Posted by: Ignitor March 6, 2006
Baburam With His Mother's Obituary
Login in to Rate this Post:     0       ?        
This article by Baburam Bhattarai is very touching. - http://www.kantipuronline.com/Nepal/aanubhuti.php शहीद सप्ताहमा आमाको निधनको खबर 'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' आमा भन्नुहुन्थ्यो डा बाबुराम भट्टराई फागुन १४ देखि २१ ग्ातेसम्म हामी नेपाली क्रान्तिका महान् शहीदहरूको सम्झनामा बर्सेनि शहीद सप्ताह मनाउने गर्दछौँ । त्यसैले यो अवधि हामी क्रान्तिकारीहरूका निम्ति वैचारकि मात्र नभएर भावनात्मक महत्त्वको पनि रहने गर्दछ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलदेखि केही महिनाअघि मात्र शहीद हुनुभएका किमबहादुर थापा -कमरेड सुनील) र अहिले दिनहुँजसो विशेषतः लुम्बिनी अञ्चलका भिडन्तहरूमा शहीद हुने योद्धाहरूको स्मृतिमा हामी भावविभोर हुने गर्दछौँ । ती शहीदका परविारहरूको पीडा र त्यसभन्दा पनि बढी बेपत्ता पारएिका परविारहरू र घाइते तथा अपाङ्ग हुनेहरूको पीडा सम्झेर हामी भावनात्मक रूपले तरङ्गित हुने गर्दछौँ । त्यो बृहत् स्मृति र भावनात्मक तरङ्गको सागरमा यसपटक मलाई व्यक्तिगत रूपमा जन्म दिने आमाको निधनको दुःखद समाचारले विशेष तरङ्गित बनाएको छ । गत फागुन १६ गते रातीका अन्तिम पलहरूमा आमा धर्मकुमारी भट्टराईको निधन भएको रहेछ । मैलेचाहिँ १७ गते दिउँसो १२ बजेतिर मात्रै अध्यक्ष कमरेड प्रचण्डबाट त्यसको जानकारी पाएँ । खबर पहिले पार्टीको च्यानलबाट नै हेडक्वार्टरमा आएको रहेछ । पछि केही पत्रकार मित्रहरूबाट पनि थाहा लाग्यो । मलाई व्यक्तिगत रूपमा गम्भीर चोट पुग्नु स्वाभाविक हुन्थ्यो नै । किनभने, म अझै बूढो हुन लागे पनि ८० वषर्ीय आमाले मलाई सधैँ बालकै ठान्नुहुन्थ्यो र मेरा बारेमा स-साना कुरामा असाध्यै चिन्तित हुनुहुन्थ्यो । जहिले पनि, 'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' भन्नुहुन्थ्यो । फेर िमेरो मनोविज्ञान कस् तो अनौठो छ भने केही ठूलो घटना हुनुपूर्व अकस्मात् मन-मस्तिष्कमा त्यसको पूर्वाभासजस्तो अन्तःप्रज्ञा प्राप्त हुने गर्दछ । त्यस दिन बिहान पनि आमा भेट भएमा के भन्नुहोला र के जवाफ दिउँला भन्ने पूर्वकल्पना गर्दै थिएँ र मनमनै भन्दै थिएँ, "आमा, अब कमसेकम पाँच वर्ष बाँचिदिनुहोला ।" तर, आमा गइसक्नुभएको रहेछ । त्यसैले खबर सुन्नेबित्तिकै बुबाको झन् बढी चिन्ता लाग्यो र अनेक कोसिस गरेर उहाँलाई फोन गरेँ । आफ्नो मन बाँधेर ७६ वषर्ीय बुबालाई सान्त्वना दिने मेरो प्रयत्न थियो । तर, उल्टो भइदियो । 'केही मिनेट पहिलेसम्म पनि एउटै अन्तिम इच्छा बाबुरामलाई भेट्न पाइनँ भन्दै थिइन्' भन्ने बुबाको भनाइले म पूरै ध्वस्त भएँ । मेरो बोली नै बन्द भयो । बल्लतल्ल सम्हालिने कोसिस गरेँ । त्यसो त मेरो ज्योतिषले जुराएको न्वारानको नाउँ मुक्तिको सट्टा बाबुराम राखिनुका पछाडि पनि त्यही आमाको ममता कारण थियो भन्ने मैले सुनेको थिएँ । जेहोस्, जीवनभर आमासँग मेरो विशेष सम्बन्ध रह्यो । आमाले अन्तिम घडीसम्म त्यो कायम राख्नुभयो । मैलेचाहिँ सकेँ कि सकिनँ, भविष्यले मात्र बताउला ।
Read Full Discussion Thread for this article