|
[VIEWED 181869
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-24-09 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मुंगलानको कुरा गर्दा मनको एकपाटोमा चै पर्दा लाईदेको भन्या? आफु मात्रै जति बेला मन लाग्यो खुसुक्क छिर्यो, हाम्लाई चै गोरसरी गर्या र अरु अरु कुराहरुमा अलमलाईदिने? भएन नी। हामी पनि हेरम त्यो पर्दा भित्र। बरु नामै फेरेर आउनु परेछ भने पनि आम प्रभो, जे पर्ला। हे पर्भो, मैले मुग्लानको कथाको अन्तिम भाग पस्किसकें। पर्भो अझै ग्रोसरी पसलका तरुनी ग्राहक र क्याशियरहरुलाई दर्शन दिंदै मस्त? खै प्रभो, मिसनले अब पिस्ला जस्तो छ। बरु दोलाल घाट तिर माछा खान जान पाए हुने, सुनकोशी, भोटेकोसी तिर जान छोडेर भाचेकोशी तिर लागियो जस्तो छ। छिनाउने भए अब। अन्तरयामी नै मानें पर्भोलाइ। पर्भोले नाम लिनु र मैले दोलालघाटको माछालाई पुन: प्रस्तुत गर्नु एकै साथ पर्यो नि। लौ लौ, तीर्थ यात्रा चाँडै अघि बढोस्।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-26-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन कि...हो हँ? हैन होला? कि हो? खै के हो के हो? ल प्रभु, मजाले पढेर फेरि खोकौँला!
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-27-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"त्यस्तो खतरा छ भने कति चाहिने हो म दिम्ला नी?" मैले केही भन्नु अघि नै अरिङ्गालले चिल्या जसरी पछाडीबाट आवाज आयो। चिनेको आवाज, झस्केर हेर्या त बाउ! नभन्दै। बाङ्गे मसानको चै बाउ भा भे नी हुन्थ्यो नी, मेरा चै आईलाग्या रछन। धन्न उछिट्टीदै हिन्ने सुपारी अघि ट्वाक सँग मुन्टीसक्या थ्यो, अनि चुरोस र ओठ पनि आपत्तीजनक स्थितीमा थिएनन्। बेला बेला पछाडी फर्केर नी हेर्दै गर्या हो कुन बेला छडकेमा परीएछ कुन्नी। अब के के सुने उनले के के सुनेनन। उनलाई सोध्ने कुरा पनि भएन। "जाँच आईराछ अगाडी, ट्युशन जाने बेलाँ कता कता जाने पो कुरा गर्छ, जाँच सकेसी त जता जता गए नी भैहाल्यो नी" बाङ्गेले अलि पर तिर सर्दै म तिर हेरेर भन्यो। त्यो अलि पर तिर चै बाउको दनक एक्कासी आईलाग्यो भने नभेटोस भनेर थ्यो। बुझेको थिएं। बाङ्गेलाई एक चोटी मेरा बाउले मनग्गे चडकन चिउरा ख्वाईदेका थिए, त्यहाँ देखी उस्को त्यो चिउरामा छुददे गएको थियो, अमन नै पार्दे तेरा बाउले भन्थ्यो। फेरी ख्वाईदेलान भनेरै सरेको थ्यो उ अलि पर। थाह थ्यो। उस्ले बीरगन्ज जाने कुरा गर्दा नचाईने कुरा नगर भन्ने म। अहिले जम्मै दोषको ओढ्ने जति मलाई ओढाईदीएर उ तमासे भएको थियो। उस्ले त्यसो पटक पटक गरेको थ्यो पहिला पनि। नौलो कुरा त थिएन, तर मलाई भन्छन नी कन्सीरीको रौं तातेर आएको थियो। यसै फन्दामा उसै अब, मसानलाई नालीमा मुन्ट्याईदीम कि जस्तो नलाग्या पनि होईन। तर एक्कै छिनमा हुल जम्मा होला र टोलमा १५ दिन जतिलाई खुराक पुग्ला भनेर केही गरीन। बाङ्गे चै "ल अब ज्यान दीएर पढ्नु पर्छ, दश तिर मन नडुला" भन्दै हिन्यो। मैले यसो बाउ तिर हेर्या-- घुमेको बर्मा, त्यै ड्रील ड्राईभर के त, जस्तो हेराईले मलाई छेडदै रे छन। केही नभनी हिने लुरु लुरु। मनमा अनेक कुराहरु आए। धेरै चै नराम्रा। उनले बाटामा एक शब्द केही भनेनन् मलाई। घर पुगे पछी मेरो बन्दोबस्त गर्ने होलान भन्या घराँ पुगे पछी पनि केही भनेनन। भात खाने बेला भा रे छ, अरु बेला भए कि त अहिले खान मन छैन भनिन्थ्यो, नभए खान गए पछी के के पकाछ के के पकाछैन त्यसैलाई मुद्दा बनाईन्थ्यो। अहिले चै आमाले खान आईज भने पछी चुपचाप गैयो। केही नभनी खाइयो। "सन्चो छैन की के हो तँलाई?" आमाले सोधीन। भन्न त धेरै मन थ्यो, तर बाउ पनि चिल जस्तो सँगै थिए, उनको अगाडी चल्ला जस्तो थिएँ म। चीँ गर्ना साथ, गाँज्न बेर लाउँदैन थिए। त्यसैले आमा तिर हेर्दै नहेरी "सन्चै छ, केही भा छैन मलाई, सबै थोक मीठो रे छ" भन्दै खाएँ। आमाले बाउ र मलाई हेरेर पैरो गा त बुझीन होला, त्यसैले अरु केही भनीनन्। भात खाएर म कोठामा आएँ। एक छिन त दिमाग रोटेपिन्ङमा निक्कै घुम्यो, अनि अलि ठेगानमा आयो। अङ्रेजीको किताब पल्टाएर घोरीएँ। बाउले बीरगन्ज जाने कुरा बाङ्गेले भने देखि सुनेका रे छन क्या रे जस्तो लाग्यो। त्यसैले मलाई केही भनेनन् भन्ने सोचें। हो होईन सोध्ने कुरा भएन। कोठाको ढोका खुलै राखेको थिएँ, यसो बाउले चियो गरे भने पढ्या देखुन भनेर। नभन्दै एक छिन पछी उनी आए कोठामा। उनको आँखामा अघिको जस्तो क्रोध थिएन। तर भैरव सँग जस्तो उनी सँग पनि धेरै बेर आँखा जुधाउने कुरै थिएन। म फेरी किताब तिर लागें। उनी मेरो कोठा निरीक्षण तिर लागे। दराजमा लुकाको दुई चार खिल्ली चुरोट, त्यस्तै उस्तै लुगा लाका तरुनीहरु भएको पत्रिका (हिंजै मात्रै देको थ्यो बाङ्गेले "ला गति पर" भन्दै), प्रतिबद्ध भन्ने डाईमण्ड शमशेरको उपन्यास (कतै कतै कुराहरु अलि उग्र छन भन्ने सुनेर ल्याएको थिए लाईबेरीबाट, पढ्न भ्याको थिएन), अनि अरु त्यस्तै उस्तै एक दुई थोक थिए कोठामा बाउको आँखा नपरेकै राम्रो हुने कुराहरु। ती देख्लान भन्ने डरका बादलहरु मनमा जुधेका जुधेकै थिए--- देखेकी? भन्ने बिजुली पनि चम्किन्थ्यो बेला बेला)। के देखे के देखेनन् कुन्नी, केही नभनी निस्किए कोठाबाट। अनि ढोका लाईदिए। अब ताल्चा पनि मार्दीने हुन कि भनेर चाल बुझेको त्यसो गरे जस्तो लागेन। ढोका खोलेर चेक गरम् भने, त्यहीँ ढोका अगाडी उभीराछन कि जस्तो लाग्यो। एक छिन पछी चाई ह्या उभीरारेछन भने उभीरारेछन, बाथरुम पनि जान नपाउनु कि क्या हो? भन्दै ढोका खोलें। के हुन्थे उनी त्यहाँ थिएनन्। बाथरुम जानु पर्या थिएन, फेरी कोठा भित्र छीरेर ढोका लाएँ। सोचें आज चैं बत्ति ढिलो सम्म बाल्नु पर्यो। यसो हेर्दा पढेको जस्तो देखिने, पढ्न पनि नपर्ने। एक निन्द्रा सुतेर उठे पछी निभाइदियो बत्ती भै हाल्यो जस्तो लाग्यो। हलुबावेदको रुख मुनी गएर चुरोट तान्न यस्तो मन लाग्या हैन फेरी। तर जानु हुन्थ्यो के त? गईन। एक्कासी मनमा एउटा कुरा आयो, बाउको फन्दामा पर्या पनि एक हिसाबले राम्रै भो। त्यो मनमा आको कुरा बाङ्गेलाई सुनाईहाल्न मन लाग्या थ्यो तर भोली सम्म नकुरी उपाय थिएन। एक छिन मन लगाएर पढ्नु पर्यो भनेर सुरु गरेको मात्रै थिएँ, झ्यालमा कसैले बिस्तारै टक टक गर्या जस्तो लाग्य्यो। मेरो कोठा ती दिनहरुमा तल्लो तलामा थ्यो। घर पछाडीको चै झ्याल चलाएको थ्यो कसैले। यसो हेरेको त बाङ्गे। उ सँग त मलाई एकदम रीस उठ्या थ्यो, के भन्ने के नभन्ने? कुराहरु धेरै थिए। मैले केही भन्नु अघि नै तर उस्ले एउटा सानो बोतल झ्यालमा राख्या ग्रीलबाट छिराउँदै भन्यो, "ला! यस्ले टेन्सन सबै ठिक गर्छ" यस्ले त मलाई अब शुलीमै चढाउने जस्तो छ भन्ने लाग्यो। तर कराएर केही भन्न नहुने, मान्छे भेला होलान भन्ने डर। केही नभनी झ्याल लाउन ला थें, उस्ले फेरी "बाउले कत्तिको मालिस गर्दे त?" भनेर सोध्यो। मालिस सालिस त्यस्तै हो, बरु बुझिस बाउले मलाई फेला पारेर राम्रै भो। ती केटीहरु कहाँ खबर पुर्याउँछु, उनीहरुको धुनमा लाग्ने भएर कस्तो दु:ख पाएँ मैले भनेर। कसो नपग्लेली, एउटी त। उनीहरुले गरेर मलाई बाउले देको सजायँ सुने पछी उनीहरुले पुरस्कार दिएर कसो मेरो सजायँ भुक्तान नगर्लान। बाङ्गे गम्भीर भो। "यो बोतल त मलाई नै चाहिन्छ कि के हो त?" उस्ले भन्यो। "जे सुकै गर, अहिले बाउ आएर फेरी तेरो घर सम्म तँलाई घिच्याउँदै लैजालान" मैले झ्याल लाउँदै भने। "ह्या तीनीहरुलाई के थाह, मेरो चै बाउले मलाई चै समात्या भन्दीन्छु, आईडिया तँलाई मात्रै आउँछ कि के हो?" उस्ले बन्द झ्याल बाहीर बाट जाँदै गर्दा भनेको मैले सुनें। आनन्द भो। भोली पल्ट बिहानै बाङ्गेको बाउ आए घराँ बाङ्गेलाई लिएर। बिहानको चिया सुरु मात्रै गरेको थिएं, अब चै के के हुने हो जस्तो लाग्यो।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-27-09 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ तर्सौनु भो प्रभो, के भा रेछ त जान्न मन लागि हाल्यो, वीकेन्द को खुराक पुग्ला जस्तो छ, थपुम है हाँसे म त मज्जाले, सर्है रमाइलो, एइ त तरेदमार्क हो नि प्रभोको जय होस्
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-27-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब चै नराम्रो भेट्ने भो दिपले ,अब चै नराम्रो भेट्ने भो दिपले भन्दा भन्दै केही भेटेन। लामो सास फेरियो तर त्यो असती बाँगे ले के गरेछ फेरी घर गर। नत्र तेस्का बाउ ले त्यसरी घिच्याँउदै किन ल्याछन त। लौ प्रभो निक्कै उत्सुक भईयो। तल तल लाग्यो। खुराक लेराम। लुकाको दुई चार खिल्ली चुरोट, त्यस्तै उस्तै लुगा लाका तरुनीहरु भएको पत्रिका (हिंजै मात्रै देको थ्यो बाङ्गेले "ला गति पर" भन्दै), प्रतिबद्ध भन्ने डाईमण्ड शमशेरको उपन्यास (कतै कतै कुराहरु अलि उग्र छन भन्ने सुनेर ल्याएको थिए लाईबेरीबाट, पढ्न भ्याको थिएन), अनि अरु त्यस्तै उस्तै एक दुई थोक थिए कोठामा बाउको आँखा नपरेकै राम्रो हुने कुराहरु।  आफ्न दिन हरु याद आए
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-27-09 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! प्रभो! हामि सबैको कथा जस्तो गयो! हाहाहाहा यस्तै हुन्थे दुई-चार खिल्लि चुरस हुन्थे, 'फिजिक्स रिफ्रेसर कोर्स' भनेर गाता हालेर साइनपेनले लेखेर राखेका अरु नै मजेदार किताप हुन्थे, कसैले कुनै बेलामा आँखा फुटेर आफ्नो नाम लेखिदिएका कापिका पाना जतनसंग पट्ट्याएर राखेका नोट बुक र नोटबुकमा कसैलाई भन्न नहुने कुरा लेखेका नोटहरु हुन्थे, कसैलाई देखाऊन नमिल्ने चित्रहरु हुन्थे.....र पनि बाऊ के के खोज्दै आफ्नै दराजमा खोतल्न आइपुग्दा कहिलेकाहिँ त भुइँ फाटेर बिलाऊन पाए हुन्थ्यो जस्तो लाग्थ्यो! कठै क्या दिन थिए!
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-30-09 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो पर्भो, बिहानी त अलि डरलाग्दै पाराले शुरु भएको देखिन्छ। घटनाको पूर्ण बिवरण छिट्टै पढ्न पाइयोस्।
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-30-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाङ्गे र दीपको बाउ मीलेर दुबैजनालाई बङ्गाउने भयो की क्या हो ?? म त यात्राको तयारीमा थिए काहानीमा ट्विस्ट् आए छ , थपौ अझै
|
| |
|
|
दशैँ तिहार
Please log in to subscribe to दशैँ तिहार's postings.
Posted on 03-30-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Man, your writing absorbs the reader. कोठाको ढोका खुलै राखेको थिएँ, यसो बाउले चियो गरे भने पढ्या देखुन भनेर।....... एक छिन पछी चाई ह्या उभीरारेछन भने उभीरारेछन, बाथरुम पनि जान नपाउनु कि क्या हो? भन्दै ढोका खोलें। के हुन्थे उनी त्यहाँ थिएनन्। बाथरुम जानु पर्या थिएन, फेरी कोठा भित्र छीरेर ढोका लाएँ। ..दुइटैलाई ट्युसन हाल्दिने सल्ला गर्न त आ हैनन?
|
| |
|
|
popeye
Please log in to subscribe to popeye's postings.
Posted on 03-30-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दीप ज्यु कथा चाँही गजब नै घच्ची जाँदै छ है ......... शुक्रबार बेल्का यसो स्कचको चुस्की सँगै यो कथा पढ्दा सितन नै चहिएन...... शुक्रबार को दिन दीप ब्रो ले कथा राखी दींदा आफुलाई सधैं फाईदा नै हुने रेछ यो कथा पढ्दा धेरै कुरो दिमाग मा फ्लाश ब्याक मुभि रीवाइेन्द गरेर प्ले गर्या जस्तो भो... आफू पनि त्यो बेलाँ घर बहिर चोखाछेँ गल्लिमा टोलका केटा हरु सँग कच्ची रखेर गुच्चा खेल्ने बेलामा धें धें भनी कराउन्दै उफ्रन्दा बाउ ठीक्क अफिस बाट फर्केको बेला पर्नु ... अनी सिधै कान समाउदै घर सम्म घिच्याऊन्दै लगेको फेरी झल झली याद आयो..... फेरी बाउकै शिखर चुरोट चोरेर दलीन को चेप मा लुकाको बेला बाउ आफ्नो कोठा मा आउने बेला अफू तेही बिलाउन पाए नी हुथ्यो जस्तो लग्थ्यो..... अनी फेरी टोलको एउटा साथी भनौदो को त्र्याजेडी पर्यो भनेर पहिलो पल्ट मक्खन गल्ली को भत्तीमा पसेर गन्हौने झोल सँग दु:ख बाँडेको .... अनी घर को भर्र्याङ् चाँही बल्ल बल्ल उक्ली सिधै कोठा मा सिरक भित्र सुत्दै टाउको दुखेको बहाना गरेको नी याद आयो......... धन्न बाउले नी त्यो दिन अली रमझम गर्नु भा रेछ र ज्यान जोगियो लौ न दीप ज्यु कथा अगाडि बधोस् साह्रै रमाइलो हुँदै छ
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-30-09 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-02-09 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोली पल्ट बिहानै बाङ्गेको बाउ आए घराँ बाङ्गेलाई लिएर। बिहानको चिया सुरु मात्रै गरेको थिएं, अब चै के के हुने हो जस्तो लाग्यो। ... म आफ्नै कोठामा थिएँ। चिया लिएर कौसीमा जाने सुर थ्यो अब बाङ्गे र उस्का बा आको देखे पछी सोचें मेरै बालाई त भेटन आ होलान नी अनि कौसीमा नजाने बिचार गरें। बोलाएछन भने जाम्ला नभए मट्टीतेल र सलाई भेट भा ठाममा जान्ने भएर किन जानु? नभन्दै घर भित्र पस्ने बित्तिकै मेरा बालाई खोजे। अनि चढे भर्यान्ङ्ग। आफुले गरेका नचाहिने कुराहरु सम्झिन थालें। यस्को बारेमा कुरा गर्न आ हुन कि उस्को बारेमा भन्दै। कुराहरु अलि अलि मात्रै आएका हैनन् मनमा, तँछाड र मछाड गर्दै हुलका हुल। अनि पो लाग्यो, ओहो! के औधी नचाहिने काम गरीएछ त हँ? जस्तो। सम्झेका मात्रै त्यो बिघ्न थिए, झन बिर्सेका कति होलान? "ल भएन यसरी अब --- सुध्रिनु पर्यो", आफैले आफैलाई भनें। फन्दामा पर्या बेला मेरो मन, जे चाहिने कुरा गरे पनि मान्थ्यो। त्यति बेला पनि ज्ञानी भएर "हो हो सुध्रिनु पर्छ" भन्यो। तर थाह भाकै कुरा हो, मलाई बिगारेको भनेकै मेरै मनले हो। एक छिन पछी बाङ्गे आयो मेरो कोठामा। ओछ्यानमै थिएँ म, उथल पुथल मनलाई तह लाउँदै थिएँ। "हेर हेर खोराँ लुकेर बस्या--" कोठाको ढोका लाउँदै उस्ले म तिर हेरेर भन्यो। "तँलाई चै टाटनाबाट बिहानै फुकाएर ल्याएछन त बाउले, किन नी?" मैले सोधें। "मलाई बाउले फुकाएर ल्याको हैन बाबु, बरु मैले उनलाई बाँधेर ल्याको यहाँ। अब मेरा बाउले तेरा बाउलाई बाँध्छन अनि हामी फीरी -- बुझिस?" स.ई.ले ठानामा मुन्टीदै आईपुगेकालाई हेर्दै जुन तरीकाले आफ्नो कुरा गर्थ्यो, बाङ्गेले लगभग त्यस्तै आबाजमा आफ्नो कुरा सुनायो मलाई। उस्को अनुहार पनि निक्कै चम्केको थ्यो। "त्यै तेरो कुरा धेरै बुझ्ने भएर अरुले अब मूर्ख भन्न थालीसके" मैले पनि बिरक्तेको स्वरमा भनें उस्लाई। "चोरले अरुलाई चोर देख्या जस्तै हो त्यो बुझिनस? मूर्खले नी अरुलाई मूर्खै देख्छ।" उस्ले भन्यो। "ल ल भयो, पुग्यो प्रबचन-- के हो चाहिने कुरा?" मैले उ तिर हेर्दै सोधें। मेरो खुट्टा तिर ओछ्यानमा बस्दै उस्ले भन्यो "अब हामी ट्युशन पढ्न जाने"। "कहाँ?" मैले फेरी सोधें। "ससुरालीमा नी अरु कहाँ?" उस्को अनुहार अरु चम्कियो। "ह्या बाङ्गे यो ससुरालीको गफ त म अब सुन्न पनि सक्दिन--तातो न छारो" मैले झर्केर भनें। "हो भन्या मरीजाम, तेरो मासु खाने ल बिद्यानस--पशपतीले भष्म" उस्ले जोस्सीदै भन्यो। मैले खाली उस्लाई हेरी मात्रै रहें। "तँ नजाने त?" उस्ले मलाई हेरेर सोध्यो। "कहाँ? ससुराली?" मैले यस पटक हाँस्दै सोधें। "अँ" उस्ले भन्यो। "नजाने, धेरै गैयो रीत्तो ससुराली अब एस एल सी नसकिए सम्म घरै बस्ने" मैले भनें। "अब दुई दुईटीलाई मैले के गर्नु लौ? एउटी तँलाई, एउटी मलाई भन्या -- बिर्सीस?" उस्ले पनि हाँसेर भन्यो। "को?" मैले सोधें। "को अब? सुरेश अंकलका छोरीहरु नी" उस्ले अरु हाँसेर भन्यो। "फेरी सुरेश अंकल?" मैले उस्लाई घुर्दै भनें। "अनि के त?-- क्याम्पसको लट्टे हाँक्या सुनीनस हिँजो?--" उस्ले भन्यो अनि थप्यो "हिँजो है राती ओछ्यानमा लम्पसार परेर लौ महादेब केही उपाय गर्दीनु पर्यो भन्या त भ्वाक्कै आईडिया दी रा एउटा -- ए, अहिले सम्झ्या बेला भनी रा है भरे पशपती जानु पर्छ आरतीमा -- धन्यवाद भन्नु पर्यो नी आईडियाको लागि।" "के आईडिया?" मैले सोधें। "के भने नी है -- सुरेश अंकल कहाँ ट्युशन पढ्न जाने के, तँ र म।" उस्ले दंग पर्दै भन्यो। मैले केही भनीन, उस्लाई हेरें मात्रै। "हो भन्या" उस्ले भन्यो। मैले उस्को कुरा नपत्याको भान भएको हुनु पर्छ उस्लाई। "क्याम्पसाँ पढाउने कुरा गर्थे त, हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या त "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले। "�
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-02-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"क्याम्पसाँ पढाउने कुरा गर्थे त, हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या त "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले। "ट्युशन पढाए देखि म जान्थें" भन्देको त बाउ मक्ख। एक्लै पढ्न भन्दा तँ र म भए सँगै जान आउन पनि हुने, सँगै मिलेर पढ्न पनि हुने भनें। अनि तेरो बाउ सँग कुरा गर्दीन बल्ल बल्ल मनार ल्याको मैले। "सुरेश अंकलले के भन्छन के नी" मैले भनें। कता कता नपढाउने हुन कि भन्ने पीर पनि भए जस्तो। यत्तिकै। "बाउले एक कल हानी सके बिहानै सुरेश अंकललाई, भुमीका बाँध्दै गर्या सुन्या थिएँ। कुरा मिल्ने भो होला र त आए नी यहाँ" उस्ले भन्यो। उ र म दुबै जना दंग परीम। हाम्रो खुशीमा सुरेश अंकल नेपथ्यमा थिए। उन्का छोरीहरु र हामी मन्चमा थिएम। बाङ्गेका र मेरा बा पर्दाका डोरी समाएर उभीका थिए। बाङ्गेका बाउ पर्दा उठाउन तयार रे। मलाई पनि बाउले पर्दैन पढ्न त के भन्थे होलान र? "अब एउटै समस्या बाँकि छ" बाङ्गेले गम्भीर भएर भन्यो। "के?" मैले पनि साबधान भएर सोधें। "को भिनाजु?" बाङ्गेले म तिर हेर्दै सोध्यो। म छक्क परें। "कस्तो के भिनाजु?" मैले बुझिन। "हैन अब दुईटी छन--- मेरीको तँ भिनाजु कि तेरीको म भिनाजु भन्या नी--कुन तेरी? कुन मेरी? समस्या यो भो के अब" उस्ले उन्मुक्त हाँस्दै भन्यो।
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रभो स्वोस्ती। हा हा हा बाङे ले निकाल्छ आईडिया त,तर खाल्डा पार्ने आईडिया हुन्छ र पो,एस्पाली त राम्रै निकालेछ आईडिया। लौ पर्दा खोल्न लाम बाउ हरु लाई हामी याहा रेडी भर बस्या छम नाटक हेर्नलाई।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन त बाङ्गे को आइडिया जहिले नि राम्रै हुने के - बिगारने चाँही जहिले नि दीप हुने - पुरा विश्वाश नगरने - बाङ्गेले बित्यायो भनेर - बाङ्गे लाई छेड्की हान्न खोज्ने अनी - हात पर्यो सुन्ना यो पनि यस्तै होला जस्तो छ है - पेलुम अरु पनि पेलुम
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-02-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो आइडिया त गजबै निस्केको रहेछ। लौ लौ पेलम् पेलम् अझै।
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-02-09 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lol bhinaju........bange the daydreamer lol
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-02-09 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाङ्गेले फेरी नाउँ पार लगाउने भयो कि क्या हो ? पशुपती तिर लाग्ने हो कि ? केही भई हाल्छ कि ? महादेव पनि बाङ्गेलाई कुरी रहा होलान । कि सिधै ट्युशन पढ्न जाने ? अझै पेलम
|
| |
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 04-02-09 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपलां भर्खर SLC. सिधिया बेलामा गजबको प्रस्तुती पस्कनु भो दिप प्रभु, आफ्नै SLC दिदाका दिनहरु याद आउने गरी । के मात्र गरिएन होला एस.एल.सी को बेलामा, कम्ती घरमा ठगिएन तेती बेलामा एस.एल.सी को नाममा, तर रमाइला थिए ति आतितका पलहरु ।
हानम प्रभु अरु पनि ।
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-03-09 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
chipledhunga , "हे पर्भो, मैले मुग्लानको कथाको अन्तिम भाग पस्किसकें। पर्भो अझै ग्रोसरी पसलका तरुनी ग्राहक र क्याशियरहरुलाई दर्शन दिंदै मस्त? " अद्योपान्त पढीयो प्रभो -- अब सपनामा लभ परेर बिपनमा ट्र्याजिडी पर्या अनि बिपनामा जग्गेमा बस्दा सपनाका सबै सँग ट्र्याजिडी पर्या पनि गुर्लाईदीइम त प्रभो, लौ त। अब गोरसरीका खजान्चीहरु पनि कोई कोई त -- ल भैगो यो कुरा पछी गरम्ला। Birkhe_Maila , "ल प्रभु, मजाले पढेर फेरि खोकौँला!" खोकम प्रभो खोकम्। उता कालधारा देखि सातघुम्ती सम्म गस्तीमा गएर आए पछी सोच्या कुरा नभए पनि टोलाँ आएर खोक्न चै सोचेकै कुरा खोकिन्थ्यो। लैनचौरको कभर्डहलमा एक दिन एउटी ठिटी टीटी खेल्न आ देखेर अरु लगातार तीन दिन गैयो तर तीनै दिन उ आईन। किन आईन आईन, अहिले सम्म थाह् छैन। त्यो कर्भड हल सम्झेर अहिले नै लैनचौर जाम जाम जस्तो पो लाग्यो। उता फेरी रातो फरक र सेतो कमिज लाएर फर्याक फुरुक गर्नेको हुल नी नारन! सानो थिएन फेरी। **** आम्छु है ---पछी मौका मिलार --अरु साथीहरु सँग पनि कुरा गर्नु छ।
|
| |