Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 97663 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-05-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laun ani k bhayo tespachi?.....
 
Posted on 08-05-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीहरुको बाउको नाम छैन र बाङ्गे बाङ्गे भनी रा?" बाङ्गे पनि तात्यो।   

फर्किदा बाङ्गेले त्यो केटीको कुरा झिकेको मात्रै के थ्यो हल्दारले चेतावनी दिदै भन्यो "मेरो सानीमाको छोरी हो मेघना -- बुझिस हैन?" - भने सि बाङे र मेघना को भकुन्डे प्रेममा हवल्दार तगारो बन्ला जस्तो छ।

प्रभो, नयाँ भाग आउने बेला भएन र?


 
Posted on 08-05-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपदा,

परिमार्जन त गरेकै हो ढुंगाले हान्दा आँखामा लाग्न सक्ने हुनाले

बरु हजुरको कथाकै पनि परिमार्जन गर्दिम कि लाग्छ कहिले त

खै त- अझै क्षितिज जहाँको तहि !? :)


 
Posted on 08-06-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

मेघना क्षितिज साथी पो रहेछन-- क्षितिजले नै भनेकी -- त्याँ सानो गौचरमा त्यो दिन बाङ्गे मेघनाको असरमा चिप्लिदा कसरी बलले पोस्टमा एकलौटी मोज गर्यो अनि कसरी सानोगौचर एक्कासी "बाङ्गे" उच्चारणमा गुन्जायमान भयो त्यस्को बारेमा उस्लाई मैले सुनाउँदा त्यो मेघना उस्ले चिनेकी हुन सक्छ भनेकी थिई। नभन्दै हो रेछ।

 

"त्यो मेघना हल्दारको बैनी रे हो? सानीमाको छोरी?" मैले क्षितिजलाई सोधें।

 

"को हल्दार?" उस्ले छक्क परेर सोधी। बिचरीले हल्दारलाई चिनेकै रैनछे।

 

त्यो नाम मात्रैको हल्दार हो, हाम्ले बनाईदेको। हल्दारको खाँटी नाम के हो त्यो भन्दें मैले।

 

उस्ले सोधी "अनि आफ्नो अर्को साथीलाई चै किन त्यस्तो हाँस उठ्ने नाम राख्देको नी? बाङ्गे रे -- "भन्दै हाँस्न थाली।

 

"बाङ्गेको कुरा मेघनालाई गर्न देउ -- तिमी चै मेरो कुरा गर --" मैले भनें।

 

यो हल्दार भनेको पुलिसमा कि आर्मीमा? अझै हल्दारमै थिई।

 

त्यो अब हामीले त्यसको नाम राख्दा बिचारै गरेनम्। आर्मीलाई भन्दा पुलिसलाई धेर हेप्ने भा भएर होला मैले भन्दें "त्यो पुलिसको हल्दार हो"

 

"होला खुब, अघि भरखर नाम मात्रैको हल्दार भन्या हैन? अहिले फेरी के को पुलिसको नी?" उस्ले जिस्किए झै गरेर भनी।

********

मेघनाको नशामा बाङ्गे नराम्रो रन्थनिएको थियो। मलाई थाह थ्यो। पनि उकास्थें तर "त्यस्ता केटी चाहिया छैनन् बुझिस" भन्थ्यो। हल्दारकाँ कुरा पुग्ला भनेर हो कि बिनिसित्तीमा मेरो प्रतिस्प्रधा खेप्नु पर्ला भनेर हो कुन्नी। कि मैले भाँडछु भनेर हो थाह छैन। हुन मैले उस्लाई क्षितिज र मेघना साथि रेछन भन्दीसक्या थिएँ त्यै पनि सँग मेघनाको कुरा गर्दैनथ्यो। उस्को ध्यानमा क्षितिज नभए सम्म मलाई अरु उस्ले जे सुकै गरोस मतलब थिएन।

 

"हल्दार हरामी डाँका रेछ नी बुझिस?" बाङ्गेले मलाई एक दिन सुनायो। हामी चाबेल गणेसथान बाट रिङ्ग रोडको ओरालो हुँदै धोबीखोलाको पुल माथी बसी रा थिम।

 

"किन के भो? मैले सोधें।

 

"त्यो मेघना भन्ने त्यस्को सानीमा छोरी हैन रेछे नी" उस्ले चुरोटलाई अलि लामै तानेर भन्यो।

 

"तँलाई त्यस्ले के फरक पर्यो ? तँलाई त्यस्ता केटी चाहिया छैन भन्या हैन?" मैले पनि पाएको बेलामा घोचें बाङेलाई।

 

"चाहिन चाहिया छैन तै पनि यत्तिकै जो पायो उसैलाई सानीमा छोरी भन्न भएन नी -- भरे यहाँ धुम्बाराहीमा आउने है टेबल टेनिस खेल्न लाई" उस्ले तुरुन्तै कुरा घुमायो।

 

बाङ्गेले मेघानाको प्रेम पत्र देखाएर एकै चोटी मलाई सरप्राईज दिन खोज्या होला "देखिस?" भन्दै। मलाई त्यस्तै लाग्यो। जे सुकै गरोस।

*******

 

छुट्टीको दिन थ्यो, ब्यान ब्यानै लैनचौर जाने काम पर्या थ्यो -- उता बाट फर्किदै थिएँ, टंगाल गणेश अगाडी क्षितिज मेघना सँग भेट भयो।

 

"हामीहरु सँग हिन्न हुन्छ?" क्षितिजले सोधी।

 

"हुन हुँदैन तै पनि हिन्दीम्ला नी" मैले भनें र उनीहरु सँगै त्यो सशश्त्र प्रहरी गणको ढोका तिर लागें।

 

"पर्या छैन करले कोही पनि सँगै हिन्न" क्षितिज सँगै थिम अहिले उस्ले मेघनालाई बिचमा राखी। मेघना फेरी सरेर छेउ तिरै गै। हाँसे मात्रै। क्षितिजको अनुहारमा सधै झै मुस्कान छरीएको थ्यो।

 

"खै साथी?" यस पटक मेघनाले सोधी।

 

"को साथी?" मेरो प्रस्नको उत्तरमा उस्ले हाँस्दै भनी "त्यै सोझो चैं"


मैले बुझें उस्ले बाङ्गेको कुरा गरेकी रहीछे।


"किन चाहियो मेरो साथी?" मैले जिस्काए झै गरेर सोधें।


"चाहिया यस्लाई" क्षितिजले चै बोली।


"छ्या हैन" भन्दा भन्दै मेघनाको अनुहार रातो भयो। उस्ले आफ्ना हेराई हामीबाट पर लगी।

 

हामी अहिले भाटभटेनी-बालमन्दिर बाटो बाट देब्रे लागेर टंगाल स्कुल तिर जाँदै थिम।

 

"हेर अघोरीको असर -- ज्यान दिएर लाग्या रेछ क्यारे" बाङ्गेलाई सम्झिदै मैले मनमनमा भनें।

 

"केही शन्देश भए भन्दीन्छु नी -- उसै कहाँ जान ला हो" मैले सुनाएँ।

 

"त्यो बाङ्गे काम लाग्दैन भनेको यो मान्दीन--" क्षितिजले भनी।

 

"कस्तो मान्छे हो ?" मेघनाले क्षितिजको कुरा प्रति ध्यान नदिई मलाई सोधी। उस्ले मेरा आँखामा सिधै हेरेर सोधेकी थिई यस पटक। गम्भीर देखिन्थी।

 

"खोजेर नभेटीने मान्छे हो नी -- अब साथी कस्को?" मैले यत्तिकै भनें अनि सोधें "साँचि त्यो हल्दार तिम्रो दाई रे हो?"

 

उस्ले तिर हेरी मैले तुरुन्तै हल्दारको असली नाम लिएर सोधें। उस्ले भनी "अँ पर्ने -- अनि त्यो खोजेर नभेटीने भन्या के?" मेघना अझै गम्भीर थिई।

 

"जस्ले जे भने पनि बाङ्गे मान्छे एकदम राम्रो , बाहीरको त सबैले देखेकै , मनको पनि कुरा गर्दै छु" यस पटक मैले पनि गम्भीर भएर भनें। अब साथी त्यो पनि पक्का -- पर्या बेलाँ सिफारिस गर्नै पर्यो नी।

 

मेघनाले हलुका मुस्कुराएर सोधी " भर परम?"

 

"हुन्छ" मैले भनें। मलाई पनि रमाईलो लाग्यो। बाङ्गे कहाँ कुन बेला पुगम जस्तै भयो।

 

टंगाल स्कुलबाट अलिकति अगाडी बढे पछी मेघना उभीई। उस्को हाम्रो बाटो छुट्टिन्थ्यो त्यहाँ। हामीलाई देब्रे लाग्नु थियो उस्लाई दाहिने।

 

"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।

 

Last edited: 06-Aug-08 01:01 PM

 
Posted on 08-06-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...

"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।

 

"कस्को बैनी?" मैले सोधें।

 

मेघनाले उस्को चोर औलाले मेरो छातीमा छोई तर शब्दमा केही भनीन।

 

प्रस्ट थ्यो यदी मेरी बैनी भएकी भए के उस्लाई बाङ्गेको भर पर्न भन्थें? यही जान्न चाहन्थी। जबाफ मलाई थाह थ्यो।

 

मेघनाले मलाई एकोहोरो हेरी रहेकी थिई। क्षितिज सँगै थिई। मेरा मन-मस्तिष्कमा अनेक भावहरु एकसाथ उठे-- मैले मेघनाको आँखामा हेरेर भनें "निश्चित भन्दैन थिएँ --"

 

उदासीका भावहरु मेघनाका अनुहार भरी पोखिए तर उस्ले तुरुन्तै भनी "thankyou"

 

चुपचाप थिएँ।

 

"म आज देखी तपाईँलाई दाई भन्छु हुन्छ?" उस्ले उधारो हाँसो संगै मलाई सोधी।

 

क्षण कस्तो सम्बेदनशिल भए झैं लाग्यो मलाई। मन कस्तो कस्तो भयो।

 

"हुन हुन्छ तर तिहारमा दक्षिणा चै दिन्न नी" मैले बाताबरणलाई हलुका पार्न हाँस्दै भनें।

 

"मलाई दक्षिणा चाहिन्न, आशिर्बाद भए पुग्छ" यत्ति भनेर दाईने लागि। किंकर्तब्यबिमुढ भएँ।

 

क्षितिजले तिर हेरी अनि "जाँदै गरे हुन्छ-- सँग जान्छु" भन्दै फटाफट मेघना तिर लागी। एक छिन जाँदै गरेका उनीहरुलाई हेरेर त्यहाँ उभिईरहें अनि गर्हौ मनले बाटो लागें।

 

 

बाङ्गेको मित्रता, मेरो ईमान्दारी, मेघनाका प्रश्नहरु सबैले मलाई घेरी रहे। बाङ्गेकहाँ जाने बिचार थ्यो तर जान मन लागेन। तै पनि जति जति उस्को घर नजिक पुगें जान मन लाग्न थाल्यो अनि भरखर मैले मेघनालाई के भनें त्यो पनि भनीदिन मन लाग्यो। अघि मेघना प्रति आफ्नो ईमान्दारीता निर्बाह गरें अब साथि प्रति गर्छु भन्दै बाङ्गे कहाँ पुगें।

 

कोठामा चिया तान्दै बसीरा रेछ। पुग्ना साथ, "क्या बेलाँ आईस -- तँ काँ नै आउन ला थें" भन्यो।

 

"किन?" भन्या "एउटा मनमा आँधि ल्याउने प्रेम पत्र लेख्नु पर्यो, बुझिनस?" भन्यो।

 

"कस्लाई मेघनालाई?" मैले सोधें।

 

"मेघना हो कि जुनघना, जुलाईघना जे सुकै होस त्यस्को तँलाई के को पिर -- आईडिया झिक के लेख्ने -- तँलाई चिया भनेर आउँछु तल --"


भन्दै कोठाबाट निस्किन ला थ्यो मैले रोकें। अघि मेघना सँग भएको सबै कुराहरु सुनाएँ। उस्ले चुपचाप मेरो कुराहरु सुन्यो। एकदम गम्भीर थिएँ। मैले मेरा कुराहरु सुनाए पछि उस्को कोठाबाट निस्किएँ। त्यही उभीरा थ्यो। मेरो मन केही हलुका भयो।

 

दिन भरी त्यही बिहानको कुरा मनमा आईरह्यो।

 

साँझ तिर बाङ्गे आयो। कौसीमा एक्लै थिएँ। आएको मैले कौसीबाट देखेको थिएँ।

के भन्ने सुरमा आयो -- ट्वाँट स्वाँट पनि लार कि भन्ने पिर पनि लाग्यो।

 

कौसीमा आउने बित्तिकै उस्ले तिर हेरेर हाँस्दै सोध्यो "के जेठान हालखबर?"

मलाई पनि हाँस उठ्यो। मनको बोझ हटयो।

 

दुई चार दिन सम्म यसो उसो गर्यो साथिहरुलाई बाङ्गे "मेरो पनि लभ पर्न ला थ्यो जेठानले खत्तम गर्यो" भन्थ्यो। अरुहरुले कुरा बुझेका थिएनन, थप्थे "हो खत्तम गर्ने भनेकै कि जेठानले कि ससुराले हो"

 

अनि साँची, मेरो शहीदको सम्बन्धमा पैरो गा थ्यो। शहीदले बाङ्गेलाई "दीपले धोका दियो" भन्थ्यो रे-- अनि बाङ्गेले झन "के को धोका बाउ, तेरो घराँ भाडाँ बस्यो रे कोई भन्दैमा उस्को मनको मालिक पनि तैं हुन्छस ? घर पो तेरो मन उसकै हो नी -- आफ्नै घराँ बसेकीलाई अर्कैले लग्देछ अब अर्का घराँ बसेकीलाई तैले के भ्याउँथिस-- भन्या मान-- यो लभ सभ बाट सन्यास ली" भनेर हिन्देछ।

 

*******

समयको प्रवाह थ्यो क्षितिज मेरो सम्बन्धको साक्षि। संग बिताएका पलहरुले बिताउन नपाएका पलहरुलाई सजाउँथे। उस्ले त्यो किताब पछि पनि धेरै पटक शब्दहरुमा उस्ले साथै हुँदा बयान नगरेका या गर्न नसकेका देखि लिएर बयान गरेका तर अझै अरु भावहरु समेटेर लेखेका उपहारहरु सँग थिए त्यै पनि त्यो साँझ दिएको किताब मलाई धेरै प्रिय थियो। त्यो किताब भरी नै थिई। त्यहाँ उस्लाई स्पर्स गर्थे अनि उस्का स्पन्दन सुन्थें। जिन्दगी रमाईलो थ्यो।  

********

केही समय पछिको कुरा हो एउटा साँझ सत्तेनारनथान पछाडी बाङ्गे चुरोटको धुबाँ उडाउँदै थिम, उस्ले अचानक सोध्यो "तँ क्षितिजलाई बे गर्ने हो?"

 

"किन अब पुरेतको काम पनि सुरु गरीस?" मैले सोधें।

 

उस्ले केही भनेन। मैले फेरी सोधें -- "तँलाई पनि क्षितिजले दाई बनाई कि क्याहो?"

 

उस्ले एउटा चुरोट सल्काएर मलाई दियो अनि " यो सबै तानेर घर जा" भन्दै हिन्यो। त्याँ एक्लै थिएँ।

***********

....

शृङ्खलाको क्रम सकिएको छैन। ....

 

 
Posted on 08-06-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is turning towards bange now....I think he is a Hero here....

Good story ...waiting for the next one.

 

Nepali Thita

 


 
Posted on 08-06-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा दिप प्रभो फेरी आर्को सन्सनी लिएर अैसक्नु भछ।
बिचरो बाङ्गे  लाई किन साइड लगाइदिया हो ब्रो ले,
आफु चै कत्ती को भर पर्नु लायक हो त्यो चै था छैन'
लौ प्रभो धेरै नकुराम अब, अर्को शृंखला हेर्न मन लागि सक्यो।
 
Posted on 08-06-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?"........................................मन कस्तो कस्तो भयो। >>>

yi panktiharu padhera chahi deep ko sentiments ko arko pato pani dekhe aaja. dherai ramro chha.


 
Posted on 08-06-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah Wah !!!!! kya gayo deep....
Bange ley kura thik garchha.... "तेरो घराँ भाडाँ बस्यो रे कोई भन्दैमा उस्को मनको मालिक पनि तैं हुन्छस ? घर पो तेरो मन उसकै हो नी -- आफ्नै घराँ बसेकीलाई अर्कैले लग्देछ अब अर्का घराँ बसेकीलाई तैले के भ्याउँथिस-- भन्या मान-- यो लभ सभ बाट सन्यास ली"

 
Posted on 08-06-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lunch break ramailo bhayo aaja.


 
Posted on 08-06-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-06-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhakas chha la.


 
Posted on 08-06-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला ko climex tira aaipugeko hau ko suru huna lako ho..........

COMEDY mode bata SERIOUS mode tira modina thalyo hai story ta...

 

-daum


 
Posted on 08-07-08 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपको कथामा दिप कै लप पर्या चैँ पैलो चोटि पढ्या हो जस्तो लाग्यो मलाइ ।

 
Posted on 08-07-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथामा दिपदाको ट्र्याजिडी  पर्ला जस्तो छ नि -- पानामा कोरिएको पङ्क्ति सअ के  

 


 
Posted on 08-07-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""दिपको कथामा दिप कै लप पर्या चैँ पैलो चोटि पढ्या हो जस्तो लाग्यो मलाइ ।""

मलाई पनि यो कुरा मनमा आयो, तर शृङ्खला सकिएको छैन यसै भन्न सकिन्न होला!

बरु बाङ्गे सोमलाई लिएर मेघना त्यति गम्भिर रहिछे, प्रभोले पहिला मेघनालाई आस्वस्त पारेर पछि बाङ्गेको बानि बेहोरा परिवर्तन गर्ने कोशीस गरेर 'बाङ्गे उद्दार महाशाखा' को प्रमूखको पद लिनु पर्ने थियो नि पर्भो!



 
Posted on 08-07-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""दिपको कथामा दिप कै लप पर्या चैँ पैलो चोटि पढ्या हो जस्तो लाग्यो मलाइ ।""

ho ra? Indreni ma paryaa haina ra?


 
Posted on 08-07-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho indreni ma ni parya parya jasto bhako ho
 
Posted on 08-07-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो भिलेन खेल्द्या दिप ब्रो ले - बल्ल बल्ल केटी पाथ्यो - ब'बाल लोप पर्न लाथ्यो बाङ्गेको -
अब बाङ्गेले दोस्त दोस्त नारहा भनेर गीत गाउँन मात्र बाँकी रह्यो। 
 
Posted on 08-07-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""दिपको कथामा दिप कै लप पर्या चैँ पैलो चोटि पढ्या हो जस्तो लाग्यो मलाइ ।""    hora  bhanya  malai ta indrani,amantran,ani jhankar harumai parya parya jasto laathiyo ni,  baru bangey bichara ko chahi pahilo patak koi keti le seriously sodhi khoji gare raiche deep le changa chett pardhya hera


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters