चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बिस्टे भनेर न्वारन त गर्दी मैले नै तर अहिले पो सोचेर ल्याउदा स्त्रिलिङ पुलिङ बिचारेर मात्र राख्नु पर्ने रछ नाम हन बिस्टे नै हुनु पर्थ्यो कि बिस्टु हुनु पर्थो भनुम है साथी अनी त्यो गैंडा चुरोट यता पनि फलाम लास्टाँ
हा हा रिठ्ठे सान ! म्याड्डीको सङ्गत होता हइ तो पारा आता हइ। जो कोही आफ्नो भाषा भि भुल्ता हइ। हइ कि नहइ
चौतारीमा स्वागत छ visitor -जी। चौतारीमा त यस्तै यस्तै गफ हुन्छन्। सुरुमै तर्सेर नभाग्नुहोला के रे। बस्दै गर्दा भिज्दै गर्दा सबै गफ पच्न थाल्छन्। बरु हजुरको नाम पो के राख्ने होला कुन्नी ? यहाँ त आए पछि न्वारन गराउनु पर्छ। हजुरको नाम "डुलुवा" राखम कि भनेको, सुरुमै बिच्केर भाग्नुहोला जस्तो लाग्यो। बरु "फिरन्ते" भन्दा कसो होला कुन्नि ?
हे झिल्के ब्रो, के छ यार। लु इरोप तिर नि चौतारी भेला गर। म पनि आउँछु। घ्याम्पो फोरम्ला, पिउँला, गाम्ला, नाचम्ला। मैयाँहरु दोहोरी खेल्न तयार छन् भने दोहोरी नि खेलम्ला। नभए "आँधि खोला उर्लेर आयो, आउने थे'न मायाँले बोलायो" भनेर झाउरे नाचम्ला, फर्किम्ला।
नेप्ची भावी, टिरेन आउने बेला भएन भन्या?
अरे ! बनवारीलालके छैँठवाँ जवाईँ, उधर बैठके क्युँ बक बक करता हइ ? मुह मइ पाँच वटा पान कोचकर इधर आओ ता कि मुख बन्द हो जाता हइ, र हात चल जाता हइ।
मदन्वा र भौतेको समस्याको जड एउटै रे छ र त अस्ति ठुला शहरा यो नारा लाउँदै दुईटै सोमहरु हाबामा मुडकि बजार्दै एका तिर बाट "मदन्वा भौते भाई भाई -- तरुनीहरु खै खै--- " भन्दै हिन्दा रे छन अनि अर्को तिर बाट राहुलभाई ब्रो, पून्टेब्रो जस्ता खोला पारी पुगीसक्याहरु चैं "तरुनी रिक्तता मनमा तिक्तता- बन्द गर बन्द गर" भन्दै उर्लेका रे छन।
बात वैसन छेन दिप दाजु, बत यो छ कि हमि भगुतभाइको अच्छा लरका मानेछ, दाजु मानेछ पर सुसरा हमरो संग झगरा करनेको बात कर्छ। हँ? त केहि छेन हुजुर हमि गरिब आदमि छु, झगरा करनेको दिल कर्देन।
त दिप दाजु बतियावनुहोस, कैसन चलिरहेछ जिन्द्गिके मालगाडि?
रिठ्ठे काजी, बिस्टे नै उत्तम छ् । भाले नै परे क्यार, भाउते साइला ले राख्या नाम नि जच्या हो , फिरन्ते, डुलुवा तर ठिकै छ, नाम मा के राख्या छ् र, अनी सबै चौतारी का बन्धु को न्यानो सत्कार को लागी धेरै आभारी छु अनी मादवा के छ् उता मदेस तिर को,परनाम फर्काएछु, लौ म त भा खार फेरी झरे हो, साह्रै तल तल लागो, ए जिम्माल् त्यो तम्बाखु यता पाउ त, एक सर्को लगाउ हामी पनि, आज रोदी नबस्ने भन्या ? खै ठुलि,साइन्ली अैपुग्या छैनन अझै?
ढेंडो सेंडो हुसुरेर, चईनि, यस्सो चिसो हावा खाँदै, जिम्मालेको तिर लागम्, तम्माकू तानेर, चईनि, सुत्न फर्किम्ला भनेर पुगेथेम् तेता। बुढा त न्यास्रो मुख ला'र, चईनि, काल कुरि रा' जस्तो अरि, झोंक्रा'र बसि रा' र'चन्।
"नयाँ मुन्छे आ'थे चौतारीआँ, लईन मारम् भुनेको त, तो के जाति बिस्टे सिस्टे नि तन्नेरी पो परेछन्। यस्ता खेस्र्या भाग्य लिई के बाँचुम्? हाम् फाल्दिम् झैं ला'च कालीआँ," भन्दै तम्माकु नि तानेनन् बुडा।
"बेलाँ उमेर छँदा ल्याम्न खोजेऊ के रे कति कति जोई, आखिर तउँरो, चईनि, मर्नि बेलाँ कोई न कोई" भन्दै सर्सर्ति तान्दिएम् बुढाको तम्माकु नि।
आज त बबाल राइछ चौतारीमा भउते ले मदनवा सँग जोडी खोजेछ। कोइ पाएन यो भउते ले। मदनवा ले भउतेको सबै पोल खोल्दीएछ, अब थाहा पायो होला नी, आफ्नै खुट्टामा बन्चरो हन्दा कस्तो हुन्छ भनेर। ल ल नयाँ मान्छे आरैछ, वोइ बीस्ते के छ हालखबर, तारेमाम् अनी पुन्ते र सुन्तलेलाई पनी,
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.