"क्याम्पसाँ पढाउने कुरा गर्थे त, हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या त "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले।
"ट्युशन पढाए देखि म जान्थें" भन्देको त बाउ मक्ख। एक्लै पढ्न भन्दा तँ र म भए सँगै जान आउन पनि हुने, सँगै मिलेर पढ्न पनि हुने भनें। अनि तेरो बाउ सँग कुरा गर्दीन बल्ल बल्ल मनार ल्याको मैले।
"सुरेश अंकलले के भन्छन के नी" मैले भनें। कता कता नपढाउने हुन कि भन्ने पीर पनि भए जस्तो। यत्तिकै।
"बाउले एक कल हानी सके बिहानै सुरेश अंकललाई, भुमीका बाँध्दै गर्या सुन्या थिएँ। कुरा मिल्ने भो होला र त आए नी यहाँ" उस्ले भन्यो।
उ र म दुबै जना दंग परीम। हाम्रो खुशीमा सुरेश अंकल नेपथ्यमा थिए। उन्का छोरीहरु र हामी मन्चमा थिएम। बाङ्गेका र मेरा बा पर्दाका डोरी समाएर उभीका थिए। बाङ्गेका बाउ पर्दा उठाउन तयार रे। मलाई पनि बाउले पर्दैन पढ्न त के भन्थे होलान र?
"अब एउटै समस्या बाँकि छ" बाङ्गेले गम्भीर भएर भन्यो।
"के?" मैले पनि साबधान भएर सोधें।
"को भिनाजु?" बाङ्गेले म तिर हेर्दै सोध्यो।
म छक्क परें। "कस्तो के भिनाजु?" मैले बुझिन।
"हैन अब दुईटी छन--- मेरीको तँ भिनाजु कि तेरीको म भिनाजु भन्या नी--कुन तेरी? कुन मेरी? समस्या यो भो के अब" उस्ले उन्मुक्त हाँस्दै भन्यो।