Posted by: भउते January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

हा हा रिठ्ठे सान ! म्याड्डीको सङ्गत होता हइ तो पारा आता हइ। जो कोही आफ्नो भाषा भि भुल्ता हइ। हइ कि नहइ  

चौतारीमा स्वागत छ visitor -जी। चौतारीमा त यस्तै यस्तै गफ हुन्छन्। सुरुमै तर्सेर नभाग्नुहोला के रे। बस्दै गर्दा भिज्दै गर्दा सबै गफ पच्न थाल्छन्।  बरु हजुरको नाम पो के राख्ने होला कुन्नी ? यहाँ त आए पछि न्वारन गराउनु पर्छ। हजुरको नाम "डुलुवा" राखम कि भनेको, सुरुमै बिच्केर भाग्नुहोला जस्तो लाग्यो। बरु "फिरन्ते" भन्दा कसो होला कुन्नि ?

हे झिल्के ब्रो, के छ यार। लु इरोप तिर नि चौतारी भेला गर। म पनि आउँछु। घ्याम्पो फोरम्ला, पिउँला, गाम्ला, नाचम्ला। मैयाँहरु दोहोरी खेल्न तयार छन् भने दोहोरी नि खेलम्ला। नभए "आँधि खोला उर्लेर आयो, आउने थे'न मायाँले बोलायो" भनेर झाउरे नाचम्ला, फर्किम्ला।

नेप्ची भावी, टिरेन आउने बेला भएन भन्या?

अरे ! बनवारीलालके छैँठवाँ जवाईँ,  उधर बैठके क्युँ बक बक करता हइ ? मुह मइ पाँच वटा पान कोचकर इधर आओ ता कि मुख बन्द हो जाता हइ, र हात चल जाता हइ।

Read Full Discussion Thread for this article