[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ma Aauchu

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13527 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-29-05 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले छेक्न सक्दैन

तिमीले मान या नमान
तिमीले ठान या नठान
तिम्रो चाहनाले अब केही हुँदैन
तिम्रो इच्छाको कुनै अर्थ छैन
किनभने,
तिम्रो शहरमा आउने मेरो निर्णयलाई
अव कसैले रोक्न सक्दैन,
कसैले छेक्न सक्दैन।

मान्छेहरू भन्छन्,
म धेरै ढिला आउन लागेको छु,
तैपनि उनीहरू खुशी छन्
भन्छन्,
'ढिलै भयो तर आउने निर्णय त गर्यो'
मलाई थाहा छ
थुप्रै जंघार तर्नु छ,
थुप्रै भङ्गालाहरू पुर्नु छ।

आउने बाटोमा काँडे तार लगाइने छ
बाटोभरि एम्वुसहरू विछ्याइनेछ
खुल्ला नसके,
कुनै बहानामा
मेरो हत्या गर्ने कोशिस गरिने छ
तैपनि मैले आउनै पर्छ
गोली वारूदको गन्धसंगै
नयाँ युगको संखनाद गर्नै पर्छ।

०७ मा हावा चलेको छ
०४६ ले केही पात हल्लाएको छ,
जंगलीराजले रूखनै हल्लाएको छ
तर,
यस्ता साना हल्लाई मेरो रहर हैन
टालेटुले सम्झौता मेरो गन्तव्य हैन
मलाई,
उठ्नै नसक्नेगरी ती रूखहरू ढाल्नुछ
अनि, एक नयाँ इतिहासको निर्माण गर्नुछ।

खै के भन्छ तिम्रो ज्योतिषीले?
खै के भन्छ तिम्रो भगवानले?
मैले सल्लाह माग्ने ज्योतिषी छैन
न त तिम्रो जस्तो भगवान नै छ,
त्यसैले,
यो निर्णय म आफै गरेको छु,
भगवानको खुशीका लागि पनि म आउनै पर्छ
तिमीलाई र तिम्रो राज्यलाई ढलाउनै पर्छ
तिमीलाई थाहै छ,
जनता मेरा लागि भगवान हुन,

म फगत एक "क्रान्ति" हुँ।
 
Posted on 05-29-05 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति राम्रो कबिता

समय सुहाउँदो। अरु पनि सुन्ने प्रतिक्षामा................।

------------------
नेपालको भबिश्य
 
Posted on 05-30-05 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad hai.
 
Posted on 05-30-05 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई एक सुझाव चाहिएको छ
भन न साथी, म के गरू
म मरू कि छोरालाई मारू?

म नलडे, छोरा लड्नु पर्छ
म नमरे, छोरा मर्नु पर्छ
भन न साथी, म के गरू
आफू मरू कि, छोरालाई मारू?

एक लडाइ त लड्नुनै छ
अन्तिम पनि हुन सक्छ
शुरूवात पनि हुन सक्छ

मलाई अन्तिम लडाई लड्ने ईच्छा छ
मेरो मरणको प्रवाह नगर
किनकी, मैले मेरो छोरालाई जोगाउनु छ


 
Posted on 05-30-05 2:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramroo cha :-)

 
Posted on 05-30-05 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह!! गज्जबका कविताहरू रैछन् नि दीप्स जी। साह्रै मीठा अनि समय सापेक्ष। अरू पनि सुनौं न।
 
Posted on 05-30-05 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Hai, World Map.
 
Posted on 05-30-05 4:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-30-05 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting and Marmik kabita. Good job!! keep it up Deep! We need you!!!!

Nut
 
Posted on 05-31-05 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरू,
कान्तिपुरमा छापिएको एउटा नेपाली कविता मन पर्‍यो। पढ्ने कि?
http://www.kantipuronline.com/Nepal/sahitya.php
 
Posted on 05-31-05 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kabita ta Gajab ko rahecha. Manche haru kati ramro lekchan. Kata kata malai ईर्ष्या लागेर आउँछ।
 
Posted on 06-11-05 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न त गाह्रो होइन
बाँच्न गाह्रो भएर पो साह्रो भो
नर बली चढाउनेहरूका विच
हाँस्न साह्रोभो र पो गाह्रो भो।

मलाई मारे त के हुन्थ्यो?
परिवार मारे र पो गाह्रो भो
मेरो आशु को के कुरा
मेरी आमा रोइन् र पो साह्रो भो

मान्छेले मान्छेलाई हेप्छ
शहरले गाउँलाई हेप्छ
कही धर्मको नाममा हेप्छ
कही पैसाको आडमा हेप्छ
कही मालिक बनेर हेप्छ

हेप्न मिल्दा सम्प हेप्छ
मलाई हेपे त के भो र ?
मेरो समाजलाई हेप्छ र पो साह्रो भो
मलाई मारेर के हुन्थ्यो?
समाज मारेर पो साह्रो भो
देश मारेर पो गाह्रो भो।।।।


 
Posted on 06-11-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वतंत्रता का दीपक

घोर अंधकार हो, चल रही बयार हो,
आज द्वार द्वार पर यह दिया बुझे नहीं।
यह निशीथ का दिया ला रहा विहान है।

शक्ति का दिया हुआ, शक्ति को दिया हुआ,
भक्ति से दिया हुआ, यह स्वतंत्रतादिया,
रुक रही न नाव हो, ज़ोर का बहाव हो,
आज गंगधार पर यह दिया बुझे नहीं!
यह स्वदेश का दिया प्राण के समान है!

यह अतीत कल्पना, यह विनीत प्रार्थना,
यह पुनीत भावना, यह अनंत साधना,
शांति हो, अशांति हो, युद्ध, संधि क्रांति हो,
तीर पर, कछार पर, यह दिया बुझे नहीं!
देश पर, समाज पर, ज्योति का वितान है!

तीनचार फूल है, आसपास धूल है
बाँस है, बबूल है, घास के दुकूल है,
वायु भी हिलोर से, फूँक दे, झकोर दे,
कब्र पर, मजार पर, यह दिया बुझे नहीं!
यह किसी शहीद का पुण्य प्राणदान है!

झूमझूम बदलियाँ, चूमचूम बिजलियाँ
आँधियाँ उठा रहीं, हलचलें मचा रहीं!
लड़ रहा स्वदेश हो, शांति का न लेश हो
क्षुद्र जीतहार पर, यह दिया बुझे नहीं!
यह स्वतंत्र भावना का स्वतंत्र गान है!

- गोपालसिंह नेपाली
 
Posted on 06-11-05 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>मलाई हेपे त के भो र ?
>मेरो समाजलाई हेप्छ र पो साह्रो भो
Mardeu na tyastaa saaleharulai.
 
Posted on 06-11-05 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>मलाई हेपे त के भो र ?
>मेरो समाजलाई हेप्छ र पो साह्रो भो

त्यस्ता छन् भने छप्काइदेऊ न यार!
 
Posted on 06-11-05 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>मलाई हेपे त के भो र ?
>मेरो समाजलाई हेप्छ र पो साह्रो भो


त्यस्ता छन् भने छप्काइदेऊ न यार!
 
Posted on 06-12-05 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful deeps....do you have collection of your poetries in books, If so , I would like to read it throughly...........!
 
Posted on 06-12-05 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मलाई मारेर के हुन्थ्यो?
समाज मारेर पो साह्रो भो
देश मारेर पो गाह्रो भो।।।। '

दीपजी मर्मस्पर्शी छन् तपाईंका कविताहरु। अरु पनि जाओस।
 
Posted on 06-12-05 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मारे त के हुन्थ्यो?
परिवार मारे र पो गाह्रो भो
मेरो आशु को के कुरा
मेरी आमा रोइन् र पो साह्रो भो

wow what a writings.........ekdmai tarif garne laayak chhan yahaka kabita
 
Posted on 06-12-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तँ किन सधै मर्ने कुरा गर्छस्?"
मेरा साथीहरू सोध्ने गर्छन्
"म कहाँ पो बाँचेको थिए?"
मेरो उत्तर हुने गर्छ।

"के तँ हास्न जान्दैनस्?"
उनीहरूको अर्को प्रश्न हुन्छ
"हास्नु मेरो अधिकारो होइन"
मेरो एउटै उत्तर हुने गर्छ?

"किन रूदैनस् त?"
अर्को प्रश्न तेर्सिन्छ
"जति रूनु रोइसक"े
आजकाल मेरो उत्तर हुन्छ।

"अनि सधै विद्रोहको कुरा किन गर्छस्?"
यो साथीहरूले सधै सोध्ने प्रश्न हो
"विद्रोहको कुनै विकल्प छैन"
मेरो सोचाइ हुने गर्छ।


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters