Posted by: chanaa_tarkaari February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
हे हे हे हे, मैले भनिहाले नि त्यो कपि पेष्ट गरेको टुक्रा हो भनेर - प्रसंग वा विषयबस्तु केहि नमिल्न सक्छ । हिजोका दिनमा बोर्डर नियन्त्रण भएको नै छैन खाली नाका नाका मात्र नियन्त्रण गर्न खोजे, त्यसमाथि अनेक भ्रष्ट चालबाजिले त्यो पनि त्यतिकै तुहियो । मेले हरेक ५ - ५ मिटरमा सेना राख्ने भनेको भन्नु भन्दा पनि त्यसरी राख्नलाइ भाग पुग्छ भनेको हो । मतलब २० - २० जनाको टुकडि राख्ने भए १००-१०० मिटरको दुरीमा राख्नलाइ भाग पुग्छ, अथवा हामीसित यथेष्ट सुरक्षाकर्मि छन भन्न खोजेको । अनि भएभरको सबै सेना जनसेना प्रहरी बोर्डरमा पठाउने भनेको पनि होइन, अहिलेलाइ जम्मा ६०-७०% मात्रै पठाए पुग्छ, धेरै तनाव भयो भने त १००% पनि पठाउनु पर्ने हुन्छ देशको सिमानामा । खैर त्यो बेग्लै कुरो हो । अहिलेलाइ यसरी ६०-७०% खटाएर बिस्तारै पुर्वाधार बनाउदै, र सुरक्षा सुढृढ गर्दै लगे पछि संख्या घटाउदै लान सकिन्छ । सामान्य अवस्थामा नेपाललाइ ५०-६० हजार जति सुरक्षाकर्मि भए पुग्छ । थाहा छ मलाइ यो बोर्डर नियन्त्रण गर्ने कुरो एकदम सजिलो चुड्कि बजाएजस्तो हुदैन । अमेरीकाजस्तो महाशक्ति देशले त मेक्सिको बोर्डर नियन्त्रण गर्न नसकेर हायलकायल परेको छ, नेपालको त के कुरा;; गाह्रो नै भएपनि गर्नै पर्ने काम हो यो, तर यहाँ त अनेक बहानाबाजि गर्दै यो कुरोलाइ सधै पन्छाउने मात्र काम भैरहेको छ । छलफलमा समेत ल्याइन्न । सिमाना नियन्त्रण गर्नु पर्छ कि पर्दैन भन्दा गर्नु पर्दैन भनेर कोहि नि बोल्दैनन । गर्नु पर्यो नि भनेर भन्दा गर्न असंभव छ भन्ने तरीकाले गफ हाँक्छन् जब कि मलाइ यो कुरो असंभव छ भन्ने पटक्कै लाग्दैन । यदि असंभव नै भए पनि गर्नु पर्ने कुरो हो भने गर्ने प्रयास त गर्नु पर्यो नि, तर यहाँ सिमाना नियन्त्रण गर्ने प्रयास त परै जाओस, त्यस बिषयलाइ बहसको केन्द्रबिन्दुमा पनि आउन दिदैनन षडयन्त्रकारीहरुले ।
Read Full Discussion Thread for this article