Posted by: Ignitor March 6, 2006
Baburam With His Mother's Obituary
Login in to Rate this Post:     0       ?        
त्यसो त हामी क्रान्तिकारीहरूले हजारौँ र लाखौँ बा-आमाहरूको चिन्ता र चासो लिनुपर्ने हुन्छ, आफ्नै जन्मदाता बाबु-आमाहरूको मात्र विशेष चिन्ता लिन हामीले मिल्दैन । तैपनि, आफ्नै बूढा बा-आमाहरूले जुन दुःखकष्ट र पीडाको जीवन बिताउनु पररिहेछ, त्यो अत्यन्तै मार्मिक छ । जीवनबीमाको नाउँमा छोराछोरी मात्र भएका तर ती छोराछोरीले पनि बुढेसकालमा हेरचाह नगरेका वा गर्न नसकेका ती बूढा बा-आमाहरूको श्रापले हाम्रो पूरै समाजलाई ध्वस्त पो पार्छ कि भन्ने अनुभूति अक्सर मलाई हुनेगर्छ । जीवनभर छोराछोरीको भविष्य भनेर रगतपसिना बगाउने तर बुढेसकालका तिनै छोराछोरीले उपेक्षा गर्ने, अनि राज्य र समाजले तिनको हेरचाह र सुखसुविस्ताको कुनै व्यवस् था नगर्ने भएपछि ती बूढाबूढी कसरी बाँच्ने ? तिनलाई तड्पाई मार्नु हामी सबैको सामूहिक अपराध होइन त ? म्ालाई पनि आज आमाको निधनको खबर सुन्दा आत्मग्लानिले अत्यन्त सताइरहेको छ । सामूहिक हितका निम्ति हामी क्रान्तिकारी आन्दोलनमा छौँ तर घरघरमा हाम्रै आमाबाबु तड्पिई मररिहेछन् । सायद क्रान्ति सम्पन्न भएपछि वृद्धवृद्धाहरूको विशेष व्यवस्था गर्नेछौँ भनेर हामीले चित्त बुझाउनुपर्ला । तर, मलाईचाहिँ बुढेसकालमा आफ्ना बाबु-आमालाई पटक्कै केही गर्न नसकेकोमा असाध्यै ग्लानि भइरहेछ । आमा बिरामी परेर बेलामा अस्पताल पुर्‍याउन नसक्दा र अस् पतालमा उपचार भएपछि पनि पैसा तिर्न नसकेर चिनेका डाक्टर साथीहरूले दया गरेर फिस माफी गरििदएको सुन्दा मलाई असाध्यै आत्मग्लानि हुन्छ । तर, मसँग तत्काल ती डाक्टर साथीहरूलाई हृदयैदेखि कृतज्ञता ज्ञापन गर्नुबाहेक कुनै सहारा नभएको देखेर आफैँदेखि दिक्क लाग्छ । जब म आफ्नो बालककाल सम्झन्छु, गाउँमा बा-आमाले गरेको दुःख सम्झेर लाजले शिर निहुर्‍याउँछु । कहिलेकाहीँ हामी त संयोगले मात्र बाँचेर हुर्केका हौँ भन्ने लाग्छ । हामी सानो छँदा बा-आमा सधैँ खेती-किसानीमा व्यस्त हुनुहुन्थ्यो । चौबीसै घण्टा गाउँ र बेसी धाइरहनुहुन्थ्यो । आफैँ खेतीपाती गर्ने, गाईभैँसी पाल्ने, उहाँहरूले कहिल्यै आराम गरेको मैले देखिनँ । आफूले त्यत्रो दुःख गरेर हामी छोराछोरीलाई पढाउनुभयो, सायद बुढेसकालमा पाल्छन् भनेर । तर, हामी हुक्र्यौं, पढ्यौँ, आ-आफ्नो दुनियाँमा लाग्यौँ, उहाँहरूबाट भएजति र पाएसम्म सबै लियौँ तर केही दिएनौँ । यो के न्याय भयो ? आमा सायद केही वर्ष अरू बाँच्नुहुन्थ्यो । तर, उहाँ असाध्यै स्वाभिमानी र केही हठी महिला हुनुहुन्थ्यो । उहाँ निरक्षर भए पनि आफ्नै सर्तमा जीवन बाँच्नुहुन्थ्यो । जीवनमा उहाँले निकै ठूला सङ्घर्षहरू गर्नुभएको थियो । उहाँले सङ्घर्ष नगरेको भए हाम्रो घरखेत गाउँका जालीफटाहाले सायद सबै हडप्थे । तर, पछि उहाँले सङ्घर्ष गरेर पनि घरमा भनेजस् तो वातावरण बनाउन सक्नुभएन । उहाँले हरेस खानुभयो र छिटो यस संसारबाट बिदा लिनुभयो । मेरा बा र आमाको सम्बन्धबाट मलाईचाहिँ ठूलो पाठ मिलेको छ । उहाँहरूको स्वभाव ठीक उल्टो तर एकअर्काका पूरक । आमा बहिर्मुखी, लडाकू, विद्रोही तर बुबाचाहिँ अन्तर्मुखी, शान्त, शालीन । सायद विपरीतहरूको एकत्त्वको सुन्दर नमुना थियो त्यो । ममा कसको गुण बढी छ, त्यो अरूले मूल्याङ्कन गर्ने कुरा हो । तर, म आफूलाई चाहिँ आमाको विद्रोही र लडाकू स्वभाव अलिक बढी प्राप्त गर्न पाएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्छ । सायद त्यो हाम्रो आफ्नो हुने कुरा पनि भएन । तर, आमाले अन्त्यसम्म सबैसँग र स् वयम् आफैँसँग विद्रोह गरेर मर्नुभयो । त्यसबाट मैले केही प्रेरणाचाहिँ लिनैपर्छ भन्ने लागेको छ । त्यो विद्रोह व्यक्तिगत स्वार्थनिम्ति नभएर सामूहिक स् वार्थनिम्ति होओस्, त्यही मात्र थप कामना गर्दछु । तनहुँको पुरकोट गाउँमा जन्मेर र गोरखाको बेलबास गाउँमा जीवन यापन गरेर आमा अब सदाका निम्ति जानुभयो । तर, उहाँले हामीलाई जुन प्रेरणा, भावना र विचार छोडेर जानुभएको छ, त्यसले सबै बूढा बा-आमाहरूको उद्दार गर्ने क्रान्ति देशमा ल्याउन सक्यो भने मात्र उहाँको सपना साकार हुनेछ । जन्म दिने आमाको अन्तिम अवस्थामा सेवा गर्न नसके पनि सबै शोषित-पीडित आमाहरू र ती सबैका आमा नेपाल आमाको सेवा गर्न सकूँ । आमाको स् मृतिमा यही अन्तिम कामना र श्रद्धाञ्जली अर्पण गर्दछु ।
Read Full Discussion Thread for this article