Posted by: Gautam B. January 18, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
र यो पनि, पुरानै। "संकल्प" क्षितिजमा देखिएको पहेंलो मेरै दिन हो, यी ठडिएका हातहरु मेरै स्वागतमा उठेका हुन्, उ त्यो पल्लो मोडमा फहराइरहेको मेरै झण्डा हो; अब मैले- निलो आकाश ढाकेर बसेका यी भद्दा पर्दाहरु च्यात्नु छ, कुरुपताको यो फोहरी जन्तीलाई त्यसकै मलामीमा बदल्नु छ, मलाई- कुरुप वर्तमानसंग घृणा छ, हो मलाई- कुरुपतासंग निर्मम बदला लिनु छ।
Read Full Discussion Thread for this article