dotpen
Replies to this thread:

More by dotpen
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल भारत सिमाना किन बन्द नगर्ने

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 9245 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-01-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तराइमा भयेको दङ्गा फसादमा खुल्ला सिमानाले बल पुर्याइ राखेको हुनाले सिमाना नियन्त्रण गर्यो भने धेरै हद सम्म यो समस्या समाधान हुनेछ भन्ने कुरा ठिक हो?
 
Posted on 02-01-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा क्या दिमाग् लाउनु भो यार डटपेनजि तपाइले।मान्नु पर्छ यार तपाइको दिमागलाइ।तपाइजस्तै दिमाग नेपालमा बस्ने नेताको पनि भए पो।
 
Posted on 02-01-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>> तराइमा भयेको दङ्गा फसादमा खुल्ला सिमानाले बल पुर्याइ राखेको हुनाल

Give democratic rights to everyone. Injustice will result in revolt whether border is closed or open.

many demands of present agitation are genuine but present government has shown no interest to those issues. Instead it is making situation worse by use of excessive force against protestors.
 
Posted on 02-01-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yusuf_aalam अनि तपाइलाइ चाहि के चाहियो नि फेरि?अरु कति मान्छे मरे पछि मधेशको माग पूरा हुन्छ होला?
 
Posted on 02-01-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CLOSE THE BOARDER AS SOON AS POSSIBLE - THE PROBLEM WILL BE SOLVED IN LESS THAN A WEEK

THAT IS THE EASIEST WAY AND LESS HARMFULL TO ALL.

Ohh, yeah, there are a lot of people who don't think that is easy. But I don't think it is impossible. Here goes the simple math.

How long is our open boarder with india? Approx. 1400 km

How long open boarder needs to be controlled? Less than 800 km

Why? because, we need control mostly on vulnerable southern boarder rather than in Mechi, Mahakali river and in other natural boarders.

How big is our security force? approx. 250,000 (may exceed this number if we count maoist milisia who are regularly fed by government and public resources)

What is the percentage of armed force we can operate at once in critical stage? Approx. 60 to 70% of total capacity.

Is terai problem a critical one? yes.

So, that means we we do have approx 150,000 force to deploy on field in crtical time. Why don't we use that capacity to control boarder?

If we deploy our armed force in boarders rather than letting them to eat, dance and play baghchal in their barracks, then what would be the case? Each security person can check approx 5 to 8 meters of boarder. ( 800,000/150,000 = 5.33 meter of length per head)

SEE, WE CAN EVEN FORM A HUMAN-CHAIN OF OUR SECURITY FORCE ALONG THE ENTIRE BOARDER. JUST GUARDING 5.33 METERS PER PERSON IS NOT BIG DEAL, BECAUSE THIS IS NOT WAR TIME. THIS IS JUST TO CONTROL UNLAWFUL ACTIVITIES GOING ON ACROSS THE BOARDER.

Doesn"t this will control all kind of smuggling (weapon, drug, human trafficing, untaxed trade etc.), foreign infiltration and so on? Doesn't this discourage politicians enjoying support from foreign land?

The borders were closed and controlled in almost all election days (both in Nepal and India) in the past, which was possible then, then why not now?

AT SOME POINT WE MUST SAY -> NEPAL WILL STRICTLY CONTROL ITS BOARDER. WE CAN'T GET POLLUTED ALWAYS BY INFILTRATED PEOPLE FROM INDIA.

See the example of HONGKONG - being itself a chinese state, it does not allow free entrance of mainland chinese people in its territory, there is law, there is quota and a kind of controling mechanism to prevent the possible wreck from the infiltrated mass. how can we leave our boarder open always?
 
Posted on 02-01-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SEE, WE CAN EVEN FORM A HUMAN-CHAIN OF OUR SECURITY FORCE ALONG THE ENTIRE BOARDER. JUST GUARDING 5.33 METERS PER PERSON IS NOT BIG DEAL, BECAUSE THIS IS NOT WAR TIME. THIS IS JUST TO CONTROL UNLAWFUL ACTIVITIES GOING ON ACROSS THE BOARDER

बाफ रे चना तरकारि क्या दिमाग लाउनु भो तपाइले पनि!!!!
 
Posted on 02-01-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अन्तै लेख्या माल ह्याँ कपिपेष्ट मात्तै गर्या हो ।

खास्सामा भन्ने हो भने आर्मि, सशस्त्र पुलिस, माउबादि सेना सप्पै टन्न मासुभात खाएर दोहोरी गाउँदै बस्ने, अनि अलि अलि पुलिसलाइ दुइ चार सेल अश्रुग्याँस र एकदोता पेस्तोल भिरा'र हज्जारौको जुलुस थेग्न पठाउनि, यो तरीकै ठीक भएन के । सारो दु:ख लाग्या छ बिनसित्ति मान्छे मरेको मरेइ गर्दा । न मार्नेले के को लागि मारेको भनेर सोचिरा'छन, न मर्नेले के को लागि मरेको भनेर ।

बोर्डर कन्ट्रोल गरेर एकैरातमा सबै समाधान त नहोला, तर धेरै हदसम्म यो चुरिफुरि र चाँइचाँइ चुँइचुँइ चैं घट्छ के । सुन्नु भएन आजको बिबिसिमा मधेसि नेताले के बोलेको? चित्तै बुझेन मलाइ त ।
 
Posted on 02-01-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्या धेरै छ।अहिलेको आन्दोलन मधेसिहरुको स्वस्फुर्त आन्दोलन पनि होइन।यहाँ धेरैको आ आफ्नो स्वार्थ गासिएको छ।
तर चना तरकारि जस्तो तार्किक मित्रले बोर्डर बन्द गरेर समस्या समाधान हुन्छ भन्या चाहि अलि पचेन के।
आफ्नो देशको आर्थिक स्थिति पनि बुझ्नु पर्यो नि।
 
Posted on 02-01-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो श्यामशरणले किन नेपालको बोर्डर खुल्ला राख्दा भारतलाइ समस्या छैन भनेर बोल्यो (बिबिसिमा) ? यसपछाडि कूटनीति छ, धम्कि छ र दबाब छ कि नेपालका नेताहरुले भारतसितको सिमाना नियन्त्रण गर्ने कुराको उठान नगरुन भन्ने इच्छा पनि लुकेको छ । यसको सट्टामा नेपालले बोर्डर नियन्त्रण गरेपनि भारतलाइ समस्या छैन भनेर किन भनेन ? मुल कुरो यहि लुकेको छ । यो शब्दको खेलमात्र होइन यहाँ गहिरो अर्थ छ भन्ने मलाइ लाग्छ ।

सिमाना खुल्ला राख्दा नेपाललाइ केहि पनि फाइदा छैन बरु नेपालका मान्छेहरुमा आफ्नो राष्ट्रियताको भावना स्खलित मात्रै भइरहेको छ । पुर्वबाट पश्चिम सम्म बाटो पनि छैन नेपालमा, नभए के भो त इण्डियाको बाटो छ गयो फर्क्यो बिर्सियो । बोर्डर क्लोज भए कमसेकम बाटो बनाउने शुद्धि त पलाउँथ्यो जस्तै दु:ख गरेर भए नि । पढ्न स्कुल छैन, इण्डिया पठायो, औषधोपचार छैन, इण्डिया गयो । हेर्दा सामान्य तर यस्ता कतिपय कारण छन जसले नेपाललाइ अप्रत्यक्ष रुपमा हानी पुर्याएको पुर्याऐ छ । मागेर आधा पेट खान पुग्ने मान्छेले मेहनत गरेर भरीपेट खाउँला भन्ने कहिल्यै सोच्दैन रे के । थोरै सहि तर मेहनत गरेरै खाऔ भन्ने संस्कार कै निमित्त पनि बोर्डर नियन्त्रण गर्नु जरुरी छ । आर्थिक स्थितिको सवालमै भन्ने हो भने नि नेपाल सधै ब्यापार घाटाबाट गुज्रिरहेको छ । सिमानालाइ नियन्त्रण गर्नु भनेको पुरा ब्यापारब्यबसाय ठप्प बन्द गर्नु होइन नि । सारा संसारभरी नियन्त्रित सिमानाले अर्थब्यापारमा कुनै नोक्सान पारेको छैन, नेपाल-भारतमा मात्रै किन पार्ने ? हङकङ र चीनकै सिमाना नियन्त्रित छ, अमेरीका क्यानाडाको सिमाना नियन्त्रित छ तैपनि उनीहरुलाइ केहि आर्थिक बोझ परेको छैन । नेपालको आर्थिक स्थितिको कुरा गर्दा पनि मैले त हाल बहाल रहेको फोर्सकै कुरा गरेको हो, सिमाना नियन्त्रण गर्नको लागि कुनै बिशेष थप ब्ययभार चाहिएला भन्ने मलाइ लाग्दैन । जहाँ इच्छा त्यहाँ उपाय ।

केहि दशक अगाडिसम्म नेपाललाइ राजतन्त्र बोझ भैसक्यो यसलाइ हटाउनु पर्छ भन्ने कुरा गर्दा धेरैलाइ त्यो पचेको थिएन । सिमाना नियन्त्रण गर्नु ठीक वा बेठीक भन्ने कुरो पनि नितान्त नौलो कुरो होइन, धेरै अगाडि देखि यो बहस चलिरहेको छ, तर अहिले आएर यसको महत्त्व झनझन बढ्दैछ । म चाहि सिमाना जतिसक्यो छिटो नियन्त्रण गर्नै पर्छ भन्ने पक्षमा ।
 
Posted on 02-01-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारिजि,तपाइले भने जस्तै सिमाना नियन्त्रण गरेर समस्या समाधान गर्न चाहिने पुर्वाधारको बिसयमा मेरो खुल्दुलिलाइ तपाइले मेटाउन सक्नु भो भने म पनि तपाइकै पछि लागुला,होइन भने भावनामा बगेर मात्रै समस्याको समाधान् त हुदैन नि।

१) तपाइले भन्नु भए जस्तै बोर्डरमा १५०००० सेना राख्न्न लाइ चाहिने तलब करिब १८ अरब(मासिक १०००० को दरले) कहाँ बाट ल्याउने।१५०००० सैनिक लाइ बोर्डरम खटाउन चाहिने पूर्वाधारको लागि चाहिने खर्च कहाँ बाट ल्याउने।
२) अनि हामिले बोर्डर बन्द गरे पछि उनिहरुले पनि गर्लान।देशको स्थिति त तपाइलाइ थाहा नै छ,हामि कहाँ एक् हफ्ताको लागि पनि इन्धनको भन्डार छैन। यस बिषयमा चाहि यहाँको राय के छ कुन्नि?
 
Posted on 02-01-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) क्या: कुरो गर्नु हुन्छ हौ तपाइ पनि । नेपालमा अहिले नै छ नि झण्डै २५०००० सेना । नेपालि सेना, सशस्त्र, जनसेना, माओबादि (यिनिहरु पनि अहिले सरकारी भत्ता खाएकोले राष्ट्रिय सेना नै मान्न परो नि) सप्पै गरेर । त्यसैबाट खटाउने हो, नयाँ सेना किन चाहियो ? चाहिन्न । भएको सेनालाइ ब्यारेकमा थन्काए नि बोर्डरमा खटाए नि तलब दिनै पर्छ, दिइराखेकै छ, कता कताबाट ल्याइराखेकै छ । यिनलाइ तलब ख्वाउन सकिन्न भनेर अवकाश दिइदैन क्यारे । तिनैलाइ बोर्डर नियन्त्रणमा प्रयोग गर्न किन नसकिने भन्ने मेरो तर्क हो ।

२) पुर्वाधारको लागि केहि खर्च लाग्छ तर त्यो कस्तो पुर्वाधार खडा गर्ने भन्नेमा भर पर्छ । अहिले माओबादिले त्रिपाल ओढेर, परालमा सुतेर नि धानेकै छन, भोलि सके लचक लचक गर्ने डन्लपले नि नपुग्दो होला, एसि भएको घर चाहिएला । त्यो बेग्लै कुरो हो । शुरु शुरुमा केहि महिना गाह्रो अवश्य हुन्छ । तर पुर्वाधार भनेको बनाएपछि बन्ने चीज हो, थपक्क आउदैन । यति कुरोमा त सहमत हुनुहोला नि ।

३) बोर्डर नियन्त्रण गर्ने भनेको सबै चीज ठप्प बन्द गर्ने होइन । नियमित ब्यापारब्यबसायमा आयात निर्यात बेरोकटोक हुने छ । इन्धन लगायत सम्पूर्ण सामान आउन जान कुनै समस्या हुने छैन, बल्कि कति आयो कति गयो भन्ने कुरा सबै रेकर्डेड हुनेछ । यसले गर्दा करप्रणालि पनि बलियो हुने र राजस्व पनि बढ्ने छ । तस्करी रोकिने छ । शंकास्पद गतिबिधिमा लागेका मानिसहरुको आवतजावत रोकिनेछ । भित्रबाहिर गर्ने नाकाहरु निश्चित निश्चित स्थानमा हुनेछन । तिनले तोकिएको नियम पालन गरी कागजपत्र पेश गरी भित्रबाहिर गर्नु पर्ने हुन्छ ।

४) खुल्ला बोर्डर भएकोले उताबाट इन्धन खुल्ल्ल बगेर यता आएको होइन नि, त्यो इन्धनको लागि नेपालले डलरमा भुक्तानि गरेको छ । नेपालले तिरेको पैसाले अरेबियन देशबाट भारतले कच्चा तेल पाउँछ, जुन उच्च गुणस्तरको हुन्छ र त्यस्लाइ भारत आफैले प्रशोधन गरी उपभोग गर्छ । अनि नेपालको निम्ति भारतले उसको बिहार यु पिको प्रशोधनशालामा प्रशोधित तेल पठाउछ, जुन धेरैजसो भारतकै उत्पादन हो। यो मामिलामा नेपाल र भारत दुबैलाइ फाइदा नै छ । किन कि नेपालले केहि रकम transportation मा बचाउँछ गुणस्तर केहि घटे पनि, भारतले अरबको high quality raw petroleum पाउछ नेपालको पैसाले, जसबाट आउने bi-product भारतको चोखो नाफा हुन्छ । यसरी ईन्धनलाइ मात्रै हेर्दा बोर्डर खुल्ला राख्नु वा नियन्त्रण गर्नुले यो ब्यबसायमा केहि असर पर्ने देख्दिन म ।
 
Posted on 02-01-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे,तपाइ सङ्ग् त गजब सजिलो समाधान पो हुँदो र छ।भए भरका सेना,जन सेना,प्रहरि सबैलाइ बोर्डर पठाइदिने सकि हाल्यो नि हैन त? अनि पुर्वाधार पनि बनि हाल्छ नि,जसरि भए पनि,जहाँबाट भए पनि कसो? बोर्डरमा चेक गर्ने कुरो हिजो पनि भाथ्यो,तेस्लाइ कडा गर्ने कुरा राम्रै हो तर बोर्डरमा हरेक ५ मिटरम सेना राख्न्ने तपाइको तर्कले चाहि मलाइ एउटा उखान सम्झायो "घाँटि हेरेर हाड निल्नु पर्छ"
 
Posted on 02-01-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे, मैले भनिहाले नि त्यो कपि पेष्ट गरेको टुक्रा हो भनेर - प्रसंग वा विषयबस्तु केहि नमिल्न सक्छ । हिजोका दिनमा बोर्डर नियन्त्रण भएको नै छैन खाली नाका नाका मात्र नियन्त्रण गर्न खोजे, त्यसमाथि अनेक भ्रष्ट चालबाजिले त्यो पनि त्यतिकै तुहियो । मेले हरेक ५ - ५ मिटरमा सेना राख्ने भनेको भन्नु भन्दा पनि त्यसरी राख्नलाइ भाग पुग्छ भनेको हो । मतलब २० - २० जनाको टुकडि राख्ने भए १००-१०० मिटरको दुरीमा राख्नलाइ भाग पुग्छ, अथवा हामीसित यथेष्ट सुरक्षाकर्मि छन भन्न खोजेको । अनि भएभरको सबै सेना जनसेना प्रहरी बोर्डरमा पठाउने भनेको पनि होइन, अहिलेलाइ जम्मा ६०-७०% मात्रै पठाए पुग्छ, धेरै तनाव भयो भने त १००% पनि पठाउनु पर्ने हुन्छ देशको सिमानामा । खैर त्यो बेग्लै कुरो हो । अहिलेलाइ यसरी ६०-७०% खटाएर बिस्तारै पुर्वाधार बनाउदै, र सुरक्षा सुढृढ गर्दै लगे पछि संख्या घटाउदै लान सकिन्छ । सामान्य अवस्थामा नेपाललाइ ५०-६० हजार जति सुरक्षाकर्मि भए पुग्छ । थाहा छ मलाइ यो बोर्डर नियन्त्रण गर्ने कुरो एकदम सजिलो चुड्कि बजाएजस्तो हुदैन । अमेरीकाजस्तो महाशक्ति देशले त मेक्सिको बोर्डर नियन्त्रण गर्न नसकेर हायलकायल परेको छ, नेपालको त के कुरा;; गाह्रो नै भएपनि गर्नै पर्ने काम हो यो, तर यहाँ त अनेक बहानाबाजि गर्दै यो कुरोलाइ सधै पन्छाउने मात्र काम भैरहेको छ । छलफलमा समेत ल्याइन्न ।

सिमाना नियन्त्रण गर्नु पर्छ कि पर्दैन भन्दा गर्नु पर्दैन भनेर कोहि नि बोल्दैनन । गर्नु पर्यो नि भनेर भन्दा गर्न असंभव छ भन्ने तरीकाले गफ हाँक्छन् जब कि मलाइ यो कुरो असंभव छ भन्ने पटक्कै लाग्दैन । यदि असंभव नै भए पनि गर्नु पर्ने कुरो हो भने गर्ने प्रयास त गर्नु पर्यो नि, तर यहाँ सिमाना नियन्त्रण गर्ने प्रयास त परै जाओस, त्यस बिषयलाइ बहसको केन्द्रबिन्दुमा पनि आउन दिदैनन षडयन्त्रकारीहरुले ।
 
Posted on 02-01-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चनाजि,तपाइको सोचाइ स्वार्थरहित् छ भन्ने कुरामा मलाइ कुनै शँका छैन।जे होस तपाइ राम्रो बिश्लेशक हुनु हुन्छ।अरु राम्रा तर्कहरु पनि भविस्यमा पढ्ने अवसर मिलोस।
 
Posted on 02-01-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

H1b, Thanks for discussion
 
Posted on 02-01-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ नि आइडिया त
 
Posted on 02-01-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
I personally do not like borders.
We have to learn from European Union. They all have open borders.
And more and more countries are joining common borders and common economy and
common politics. They even have now european parliament.
Nepal had open border with Tibet until china took it.
The borders should stay like this.Building 10 meter walls doesnot stop this problem.
There are so many examples:
North Korea and South Korea
East and West Germany
Tibet and Nepal
Mexico and USA
Israel and Palestine
Burma and Thailand
China Mainland and Hongkong ( Actually Nepalese Gurkhas are working as security police
in this border within China)
There are other form of controlling migration in Nepal like work permit.
Registration obligatory.
Surely it is not expensive like the other method with 15000 border patrol and 1400 Kilometers of Concrete wall. It is against the nature.
I remember one Astronaut said " When I watch earth from the space I do not see borders, what I see is a one big blue planet earth."
 
Posted on 02-02-07 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Ahile Sayami le kuro Gari liye chha :work permit, Registration obligatory

Ali Millitary presence pani chahinchha nai, natra Varat Jasto world kai most volatile country sanga sangat ......

Combination(registration, work permit, millitary presence) could suit good.

Jai Nepal
 
Posted on 02-02-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, I agree some point but not all....

Indian politician want Nepal include in their state.

So they wants to control Nepal political parties and politics as well as Nepal government. They are doing all tactice as they can. Terai also supported by Indian politicians and government. Girija, Terai and Sadvawana party must know better about it.

Solution... yes we must control and watch border problems very seriously.
 
Posted on 07-25-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters