Posted by: Deep March 27, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

"त्यस्तो खतरा छ भने कति चाहिने हो म दिम्ला नी?" मैले केही भन्नु अघि नै अरिङ्गालले चिल्या जसरी पछाडीबाट आवाज आयो।


चिनेको आवाज, झस्केर हेर्या त बाउ! नभन्दै।


बाङ्गे मसानको चै बाउ भा भे नी हुन्थ्यो नी, मेरा चै आईलाग्या रछन। धन्न उछिट्टीदै हिन्ने सुपारी अघि ट्वाक सँग मुन्टीसक्या थ्यो, अनि चुरोस र ओठ पनि आपत्तीजनक स्थितीमा थिएनन्। बेला बेला पछाडी फर्केर नी हेर्दै गर्या हो कुन बेला छडकेमा परीएछ कुन्नी। अब के के सुने उनले के के सुनेनन। उनलाई सोध्ने कुरा पनि भएन।


"जाँच आईराछ अगाडी, ट्युशन जाने बेलाँ कता कता जाने पो कुरा गर्छ, जाँच सकेसी त जता जता गए नी भैहाल्यो नी" बाङ्गेले अलि पर तिर सर्दै म तिर हेरेर भन्यो। त्यो अलि पर तिर चै बाउको दनक एक्कासी आईलाग्यो भने नभेटोस भनेर थ्यो। बुझेको थिएं। बाङ्गेलाई एक चोटी मेरा बाउले मनग्गे चडकन चिउरा ख्वाईदेका थिए, त्यहाँ देखी उस्को त्यो चिउरामा छुददे गएको थियो, अमन नै पार्दे तेरा बाउले भन्थ्यो। फेरी ख्वाईदेलान भनेरै सरेको थ्यो उ अलि पर। थाह थ्यो।


उस्ले बीरगन्ज जाने कुरा गर्दा नचाईने कुरा नगर भन्ने म। अहिले जम्मै दोषको ओढ्ने जति मलाई ओढाईदीएर उ तमासे भएको थियो।


उस्ले त्यसो पटक पटक गरेको थ्यो पहिला पनि। नौलो कुरा त थिएन, तर मलाई भन्छन नी कन्सीरीको रौं तातेर आएको थियो। यसै फन्दामा उसै अब, मसानलाई नालीमा मुन्ट्याईदीम कि जस्तो नलाग्या पनि होईन। तर एक्कै छिनमा हुल जम्मा होला र टोलमा १५ दिन जतिलाई खुराक पुग्ला भनेर केही गरीन। बाङ्गे चै "ल अब ज्यान दीएर पढ्नु पर्छ, दश तिर मन नडुला" भन्दै हिन्यो।


मैले यसो बाउ तिर हेर्या-- घुमेको बर्मा, त्यै ड्रील ड्राईभर के त, जस्तो हेराईले मलाई छेडदै रे छन। केही नभनी हिने लुरु लुरु। मनमा अनेक कुराहरु आए। धेरै चै नराम्रा। उनले बाटामा एक शब्द केही भनेनन् मलाई। घर पुगे पछी मेरो बन्दोबस्त गर्ने होलान  भन्या घराँ पुगे पछी पनि केही भनेनन। भात खाने बेला भा रे छ, अरु बेला भए कि त अहिले खान मन छैन भनिन्थ्यो, नभए खान गए पछी के के पकाछ के के पकाछैन त्यसैलाई मुद्दा बनाईन्थ्यो। अहिले चै आमाले खान आईज भने पछी चुपचाप गैयो। केही नभनी खाइयो।


"सन्चो छैन की के हो तँलाई?" आमाले सोधीन।


भन्न त धेरै मन थ्यो, तर बाउ पनि चिल जस्तो सँगै थिए, उनको अगाडी चल्ला जस्तो थिएँ म। चीँ गर्ना साथ, गाँज्न बेर लाउँदैन थिए। त्यसैले आमा तिर हेर्दै नहेरी "सन्चै छ, केही भा छैन मलाई, सबै थोक मीठो रे छ" भन्दै खाएँ। आमाले बाउ र मलाई हेरेर पैरो गा त बुझीन होला, त्यसैले अरु केही भनीनन्।


भात खाएर म कोठामा आएँ। एक छिन त दिमाग रोटेपिन्ङमा निक्कै घुम्यो, अनि अलि ठेगानमा आयो। अङ्रेजीको किताब पल्टाएर घोरीएँ। बाउले बीरगन्ज जाने कुरा बाङ्गेले भने देखि सुनेका रे छन क्या रे जस्तो लाग्यो। त्यसैले मलाई केही भनेनन् भन्ने सोचें। हो होईन सोध्ने कुरा भएन।


कोठाको ढोका खुलै राखेको थिएँ, यसो बाउले चियो गरे भने पढ्या देखुन भनेर। नभन्दै एक छिन पछी उनी आए कोठामा। उनको आँखामा अघिको जस्तो क्रोध थिएन। तर भैरव सँग जस्तो उनी सँग पनि धेरै बेर आँखा जुधाउने कुरै थिएन। म फेरी किताब तिर लागें। उनी मेरो कोठा निरीक्षण तिर लागे। दराजमा लुकाको दुई चार खिल्ली चुरोट, त्यस्तै उस्तै लुगा लाका तरुनीहरु भएको पत्रिका (हिंजै मात्रै देको थ्यो बाङ्गेले "ला गति पर" भन्दै), प्रतिबद्ध भन्ने डाईमण्ड शमशेरको उपन्यास (कतै कतै कुराहरु अलि उग्र छन भन्ने सुनेर ल्याएको थिए लाईबेरीबाट, पढ्न भ्याको थिएन), अनि अरु त्यस्तै उस्तै एक दुई थोक थिए कोठामा बाउको आँखा नपरेकै राम्रो हुने कुराहरु। ती देख्लान भन्ने डरका बादलहरु मनमा जुधेका जुधेकै थिए--- देखेकी? भन्ने बिजुली पनि चम्किन्थ्यो बेला बेला)। के देखे के देखेनन् कुन्नी, केही नभनी निस्किए कोठाबाट। अनि ढोका लाईदिए। अब ताल्चा पनि मार्दीने हुन कि भनेर चाल बुझेको त्यसो गरे जस्तो लागेन। ढोका खोलेर चेक गरम् भने, त्यहीँ ढोका अगाडी उभीराछन कि जस्तो लाग्यो।


एक छिन पछी चाई ह्या उभीरारेछन भने उभीरारेछन, बाथरुम पनि जान नपाउनु कि क्या हो? भन्दै ढोका खोलें। के हुन्थे उनी त्यहाँ थिएनन्। बाथरुम जानु पर्या थिएन, फेरी कोठा भित्र छीरेर ढोका लाएँ।


सोचें आज चैं बत्ति ढिलो सम्म बाल्नु पर्यो। यसो हेर्दा पढेको जस्तो देखिने, पढ्न पनि नपर्ने। एक निन्द्रा सुतेर उठे पछी निभाइदियो बत्ती भै हाल्यो जस्तो लाग्यो। हलुबावेदको रुख मुनी गएर चुरोट तान्न यस्तो मन लाग्या हैन फेरी। तर जानु हुन्थ्यो के त? गईन।


एक्कासी मनमा एउटा कुरा आयो, बाउको फन्दामा पर्या पनि एक हिसाबले राम्रै भो। त्यो मनमा आको कुरा बाङ्गेलाई सुनाईहाल्न मन लाग्या थ्यो तर भोली सम्म नकुरी उपाय थिएन।


एक छिन मन लगाएर पढ्नु पर्यो भनेर सुरु गरेको मात्रै थिएँ, झ्यालमा कसैले बिस्तारै टक टक गर्या जस्तो लाग्य्यो। मेरो कोठा ती दिनहरुमा तल्लो तलामा थ्यो। घर पछाडीको चै झ्याल चलाएको थ्यो कसैले। यसो हेरेको त बाङ्गे।


उ सँग त मलाई एकदम रीस उठ्या थ्यो, के भन्ने के नभन्ने? कुराहरु धेरै थिए।


मैले केही भन्नु अघि नै तर उस्ले एउटा सानो बोतल झ्यालमा राख्या ग्रीलबाट छिराउँदै भन्यो, "ला! यस्ले टेन्सन सबै ठिक गर्छ"


यस्ले त मलाई अब शुलीमै चढाउने जस्तो छ भन्ने लाग्यो। तर कराएर केही भन्न नहुने, मान्छे भेला होलान भन्ने डर। केही नभनी झ्याल लाउन ला थें, उस्ले फेरी "बाउले कत्तिको मालिस गर्दे त?" भनेर सोध्यो।


मालिस सालिस त्यस्तै हो, बरु बुझिस बाउले मलाई फेला पारेर राम्रै भो। ती केटीहरु कहाँ खबर पुर्याउँछु, उनीहरुको धुनमा लाग्ने भएर कस्तो दु:ख पाएँ मैले भनेर। कसो नपग्लेली, एउटी त। उनीहरुले गरेर मलाई बाउले देको सजायँ सुने पछी उनीहरुले पुरस्कार दिएर कसो मेरो सजायँ भुक्तान नगर्लान।


बाङ्गे गम्भीर भो। "यो बोतल त मलाई नै चाहिन्छ कि के हो त?" उस्ले भन्यो।


"जे सुकै गर, अहिले बाउ आएर फेरी तेरो घर सम्म तँलाई घिच्याउँदै लैजालान"  मैले झ्याल लाउँदै भने।


"ह्या तीनीहरुलाई के थाह, मेरो चै बाउले मलाई चै समात्या भन्दीन्छु, आईडिया तँलाई मात्रै आउँछ कि के हो?" उस्ले बन्द झ्याल बाहीर बाट जाँदै गर्दा भनेको मैले सुनें। आनन्द भो।


भोली पल्ट बिहानै बाङ्गेको बाउ आए घराँ बाङ्गेलाई लिएर। बिहानको चिया सुरु मात्रै गरेको थिएं, अब चै के के हुने हो जस्तो लाग्यो।

Read Full Discussion Thread for this article