Posted by: deeps May 29, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
कसैले छेक्न सक्दैन तिमीले मान या नमान तिमीले ठान या नठान तिम्रो चाहनाले अब केही हुँदैन तिम्रो इच्छाको कुनै अर्थ छैन किनभने, तिम्रो शहरमा आउने मेरो निर्णयलाई अव कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन। मान्छेहरू भन्छन्, म धेरै ढिला आउन लागेको छु, तैपनि उनीहरू खुशी छन् भन्छन्, 'ढिलै भयो तर आउने निर्णय त गर्यो' मलाई थाहा छ थुप्रै जंघार तर्नु छ, थुप्रै भङ्गालाहरू पुर्नु छ। आउने बाटोमा काँडे तार लगाइने छ बाटोभरि एम्वुसहरू विछ्याइनेछ खुल्ला नसके, कुनै बहानामा मेरो हत्या गर्ने कोशिस गरिने छ तैपनि मैले आउनै पर्छ गोली वारूदको गन्धसंगै नयाँ युगको संखनाद गर्नै पर्छ। ०७ मा हावा चलेको छ ०४६ ले केही पात हल्लाएको छ, जंगलीराजले रूखनै हल्लाएको छ तर, यस्ता साना हल्लाई मेरो रहर हैन टालेटुले सम्झौता मेरो गन्तव्य हैन मलाई, उठ्नै नसक्नेगरी ती रूखहरू ढाल्नुछ अनि, एक नयाँ इतिहासको निर्माण गर्नुछ। खै के भन्छ तिम्रो ज्योतिषीले? खै के भन्छ तिम्रो भगवानले? मैले सल्लाह माग्ने ज्योतिषी छैन न त तिम्रो जस्तो भगवान नै छ, त्यसैले, यो निर्णय म आफै गरेको छु, भगवानको खुशीका लागि पनि म आउनै पर्छ तिमीलाई र तिम्रो राज्यलाई ढलाउनै पर्छ तिमीलाई थाहै छ, जनता मेरा लागि भगवान हुन, र म फगत एक "क्रान्ति" हुँ।
Read Full Discussion Thread for this article