world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268256 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-05-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन केटा हो

कि "भनेको मान" कि "मानेको भन!"

क्यार्चौ लौ भनओ!

 
Posted on 01-05-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेका हुन् र मान्नलाई? के मानेका हुम् र भन्नलाई?

क्यार्नी हो र भन्दिएम्!

सप्पैलाई चाईन्जो शनिश्चरे जदौ!


 
Posted on 01-05-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्ले जदौको अगाडि शनिश्चरे लाउन पर्दैन पुन्टे बुडा जदौ मात्तै अरे नि शनिश्चरे हुन्छ!


 
Posted on 01-05-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले लाईदिएसि तिमी क्यार्छौ त नि, बुढा? घुँडा कोपर!


 
Posted on 01-05-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज के देख्दै छु म? ब्यान ब्यान देखुन के सारो बुढा हरुको जमघट हो?

 
Posted on 01-05-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(अर्काऽ बिचाँ किन प्वाक्क नि फेरि?)

चिसो छ, भाउजु, तात्तातो कोदाऽ हालम् त!


 
Posted on 01-05-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बिचां
चिसो ले त मारिगो नि, खोकि निको नहोला जस्तो मान्छु। खै त्यो अस्तिको दिदी ले बनाम्न भाको एक् घ्याम्पो फेडेक्स् गरम न।

 
Posted on 01-05-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल्ले त झन् चिसो बढाउला नि! बरु, कोदाऽ ले तताउँदो हो ज्यान। छिनैआँ एक बोतल रित्ताउने सुर होला जिम्मालेको, तात्तेर हनहनि जरो आम्ने अरि...अनि बज्जेलाई फिरि चुर्लुम्म डुबाउन पर्नि हुन्च चिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽसो हड्सनाँ!

अर्को कुरो नि, भाउजु, ज्यान भरि डल्ला डल्ला निस्केर, चईनि, उत्पात भ'च। अस्ति को म:म: धेरै भो कि मानिचु।


 
Posted on 01-05-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो, हैन के भाको त्यस्तो? दुबैलाई हो कि एक्लै लाई हो?

 
Posted on 01-05-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाउजु, पुन्टे बाजे तारेमाम्, आज बिहान बिहानै?


चौतारीका गाम्ले साथिहरु, ल मैले पनि बल्ल बल्ल एुटा अध्याय लेखे 'लन्डनतिर बरालिदा'
टाइम  मिल्छ भने मिलायर पढ्दिनु है,

राम्रो छैन

राम्रो भयको भय त बिग्यापन गन्रै पर्थेन


 
Posted on 01-05-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिश्चरे जदौ!!


 
Posted on 01-05-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग-या रउसिको कुरा, मुन्ट्यो अर्को हाँडी घोउटे मोरा (हरि)!

कुरोमा कुरो नि एउटो, भाउजु। फिरि फिरि खान मन ला'र, चईनि, ज्यान भरि तेइ म:म: जस्तै डल्लै डल्ला देखें के रे।

तारेमाम्, आईते गुईंटे! लन्डन तिर चईं अलिक फुर्सदाँ बरालिन जाम्ला के रे। अईले त रोमेन्टिक सेटिङाँ डेटिङ् हिंड्न लाएम्।


 
Posted on 01-05-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के के छ हो?
अब झिल्केले त्यसो भनेसि एुत्आ कुरो भन्न मन लाग्यो। बिजय कुमार ले दिशानिर्देश को एक् भाग म भनेको कुरा याद आयो।
"वास्तवमै भन्ने हो भने जिन्दगी भनेको सम्झनै-सम्झनाको माला बाहेक केहि हैन रहेछ। कुनै मिठा सम्झना, कुनै तिता सम्झना र कुनै न तिता, न मिठा, फिक्का सम्झनाहरु"

लाग्छ तपाइंले पनी त्यस्तै सम्झनाहरु बुन्दै हुनुहुन्छ। लेखाई भनेको दोश्रो कुरो हो। लेख्दै जानुस्, निख्रिदै जान्छ। पढिदिने हामि छदैं छौं।


 
Posted on 01-05-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब खान मनलाग्यो भनेसि त अब त्यै भौते लाई झिकाउन परो नि फेडेक्स गर्न
के छ हो हरी?

 
Posted on 01-05-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाउजु, tapaile bhaneko kura ekdum thik lagyo, yadai yadma aljhyo mero jindagani....yestai rahechha bhauju k garne, arko patak pani ali HOSH puryayera lekhchhu, RahulDa sanga training linchhu aba Bhaujulai DISHANIRDESH khub man parchha ki kya ho? Mero Interview chai nachhutaunu la hehehe...Joke garya ni feri

 

पुन्टे बाजे, la la moj garnus tapaikai chha din


 
Posted on 01-05-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सिनबार पनि धेरैलाइ फुर्सत मिले जस्तो छ। अड्डाबाट चिउने ग्रुप त निद्रमा भुष होलान। दादा बानेको भनम लौ, जे पर्ला पर्ला।


 
Posted on 01-05-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शनिश्चरे जदौ हाम्रो पनि
सब का सब रोमान्टिक भा' रछन
लु अब हसुर्न जान परो अब
 
Posted on 01-05-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शनिश्चरे जदौ हाम्रो पनि
सब का सब रोमान्टिक भा' रछन
लु अब हसुर्न जान परो अब

 
Posted on 01-05-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउफेर मजाले भलाद्मी भएर धन्यबाद ज्ञापन अर्नु परो गाँठे।

केही भलाद्मी बात गर दिन त्यसै ढल्किँदै छ।

भरे फेरि अधरातमा सराप्नु त छदैँ छ।

फेरि उही पुरानै चौतारी-भेलाको प्रसँग। गाम्लेहरु हुरुरुरुरुरुरुर चैतको हुरी जस्तै आए, गए। आफू चैँ साली नलिइ नहिड्नी भनेर हुन नसकेको साढुदाइ कै घरमा जरा गाडेर बसियो। आफ्नो त अझै झुण्डेर बाहिर निस्कि'रा'छ के रे ( ह्याङ्ग ओभर छ, भनेको के)।  यो भेलाको सम्झना जिन्तकी कै सबै भन्दा रमैलो र अविश्मरणीय बनेर रहने छाँट-काँट देखिँदै छ।  पूर्व-प्रत्यक्ष्य-अपरिचित तर अत्यन्त आत्मीय मीत्रहरुले यो भेटघाटमा छोड्नुभएका सम्झनाहरु:

१--रिठ्ठेसान:- अत्यन्त सहयोगी, मृदुल, कोमल। सिमीत उपलब्ध साधन स्रोतका बाबजुद बासस्थानको लागि रिठ्ठेसानले गरेको कोअर्डिनेसन तारिफयोग्य छ, धन्यबाद रिठ्ठेसान। यु आर ग्रेट। अनि सबैले भने जस्तै हैनसन्वा जैन्टल मैन।  हुन त म केटी मुन्छे भएको भए उडाउँथेँ भनेर भन्दै हिँडेअरे, पातकी जिम्मालले। तर म केटी मुन्छे भा'को भे जिम्मालले उडाएर पाताल भित्रै धस्सिए पनि जिम्मालका चङ्गुलबाट फुत्केर रिठ्ठे सँग पोइला जान्थेँ (सरी जिम्माल बा)।  रिठ्ठेसान सँगका सम्झनाहरु:  पहिलो दिनै साँझ धोबी-पछाडको लागि मलाई हाल्न देखाएको गार्बेज ब्याग, अन्तरेबिना नै सेन्ट्रल पार्क पुगेपछि डिपी प्रोग्राम क्यान्सिल, स्ट्याचु अभ सालीचोर भ्रमणमा देखाएको कुशल मार्गदर्शन, कुशल गायन तथा नृत्य, थोरै बोल्ने तर बोले पछि गोली निस्किने।

 

२-- ठुल्नानी याण्ड दाने कम्पनी लिमिटेड: पर्फेक्ट जोडी, अत्यन्त उदार र मायाँलु सोँचाइ भएकी ठुल्नानी, अत्यन्त मिलनसार र समझदार दाने-ज्वाईँ। तिमीहरु दुइजनाको जोडी जन्म जन्म सुखी रहोस्, मेरो शुभकामना। तर जन्म जन्म पछिको जन्ममा चैँ मेरो ठुल्बुइनी भएर नजन्मिनु ल, ठुल्नानी। यस्तो असल मान्छे हाम्रो भागमा पनि पर्नु परो नि (सरी दाने ज्वाइँ)। ठुल्नानी याण्ड दाने कम्पनी लिमिटेड सँगका सम्झनाहरु: उल्टो सिगार, न्युयोर्क देखि फिलाडेल्फिया सम्मको सहयात्रा, ठुल्नानीको घरको आतिथ्य, ठुल्दाइको ३५ प्लस १ बर्डको अनुभवलाई च्यालेन्ज गर्ने ज्वाइँको सातबर्षे अनुभवको म:म:, नेपाली-नेपाली त हो नि एउटै बेड हुन्छ होला नि हगि भउतेदाइ, दानेसँगको डिसी भ्रमण, ठुल्नानी र दाने सँगको लुरे-क्याभेन यात्रा, प्रेम-बिबाह-जिन्दगी बारेका खुल्ला छलफल, अन्तिम दिनको चाइनिज रेस्टुरेन्टको खाना अनि बस छुट्न लागेर भिज्दै दुगुरेको क्षणहरु: अँ साँच्ची ज्वाईँले दिनुभएको गिफ्ट त त्यैँ छुटेछ नि।

 

३-- जिम्मालबा': राति राति आएँ, राति राति गएँ, आँधिखोलो कस्तो थियो कस्तो भन्या जस्तो भयो जिम्माल सँगको भेटगाट। जिम्माल बुढालाई राति गएर ह्विल चेयरबाट पिकअप गरियो। २ दिन पछि नै हतार भो भनेर सुरवाल काँधमा जुत्ता हातमा लिएर लगौँटी सँगै दुकुरे बुढा। फोटुको सिडि चैँ ट्वाइलेट जाँदा नि हातैमा बोकेर हिँडे, क्यामेरा चैँ छोडेछन्। कुरा नि ठिकै हो। क्यामेरा मुला त जति नि किन्न पाइन्छ, तर यो भेटघाटका सम्झनाहरु अमुल्य छन्। जति बसे, खोक्नु खोके। केवल सुनियो, बोलिएन।  नलिखुट्टोको बारेमा सोध्नै भ्याइएन। खोकी सुन्दा थोरै टिबीको लक्षण देखिन्थ्यो। ओखतिमुलोको सल्लाह दिन खोजेको, "म कहिले टिभी हेर्दिन" भनेर च्याँठ्ठिए। हिड्नेबेलामा कस्टोम-चेकमा फेलापरे बुढा। गलबन्दी देखि ज्याकेट सम्म झ्याप पार्ने ग्र्यान्ड डिजाइन चौपट, त्यति हुँदा हुँदै पनि प्याँलो रङको हनुमान कट्टु चैँ क्याप्सुल बनाएर निलेरै लगेछन्-- एक्सरेले नि फेला पारेन, जिम्माल सँगका सम्झनाहरु: हिन्दि देखी गाइखाने भजन सम्म कण्ठाग्र, अत्यन्त मनोरङ्जक, अवतारी, कुशल गृहिणी अनि साँढेको उसँग लगाएका मितेरी।

 

४-- राहुलदा' याण्ड नेप्ची भाउजु कम्पनी लिमिटेड:  कुशल म:म:लाधिश, कुशल भविश्यवक्ता, आशुवक्ता। नेप्ची भावी: अत्यन्त रेस्पोन्सिवल, मायाँलु, केयरिङ। राहुलदा' याण्ड नेप्ची भाउजु कम्पनी लिमिटेड सँगका सम्झनाहरु: राहुलदा को वाह हैन बाह, गजल, चिलिम ब्रेकको साथ, ३५ बर्षे अनुभवको म:म: मा जिरा धनियाको गडबड, फिलाडेल्फियाको सहयात्रा, त्यहाँको क्रिस्मस पार्टीमा नयाँ मित्रको अतिथी सत्कार, नयाँ मीत्रहरु सँगको चिनाजान र भेटघाट, एकजना मुक: चौतारी पाठकको धोबी पछाड कार्यक्रम प्रतिको अचानक जिज्ञ्यासा, नयाँ मीत्रहरुसँगको अन्ताक्षेरी,  बिहानको नेप्ची भाविको हातबाट खसीको मासु र भात, राहुलदा सँगको फिलाडेल्फिया भ्रमण, नयाँबर्षको पार्टी, चनादाइ याण्ड दुर्गीभावी कम्पनीसँगको भेटघाट। मेरो जीवनको महत्वपूर्ण मोडमा बिशेष सहयोग गर्ने इक्छा तथा प्रयाश प्रति बिशेष गरेर नेप्ची भावी अनि साथमा राहुलदा प्रति अत्यन्त आभारी छु।

 

५-- नेपेगुरु: साझामा पढेर अनुमान गरेको भन्दा १८० डिग्री फरक, अत्यन्त कोमल, स्पष्टवक्ता, कुशल गजल-लेखक तथा वाचक, २० देखि ६० सम्मका सबैसँग उत्तिकै घुलमिल हुनसक्ने, आकर्षक ब्यक्तित्व अनि कुशल क्यामेराम्यान। नेपे गुरु सँगका सम्झनाहरु: सर्वप्रथम चेलोको पहिचान, फोटो-कविता वाचन, गजल-वाचन कला, बिहान ६ बजेसम्म हामी २ जना बीच मात्र भएका राजतैतिक तथा जीवन सम्बन्धी वार्तालाप, हरेक इभेन्टमा उत्तिकै चाख तथा संलग्नता, बोस्टनको सहयात्रा र यात्रामा भएका वार्तालाप, मेरो धार्मिक आस्था प्रतिको जिज्ञासा, गजल-लेखन सम्बन्धी अत्यन्त उपयोगी सल्लाह तथा सुझावहरु।  मेरो गजल लेखनमा ताते ताते गराउने गुरु सँगको प्रत्यक्ष भेटघाट मेरो लागि अहोभाग्य हो।

 

चित्रे: अत्यन्त मिलनसार, सहयोगी, थोरैबोल्ने धेरै बुझ्ने-सुन्ने, निष्पाप, सरल तथा असंख्य मीत्रहरुको प्यारो। चित्रे सँगका सम्झनाहरु: आफू झ्याप भएपछि अरु को को झ्याप भए भनेर जासुसी गर्ने अनि टिप्पणी उठाउने, पुन्टेदा संग बिभिन्न प्रतियोगितामा हुङ्कार र प्रतिस्पर्धा, कुशल नृत्य, ठुल्नानी-सान्नानी गीत: । चित्रेले मेरो भिसाको लागि गरेको सहयोग प्रति म अत्यन्त आभारी छु। चित्रेको सहयोग बिना मेरो उपस्थिती असम्भव प्राय: नै थियो। थ्याङ्क्यु सो मच, चित्रे।

 

७--  अन्तरेदा याण्ड भाउजु कम्पनी: हँसिलो, जेण्टल अनि अत्यन्त सुमधुर कण्ठ र कुशल नर्तक। अन्तरेदा सँगका सम्झनाहरु: धोबीपछाड भनेर हेरा-हेर, यो फिस्टेलाई के पछार्नु, भैगो छोड्दिम भो भन्ने भावको दयालु हेराइ, पुल्चोक र पुल्चोके सम्बन्धि छोटो वार्तालाप, बाखरी बाखरी डान्स

 

८- - मदन्वा:  मदन्वाको अप्रत्यासित आगमनले यो भेलाको रनक नै अर्कै भयो। बहुरुपी, अत्यन्त मनोरञ्जक। सुसरा ओ जो बोलेछ वो तो असली मदनवाको भि माथ करेछ। वर्ण थोडी कृष्ण छ, फिर भि दिलको जो सफेद छ। अरे जो सफेद छ वो असली सफेद छ, आए नया उजाला, चारथोपा वाला वाला सफेद। हम आपको परनाम करिलिन्छु। अरे, हँ, हम आप से एक्टा कुराको बहुत आस करेको छ। आप जो छ, हाँस्पिटैलमा काम कर्छ। हाँस्पिटैलमै हमने एक्टा बक्सा देकेको छ। उसमे जित्ना चाहो, ले जाओ जैसा बात खस भाषामा लेकेको दिखेको छ। हँ, हमको थोडी सरम लगेछ, वो लेनेको। तो हम आपको रिक्वैस्ट कर्छु कि वो चिज हमको २-४ प्याकेट भेजनेको कष्ट करिहाल्नुस। वो बडा कामको चिज छ, हँ।

 

८--  पुण्टेदा याण्ड भाउजु कम्पनी: चौतारी भेलाका सबैभन्दा महत्वपूर्ण सदस्य, अत्यन्त सहयोगी, अत्यन्त मनोरञ्जक, धोबिनीको पेटीकोटमा परेका भ्वाङ भन्दा धेरै हजुरको रुप, हजुर बिना यो सब महाभारत असम्भव, मंगल ग्रहबासी, हजुरको बर्णन गर्न यस पृथ्वीलोकका कुनै माइकेलाल सँग खुबी छैन भने म जाबो जुरेलीको पुच्छरले के बर्णन गरुँला र। पुण्टेदा याण्ड भाउजु कम्पनीसँगका सम्झनाहरु:  सर्प्राइज बर्थडे केक, गन्धर्व गीत, दिदीले पारेको रउसी, खानाका परिकारहरु, साँढेको पोज, डान्सहरु, गफहरु, अनगिन्ति रोमाञ्चक अभिनयहरु, तमुभेलामा गरेको डान्स, बोस्टनको सहयात्रा, अनि अथाह माया र सद्बावहरु । मेरो यस भ्रमणका अत्याधिक दिनहरु पुन्टेदा र भाउजुको मायाँ र सद्बावले छ्याल ब्याल भए। यस्तो लाग्यो कि म मेरो घरमै छु। बिशेष गरेर बर्थडे केकको लागि भउजुलाई धेरै धेरै धन्यबाद। पुन्टेदा'ले चौतारी भेलाको आयोजना तथा अन्य भेटघाटको लागि खेल्नुभएको भूमिकाकोलागि म अत्यन्त आभारी छु।  यै भावुक बनेको बेला जुरेली लाई छोड भउते भन्ने हो भने छोड्न तयार।  

 

भुलचुक, लिने दिने।

 

-भउते

 

 

Last edited: 05-Jan-08 01:32 PM

 
Posted on 01-05-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शनिश्चरे जदौ हाम्रो पनि
सब का सब रोमान्टिक भा' रछन
लु अब हसुर्न जान परो अब


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters