Posted by: chanaa_tarkaari February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
१) क्या: कुरो गर्नु हुन्छ हौ तपाइ पनि । नेपालमा अहिले नै छ नि झण्डै २५०००० सेना । नेपालि सेना, सशस्त्र, जनसेना, माओबादि (यिनिहरु पनि अहिले सरकारी भत्ता खाएकोले राष्ट्रिय सेना नै मान्न परो नि) सप्पै गरेर । त्यसैबाट खटाउने हो, नयाँ सेना किन चाहियो ? चाहिन्न । भएको सेनालाइ ब्यारेकमा थन्काए नि बोर्डरमा खटाए नि तलब दिनै पर्छ, दिइराखेकै छ, कता कताबाट ल्याइराखेकै छ । यिनलाइ तलब ख्वाउन सकिन्न भनेर अवकाश दिइदैन क्यारे । तिनैलाइ बोर्डर नियन्त्रणमा प्रयोग गर्न किन नसकिने भन्ने मेरो तर्क हो । २) पुर्वाधारको लागि केहि खर्च लाग्छ तर त्यो कस्तो पुर्वाधार खडा गर्ने भन्नेमा भर पर्छ । अहिले माओबादिले त्रिपाल ओढेर, परालमा सुतेर नि धानेकै छन, भोलि सके लचक लचक गर्ने डन्लपले नि नपुग्दो होला, एसि भएको घर चाहिएला । त्यो बेग्लै कुरो हो । शुरु शुरुमा केहि महिना गाह्रो अवश्य हुन्छ । तर पुर्वाधार भनेको बनाएपछि बन्ने चीज हो, थपक्क आउदैन । यति कुरोमा त सहमत हुनुहोला नि । ३) बोर्डर नियन्त्रण गर्ने भनेको सबै चीज ठप्प बन्द गर्ने होइन । नियमित ब्यापारब्यबसायमा आयात निर्यात बेरोकटोक हुने छ । इन्धन लगायत सम्पूर्ण सामान आउन जान कुनै समस्या हुने छैन, बल्कि कति आयो कति गयो भन्ने कुरा सबै रेकर्डेड हुनेछ । यसले गर्दा करप्रणालि पनि बलियो हुने र राजस्व पनि बढ्ने छ । तस्करी रोकिने छ । शंकास्पद गतिबिधिमा लागेका मानिसहरुको आवतजावत रोकिनेछ । भित्रबाहिर गर्ने नाकाहरु निश्चित निश्चित स्थानमा हुनेछन । तिनले तोकिएको नियम पालन गरी कागजपत्र पेश गरी भित्रबाहिर गर्नु पर्ने हुन्छ । ४) खुल्ला बोर्डर भएकोले उताबाट इन्धन खुल्ल्ल बगेर यता आएको होइन नि, त्यो इन्धनको लागि नेपालले डलरमा भुक्तानि गरेको छ । नेपालले तिरेको पैसाले अरेबियन देशबाट भारतले कच्चा तेल पाउँछ, जुन उच्च गुणस्तरको हुन्छ र त्यस्लाइ भारत आफैले प्रशोधन गरी उपभोग गर्छ । अनि नेपालको निम्ति भारतले उसको बिहार यु पिको प्रशोधनशालामा प्रशोधित तेल पठाउछ, जुन धेरैजसो भारतकै उत्पादन हो। यो मामिलामा नेपाल र भारत दुबैलाइ फाइदा नै छ । किन कि नेपालले केहि रकम transportation मा बचाउँछ गुणस्तर केहि घटे पनि, भारतले अरबको high quality raw petroleum पाउछ नेपालको पैसाले, जसबाट आउने bi-product भारतको चोखो नाफा हुन्छ । यसरी ईन्धनलाइ मात्रै हेर्दा बोर्डर खुल्ला राख्नु वा नियन्त्रण गर्नुले यो ब्यबसायमा केहि असर पर्ने देख्दिन म ।
Read Full Discussion Thread for this article