[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Baburam With His Mother's Obituary

[Please view other pages to see the rest of the postings. Total posts: 127]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 39737 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 03-06-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This article by Baburam Bhattarai is very touching.

- http://www.kantipuronline.com/Nepal/aanubhuti.php

शहीद सप्ताहमा आमाको निधनको खबर

'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' आमा भन्नुहुन्थ्यो

डा बाबुराम भट्टराई

फागुन १४ देखि २१ ग्ातेसम्म हामी नेपाली क्रान्तिका महान् शहीदहरूको सम्झनामा बर्सेनि शहीद सप्ताह मनाउने गर्दछौँ । त्यसैले यो अवधि हामी क्रान्तिकारीहरूका निम्ति वैचारकि मात्र नभएर भावनात्मक महत्त्वको पनि रहने गर्दछ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलदेखि केही महिनाअघि मात्र शहीद हुनुभएका किमबहादुर थापा -कमरेड सुनील) र अहिले दिनहुँजसो विशेषतः लुम्बिनी अञ्चलका भिडन्तहरूमा शहीद हुने योद्धाहरूको स्मृतिमा हामी भावविभोर हुने गर्दछौँ । ती शहीदका परविारहरूको पीडा र त्यसभन्दा पनि बढी बेपत्ता पारएिका परविारहरू र घाइते तथा अपाङ्ग हुनेहरूको पीडा सम्झेर हामी भावनात्मक रूपले तरङ्गित हुने गर्दछौँ । त्यो बृहत् स्मृति र भावनात्मक तरङ्गको सागरमा यसपटक मलाई व्यक्तिगत रूपमा जन्म दिने आमाको निधनको दुःखद समाचारले विशेष तरङ्गित बनाएको छ ।

गत फागुन १६ गते रातीका अन्तिम पलहरूमा आमा धर्मकुमारी भट्टराईको निधन भएको रहेछ । मैलेचाहिँ १७ गते दिउँसो १२ बजेतिर मात्रै अध्यक्ष कमरेड प्रचण्डबाट त्यसको जानकारी पाएँ । खबर पहिले पार्टीको च्यानलबाट नै हेडक्वार्टरमा आएको रहेछ । पछि केही पत्रकार मित्रहरूबाट पनि थाहा लाग्यो । मलाई व्यक्तिगत रूपमा गम्भीर चोट पुग्नु स्वाभाविक हुन्थ्यो नै । किनभने, म अझै बूढो हुन लागे पनि ८० वषर्ीय आमाले मलाई सधैँ बालकै ठान्नुहुन्थ्यो र मेरा बारेमा स-साना कुरामा असाध्यै चिन्तित हुनुहुन्थ्यो । जहिले पनि, 'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' भन्नुहुन्थ्यो । फेर िमेरो मनोविज्ञान कस् तो अनौठो छ भने केही ठूलो घटना हुनुपूर्व अकस्मात् मन-मस्तिष्कमा त्यसको पूर्वाभासजस्तो अन्तःप्रज्ञा प्राप्त हुने गर्दछ । त्यस दिन बिहान पनि आमा भेट भएमा के भन्नुहोला र के जवाफ दिउँला भन्ने पूर्वकल्पना गर्दै थिएँ र मनमनै भन्दै थिएँ, "आमा, अब कमसेकम पाँच वर्ष बाँचिदिनुहोला ।" तर, आमा गइसक्नुभएको रहेछ । त्यसैले खबर सुन्नेबित्तिकै बुबाको झन् बढी चिन्ता लाग्यो र अनेक कोसिस गरेर उहाँलाई फोन गरेँ । आफ्नो मन बाँधेर ७६ वषर्ीय बुबालाई सान्त्वना दिने मेरो प्रयत्न थियो । तर, उल्टो भइदियो । 'केही मिनेट पहिलेसम्म पनि एउटै अन्तिम इच्छा बाबुरामलाई भेट्न पाइनँ भन्दै थिइन्' भन्ने बुबाको भनाइले म पूरै ध्वस्त भएँ । मेरो बोली नै बन्द भयो । बल्लतल्ल सम्हालिने कोसिस गरेँ । त्यसो त मेरो ज्योतिषले जुराएको न्वारानको नाउँ मुक्तिको सट्टा बाबुराम राखिनुका पछाडि पनि त्यही आमाको ममता कारण थियो भन्ने मैले सुनेको थिएँ । जेहोस्, जीवनभर आमासँग मेरो विशेष सम्बन्ध रह्यो । आमाले अन्तिम घडीसम्म त्यो कायम राख्नुभयो । मैलेचाहिँ सकेँ कि सकिनँ, भविष्यले मात्र बताउला ।
 
Posted on 03-06-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त हामी क्रान्तिकारीहरूले हजारौँ र लाखौँ बा-आमाहरूको चिन्ता र चासो लिनुपर्ने हुन्छ, आफ्नै जन्मदाता बाबु-आमाहरूको मात्र विशेष चिन्ता लिन हामीले मिल्दैन । तैपनि, आफ्नै बूढा बा-आमाहरूले जुन दुःखकष्ट र पीडाको जीवन बिताउनु पररिहेछ, त्यो अत्यन्तै मार्मिक छ । जीवनबीमाको नाउँमा छोराछोरी मात्र भएका तर ती छोराछोरीले पनि बुढेसकालमा हेरचाह नगरेका वा गर्न नसकेका ती बूढा बा-आमाहरूको श्रापले हाम्रो पूरै समाजलाई ध्वस्त पो पार्छ कि भन्ने अनुभूति अक्सर मलाई हुनेगर्छ । जीवनभर छोराछोरीको भविष्य भनेर रगतपसिना बगाउने तर बुढेसकालका तिनै छोराछोरीले उपेक्षा गर्ने, अनि राज्य र समाजले तिनको हेरचाह र सुखसुविस्ताको कुनै व्यवस् था नगर्ने भएपछि ती बूढाबूढी कसरी बाँच्ने ? तिनलाई तड्पाई मार्नु हामी सबैको सामूहिक अपराध होइन त ?

म्ालाई पनि आज आमाको निधनको खबर सुन्दा आत्मग्लानिले अत्यन्त सताइरहेको छ । सामूहिक हितका निम्ति हामी क्रान्तिकारी आन्दोलनमा छौँ तर घरघरमा हाम्रै आमाबाबु तड्पिई मररिहेछन् । सायद क्रान्ति सम्पन्न भएपछि वृद्धवृद्धाहरूको विशेष व्यवस्था गर्नेछौँ भनेर हामीले चित्त बुझाउनुपर्ला । तर, मलाईचाहिँ बुढेसकालमा आफ्ना बाबु-आमालाई पटक्कै केही गर्न नसकेकोमा असाध्यै ग्लानि भइरहेछ । आमा बिरामी परेर बेलामा अस्पताल पुर्‍याउन नसक्दा र अस् पतालमा उपचार भएपछि पनि पैसा तिर्न नसकेर चिनेका डाक्टर साथीहरूले दया गरेर फिस माफी गरििदएको सुन्दा मलाई असाध्यै आत्मग्लानि हुन्छ । तर, मसँग तत्काल ती डाक्टर साथीहरूलाई हृदयैदेखि कृतज्ञता ज्ञापन गर्नुबाहेक कुनै सहारा नभएको देखेर आफैँदेखि दिक्क लाग्छ । जब म आफ्नो बालककाल सम्झन्छु, गाउँमा बा-आमाले गरेको दुःख सम्झेर लाजले शिर निहुर्‍याउँछु । कहिलेकाहीँ हामी त संयोगले मात्र बाँचेर हुर्केका हौँ भन्ने लाग्छ । हामी सानो छँदा बा-आमा सधैँ खेती-किसानीमा व्यस्त हुनुहुन्थ्यो । चौबीसै घण्टा गाउँ र बेसी धाइरहनुहुन्थ्यो । आफैँ खेतीपाती गर्ने, गाईभैँसी पाल्ने, उहाँहरूले कहिल्यै आराम गरेको मैले देखिनँ । आफूले त्यत्रो दुःख गरेर हामी छोराछोरीलाई पढाउनुभयो, सायद बुढेसकालमा पाल्छन् भनेर । तर, हामी हुक्र्यौं, पढ्यौँ, आ-आफ्नो दुनियाँमा लाग्यौँ, उहाँहरूबाट भएजति र पाएसम्म सबै लियौँ तर केही दिएनौँ । यो के न्याय भयो ?

आमा सायद केही वर्ष अरू बाँच्नुहुन्थ्यो । तर, उहाँ असाध्यै स्वाभिमानी र केही हठी महिला हुनुहुन्थ्यो । उहाँ निरक्षर भए पनि आफ्नै सर्तमा जीवन बाँच्नुहुन्थ्यो । जीवनमा उहाँले निकै ठूला सङ्घर्षहरू गर्नुभएको थियो । उहाँले सङ्घर्ष नगरेको भए हाम्रो घरखेत गाउँका जालीफटाहाले सायद सबै हडप्थे । तर, पछि उहाँले सङ्घर्ष गरेर पनि घरमा भनेजस् तो वातावरण बनाउन सक्नुभएन । उहाँले हरेस खानुभयो र छिटो यस संसारबाट बिदा लिनुभयो ।

मेरा बा र आमाको सम्बन्धबाट मलाईचाहिँ ठूलो पाठ मिलेको छ । उहाँहरूको स्वभाव ठीक उल्टो तर एकअर्काका पूरक । आमा बहिर्मुखी, लडाकू, विद्रोही तर बुबाचाहिँ अन्तर्मुखी, शान्त, शालीन । सायद विपरीतहरूको एकत्त्वको सुन्दर नमुना थियो त्यो । ममा कसको गुण बढी छ, त्यो अरूले मूल्याङ्कन गर्ने कुरा हो । तर, म आफूलाई चाहिँ आमाको विद्रोही र लडाकू स्वभाव अलिक बढी प्राप्त गर्न पाएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्छ । सायद त्यो हाम्रो आफ्नो हुने कुरा पनि भएन । तर, आमाले अन्त्यसम्म सबैसँग र स् वयम् आफैँसँग विद्रोह गरेर मर्नुभयो । त्यसबाट मैले केही प्रेरणाचाहिँ लिनैपर्छ भन्ने लागेको छ । त्यो विद्रोह व्यक्तिगत स्वार्थनिम्ति नभएर सामूहिक स् वार्थनिम्ति होओस्, त्यही मात्र थप कामना गर्दछु ।

तनहुँको पुरकोट गाउँमा जन्मेर र गोरखाको बेलबास गाउँमा जीवन यापन गरेर आमा अब सदाका निम्ति जानुभयो । तर, उहाँले हामीलाई जुन प्रेरणा, भावना र विचार छोडेर जानुभएको छ, त्यसले सबै बूढा बा-आमाहरूको उद्दार गर्ने क्रान्ति देशमा ल्याउन सक्यो भने मात्र उहाँको सपना साकार हुनेछ । जन्म दिने आमाको अन्तिम अवस्थामा सेवा गर्न नसके पनि सबै शोषित-पीडित आमाहरू र ती सबैका आमा नेपाल आमाको सेवा गर्न सकूँ । आमाको स् मृतिमा यही अन्तिम कामना र श्रद्धाञ्जली अर्पण गर्दछु ।
 
Posted on 03-06-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It does hurt when it strikes close to you, huh?
Well, at least his mother died of natural causes.
What about hundreds of mothers and fathers he has killed?
For all I care, he can burn in hell.
 
Posted on 03-06-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

His article clearly indicates his personnal importance. What about general people who have faced death of their relatives everyday by the maoist but not by the regular death like baburam's mom? His article reveals that his communist mind is no more different than the present political people. If they are like present political personnal, they are just using their army to kill general public for alternative way to gain political power?
SHAME ON MAOIST!
 
Posted on 03-06-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyehi Bhanya....Bhaate Chor.....Yesle Balla Bujhechha???? Yesta Bhaate Ko K Kura Garnu....Kira Parerai Marchha Yo...Marnu Pani Paryo Ni....Natra Ta Hajaar Aatma Le Kasari Sukha Paaune....
 
Posted on 03-06-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुख परेको बेला शत्रुलाई पनि Help गर्नु पर्छ भन्ने हामीले कहिले बुझ्ने होला

P.S. I despise maoists.
 
Posted on 03-06-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with you Hurry,Nepalean.

Baburam is worried about his father when his mother dies. What about the small children whose parents have been killed by his people???? What about the newely wedded girls who have married with a dream of starting a family, but become bidhawa the next day??? What about the old people whose young sons and daughters were killed in front of them.

His mother died, it was her age, she lived her life and there was nothing remaining (except counting the no. of people his son and his group kills) in her life, but Baburam has killed lots of people who still had to do lots in their life.

I have no sympathy to Baburam however May the departed soul rest in peace.
 
Posted on 03-06-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry
Hurry- Hurray
 
Posted on 03-06-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
I agree with hurray and meeraneera.
Balla Baburam lai chetana aayo ki afno manchhe marda kasto hudo rahechha bhanera.
Timi haru le kayeu nirdosh manchhe maarera kati bachha haru lai tuhuro banayeko chhau tesko mulyankan gara ani thaha hunchha reality !

I have also no sympathy to Baburam however May the departed soul rest in peace.

Cheers,
 
Posted on 03-06-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो राम्रो बानी दु:ख parya बेला ठीक्क भो भन्ने

"An eye for an eye makes whole world blind" - M.K. Gandhi
 
Posted on 03-06-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be if people say "ठीक्क भो" to him, he will realize what he's done to other people. But what to expect from राख्क्षेस like him?
 
Posted on 03-06-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A devil like Baburam will only realize the extent of what he has done after he looses all his family members.
-Shiv
 
Posted on 03-06-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Gwajo!.....Tyetro Nepali Marda Chahi Uniharuko Pariwaar Laai Chahi Dukha Bhayena Hola???? Kasto Kura Garchhau Yaar Timi???? Usko Maanchhe Maatra Maanchhe...Aruko Chahi Khoya??? Uslaai Maatra Dukha Hune....Arulaai Pheri Khoya??? Ali Milne Kura Garana Keta......
 
Posted on 03-06-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hurray Ra Shiv Dekhera malai Ghin Lagyo ! Shame on you for your childish analysis and language.
 
Posted on 03-06-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Turbulence,
15,000 lives have been lost and you have not lost anyone from your family or know anyone who is "killed" by this rakshas. Thats why you feel for this guy. Wait another 10 years when you will loose your family, friends and neighbors then you will realize and feel the same way.
-Shiv
 
Posted on 03-06-06 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Of Course Turbulence, timi jasto Maoists sympathizer lai, ma ra Shiv dekhi ghin na lagye, Babu Ram ra Prachanda dekhi ghin lagcha ta, hoina ta?
 
Posted on 03-06-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyehibhanya.....
 
Posted on 03-06-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Hurray Bhanne Keta ta Govinda Raj Joshi Ko Putra Dinesh Jasto Lagchha Malai. That guy was terribly irritating.
 
Posted on 03-06-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Turbulence,
You can stop your speculation about my identity as you will never get there. And you finding me "Terribly Irritating" because I put-forth my opinion in this thread which apparently you did not seem to agree with just shows the degree of acceptance in your attitude towards things that are different.
 
Posted on 03-06-06 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whatever the reason is...

MOTHER IS MOTHER,

--------------

Let her soul rest in peace and also those 15 thousand innocent souls.
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters