[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268258 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-03-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा दर्शन गरे है। पून्ते दाको तेक्स मेसेज पाउनु भो।


 
Posted on 01-03-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्घटनाको खबर सुनेर दु:ख लाग्यो। शोक सन्तप्त परिबारहरु प्रति हार्दिक सहानुभुती, छुटीएका आत्माहरु चीर शान्तीमा रहुन।


 
Posted on 01-03-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिबन्धित बाटो हिँडियो आज
अतितको साथ साक्षिहरु माझ

पुराना ति बाचा तोडियो आज
नयाँको साथ सन्धिहरु माझ

दुबोको माला फेरी गाँसियो आज
बिहानको साथ साँझहरुको माझ

 


 
Posted on 01-03-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु धरै दिन पछी हजुरको कबिता पढ्न पाइयो। साह्रै राम्रो लाग्यो।

 
Posted on 01-03-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पियौ ठुली? हो भउते गुरु घर फर्किनु भो रे भन्ने खबर् चाहि पाएं, पूण्टे दाको मेसेज। हिजो राती एक छिन् वार्ता गरेको थिएं।

 
Posted on 01-03-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा मैले चिया पिसके। हजुरले नि? म त भाउते दा दिउसो तिर हिंड्नु हुन्छ होला भनेको त बिहानइ लाग्नु भएछ।


 
Posted on 01-03-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

एकाबिहानै नराम्रो खबर सुनियो! उनको आत्माले शान्ती पावस!


 
Posted on 01-03-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब म नि एउटा कथा लेख्नु पर्ला अनी तेस्को नाम चै "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देव" खित खित खित। राहुल दा हजुरलाई मेरो कहाको नाम दामी लाग्यो।

Last edited: 03-Jan-08 08:43 AM

 
Posted on 01-03-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुली, यामे, ठुल्दाइ, दीप ब्रो, हरि अनि पछि आउने सबैमा बिहिबारे जदौ!

दिबङ्गत आत्माको चिर शान्तीको कामना ।


 
Posted on 01-03-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एकाबिहानै मैले पाएको सूचना -

श्री ७ महाराजाधिराज भ्यागुतेन्द्र विक्रम आफ्नो राज्य कैनिडाँडा फिर्ति सवारीका लागि ७:३० बजेको रेलगाडीमा सवारि होइबक्सेको जानकारी गराउन चाहन्छु!

भ्यागुतेन्द्र महाराजकी जय!

-भारदार पुन्टेन्द्र जङ्ग


 
Posted on 01-03-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे र बिर्खे दा लाई मैले दर्शन गरेहै ताअाअाअाअाअाअाअाअा


 
Posted on 01-03-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देव"

(((((((((((((((((((((सुन ! सुन ! गाम्लेहरु हो)))))))))))))))))))))


हाम्री ठुलबुइनीले माथि लेखिएको शिर्षकमा १०८ भागको धारबाहिक कथा लेख्दै छिन्। आजै पहिलो भाग पस्किने भन्ने गाइंगुइं सुनिन्छ, क्रिपया चौतारीमा आटेन्सन भएर  ध्यान दिनु होला।


 
Posted on 01-03-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा तारेमाम्, आरमै?
रिट्ठे पट्ठो तारेमाम्, सन्चै?

 
Posted on 01-03-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन म्यासेज मा लेख्या ट्याम पनि ठाम अनुसार फरक फरक हुन्छ कि कस्तो हौ जिम्माल बा
हाम्राँ मा त ७:१५ को शुभ साइतमा फिर्ती सवारि भन्ने थियो त

 
Posted on 01-03-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ तारेमाम, छु दु हालखबर?
ठुलि सञ्चै? ल ल आज उदघाटन होस् कथा को


 
Posted on 01-03-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारदार पुटेन्द्र जंगले इन्डियन टयाममा टाइप गरेको, अनि बिर्खे बाले नेपाली ट्याममा हेरेको नि, त्यति पनि नबुझेको रिट्ठेले। ७-१५ बाट् ७-३० भाको।

 
Posted on 01-03-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नु परो ठुल्दाई! तर आराम गर्न पाइया भने छैन! आरामै गर्न लाग्दा नि के के छुटेको जस्तो हुन्छ भन्या मलाई यो गोडा दुएक बर्ख देखुन। "आराम हराम है" भनेर भन्थे तेइ कुरो दिमाखाँ गडो जस्तो छ मेरो!

रिट्ठे, ठुलि, दीप, यामे सबैलाई नमस्ते!

रिट्टे-

रेलको लिखित टेम= ७:१५

भउते पुग्ने टेम= ६:४५

टेसनमा बिताउने निर्धारीत टेम= ३० मिनट

कफि ब्रेक = ५ मिनट

सुसु ब्रेक = ५ मिनट

पुन्टे दाई संग हात हालाहाल काटाकाट र मारामार टेम= २५ मिनट

टेसनमा अहिले सम्म लागेको टेम‍=३५ मिनट

टिकस काउन्टरमा दाँत देखाउँदै रेल छुटेको निवेदन दर्ता टेम= ५ मिनेट

नयाँ रेलको टेम ‍‌= ७:३०


 
Posted on 01-03-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा लोल
बरु राहुल दा हजुरले नै मेरो सत्ता यो कथा लेख्दे कस्तो होला।


 
Posted on 01-03-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ!

एकाबिहानै नराम्रो खबर सुनियो! दिबङ्गत आत्माको चिर शान्तीको कामना ।


 
Posted on 01-03-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाह्हा हाहाअ,

बिर्खे बाको हिसाब मा पिसाबको ट्याम नि जोडिए छ।
हुन पो हो, सुसु मात्र होइन हो कि, अस्ति मेरो डेराबाट नयाँ खर्क फिर्ती हुंदा, भारदार पूटेण्द्र जंगको दम्पति लाई कोशेली भनेर अघिल्लो दिन बनाएको सुपर् फ्रेश म:म: एकमुष्ठ पठाइ दिएको थिएं, महाराज भ्यागुतेन्द्रले बीचबाटो मै टिरेनमै झ्याप हानि बक्से छ रे भन्ने सुन्छु, त्यसको असर बाकी भएको हुन सक्छ है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters