Posted by: popeye March 30, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
दीप ज्यु कथा चाँही गजब नै घच्ची जाँदै छ है ......... शुक्रबार बेल्का यसो स्कचको चुस्की सँगै यो कथा पढ्दा सितन नै चहिएन...... शुक्रबार को दिन दीप ब्रो ले कथा राखी दींदा आफुलाई सधैं फाईदा नै हुने रेछ

यो कथा पढ्दा धेरै कुरो दिमाग मा फ्लाश ब्याक मुभि रीवाइेन्द गरेर प्ले गर्या जस्तो भो... आफू पनि त्यो बेलाँ घर बहिर चोखाछेँ गल्लिमा टोलका केटा हरु सँग कच्ची रखेर गुच्चा खेल्ने बेलामा धें धें भनी कराउन्दै उफ्रन्दा बाउ ठीक्क अफिस बाट फर्केको बेला पर्नु ... अनी सिधै कान समाउदै घर सम्म घिच्याऊन्दै लगेको फेरी झल झली याद आयो..... फेरी बाउकै शिखर चुरोट चोरेर दलीन को चेप मा लुकाको बेला बाउ आफ्नो कोठा मा आउने बेला अफू तेही बिलाउन पाए नी हुथ्यो जस्तो लग्थ्यो..... अनी फेरी टोलको एउटा साथी भनौदो को त्र्याजेडी पर्‍यो भनेर पहिलो पल्ट मक्खन गल्ली को भत्तीमा पसेर गन्हौने झोल सँग दु:ख बाँडेको .... अनी घर को भर्र्याङ् चाँही बल्ल बल्ल उक्ली सिधै कोठा मा सिरक भित्र सुत्दै टाउको दुखेको बहाना गरेको नी याद आयो......... धन्न बाउले नी त्यो दिन अली रमझम गर्नु भा रेछ र ज्यान जोगियो

लौ न दीप ज्यु कथा अगाडि बधोस् साह्रै रमाइलो हुँदै छ
Read Full Discussion Thread for this article