[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 110926 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-18-06 6:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा हजुर कुन चहिँ हो ??
:)
 
Posted on 09-18-06 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेवार्नी+नेवार (सबभन्दा दायाँमा केटाको कालो कुर्ता र सेतो पटुका मात्र देखिइको नि.)
मैथीली+मैथीलीनी
भोजुपुरे+भोजपुर्नी
बाउन+बाउनी
शेर्पा+शेर्पिनी
मगर+मगर्नी
थकाली+थकाल्नी
थारु(म, सबभन्दा वायाँमा थारु केटाको के भन्छ कोनि आस्कोट जास्तो देखिएको छ.म तेइ थारु केटा हो.)+थरुनी
...
 
Posted on 09-18-06 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #६ ठुलि
हजुर मिस्
सबै लाइ मेरो नमस्कार्
सबै जना रमाइलो गर्दै रैछ । म अलि बिजी भएर आउन सकिन । ल रमाइलो गर्दै गर्नु होला ।
 
Posted on 09-18-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थारु त छैन त दादा .....ळ हेर आफ्नो (थारुको) फोटो काटेर राखेको ...
कल्ले के भन्थ्यो होला र? थारु भएनि .....धेरै भने दादा गिरि बड दादा थारु भन्थिम होला के रे:P ( रिसानी माफ है )

:)
 
Posted on 09-18-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है दसैं लाग्यो, चचहुइ चचहुइ
 
Posted on 09-18-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु आज भोलि तिमी भन्दा अघी चौतारीमा आउने म भएकि छु नि ।
चित्रभाइ तिमीलै सोध्दै थ्यो के रे :D :D
 
Posted on 09-18-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु!!

ए! सप्पै आ रहेछन्। जिम्माल बा, गोताएँ जी, कैले, मिस, तितौरी, ठुली, नमे! ओहो!!

पिङमा खेल्ने पालो चाँहि मेरो है अब। लौ न कसैले धकेली देउ मलाई!!

दशैँको चहलपहल शुरु भए जस्तो छ चौतारीमा। त्यो पिङ देख्दा चाँहि नेपाल जाम जाम भो।
 
Posted on 09-18-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ!!!.......दादालाई चाँहि भुसुक्कै बिर्सेछु। अनि कुन चाँहि दादा हो रे त्यो फोटोमा?
 
Posted on 09-18-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् सबैलाइ!
पिङ् नि आएछ चौतारी मा ,रमाइलो हुने भयो अब ।
हिजो जिम्माल् बा ले तितौरी भन्दा त म निदाइसक्या रे'छु हिहि आज बिहान् पो देखे लौ।
दादा ले खुब् रमाइलो गर्नु भयो जस्तो छ मोडेलिङ् गरेर ।
 
Posted on 09-18-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार सबैलाइ।

दशै आएर के गर्नु, बिदेशको दशै सधै खल्लो नै हुने रैछ। न त पिङ खेल्न पाइने, न त टिका नै लाउन। ४ बर्स हुने भयो अब त यो दशैमा.. बुवा-आमा को हातको टिका लाउन न पाको पनि। :( :( :(

सबै लाइ बिजयादशमी को अग्रीम शुभकामना।
 
Posted on 09-18-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-18-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिदैनन् के दिदैनन्, मैले भनिसके नि दिदैनन् भनेर। पोहोर साल तिर भएको भए दिन्थे पनि होला यसपाली त बुढालाई नै त्यस्तो परेको छ झन त्यहि माथी हामीले माँग्नु हुन्न के" गोताएँ दाईले सबैलाई सम्झाउदै हुनुहुन्थ्यो।

"दिन्छन् होला हौ! एकपल्ट यसो सोधी हेरौँ न! के बिग्रिन्छ र? अब मकै, धान जस्तो कुरो भए मेरै बारीमा टन्न थियो। कसैसङ्ग माँग्नै पर्दैन थियो।" जिम्माल बा ले फेरि गोताएँलाई कुरो बुझाउन खोज्दै हुनुहुन्थ्यो।

पून्टे दाई, जिम्माल बा, गोताएँ दाई चौतारीमा बसेर छलफल गरिरहनु भएको रहेछ। म ठ्याक्कै त्यहि बेला त्यहाँ पुगेँ।

"ए ल ल कुम्ले नि आयो, बस छेउमा", पून्टे दाईले मलाई उनको छेउमा बसाले।

"के कुरा हुदैछ नि हजुरहरुको यहाँ, यसो मलाई नि भन्ने हो कि?" मैले बुढाहरु त्यसरी बसेको देखेर अचम्म मान्दै सोधेँ।

मेरो कुरो कसैले वास्तै गरेरन्, सबैजना खोइ के कुरा हो एक्दम घोरिएर सोच्न थाले।

"ए! गोताएँ! भोली सोध्न पर्छ के ति बुढालाई, तिनले दिन्छन् के" जिम्माल बाले त्यो एकछिनको सुन्यता भंग पार्दै गोताएँ दाईलाई भन्नुभयो।

"हैन के भाका यी जिम्माल बा? झन मैले भनिन यसपाली दिन्नन् भनेर, अस्ति भर्खर त्यत्रो कथा भने तिनैका बारेमा। राजाको सवारीले गर्दा उनको बाँस सबै काटेर लगिहाले सेनाले अनि एउटो पैसा नि दिएनन् भनेर, अब हामीले माँग्दा कसरी दिन्छन्?" गोताएँ दाईले जिम्माल बा लाई खाउँला झै गरेर भने।

"पैसा हालेर किनौँ न त त्यसो भए, कति पो पर्ला र?" जिम्माल बा ले समाधान खोज्नु भयो।

"के को तिर्छ पैस? दशैँको लागी पिङ हाल्नलाई चाहिएको ४ वटा बाँसलाई पनि कसैले पैसा तिर्छ?" अघि देखि चूप लागेर बसिरहनु भएको पून्टे दाई एक्कासी कराउनु भयो।

पून्टे दाई त्यसरी कराउनु भएको देखेर मैले चाँहि वरिपरि हेरेँ, कतै फ्याँकेको बोतल भेटिन्छ कि भनेर।

"अनि के गर्ने बिचार आयो त तिम्रो?" जिम्माल बा ले पून्टे दाईलाई सोध्नु भयो।

"हेर्नुस् जिम्माल बा! आफ्नो त एउटै कुरो छ सोझो औँलाले घिउ आएन भने औँला यसरी बङ्याउने" चोरी औँला बङ्याउदै पून्टे दाईले भन्नु भयो।

"हैन हैन त्यस्तो गर्नु हुन्न पाप लाग्छ। दशैँको लागी भनेर पिङ हाल्न पनि चोरेर ल्याउछ त बाँस? मलाइ चाँहि यो कुरा मनपरेन।" आफ्नो सिताराम सिताराम लेखेको ओढ्नेलाई एक फेर निकालेर टकटक्याउदै अनि फेरि त्यसले सर्लक्क पुरै जिउ ढाक्दै जिम्माल बा ले भन्नुभयो।

"ती बुढाले थाहा पाएनन् भने त पून्टे ले भनेको पनि ठिकै हो है। समातिइयो भने पो चोरी त, समातिएन भने त हराको मात्रै हो" गोताएँ दाईलाई पून्टे दाईको कुरो ठिक लागे जस्तो लाग्यो।

"कसरी थाहा पाउछन् भन्या, ति बुढा भनेका पल्लो गामका परे, हराको थाहा पाए भनेपनि जंगलका आएर लगेछन् भनेर बस्छन् नि" पून्टेदाई ले सहि थप्नु भयो।

"बुढाले थाहा पाए भने त बर्बाद हुने नै भयो, थाहा पाएनन् भने पनि त भगवानले त थाहा पाइरहेका हुन्छन् नि, पाप लाग्छ है पाप" जिम्माल बा लाई अझै चित्त बुझेको थिएन।

"ल ल कुरो मिल्यो, अब आज राती १० बजे तिर जान पर्छ तिनको बाँसघारीमा अनि ठ्याकठुक पारेर फर्किन पर्छ" पून्टे दाईले रातीको कार्यक्रम खररर भन्नु भयो।

"कुम्ले तँ पनि हिँड हामी सङ्ग, जिम्माल बाको मकै त खूब चोर्थिस अब पल्लो गामको बाँस चोर्न पर्छ" गोताएँ दाईले हुकुम गरे।

राती १० बजेतिर सबैजना ती बुढाको बाँसघारी नजिक पुग्यौँ।

"हे भगवान! अहिले सम्म गरेका धेरै पुण्यहरु मध्यबाट यो पापको लागी अलिकति अंश काट्नुस् है" जिम्माल बा निक्कै डराए जस्ता देखिन्थे।

"हत्तेरी केहि हुन्न के, नडराउनुस न भन्या! मैले भनेपछि सब ठिक हुन्छ। लौ अब बाँस काट्न थाल्नुस्" पून्टे दाई बाँस काट्न थाल्नु भयो।

म छेउमा बसेर वरिपरि कोहि आएका छन् कि भनेर हेर्न थालेँ। तिनै जना एउटा एउटा बाँस काट्न थाल्नु भयो।

"ए कुम्ले! यता आइज त।" जिम्माल बा ले मलाई बोलाउनु भयो।

"किन र जिम्माल बा, के भयो?" म जिम्माल बा नजिकै गएँ।

"यो ओढ्नेले मलाई अलि अफ्ठ्यारो पार्यो, यसलाई त्यहाँ तल राम्ररी राखिदे त, अहिले बाँस काटिसकेपछि ओढ्नु पर्ला" जिम्माल बाले त्यो सिताराम सिताराम लेखेको ओढ्ने मलाई दिनु भयो। मैले त्यो ओढ्ने उहाँकै छेउमा राखिदिएँ।

एकैछिन पछि सबैजना मिलेर चारवटा बाँस काटिसक्नु भयो अनि पून्टे दाई र म भएर दुइटा अनि जिम्माल बा र गोताएँ दाई भएर दुइटा बोकेर बल्ल तल्ल चौतारी सम्म पुर्यायौँ।

चौतारीमा ग्वाँचे, दादा, कैले, भउते आइसकेका रहेछन्। तिनीहरु ले चाँहि खन्ती अनि डोरी लिएर आएका रहेछन्।

सबै जना मिलेर चौतारीमा लिङे पिङ हालियो।

"लौ अब सबै जना घर जाओ। भोली बिहान आएर पिङ खेल्नु पर्छ। केटिहरु पनि खुशी हुने भए" गोताएँदाईले पिङ बनिसकेको जानकारी दिनुभयो।

"म चाँहि लागेँ धोबिनी कहाँ, यति बेला घराँ गए भने मार्छे बुढीले" पून्टे दाई धोबिनीका तिर लाग्नु भयो।

हामी सबैजना आ-आफ्ना घर लाग्यौँ।

भोलीपल्ट बिहानै चौतारीमा आएको त मिस, ठुली, सान्नानी, तितौरी सबैजना पालै पालो पिङ खेलिरहेका रहेछन्। गोताएँदाई चाँहि ती सबैलाई "देख्यौ त मैले तिमेरका लागी भनेर पिङ हालिदिएको" भनेर सबैलाई वरिपरि राखेर भन्दै हुनुन्थ्यो।

यसो पर हेरेको त जिम्माल बा चाँहि छेउ छाउका झाडीहरुमा खोइ के खोजिरहनु भएको रहेछ।

अनि मलाई अचम्म लागेर जिम्माल बा लाई सोधेँ, " के खोज्नु भएको जिम्माल बा?"

"मैले भने नि चोर्ने काम गर्न हुन्न भनेर, हिजो बाँस चोरियो, अहिले यहाँ मेरो त्यस्तो पुरानो राम्रो ओढ्ने कता हरायो हरायो" जिम्माल बा त्यो ओढ्ने खोज्दै हुनुहुन्थ्यो।

"ए लौ! तपाइँले त त्यो ओढ्ने त त्यहि बाँसघारीमै छोड्नु भए जस्तो छ। हिजो त्यहाँबाट ल्याएको याद छ त?" मैले हिजो को कुरा सम्झाएँ

"लौ मार्यो! त्यो त त्यहिँ छुट्यो होला" जिम्माल बा आत्तिनु भयो।

********************

पल्लो गाउँमा मुखियाको घरमा थुप्रै मान्छे भेला भएका थिए।

"अस्ति न राजाले लगे अहिले सम्म पैसा दिएका छैनन्, त्यो भन्दा पहिले जंगलका ले लान्थे, यसपाली चाहि कस्ले लग्यो नि?" ति बुढा कराउदै थिए त्यो सभामा।

"यो पक्कै त्यो पल्लो गाउँका मान्छेको काम हो, तपाईहरु यो ओढ्ने चिन्नु हुन्छ?" एकजनाले बाँसघारीमा भेट्टिएको सिताराम सिताराम लेखिएको ओढ्ने देखाउदै भेलामा बसेका मान्छेहरुलाई सोध्यो।

"यो त पक्कै पल्लो गाउँको जिम्मालको हुनपर्छ। यस्तो ओढ्ने अरु कसैले ओढ्दै ओढ्दैन" भिडबाट एउटाले भन्यो।


समाप्त (:पि)

--------------------------------------------------------------------------------------------
(के तपाइँहरुले गोताएँ दाईको "बाँसको पैसा" भन्ने कथा पढ्नु भएको छ?)
 
Posted on 09-18-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिजया दशमीको हार्दिक मङ्लमय शुभकामना यो लूतेको तर्फबाट पनि!

साँच्चि दशैँ कहिले बाट हो?:पी कलियुग लाग्यो नभन्ठानिदिनु होला ! यो अमेरिकामा खै के दशैँ के नदशैँ। सधैँ कामको चटारो, सन्यासी भएर जङ्लतिर लाग्नु पर्ला जस्तो छ! :पी

उही सबको हितैशी
लूते
p.s. roll no. 420--absent miss! :पी
 
Posted on 09-18-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा कुम्ले !
*****पून्टे दाई त्यसरी कराउनु भएको देखेर मैले चाँहि वरिपरि हेरेँ, कतै फ्याँकेको बोतल भेटिन्छ कि भनेर।*******

जिम्माल् बा को सिताराम् ओढ्ने बासघारि मा छुट्यो रे हा हा हा :O :O:O

मार्ने हुनुभयो पुन्टेदा र जिम्माल् बा ले तिमिलाइ।
तिमि सङ कस्ले सक्ने है कथा मा । :D
 
Posted on 09-18-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर जिम्माल् बालाई फँसाएको कुम्लेले, हाहा रमाईलो भो जे होस् पिङ् खेल्न चाहि :D
 
Posted on 09-18-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त तिरु तिम्ले मात्रै सक्छौ कुम्लेलाइ त :P:P
How r u friend?
 
Posted on 09-18-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-18-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-18-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-18-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thamel.com bata lieko hai calendar.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters