हरु ।
 
Posted on 01-18-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र यो पनि, पुरानै।

"संकल्प"

क्षितिजमा देखिएको पहेंलो
मेरै दिन हो,
यी ठडिएका हातहरु
मेरै स्वागतमा उठेका हुन्,
उ त्यो पल्लो मोडमा फहराइरहेको
मेरै झण्डा हो;
अब मैले-
निलो आकाश ढाकेर बसेका
यी भद्दा पर्दाहरु च्यात्नु छ,
कुरुपताको यो फोहरी जन्तीलाई
त्यसकै मलामीमा बदल्नु छ,
मलाई-
कुरुप वर्तमानसंग घृणा छ,
हो मलाई-
कुरुपतासंग निर्मम बदला लिनु छ।
 
Posted on 01-18-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइ हरुले दिएको उत्साहको लागि धेरै धेरैधन्यबाद। अब यो अर्को पनि अलिक फरक ,,,,,,,,,,, ( चित्रेभाइ! मैनालाइ यसो भन्दा कसो होला?)




सुसेली- तिम्रो आवाज

मेरो आँखा भित्र,
तिम्रो संसार सजिएको बेला
सपना मेरा अधूरा हुनसक्छन
भावना तिम्रा अपूरा हुनसक्छन

किनकि,
हाम्रो आँखाले सपना फरक देख्नसक्छ
हाम्रो आकांक्षा फरक हुनसक्छ
यो परिवेश हो
समयले फरक गराउन सक्छ।

त्यसैले,
तिम्रो आँखाको ज्योति
जो मेरो लागि बलिरहेछ
तिम्रा मायालू हातहरु
जो मेरो लागि फैलिरहेछ
तिम्रो त्यो स्पन्दन
जो मेरो लागि धड्किरहेछ।

त्यहि ज्योति को कसम !!
हात अनि मुटुको कसम !!
कत्ति बिचलित नहुनु पृय!
म देखाउन सक्दिन तर
यो मुटुमा भरिएको तस्विर तिम्रैहो
म ब्याख्या गर्न सक्दिन तर,
यो मनसपटमा कोरिएको आकृति तिम्रैहो।

अब्यक्त मेरा भावना ,
एकान्तमा गुनगुनाए भने
नभुल्नू तिमी सुन्न
कतै मेरा भावनाहरुमा तिम्रो शब्द हुनसक्छ
मेरो सुसेलीहरुमा तिम्रो आवाज भेटिनसक्छ।।
 
Posted on 01-18-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद गौतम जी!मलाइ पनि यो नाम मन परेकोछ।अनि यो टुक्रा नाम भन्दा बढि----------------
'''''''''निलो आकाश ढाकेर बसेका
यी भद्दा पर्दाहरु च्यात्नु छ,
कुरुपताको यो फोहरी जन्तीलाई
त्यसकै मलामीमा बदल्नु छ,
मलाई-
कुरुप वर्तमानसंग घृणा छ,
हो मलाई-
कुरुपतासंग निर्मम बदला लिनु छ।'''''''
,
 
Posted on 01-18-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
तितो वर्तमान को मिठो प्रस्तुती!! :) साह्रै मन पर्यो

माष्टरनी नानी , धन्य छन ति सबै जसलाई तपाईँले सबै कबितामा साहस दिँदै हुनुहुन्छ। :) राम्रो छ!

अब सबैको कबिता र भाव हेर्दा मेरो के टाँस्नु जस्तो लाग्यो, तै पनि कसैलाई धन्यवाद् दिनै पर्ने भयो त्यसैले यो टाँस्दै छु।

म अनुग्रहित छु’

कहिल्यै नसुल्झिएका गाँठोहरु फुकाउन
म तल्लिन थिएँ।
कहिल्यै नभेटेको उपलब्धिहरु
म खोज्दै थिएँ।
केलाउँदै थिएँ म,
अहिले सम्मका हरेक यात्राका हिसाबहरु।

मैले बिताएका अनेक रातहरुको
म मूल्य खोज्दै थिएँ।
धेरै गरेँ मैले यो संसारमा परिश्रम,
धेरै बगाएँ पसिना
अनि धेरै आँशु पनि
मेरो जिवनको सार म खोज्दै थिएँ।
अझै दौडँदै थिएँ,
कुनै अपरिचित गन्तव्य तिर।

बाटोमा भेटिएका कयौँ मान्छेहरुलाई,
स्वार्थबस, मेरो मानसपटलबाट
फाल्दै थिएँ।
यात्राका धेरै बाधाहरुलाई पन्छाएकोमा,
म हाँस्दै थिएँ।
र गन्तव्यको टुङ्गो नलागेकोमा
म रुँदै पनि थिएँ।

हरियालीले मेरो आँखा खान्थ्यो,
गितले मेरो कान पकाउँथ्यो।
साथको मलाई बिश्वास थिएन,
र ‘बिश्वास’ मेरो शब्दकोशमै थिएन।
तर आज!
सब बद्लियो तिम्रो आगमनले!

जीवन यात्रा कति सरल देख्दैछु म
आँशु र पिडालाई भुल्दैछु म
अहो! गित सुन्दैछु म
कतै नाँच्दै हरियाली हेर्दैछु म

अचानक,
सबै मित्र सबै आफन्त।
गुनासोहरु अब केहि रहेनन्;
बिश्वासले अब म बेरिएको छु।
जीवन यात्रा प्यारो लाग्दै छ,
अर्को कुनै लक्ष छैन अब;
अर्को कुनै धेय छैन अब।

मलाइ मेरो जिवन चिनाउने
हे ‘सुकुमारी’!
के दिउँ तिमीलाई उपहार?
यो जिवन त अब तिम्रै हो!
लैजाऊ यो धरती अनि यो आकाश!
यो धरतीभरि मैले छरेका धन्यवाद्हरु!
केवल तिमीलाई।
यो आकाशभरी मेरो बोलि गुन्जिँदै छ
र भन्दै छ ‘म अनुग्रहित छु’!

 
Posted on 01-18-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Kavis & Kaviyatris:

Many thanks for sharing such an excellent penmanship with us.

Especially to you, Gautam B and Birkhe Maila for your awesome Kavitas. "Swachaleet Behosh Haathmaa Bajirahaycha Damaru", that is great.... I like Saharko ek din and my beloved "Illamko Yaadma." Thanks Gautam B.

Birkhe Maila, what can I say more of "Mero Gaon", each word tells the story.

Awesome...

HD
 
Posted on 01-19-06 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमड्रमजी, कविताको देशमा स्वागत छ र प्रोत्साहनका शब्दहरुका लागि हार्दिक धन्यवाद। लेख्ने कोशिशमा जन्मेका कविताहरु हुन् यी र तपाईँहरुबाट प्रोत्साहन र सुझाव मिलिरहे सुधार गर्दै लान सकिएला भन्ने आशा छ।
तपाईँका कविताहरु पनि पढ्न पाउने आशा छ।
 
Posted on 01-19-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता मन पराइदिनु भएकोमा धन्यवाद् हमड्रम जी, तपाईको कबिता पनि पढ्न पाउँ है?
:)
 
Posted on 01-19-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
यति सुन्दर कविता मेरो लागि लेखिदिनु भएकोमा धेरै धेरै धन्यवाद है।

अनि गोतामे जी र बिर्खे दाइको कविता पनि राम्रो लाग्यो।

अरू पनि लेख्दै गर्नुहोला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters